मुख्य समाचार
विश्व
— सुशासनका लागि संसारभर कहलिएको मुलुक सिंगापुरका यातायातमन्त्री सुब्रमण्यम इश्वरनले भ्रष्टाचारको मुद्दा लागेपछि बिहीबार राजीनामा दिएका छन् । सुशासनका लागि कहलिएको मुलुकका मन्त्रीमाथि नै भ्रष्टाचारको मुद्दा लाग्नु दुर्लभ भएको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उक्त समाचारको व्यापक कजरेज गरेका छन् । उनीमाथि २७ वटा अभियोग छन् । सन् २०२२ को भ्रष्टाचारसम्बन्धि सूचकांकमा सबैभन्दा कम भ्रष्टाचार हुने ...
— हलिउड फिल्म 'आइस रोड’ को दोस्रो श्रृङ्खला ‘आइस रोड–२ : टु दि स्काई’ को निर्माण टोली हाल अस्ट्रेलियाको भिक्टोरियामा छ । अस्कर नोमिनेसनमा परिसकेका लायम निसन अभिनित फिल्ममा नेपाली दुर्गम गाउँको कथा समेट्नुपर्ने भएपछि निर्माण टोलीले भिक्टोरिया राज्यको गिप्सल्याण्डस्थित वाल्हाला गाउँको एक क्षेत्रलाई नेपाली हिमाली भेगको झल्को दिने गरि सजाएको छ । नेपालको पहिचान र ...
— इरानले पाकिस्तानको बलोचिस्तान प्रान्तमा गरेको क्षेप्यास्त्र आक्रमणमा दुई बालबालिकाको ज्यान गएपछि दुई देशबीच तनाव बढेको छ । क्षेप्यास्त्र आक्रमणपछि आक्रोशित पाकिस्तानले इरानको कडा शब्दमा निन्दा गरेको छ । इस्लामावादस्थित विदेश मन्त्रालयले हवाई आक्रमण ‘गैरकानुनी कार्य’ भएको र यसले ‘गम्भीर परिणाम भोग्नुपर्ने’ चेतावनी पनि दिएको छ । पाकिस्तानी विदेश मन्त्रालयले इरानी कूटनीतिज्ञलाई बोलाएर घटनाप्रति विरोधसमेत ...
— एउटा फ्रान्सेली उखान छ– अम्लेट बनाउने हो भने अन्डा फोर्नै पर्छ । यथास्थितिवादको विरोधी भनेर चिनिएका फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले आफ्नो देशको प्रसिद्ध उखानलाई हालै चरितार्थ गरिदिएका छन्– एक युवा नेतालाई हालै प्रधानमन्त्रीमा नियुक्त गरेर । भर्खरै ३४ वर्ष पुगेका गाब्रियल अट्टललाई गरेको नियुक्तिको आश्चर्यले मानिसहरूका आँखीभौं खुम्चिएका छन् । गाब्रियल प्रधानमन्त्रीका रूपमा आसीन भएसँगै दुई ठूला ...
तेल अविवस्थित ६ तलामुनि रहेको बंकरमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनबीच ९ घण्टा लामो वार्ता चलेको थियो । बन्द कोठाभित्र के वार्ता भयो भन्ने कुरा राति २:१४ सम्म जागै बसेका दुबै पक्षका सल्लाहकारहरु बेखबर थिए । नेतान्याहुलाई भेट्नुअघि ब्लिंकेनले अरब राष्ट्रका ६ मुलुकका प्रतिनिधिसँग पनि वार्ता गरेका थिए । उनीहरुको आक्रोश सुनेर ...
गत वर्ष क्यानडा र भारतबीचको कूटनीतिक विवादका कारण क्यानडाबाट भारतीय विद्यार्थीहरूलाई दिइने अनुमतिमा उल्लेख्य कमी आएको छ। एक शीर्ष क्यानाडाली अधिकारीका अनुसार गत वर्षको अन्त्यमा विद्यार्थीहरूलाई दिइने अध्ययन अनुमतिको संख्यामा तीव्र गिरावट आएको छ। भारतले परमिट प्रक्रियामा सामेल क्यानडाका कुटनीतिज्ञहरुलाई दुई देशबीचको विवादका कारण हटाएको थियो। त्यसैको कारण अनुमति प्रक्रियाको संख्यामा गिरावट आएको उनको भनाइ छ ...
चीनको जनसंख्यामा लगातार दोस्रो वर्ष पनि गिरावट आएको छ। विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश गत वर्ष दोस्रो स्थानमा आएको थियो। भारत भने सबैभन्दा बढी जनसंख्या भएको देश बनेको थियो। यो क्रम यस वर्ष पनि कायमै छ। चीनको तथ्यांक अनुसार त्यहाँको जनसंख्या १४० करोड रहेको छ। जुन गत वर्षको तुलनामा करिब २० लाख कम ...
मध्य थाइल्यान्डमा एउटा पटका कारखानामा विस्फोट हुँदा २३ जनाको मृत्यु भएको प्रान्तीय गभर्नरले बुधबार बताएका छन्। स्थानीय उद्धार सेवाले साझा गरेको तस्बिरहरूमा जमिनमा धातुको फोहोर र कालो धुवाँको मुस्लो देखिएको छ । विस्फोट स्थानीय समयअनुसार दिउँसो ३ बजे मध्य सुफान बुरी प्रान्तको साला खाओ टाउनसिप नजिक भएको हो । सुफान बुरी प्रान्तका गभर्नर नट्टापट ...
। न्यूजील्याण्डकी एक सांसदले चोरी गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएकी छन् । गि्रन पार्टीकी ४२ वषर्ीया सांसद गोलरिज घाहरमनले पसलबाट तीन पटक चोरी गरेको आरोपपछि राजीनामा दिएकी हुन् । उनले एक पटक अकल्याण्डमा र दुई पटक बेलिङ्गटनको पसलबाट चोरी गरेको आरोप छ । पछिल्लोपटक उनले अकल्याण्डको एक बुटिकबाट ब्याग उठाएर हिँडेको सीसीटीभी फुटेज सार्वजनिक भएको बीबीसीले ...
। इरानले पाकिस्तानको बलुचिस्तानमा हवाई हमला गरेको छ । आतंकवादी संगठन जैश अल अदललाई लक्षित गरी मिसाइल आक्रमण गरेको इरानले जनाएको छ । आक्रमणबाट दुई बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले पाकिस्तानमा मिसाइल र ड्रोनमार्फत् हवाई हमला गरेको समाचार सार्वजनिक गरेको थियो । तर पछि उसले त्यो ...
। क्यानडाका अध्यागमन मन्त्री मार्क मिलरले विदेशी विद्यार्थीको सङ्ख्यालाई सीमित गर्ने संकेत गरेका छन् । गत सप्ताहन्तमा मिडिया अन्तर्वार्ताको श्रृङ्खलामा उनले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्यालाई सीमित गर्न खोजिरहेको उल्लेख गरेका हुन् । मन्त्री मिलरका अनुसार संख्या कटौतीबारे प्रान्तहरूसँग पनि कुराकानी भइरहेको छ । विभिन्न प्रान्तमा शैक्षिक संस्थाहरूको गतिविधिलाई गम्भीरताका साथ हेर्नुअघि संघीय तहमा संख्या मिलाउन आवश्यक रहेको समेत ...
— संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार गाजामा द्वन्द्व सुरु भएको सय दिन पुगेपछि तत्काल मानवीय युद्धविराम गर्न पुनः आह्वान गरेका छन् । गाजामा भएका अत्याचारहरू बाहेक, कब्जा गरिएको वेस्ट बैंकमा बढ्दो हिंसाले प्यालेस्टिनी प्राधिकरणको लागि पहिलेदेखि नै गम्भीर वित्तीय संकटलाई जटिल बनाउँदै लगेको बताए । उनले लाल सागर र त्यसभन्दा बाहिर पनि तनावहरू बढिरहेकोले भन्दै ...
: उत्तर कोरियाले हाइपरसोनिक युद्धाभ्यासयुक्त नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको सोमबार बताएको छ। उक्त परीक्षण दक्षिण कोरियाली र अमेरिकी लक्ष्यहरूलाई धम्की दिनका लागि उन्नत हतियारको खोजीमा पछिल्लो सफलता भएको उत्तर कोरियाको भनाइ छ। प्योङयाङको यस वर्षको पहिलो ज्ञात हतियार परीक्षण र ठोस–इन्धन हाइपरसोनिक मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र (आइआरबिएम) को पहिलो परीक्षण सोलको सेनाले आइतबार ...
सबैभन्दा सफासुघ्घर देशको कुरा गर्दा दिमागमा युरोपेली देशहरु र त्यसमा पनि बेलायतको नाम आउँछ । तर पछिल्लो समयमा बेलायत आफ्नै दुर्गन्धका कारण समस्याग्रस्त छ। बेलायतमा यो समय मुसाले निकै दुःख दिइरहेको छ । यी कुनै चानचुने मुसा होइनन्, निकै बडेमानका मुसा हुन् । अचानक देखा परेका मुसाहरुको नयाँ लहरले बेलायतबासीमा चिन्ता पैदा गरेको छ । मुसाको संख्यामा ...
इरानको एक अदालतले सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीलाई कारागारमा रहेका बेला इस्लामिक गणतन्त्रविरुद्ध प्रचार गरेको आरोपमा थप एक वर्षभन्दा बढी कारागार सजाय सुनाएको उनको परिवारले सोमबार बताएको छ । मोहम्मदीले बहिष्कार गरेको मुद्दापद्धि रिभोल्युसनरी अदालतले १५ महिनाको कारागार सजाय सुनाएको परिवारले विज्ञप्तिमा बताएको छ । उनलाई तेहरानबाहिर दुई वर्ष निर्वासनमा बिताउन ...
। डेनमार्कका युवराज फ्रेडरिक नयाँ राजा बनेका छन् । अघिल्लो दिन, डेनिस रानी मार्गरेटले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै तत्कालीन युवराज फ्रेडरिकलाई राजगद्दी हस्तान्तरण गरिएको हो । फ्रेडरिकलाई आइतबार प्रधानमन्त्रीले औपचारिक रूपमा राजा घोषणा गरिन् । ५२ वर्षसम्म शासन सम्हालेपछि ८३ वर्षीया महारानी मार्गरेट द्वितीयले नयाँ वर्षको सम्बोधनको क्रममा पद त्यागेर युवराज फ्रेडरिकलाई शासन सुम्पिने घोषणा गरेकी थिइन् ...
First Prev ... 6 7 8 9 10 11 12 13 14 15 16 ... Next Last