मुख्य समाचार

विश्व

भारतमा फेरि मारिए पत्रकार
मंसिर ६ – भारतको दक्षिणूर्वी राज्य त्रिपुरामा एकजना भारतीय पत्रकारको हत्या गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। प्राप्त समाचारअनुसार सो राज्यमा मङ्गलबार एउटा रष्ट्रिय दैनिक पत्रिकामा कामगर्ने पत्रकारको गोलीहानी हत्या गरिएको प्रहरीले जानकारी दिएको छ। उनी प्रहरीको गोली लागेर मारिएका बताइएको छ। त्रिपुरा राज्याको प्रहरी प्रमुख कार्यालय, त्रिपुरा स्टेट राइफलमा गएको बेला सोही कार्यालयका प्रहरीले गोली हानेको बताइएको छ। उक्त प्रहरी प्रधान कार्यालय सो राज्यको राजधानी अगरतलाबाट करिब २० किलोमीटर पश्चिममा पर्दछ। समाचारको कामका लागि नै उनी त्यहाँ गएको बताइएको छ। उक्त कार्यालयका एकजना वरिष्ठ ...
२९ लाख अमेरिकी डलरमा कुमारीत्व बेच्‍ने घोषणा
मंसिर ५ – १९ वर्षीया अमेरिकी मोडल गिसेलाले २९ लाख अमेरिकी डलरमा कुमारीत्व बिक्री गर्ने घोषणा गरेकी छन् । कुमारीत्वको बिक्रीबाट आएको उक्त रकम उनले आफ्नो अध्ययन तथा भ्रमण खर्चका लागि लगानी गर्ने बताएकी छन् । कुमारीत्व बिक्रीसम्बन्धी कार्यरत एक सिन्ड्रेला एस्कोट नामक एक जर्मनीमार्फत् उनले यस्तो घोषणा गरेकी हुन् । क्रेताका रूपमा एक हलिउड कलाकार तथा रूसी नेता रहेका छन् । कुमारीत्व बिक्रीको घोषणा पश्चात् गिसेलाले आफूले यसबाट यति धेरै रकम आउने नसाचेको बताएकी दी मिररमा उल्लेख गरिएको छ । उनका अनुसार कुमारीत्व बिक्री कार्य उनको स्वतन्त्रता ...
अमेरिकाले पुनः आणविक हतियार परीक्षण गर्ने
मंसिर ५ – अमेरिका र दक्षिण कोरियाका आणविक विज्ञहरूले पुनः आणविक हातहतियार परीक्षण कार्य अगाडि बढाउने बताएका छन्। दक्षिण कोरियाको राजधानी सिओलमा अमेरिकी तथा दक्षिण कोरियाली आणविक विज्ञहरूबीच भेटवार्ता पछि यस्तो निष्कर्ष निकालिएको हो। आणविक हतियार परीक्षण क्षेत्रमा उत्तर कोरियालाई चेतावनी दिनका लागि उक्त भेटवार्ता गरिएको दुवै पक्षका अधिकारीहरूले बताएका छन्। उत्तर कोरिया तथा उसको आणविक परीक्षणको विषयलाई लिएर दक्षिण कोरिया तथा अमेरिकाका विदेश मन्त्रालयका अधिकारीहरूबीच वार्ता भइसकेको दक्षिण कोरियाली सञ्चार माध्यमले उल्लेख गरेका छन्। ११ दिनको एसिया भ्रमण पश्चात् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाबारे नयाँ ...
