मुख्य समाचार
प्रवास
अस्ट्रेलिया — पछिल्लो समयमा लोकप्रिय बन्दै आएको 'अन्तर्राष्ट्रिय पोसाक तथा टोपी दिवस' अस्ट्रेलियामा पदयात्रा तथा पर्यटन प्रवर्द्धन गर्दै मनाइएको छ । नेपाली झन्डा र परम्परागत पोसाकसहित शिरमा ढाका टोपी लगाएर दर्जनौं नेपालीले एकाबिहानै पदयात्रामा सहभागी भएका थिए । यस राज्यमा हरेक वर्ष टोपी दिवस धुमधामसँग मनाइने गरिन्छ । यहाँस्थित प्रवासी नेपाली मञ्चले कार्यक्रमको आयोजना गरेको थियो ...
— दक्षिण कोरियाली राजधानी सोलनजिकैको ख्याङ्गीस्थित ह्वासाङ सीको फलाम कम्पनीमा काम गर्थे सोलुखुम्बुका रामप्रकाश मगर । फलामसम्बन्धी काम सहज हुने कुरै भएन । कम्पनी घाटामा गएको भन्दै मालिकले दुई महिनादेखि तलब पनि दिएका थिएनन् । दिउँसो र राति गरी उनले दुई सिफ्टमा काम गर्थे । केही दुई/तीन दिनअघि देखि आफूलाई अलि सन्चो नभएको बताएका उनी डिसेम्बर १२ मा काममा नआएपछि ...
काठमाडौं । तपाईं विदेशबाट फर्किंदा साथीभाइ र आफन्तका लागि उपहार स्वरुप मोबाइल ल्याउँदै हुनुहुन्छ ? आफूले प्रयोग गरिरहेको वा गर्न तयार राखेको एउटाबाहेक अर्को मोबाइल ल्याउँदै हुनुहन्छ भने १५ पुसदेखि तपाईंले भन्सार तिरेर मात्रै विमानस्थल भन्सार जाँचपास गर्न पाउनुहुनेछ । अझ २ भन्दा बढी मोबाइल ल्याउनु भयो भने त जफत नै हुनेछ । कसैगरी छलेर मोबाइल ...
क्वालालम्पुर, मलेसिया — ३० वर्षीय झलककुमार दर्जी गत भदौ २० मा कारखानाको काम सकेर क्याम्प फर्किंदै थिए । मलेसियाको सवाहास्थित क्याम्पमुनि आइपुग्नासाथ उनी ढले । सहकर्मीहरूले बेहोस देखेर निकैबेरसम्म उनका हातखुट्टा माडिदिए । उनको होस फर्किएन, त्यहीँ ज्यान गयो । ‘हामीले ट्याक्सीलाई भन्यौं । एम्बुलेन्स बोलायौं । झलक बितिसकेपछि मात्रै एम्बुलेन्स आइपुग्यो, बेलैमा अस्पताल पुर्‍याउन सकेको भए ज्यान जोगिन्थ्यो कि !’ ...
साउदी : साउदीमा भएको दुर्घटनामा हात गुमाएका हेमराज केसी स्वदेश फर्किएका छन् ।साउदी अरेबियामा रोजगारीको क्रममा सडक दुर्घटनामा परी १ हात गुमाएका दाङका हेमराज केसी ९ महिनापछि स्वदेश फिर्ता भएका हुन् । वैदेशिक रोजगारका क्रममा दाङ–५ का हेमराज केसी काठमाडौंमा रहेको नासिर हाउसिङ म्यानपावरबाट २२ मार्च २०२२ का दिन साउदी पुगेका थिए। २५ अप्रिलमा कम्पनीको ...
सोलुखुम्बु : सोलुखुम्बुका एक युवकको दक्षिण कोरियामा सुतेकै ठाउँमा मृत्यु भएको छ । सोलु दुधकुण्ड नगरपालिका- ३ तामाखानी घर भइ दक्षिण कोरियाको हव्साङसिमा कार्यरत २९ वर्षीय राम प्रकाश मगरको मंगलबार मृत्यु भएको हो । बेलुका राम्रैसँग सुतेका मगरको हृदय घातका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । उनी केहि दिनदेखि प्रेसरका कारण सामान्य बिरामी ...
अस्ट्रेलिया — अस्ट्रेलियास्थित नेपाली सञ्चारकर्मी सरल गुरुङले केही समयअघि सामाजिक सञ्जालमार्फत आफू मानसिक स्वास्थ्य समस्याबाट गुज्रिएको र उपचार गराइरहेको सार्वजनिक गरे । लाखौं फलोअर रहेका उनले आफूले मानसिक स्वास्थ्य समस्यामा रहेका नेपालीलाई आफ्नो समस्या लुकाएर नराख्न र समयमै उपचारको खोजी गर्न आग्रहसमेत गरे । गुरुङ सामाजिक सञ्जालमा ७ लाख ८० हजार फलोअर रहेको ‘नेपालट्युब’ नामक पोर्टल चलाउँछन् । उनले ...
काठमाडौँ — एक साताअघि मात्रै ३ वर्षीया छोरीको जन्मदिनमा शुभेच्छा सुनाउँदै ‘यसै महिनाभित्र घर आउँछु’ भनेर कतारको दोहाबाट खुसीको समाचार सुनाइरहेका कैलालीको शंकरपुरका ३७ वर्षीय गंगाधर नेपाल शुक्रबार बिहान चिसो बाकसमा काठमाडौं आइपुगे । ‘गत आइतबार राति सुतिरहेकै बेलामा मृत्यु भएछ, के–कसरी, किन भन्ने जिज्ञासा राख्न नपाउँदै आज शव आइपुग्यो,’ शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा भेटिएका मृतक ...
: कोकाकोलाले कतारमा कार्यरत सात नेपालीलाई विश्वकप फुटबल हेर्ने अवसर प्रदान गर्ने भएको छ । परिवारको सुखीका लागि विदेशिएका नेपालीको सम्मानस्वरुप कोकाकोलाले नेपाली कामदारलाई रंगशालामा बसेर विश्वकप हेर्ने अवसर दिन लागेको हो । फुटबल हेर्न रुचाउनेलाई रंगशालामै बसेर प्रत्यक्ष रुपमा विश्वकप हेर्न पाउनु यादगार अवसर हुने भन्दै कोकाकोला कम्पनी प्रति आभार व्यक्त गरेका छन्। कोकाकोला धेरै ...
साउदी: साउदीमा भएको दुर्घटनामा हात गुमाएका अरुण राई स्वदेश फर्किएका छन् । ड्राइभर भिसामा साउदी पुगेका मोरङ बेलबारी-६ का राईको सवारी दुर्घटनामा एक हात गुमेको छ । तीन वर्षअघि साउदी पुगेका उनी दुई वर्षअघि दुर्घटनामा परेका थिए । दुर्घटनामा उनीसँगै रहेका सहचालक भारतीय नागरिकको मृत्यु भयो । राईको भने उपचारका क्रममा हात गुमाउनुपरेको थियो । दुर्घटनामा परेपछि ...
First Prev ... 11 12 13 14 15 16