मुख्य समाचार
प्रवास
— रुस–युक्रेन युद्धमा स्याङ्जाका २३ वर्षीय हरिप्रसाद अर्यालको निधन भएको खबर उनका वृद्ध बुबाआमाले बुधबार मात्रै पाए । परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले उनको निधनबारे मंगलबार नै वालिङ नगरपालिका–१४ का वडाध्यक्ष बोधराज कुँवर (राजु)लाई आधिकारिक जानकारी गराएको थियो । अर्यालका आफन्तको आग्रहमा उनको परिवारलाई बुधबार खबर पुग्यो । अर्यालको निधनको खबरपछि टोल, छिमेक र आफन्त मान्खुस्थित घरमा ...
: वैदेशिक रोजगारीको क्रममा साउदी पुगेका ११ नेपाली ३ महिनादेखि अलपत्र परेका छन्। नेपालमा गरिएको सम्झौता अनुसार १०००‌+२०० साउदी रियलमा उनीहरू रिअदा मेन्टिनियस किल्निक कम्पनीमा क्लिनर काम गर्न काठमाडौंमा रहेको मेचि ओभर्सिस मेनपावरबाट गत २२ जुन २०२३ मा साउदी पुगेका थिए। सम्बन्धित कम्पनीले सुरुमा ३ महिनाको लागि २०० रियल ...
। परराष्ट्र मन्त्रालयको काउन्सिलर विभागबाट सोमबार रुस–युक्रेन युद्धमा स्याङ्जाका हरि अर्याल मारिएको आधिकारिक जानकारी आउनुभन्दा १५ दिनअगाडि नै गाउँमा गाइँगुइँ चलिसकेको थियो । मंगलबार विभागले वालिङ नगरपालिका १४ का वडा अध्यक्ष बोधराज कुँवर (राजु) लाई रुसी सेनामा भर्ना भएका २३ वर्षीय अर्यालको मृत्यु भएको जानकारी दियो । स्थानीयका अनुसार हरिले रुसी सेनामा भर्ती भइसकेपछि भिडियो तथा ...
— रुसी सेनामा भर्ती हुन गएका थप ३ नेपालीको मृत्यु भएको छ । उनीहरुको रुस–युक्रेन युद्धमा मृत्यु भएको हो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धार्दिङका राजकुमार गिरी रहेका छन् । योसँगै रुस-युक्रेन युद्धमा गएर मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ । परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा पुस ...
। प्रहरीले दिल्लीमा नेपाली युवतीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा स्याङ्जाका ३५ वर्षीय टीकाराम भण्डारी र उनकी पत्नी ३१ वर्षीया अस्मिता भण्डारी छिन् । प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले भारत पु¥याएका ९ युवतीलाई ७ चैत २०७९ मा उद्दार गरेर नेपाल ल्याएको थियो । प्रहरीका अनुसार, भण्डारी दम्पतीले आकर्षक तलब सुविधाको प्रलोभन देखाएर ...
बार्सिलोना। स्पेनको बार्सिलोनामा तमु ल्होछार विशेष कार्यक्रम सम्पन्न भएको छ। तमु समाज बार्सिलोनाको आयोजनामा सोमबार एकापसमा शुभकामना आदानप्रदान गर्दै ल्होछार पर्व मनाईएको हो। प्रत्येक वर्ष ल्होछारका अवसरमा समाजले आयोजना गर्दै आएको कार्यक्रम यो वर्ष पनि भव्यताका साथ सम्पन्न भयो। विभिन्न परम्परागत वेषभूषामा सजिएका गुरुङ समुदायका महिला पुरुषको उपस्थितिले कार्यक्रम निकै मनमोहक देखिएको थियो । विशेष समारोहमा तमु समुदायका ...
: अष्ट्रेलियामा बसोबास गर्ने थारूहरूले माघी महोत्सव आयोजना गर्ने भएको छ। थारू समाज सिड्नी अष्ट्रेलियाले जनवरी १५ (माघ १) गते माघी महोत्सव गर्ने भएको हो। यसअघि तीनपटक माघी आयोजना गरिसकेको थारू समाज सिड्नी अष्ट्रेलियाले चौथोपटक माघी महोत्सव आयोजना गर्न लागिएको संस्थाका पब्लिक अफिसर अरुण आर्यन चौधरीले जानकारी दिए। उनका अनुसार विटलाम पार्कमा आयोजना हुने माघी महोत्सव अपरान्ह ...
बार्सिलोना। मानवतस्करीलाई जोडेर स्पेनिस मिडियामा नेपालको चर्चा भएको छ। डिसेम्बर २६ मा स्पेनका मिडियाहरुले गैरकानुनी रूपमा नेपाली आप्रवासी ओसारपसार गर्ने आपराधिक गिरोहलाई स्पेनको प्रहरीले प्रकाउ गरेको समाचार लेखेका छन् । स्पेनको लोकप्रिय पत्रिका ‘एल पाइसले’ ‘गैरकानुनी रूपमा ८३ नेपाली आप्रवासी ओसारपसार गर्ने आपराधिक गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । यद्यपि उक्त गिरोहले भारत, थाइल्यान्ड र ...