साउदीका महिला घरबाहिर काम गर्न पाउने
मंसिर ५ –महिलाहरूको जीवनस्तरबारे साउदीमा उठिरहेको सवालले त्यहाँका महिलाहरूको जीवनस्तरमा सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ। सामाजिक क्षेत्रमा कार्यरत साउदी अरेबियाकी एक महिलाले साउदी अरेबियन महिलाहरू पनि घर बाहिरका काममा विस्तारै सरिक हूँदै गएकोमा खुसी लागेको बताइन्। केही साता अगाडि मात्रै साउदी सरकारले महिलाहरूलाई समेत चालक अनुमती पत्र दिइने घोषणा गरेको थियो। त्यसको केही दिन पछाडि महिलालाई घर बाहिरका काममा समेत सरिक गराइने बताएपछि साउदी अरबियामा महिलाप्रति रहेको वर्षाैंदेखिको मान्यता भत्किएको छ। साउदी सरकारको उक्त निर्णयबाट उत्साही देखिएका साउदी महिलाहरू सरकारको उक्त निर्णयमा अवसर तथा ...
चीनमा भएको आगलागीमा परी १९को मृत्यु
मंसिर ३ – चीनको राजधानी बेइजिङबाट दक्षिणतर्फ रहेको दाक्सिनमा अवस्थित एउटा घरमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अरु आठ जना घाइते भएका छन्। उक्त जिल्लाको छिङजिन गाँउमा रहेको सो घरमा शनिबार राति ९ बजेतिर आगलागी भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्। आगलागीमा परी घाइते भएकाहरुलाई तत्काल उद्धार गरी अस्पताल पु¥याइएको छ। आगलागी नियन्त्रण गर्न दमकल र आग्नि नियन्त्रकहरु तत्कालै घटनास्थलमा पठाइएको थियो। स्थानीय अधिकारीहरुले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएका छन्। सो आवासीय घरमा भएको यस आगलागीको घटनाको बारेमा अनुसन्धान ...
शनिबार बिहानैं ६ दशमलव ९ रेक्टर स्केलको भूकम्प
शनिबार बिहान चीनमा शक्तिशाली भूकम्प गएको छ । चीनको तिब्बत निङ्ची क्षेत्रमा ६ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । स्थानीय समय अनुसार शनिबार बिहान ६ बजेर ३४ मिनेटमा भूकम्प गएको तर त्यो क्षेत्रमा बसोबास नभएकाले मानवीय क्षति नभएको अनुमान गरिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पपछि अहिलेसम्म ५ रेक्टर स्केलका परकम्प आइरहेका छन् । चीनको राजधानी बेइजिङ र छिमेकी प्रान्तहरुबाट उद्धारका लागि सुरक्षाकर्मी र उद्धारकर्मीको टोली पुग्ने क्रम चलिरहेको छ ।
भारतमा कार र बस ठोक्किदा पाँचको मृत्यु
मंसिर १ - उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा कार र यात्रुवाहक बस एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको प्रहरीले बिहीबार जानकारी दिएको छ। उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउबाट ५ सय किलोमिटर टाढा रहेको साहरनपुन जिल्लामा सो दुर्घटना भएको थियो। यस घटनामा परी कारमा रहेका पाँचै व्यक्तिको दुर्घटनास्थलमा नै मृत्यु भएको थियो। घाइते भएका यात्रुवाहक बसका यात्रुहरुलाई भने नजिकै अस्पतालमा उपचारको लागि भर्ना गरिएको बताइएको छ। उच्च गतिमा रहेको बस चालकले आफ्नो नियन्त्रण गुमाउदा विपरीत दिशाबाटआइरहेको कारसँग बस ठोक्किएको प्रहरीले ...
विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण
कात्तिक ३० -भारतको दक्षिणी राज्य तामिल नाडूबाट १३४ जना यात्रु र सात जना चालक दलका सदस्यसहित कतारको दोहाका लागि उडेको विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गराइएको खबर छ । तामिल नाडूको विमानस्थलबाट विमान उडेको केही समयमा नै सो विमानमा चरा ठोक्किएको थियो । चरा ठोक्किएपछि विमानलाई पुनःफर्काएर सोही विमानस्थलमा अवतरण गराइएको थियो । सो चेन्नई दोहा इन्डिगो फ्लाइट बिहीबार बिहानी पख सवा २ बजे उडेका थियो । पछि सो विमानमा चरा ठोक्किएपछि पुनःअवतरण गराएर अर्काे विमानमा यात्रुलाई राखी उडान सञ्चालन गरिएको थियो । विहान सवा ४ बजे पुनःअर्काे ...
ग्रिसमा बाढीका कारण १५ जनाको मृत्यु
कात्तिक ३० – ग्रिसमा बाढीका कारण कम्तिमा १५ जनाको ज्यान गएको छ । रातभर परेको पानीका कारण आएको बाढीले ग्रिसको मध्य क्षेत्र बढी प्रभावित भएको छ । बाढीका कारण भौतिक संरचनामा ठूलो क्षति भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । राजधानी एथेन्सको पश्चिमी क्षेत्रमा रहेका औद्योगिक शहरहरु म्यानड्रा, निए पेरामोस र मेगारामा बाढीका कारण बढी नोक्सानी भएको छ । बाढीका कारण ज्यान गुमाउनेमा धेरैजसो बृद्धबृद्धा रहेका छन् । उनीहरुको शव घर भित्र भेटिएको उद्धारकर्मीले बताएका छन् । बाढीका कारण भएको क्षति तथा ज्यान गुमाउनेको सम्झनामा ...
भूकम्पमा बाँचेका इरानीद्वारा सहयोगको अपिल
कात्तिक २९ –आइतबार राति इरान र इराकको सीमा नजिकै गएको शक्तिशाली भूकम्पमा बाँचेका इरानी नागरिकले सहयोगको अपिल गरेका छन्। भूकम्पबाट प्रभावित भएका इरानीहरु घर बाहिर चिसो मौसममा बसिरहेका छन् । भूकम्पमा परी इरानमा मात्रै मंगलबार साँझसम्ममा करिब पाँच सय ४० जनाको मृत्यु भइसकेको छ भने करिब आठ हजार भन्दा बढी इरानी घाइते भएको बताइएको छ। भूकम्पले सबैभन्दा प्रभावित भएको इरानको केरमान्साह प्रान्त जहाँ सयौं घर भत्किएका छन्, उक्त क्षेत्रमा इरानी सरकारले सहयोगका लागि पहल गरिरहेको बताएको छ। इरानका राष्ट्रपनि हसन रुहानीले भूकम्प प्रभावित क्षेत्रको भ्रमण ...
इरान–इराक भूकम्प : मृत्यु हुनेको संख्या ४०० नाघ्यो, यो वर्षकै घातक भूकम्प
कात्तिक २८ – इराज र इराकको उत्तरी सीमा क्षेत्रमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प जाँदा ज्यान गुमाउनेको संख्या चार सय नाघेको छ । सात हजार भन्दा बढी घाइते भएका छन् । यो भूकम्प विश्वमा सन् २०१७ मा गएको अहिलेसम्मकै सबैभन्दा विनाशाकारी बनेको छ । भूकम्पका कारण ज्यान गुमाउनेमा अधिकांश इरानको पश्चिमी क्षेत्रका छन् । इरानमा मात्रै कम्तिमा चार सय १३ जनाको ज्यान गएको सरकारी अधिकारीले बताएका छन् । इराकमा कम्तिमा ९ जनाको ज्यान गएको बिबिसीले उल्लेख गरेको छ । इरानमा भूकम्पका कारण ७० हजार ...
कंगोमा रेल दुर्घटनामा ३४ को मृत्यु
कात्तिक २७ –दक्षिण पूर्वी कंगोमा आइतबार साँझ भएको एक रेल दुर्घटनामा परी कम्तीमा पनि ३४ जनाको ज्यान गएको समाचार छ । गुडिरहेको रेलले लिग छोडेर बाहिर निस्किँदा भएको उक्त दुर्घटनामा परी अरु कम्तीमा पनि २६ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ । रेलले लिग छोडेर बाहिरिएपछि बाटोमा गुडिरहेका अरु पनि कैयाँ कारलाई हानेको थियो । मारिनेमा ती कारमा रहेका व्यक्ति पनि परेका छन् । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान थालेको बताइएको छ । कैयौं कारमा आगो लागेको टेलिभिजन दृश्यहरुमा देखाइएको छ । source ; nepaljapan.com
तेस्रो सन्तानको पिता बन्दै मिस्टर बिन
कात्तिक २७ – हलिउड हाँस्य अभिनेता रोवान एटिकन्सन उर्फ मिस्टर बिन ६२ वर्षमा तेस्रो सन्तानका पिता बन्ने भएका छन्। बिनकी ३३ वर्षीया पत्नी लुइस फोर्डले केही हप्तामा नै सन्तानलाई जन्म दिने भएकी छिन् । बिन भने यस अघि नै दुई सन्तानका पिता हुन् । बिनकी पहिली पत्नी सुनेत्रा तर्फका २३ वर्षीय छोरा र २१ वर्षिया छोरी छन्। बिन र लुइसबीच सन् २०१२ मा एक कार्यक्रमको शिलशिलामा भेट भएको थियो । उनीहरूको वेस्ट इन्ड कमेडी क्वाटरमाइन टममा काम गर्दा भेट भएको थियो। लुइससँगको प्रेममा रहेका ...
भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या २ सय नाघ्यो
कात्तिक २७ – इराक र इरानको सीमा क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या २ सय नाघेको छ । इराक र इरानको सीमा क्षेत्रमा आइतबार राति ७.३ रेक्टर स्केलको भूकम्प गएको थियो । इराकको कस्बे हलब्जालाई ३२ किलोमिटरको दक्षिण पश्चिममा केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्पमा परी करिब ९ सय घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ । उक्त भूकम्पका कारण इरानमा समेत ४ जनाको मृत्यु भएको र कम्तीमा ५० भन्दा बढी घाइते भएको इरान सरकारले बताएको छ । भूकम्पका ...
शक्तिशाली भूकम्प जाँदा इराक र इरानमा कम्तीमा सय जनाको मृत्यु
कात्तिक २७ –इराक र इरानको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १ सय जनाको मृत्यु भएको छ। समाचार एजेन्सी बीबीसीका अनुसार आइतबार राति ७.३ रेक्टरस्केलको भूकम्प गएको थियो। अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार इराकको कस्बे हलब्जाभन्दा ३२ किलोमिटर दक्षिण-पश्चिममा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो। भूकम्पमा ३ सयभन्दा बढी घाइते भएका छन्। भूकम्पको तीब्रतासँगै सो क्षेत्रमा मानिसहरुको भागदौड मच्चिएको थियो। भूकम्पले घरहरु भत्किएका छन्। त्यहाँका प्रहरी प्रशासनले उद्धार कार्य गरिरहेका छन्। मृतकको संख्या बढ्ने सरकारी अधिकारीहरुले जनाएका छन्। source ; nagariknews.com
भिडियो भाइरल भएपछि छानबिन समिति
कार्तिक २३ -भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एक एयरलाइन्सका कर्मचारीले यात्रुलाई दुर्व्यवहार गरेको भिडियो भाइरल भएपछि त्यसको छानबिनका लागि सरकारले समिति गठन गरेको छ । करिब महिना दिनअघि भारतको चेन्नईबाट इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका एक यात्रुलाई विमानस्थलमै भारतको इन्डिगो एयरलाइन्सका कर्मचारीले दुर्व्यवहार गरेका थिए । मंगलबार सार्वजनिक भएको उक्त भिडियोमा एक यात्रुलाई विमानबाट बाहिर निस्किने क्रममा घाँटीमा समातेर लछार्दै बाहिर निकालिएको छ । उक्त भिडियो मंगलबार नै भारतका करोडौं नागरिकले हेरिसकेका छन् । भिडियो भाइरल भएपछि उक्त एयरलाइन्सले भने सार्वजनिक रूपमा नै माफी ...
First Prev ... 5 6 7 8 9 10 11 12 13 14 15 ... Next Last
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम