क्वालालम्पुर, मलेसिया — ३० वर्षीय झलककुमार दर्जी गत भदौ २० मा कारखानाको काम सकेर क्याम्प फर्किंदै थिए । मलेसियाको सवाहास्थित क्याम्पमुनि आइपुग्नासाथ उनी ढले । सहकर्मीहरूले बेहोस देखेर निकैबेरसम्म उनका हातखुट्टा माडिदिए । उनको होस फर्किएन, त्यहीँ ज्यान गयो । ‘हामीले ट्याक्सीलाई भन्यौं । एम्बुलेन्स बोलायौं । झलक बितिसकेपछि मात्रै एम्बुलेन्स आइपुग्यो, बेलैमा अस्पताल पुर्याउन सकेको भए ज्यान जोगिन्थ्यो कि !’ ...