— अस्ट्रेलिया सरकारले आफ्नो अध्यागमन नीतिमा व्यापक परिवर्तनको घोषणा गरेको छ । केही दिनअघि घोषित नयाँ अध्यागमन नीतिले नेपाली विद्यार्थीलाई समेत असर गर्ने भएको छ । गृहमन्त्री क्लेयर ओनिनले सार्वजनिक गरेको नयाँ नीतिमा समग्र आप्रवासी संख्यालाई दोब्बर संख्यामा घटाउने, विद्यार्थी भिसामा यसपहिले भएका सरल नीतिलाई कडाइ गर्ने तथा उच्च सीप र ज्ञान भएकालाई प्राथमिकता दिनेलगायतका प्रावधान ...
। विभिन्न कारणले ग्रिस पुगेका दुई सय नेपाली अलपत्र परेका छन् । राजधानी एथेन्समा रहेका उनीहरुमध्ये कतिपयसँग राहदानी छैन भने कतिपयको म्याद सकिन लागेको त्यहाँबाट चमारसिंह तामाङले बताए । उनले अनलाइनखबरसँग भने, ‘मेरो हकमा राहदानी छ, तर डेट सकिन लागेको छ ।’ एथेन्समा रोमानिया, सर्बिया, साइप्रस लगायतका देशबाट भागेका आएका नेपाली नागरिकहरु अलपत्र रहेको उनले बताए । ...
— रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न नेपालले गरेको अनुरोधलाई रुसले बेवास्ता गरेको छ । नेपालले मस्कोस्थित नेपाली दूतावासमार्फत रुसी परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित रुसी दूतावासमार्फत रुसी सेनामा नेपालीको भर्नामाथि आपत्ति जनाए पनि रुसले बेवास्ता गर्दै आएको हो । नेपालले मानव तस्करको सञ्जाल प्रयोग गरी रुसी सेनामा भर्ना गरिएका नेपालीलाई फिर्ता गर्न र थप भर्ना ...
अवैध रूपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा होमिएका नेपाली युवाहरूले ज्यान गुमाएका र बेपत्ता भएका खबर आइरहेकै छन् । कतिपय नेपाली युक्रेनी सेनाको बन्दी बनेका छन् । आफूलाई फसाइएको भन्दै उद्धारका लागि गुहार माग्नेहरू पनि बढिरहेका छन् । तर सरकारले उद्धार गर्न त सकेको छैन नै, रुसी सेनामा आबद्ध आफ्ना नागरिकको स्थिति पहिल्याउन सार्थक कूटनीतिक पहलसमेत गर्न ...
— दक्षिण कोरियामा एक हप्तामा ४ जना नेपालीको मृत्यु भएको छ । विभिन्न दुर्घटनामा सोलुखुम्बु नेचासल्यानका रन्जन राई, नुवाकोट दुप्चेश्वरका पासाङ स्याङ्बा, पाँचथर लिगिम्बाका नरेन्द्र केरुङ र मोरङका रोहित मगरको मृत्यु भएको हो । गजेदोको पानी जहाज निर्माण कम्पनी हान्वा ओसनमा कार्यरत राईको शनिबार र छनानमा कार्यरत केरुङको सुतेकै अवस्थामा शुक्रबार निधन भएको थियो । छुन्छन् नाम्दो ...
— रुसी सेनामा भर्ती भई युक्रेनको जापरियामा खटिइएका गंगाजुमना गाँउपालिका–३ धादिङका ३७ वर्षीय पूर्णवहादुर गुरुङले युद्धमा जानुअघि मंसिर १३ मा फेसबुकमा लेखेका थिए, ‘मैले जीवनमा धेरै सपनाहरु पछ्याएँ । मलाई थाहा छैन, भोलि के हुन्छ ? हेर्दै जाऊँ ।’ रुसी सेनामा भर्ना भएदेखि तालिमको क्रममा आधुनिक हतियार चलाएकासम्म भिडियोहरु राखिरहन्थे । एक महिने आधारभूत तालिम लिएर ...
प्रिय कमरेड प्रचण्ड, हुनत प्रधानमन्त्री भएका बेला ‘सम्माननीय’को सम्बोधन गर्नुपर्थ्यो होला । तर वर्ग अन्त्यको लागि १० वर्ष सशस्त्र संघर्ष गरेको व्यक्तिलाई मानमनितोमा खासै आसक्ति नहोला भनेर कमरेड नै भन्न रुचाएँ । फेरि सम्माननीयसँग त्यति खुलेर कुरा राख्नै पनि त सकिन्न ! कमरेडको हाल सालैको एक विचार कमरेडकै सरकारले बन्द गराएको टिकटकमा हेर्न पुगेको थिएँ । देशबाट ...
— अवैध रूपमा रुसी सेनामा भर्ना भएका नेपालीले एकपछि अर्काले ज्यान गुमाइरहेको खबर आइरहँदा बाँकेको खजुरा गाउँपालिका–२ बाबास्थानकी पवित्रा बिकको मन आत्तिन्छ । रुसी सेनामा भर्ना भएका पति रोशन बिकले झन्डै महिना दिनसम्म फोन सम्पर्क नगरेपछि गत साता पवित्रा झनै आत्तिइन् । बुधबार साँझ ७ बजे आफ्नै मोबाइलबाट श्रीमान्‌सँग कुरा भएपछि पवित्रा र उनको परिवारको ...
First Prev 1 2 3 4 5 6 7 8 9 10 ... Next Last