प्रवास
— कान्छो छोरा रुसी सेनामा भर्ती हुन घर छोडेदेखि नै सुरुङ–२, सप्तरीकी ७० वर्षीया गीता बस्नेतलाई चैन थिएन । त्यसमाथि डोनेस्क, युक्रेनमा खटिएका ३२ वर्षीय छोराले पटकपटक गोली खाइरहेको खबरले गीतालाई भोक न प्यास छ । कान्छी बुहारी रेखा त खबर सुनेदेखि नै अर्धचेत छिन् । चार वर्षकी छोरी, एक वर्षका छोरा र वृद्धआमा गीताको जिम्मेवारी पत्नी रेखालाई ...
: ठगी मुद्दामा 'रेड नोटिस; जारी भएका सर्लाहीका कोमलराज उपाध्याय पक्राउ परेका छन्। ठगी गरेको आरोपमा दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी प्रालिका सञ्चालक ४१ वर्षीय उपाध्यायलाई नेपाल प्रहरी र इन्टरपोलको समन्वयमा पक्राउ गरी नेपाल ल्याइएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधकारीले जानकारी दिए। उपाध्यायविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)बाट २०७९ साल वैशाख ...
— तीन महिनाअघि रुसी सेनामा भर्ना भएका कैलालीको टीकापुर नगरपालिका-१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्यु भएको छ । परिवारले शुक्रबार उनको मृत्यु भएको खबर पाएका हुन् । मृत्युको खबर पाएदेखि विक्षिप्त अवस्थामा रहेका उनका बुवा आमा र श्रीमतीले आफन्तजनको सरसल्लाहमा आइतबार कुसको शव बनाएर स्थानीय परम्पराअनुसार टीकापुरस्थित दौलतपुर घाटमा अन्तिम संस्कार गरेका छन् । भरतको मृत्युबारे ...
— मलेसियामा साथीको हत्या पश्चात् हुलिया बदलेर नेपाल आउँदै गरेका एक व्यक्ति पक्राउ परेका छन् । इन्टरपोल मार्फत मलेसियन प्रहरी र मलेसियास्थित नेपाली राजदूतावाससँग समेत समन्वय गरी यस विषयमा थप अनुसन्धान भइरहेको छ । महोत्तरी, गौशाला नगरपालिका- ५ का २४ वर्षीय अनिलकुमार साहले झापा, शिवसताक्षी-३ का धनबहादुर प्रधानको हत्या गरेका थिए । उनीहरू दुवैजना मलेसियामा ...
। रूसी सेनामा भर्ना भएर युद्ध मैदानबाट कब्जामा परेका नेपालीलाई छाड्नका लागि युक्रेनले नेपालसँग पोजिसन (शर्त) राखेको छ । रूसी सेनामा कार्यरत नेपालीको रिहाइका लागि नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयले चालिरहेको कूटनीतिक पहलमा युक्रेनले ‘पोजिसन’ लिएको भनिए पनि त्यो कुन प्रकृतिको हो भन्ने खुलेको छैन । कूटनीतिक स्रोतका अनुसार नेपालले परराष्ट्र मन्त्रालय मार्फत दिल्लीमा रहेको युक्रेनी दूतावास ...
। रुस–युक्रेन युद्धमा कैलाली टीकापुरका एक युवकको मृत्यु भएको खुलेको छ । रुसी सेनाका तर्फबाट युद्धमा सहभागी टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्युको खबर परिवारका सदस्यले केही दिनअघि मात्र पाएका छन् । उनीहरुले आइतबार कुशको शव बनाएर भरतको अन्त्येष्टि गरेका छन् । भरतका दाजु नाता पर्ने बिर्ख शाहले २६ नोभेम्बर (मंसिर १० गते) नै मृत्यु ...
: युद्धग्रस्त युक्रेन र रुसमा भएको भीडन्तमा परी कैलालीको टीकापुरका एक युवकको मृत्यु भएको छ। तीन महिनाअघि रुसी सेनामा आबद्ध भएर युद्धग्रस्त क्षेत्रमा गएका टीकापुर नगरपालिका-१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्यु भएको हो। रुसी सेनामा कार्यरत रहेका कञ्चनपुरका रवीन थापाले अडियो सन्देश पठाउँदै शाहको नोभेम्बर २६ तारेखमा ज्यान गएको बताएका छन्। तीन हप्तादेखि परिवारको ...
: नेपालको सहभागितासँगै साउदी रियाद सिजन सकिएको छ। रियाद सहरस्थित अल सुवेदी पार्कमा अक्टोबर २८ बाट सुरु भएको हो। सिजनमा नेपाल पहिलो पटक सहभागी भएको हो। नेपालले नेपाली मौलिकता झल्कने गरी गायन र नृत्य प्रस्तुत गरेको थियो। नेपाली गायिका तिर्सना गुरुङसहित द कोल्याब ब्याण्डको समेत सहभागिता रहेको उक्त कार्यक्रममा साउदीमा कार्यरत स्थानीय ...
— माओवादी नेतृत्वको १० वर्षे द्वन्द्वमा गाउँबस्तीका किशोरकिशोरी पढाइ छाडेर ‘देश बनाउने’ अभियानमा जुटेका थिए, संयोगले आज देशमा माओवादी अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा सरकार छ । तर, हिजो देश बनाउन हिँडेका कतिपय युवा आज विदेशी भूमिको रक्षार्थ रुसी सेनामा भर्ती भएका छन् । एजेन्टको भ्रममा परेर रुसी सेनामा भर्ती भएका युवालाई सिधै ‘रेडजोन’ मा पठाइएपछि कतिपय घाइते भएका ...
— रुसको आर्मीको तर्फबाट युक्रेनसँगको युद्धमा सहभागी भएका केही नेपालीको मृत्यु भएको छ । केही अहिले पनि युद्ध लडिरहेका छन् । युद्धमा सामेल भएका मध्ये एकजना सिद्धार्थ ढकाल अहिले युक्रेनको नियन्त्रणमा छन् । दुई महिना अघि मात्र रसिया पुगेका उनले युक्रेनले कब्जामा राखेको स्थानबाट एउटा भिडियो सन्देश पठाएका छन् । उक्त सन्देशमा उनले कसैलाई पनि रुस ...
: एक महिनाअघि रुसी सेनामा भर्ना भइ युक्रेन सिमानाको युद्धमा खटिएका पाल्पा रैनादेवी छहरा गाउँपालिका-३ भुवनपोखरी रुगका विष्णुबहादुर पौडेल एक हप्तादेखि परिवारबाट सम्पर्कविहीन भएका छन्। युक्रेन सिमानामा युद्धमा खटिएका रुसी सेनामा कार्यरत पौडेल बिरामी भएपछि सीमा क्षेत्रकै अस्पतालमा भर्ना भएका जानकारी विष्णुले पविारमा खबर गरेका उनका भाइ प्रदीप पौडेलले बताए। अस्पतालमा फोर्न सम्पर्क ...
। पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपालको नाम संघीय संसदको संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले अनुमोदन भएको छ । त्यस अगाडि सुनुवाइ समितिले नेपालको नामका सम्बन्धमा परेको उजुरीमाथि छलफल गरेको थियो । उजुरीकर्ताको उजुरी सुनेपछि प्रस्तावित राजदूत सनिल नेपालसँग छलफल गरेको समितिले नाम अनुमोदन गरेको हो । सुनवाइका क्रममा नेपालले चार वर्षे कार्यकालमा गर्ने आफ्नो योजना सुनाएका थिए ...
— ‘आज (बिहीबार) हामीलाई यहाँ (रुस) का कैदीसँग मिसाएर युद्ध भइरहेको रेड जोन (अग्रमोर्चा) मा लाँदै छ । हाम्रो छुट्टाछुट्टै समूह छ । हाम्रो समूहमा चार जना नेपाली र ६ जना रुसी कैदी छन् । वार भइरहेको ठाउँमा खाल्डोभित्र पाल छ । त्यो पालभित्र दुस्मन लुकेको हुन सक्छ । उनीहरूलाई ग्रिनेड हान्नुपर्छ । फायरिङ चलाउनुपर्छ । त्यहाँ ड्रोनहरू पनि आउँछन् । हामी एकदमै ...
— युक्रेनी सेनाले रुसी सेनामा भर्ती भएका काभ्रेका २२ वर्षीय सिद्धार्थ ढकाललाई नियन्त्रण लिएको भिडियो सार्वजनिक भएको छ । यसअघि गत असोज २७ गते बर्दियाका २३ वर्षीय विवेक खत्री युक्रेनी सेनाको नियन्त्रणमा छन् । ८ जना नेपालीले युद्धस्थल छोडेर भागेको रुसी रक्षा मन्त्रालयको दाबी छ । रुसी सेनामा भर्ती भई युक्रेनसँग लड्न गएका ढकाललाई मंसिर १७ ...
— रुसी सेनामा भर्ती भएका एक नेपाली युवक युक्रेनको कब्जामा रहेको भिडियो मंगलबार बिहानैदेखि सामाजिक सञ्जालमा चर्चामा थियो । भिडियोमा युवकले आफूलाई सकुशल घर फर्काइदिन अपिल गरेका थिए । यो खबर काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ घर भएका ढकाल थोकका बिदुर ढकाल र गंगा ढकालसम्म पनि पुग्यो । खबर सुनेलगत्तै उनीहरू छाँगाबाट खसेझैं भए । कारण थियो, भिडियोमा आफूलाई सकुशल नेपाल फर्काइदिन ...
कहिले बर्मा र मलायामा नेपाली मारिए, कहिले फोकल्यान्डमा । कहिले श्रीलंकामा मारिए, कहिले कश्मीरमा । इराक, अफगानिस्तान, इजरायल र युक्रेनमा पनि । २०८ वर्षअघि भएको सुगौली सन्धियता नेपाल कुनै देशसँग युद्धमा छैन तर संसारमा जोसुकैबीच युद्ध हुँदा पनि नेपाली मारिने क्रम जारी छ । पहिलो र दोस्रो युद्धमा करिब तीन लाख नेपाली सहभागी भए, जसमध्ये ६५ हजार कहिल्यै फर्किएनन् । पछिल्लो ...
First Prev ... 2 3 4 5 6 7 8 9 10 11 12 ... Next Last