मुख्य समाचार
जापान विशेष: २१ औ लांघाली साँझ
मगर संघ जापान को आयोजनामाँ हरेक बर्षझैँ मगर संस्कृति,जातीय भेस भुसा,भाषा तथा कला -संस्कृति लाइ जगेर्णा गर्ने उदेस्य सहित  गरिदै आएको लांघाली साँझ जापानमा यही जनवरी १ तारिक हुने भएको छ। मगर संघ जापान आयोजक रहेको उक्त सांगीतिक - मनोरंजनात्मक तथा शुभकामना आदान -प्रदान कार्यक्रम सिंजुकू को काबूकीचो स्थित सिंजुकू युनिभर्सल हलमाँ हुने छ। 
नेपाल बाट आउनु भएका कलाकार तथा स्थानीय कलाकारहरुको संयोजनमा रहने प्रस्तुतिले नेपालीहरू लाइ नयाँ बर्ष मनाउन तथा बर्ष भरी को थकान बाट राहत दिने कार्यक्रम सम्योजकले नेपाल जापान समाज लाई बताउनु भयो। कलाकारहरु पार्बती कार्की,तारा प्रकास लिम्बु,बिनोद भंडारी,सूर्य खडका,सरस्वती पुन मगर तथा अन्य धेरै स्थानीय कलाकारहरुको बेजोड़ प्रस्तुति रहने उक्त कार्यक्रमको टिकट दर २५०० येन् रहेको छ। 
दोहोरी मन पराउनेहरुको लागि लाइभ दोहोरीको पनि आनन्द लिन सकिने छ। 
कार्यक्रमको संपूर्ण तयारी पूरा भइसकेको कुरा अध्यक्ष दीपक बुर्जा ज्यु ले बताउनु भयो साथै यस् कार्यक्रम मा उपस्थित भईदिन आयोजक संस्थाले जापानबासी नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक अपील गरेको छ।

जापानमा हुने कार्यक्रम या अन्य कुनैपनि सुचनाहरु दिन यो फर्म भर्नुहोस्:
* Required field.
अन्य
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम