मुख्य समाचार
प्रवास
— यता नेपालमा कात्तिक १५ को दिन थियो । युक्रेनको पूर्वी बखमुतमा पैदल गस्ती सुरु गरेको १५/२० मिनेट मात्रै हुँदै थियो, १६ जनाको टोलीमाथि मिसाइल खस्यो, समूहमा आठ नेपाली थिए, त्यसमध्ये जितबहादुर (नाम परिवर्तन) त पहिलो दिन रेडजोनमा पुगेका थिए । उनी अहिले रुसको राजधानी मस्कोबाट करिब ७ सय किलोमिटर टाढा सेन्ट पिटर्सवर्गको एक अस्पतालमा छन् । ‘दुई ...
सुमन राई। कामधाम केही थिएन। रोजगारीका लागि विदेश जाने निधो गरेँ। साथीभाइमार्फत् बुझेपछि मलेसिया जाने चाहना बन्यो। एक दिन दलाललाई भेट्न काठमाडौंको चक्रपथ हुँदै सुकेधारा पुगेँ। त्यहाँ पुगेपछि दलालले 'रुसी सेनमा भर्ति हुन जाने हो' भन्दै प्रस्ताव गरे। उनले २ लाख ६५ हजार तलब हुने र ८ लाख खर्च लाग्ने बताएका थिए। आकर्षक तलब पाउने सुनेपछि जाउँजाउँ ...
: स्कटल्यान्डको एबर्डिनमा आगलागीमा हुँदा दुई नेपाली दिदीबहिनीले ज्यान गुमाएका छन्। एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका आँचल सुवेदी र शिक्षा सुवेदीको सोमबार साँझ भएको आगलागीमा मृत्‍यु भएको स्थानीय प्रहरीले पुष्टी गरेको छ। शिक्षा २४ वर्ष र आँचल २८ वर्षका हुन्। उनीहरुका पिता पोखरा युनिभर्सिटीका पूर्व प्राध्यापक डा यज्ञप्रसाद सुवेदी हुन्। एबर्डिनस्थित नेप्लिज हिमालयन एशोसिएसन स्कटल्यान्डका ...
— स्कटल्यान्डस्थित एबरडिन सहरमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीको मृत्यु भएको छ । एबरडिनको ब्याक हिल्टन रोड बस्ने अन्दाजी २२ वर्षीया आँचल सुवेदी र २४ वर्षीया शिक्षा सुवेदीको गत सोमबार साँझ ६ बजे भएको आगलागीमा परेर मृत्यु भएको हो । छिमेकीको तल्लो फ्ल्याटमा आगो लागेपछि दोस्रो तल्लामा रहेका उनीहरु आत्तिँदै भुईंतलामा झर्दा धुंवाको मुस्लोले निस्सासिएर ...
। दक्षिण सुडानको अबेई क्षेत्रमा हतियारधारी समूहले आक्रमण गर्दा संयुक्त राष्ट्रसंघको शान्ति मिसनको एक सदस्यसहित ५२ जना सर्वसाधारणको मृत्यु भएको छ । अन्य ६४ जना घाइते भएका छन् । बन्दुकधारीको समूहले २७ जनवरी शनिबारको दिन श्रृङ्खलाबद्ध आक्रमण गरेको थियो । न्यिनकुआक, मजबोङ र खादियन क्षेत्रमा साम्प्रदायिक हिंसा भएको थियो । हतियारधारी समूहले अगोकमा रहेको संयुक्त राष्ट्र ...
। जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुनसरी बराहक्षेत्र नगरपालिका–११ मधुवनका २५ वर्षीय सेहमान खाँ पक्राउ परेका छन् । दोहास्थित नेशनल क्राइम ब्युरोसँगको समन्वयमा कतारमा पक्राउ परेका निजलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने प्रयोजनार्थ आज नेपाल फिर्ता ल्याइएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । अभियुक्त खाँविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा जबरजस्ती करणी मुद्दा दर्ता ...
। दाङको बबई गाउँपालिका-५ का रेशमबहादुर मगरका बाबु कर्णबहादुरले आधा जीवन कतारमा बिताए । कतारमा ८ वर्ष भवन बनाउने मजदुरको रुपमा काम गरेका उनले त्यहाँ बगाएको पसिनाले ६ जनाको परिवारको जीविका चलाए । रेशमका बाबुमात्र हैन, उनका दुई काका प्रेम र जीतबहादुर मगरले पनि खाडीमै बगाएको पसिनाले सन्तानको शिक्षादीक्षा र खानपानको बन्दोबस्त गरे । ११ कक्षा ...
। दाङको बबई गाउँपालिका-५ का रेशमबहादुर मगरका बाबु कर्णबहादुरले आधा जीवन कतारमा बिताए । कतारमा ८ वर्ष भवन बनाउने मजदुरको रुपमा काम गरेका उनले त्यहाँ बगाएको पसिनाले ६ जनाको परिवारको जीविका चलाए । रेशमका बाबुमात्र हैन, उनका दुई काका प्रेम र जीतबहादुर मगरले पनि खाडीमै बगाएको पसिनाले सन्तानको शिक्षादीक्षा र खानपानको बन्दोबस्त गरे । ११ कक्षा ...
: रुसी सेनामा कार्यरत नौकुण्ड गाउँपालिका - ५ का ३२ वर्षीय सुन्दर मोक्तानको निधन भएको छ। उनी गत भदौ अन्तिमतिर रोजगारीका लागि क्रोयसिया गएका थिए । मृतकका आफन्त बुद्धि मोक्तानका अनुसार कार्तिक अन्तिममा क्रोयसिया छु भनेर कुरा भएको थियो । 'केही दिनपछि जंगलको बाटो भएर रुस जाने भएकाले नेट नलाग्ने भनेका थिए, पछि दुःखद खबर आयो,' ...
: नेपाल,कम्बोडिया र बर्माका कलाकारले अमेरिकाको फिलाडेल्फियामा आइतबार आयोजित एक कार्यक्रममा आ–आफ्नो कला र संस्कृति प्रस्तुत गरेका छन् । सगरमाथा र लुम्बिनीको ब्यानरमा आयोजना गरिएको सो कार्यक्रममा ती कलाकारले आ–आफ्ना देशको गीत सङ्गीत एवं नृत्य प्रस्तुत गरेका हुन् । ‘इन्ट्रा कल्चरल इभेन्ट–२०२४’ नाम दिइएको सो कार्यक्रममा नेपालका सम्पदा सगरमाथा र लुम्बिनीलाई ब्यानरमा साक्षी राखेर भ्रातृत्व, ...
: वैदेशिक रोजगार विभागबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या तीन लाख बढी पुगेको छ। साउनदेखि पुससम्ममा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या तीन लाख ४३ हजार पुगेको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए। उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० को यही अवधिमा ...
— बेलायतमा आइतबारदेखि तेश्रो 'ए' स्टार नेपलिज बास्केटबल लिग सुरु हुँदैछ । नेपाल बास्केटबल यूकेको आयोजनामा १३ हप्तासम्म चल्ने उक्त लिगमा यसपटक ११ टिमले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगितामा अघिल्लो वर्ष ८ टिम सहभागी थिए । ११ हप्ता लिग फरम्याट तथा प्लेअफ र फाइनल एक-एक हप्ता गरी १३ हप्तासम्म खेल सञ्चालन हुने आयोजक नेपाल बास्केटबल यूकेका जनसम्पर्क ...
: एक वर्षमा वैशिक रोजगारीको क्रममा साउदी अरेबिया पुगेर अलपत्र परेका १८ जना घरेलु महिला कामदार दूतावासको सहयोगमा स्वदेश फिर्ता भएका छन् । उनीहरू भारतीय बाटो हुँदै कुवेत र युएई हुँदै साउदी अरेबिया पुगेका थिए। साउदीस्थित नेपाली दूतावासका अनुसार नेपालमा रहेका विभिन्न एजेण्डहरूले विभिन्न प्रभोलन देखाइ उनीहरूलाई साउदीमा घरयसी काममा पुर्‍याएका थिए । ...
: गत पुस २६ गते ९ जना महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आइपुगे। उनीहरुलाई सिंगापुर अध्यागमन कार्यालयले फिर्ता पठाएको हो। उनीहरु पुस २३ गते भारतको कलकत्ता हुँदै सिंगापुर गएका थिए। जसमध्ये एक अविवाहित युवतीसँग ओमानको भिसा थियो। उनी मुम्बईको एअरपोर्ट प्रयोग गरेर सिंगापुर पुगेकी थिइन्। अन्य ८ जना भने कलकत्ताबाट सिँधै सिंगापुर पुगेका थिए तर ...
— सरकारले औपचारिक रूपमा जानकारी नगराए पनि रुस–युक्रेन युद्धमा मारिने नेपालीको संख्या ११ पुगिसकेको छ । थप अरू पनि मारिएको अनौपचारिक सूचना छ, तर पुष्टि हुने विवरण आइसकेका छैनन् । एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका मृत्युका घटनाबाट सजिलै अनुमान गर्न सकिन्छ– यो शृंखला यत्तिमै रोकिने देखिँदैन । रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्धको लडाइँमा मारिएका नेपालीमध्ये सबैजसो निम्न मध्यम ...
: क्षतिपूर्ति बापतको रकम तिर्न नसक्दा साउदीको जेलमा रहेका चौविसे गाउँपालिका वडा नं. ४ फलामेटारका दिनेश कार्की २७ महिना पछि रिहा भएका छन्। साउदी सरकारले तोकेको क्षतिपूर्ति बापतको रकम तिरेसँगै कार्की जेलमुक्त भई घर फिर्ती केन्द्रमा पुगेको उनका छिमेकी स्थानीय महेन्द्र न्यौपानेले बताए। साउदी सरकारले ५५ हजार रियाल क्षतिपूर्ति बापत जरिवाना रकम तोकेको थियो। तर, ...
First Prev 1 2 3 4 5 6 7 8 9 ... Next Last