मुख्य समाचार

विश्व

आगलागीमा एक परिवारको पाँच जनाको मृत्यु
पुस ३० –भारतको जयपुर सरहको विधानगर क्षेत्रमा एक आवासिय भवनमा शनिवार भएको एक आगलागीमा परी एकै परिवारको पाँच जनाको मृत्यु भएको छ । ग्यास सिलिण्डर पड्किएर सो आगलागी भएको बताइएको छ । यस आगलागीको समाचार प्राप्त भएपछि आग्राको भ्रमणमा रहेका परिवार तीन सदस्य पनि जयपुर फर्किएका बताएको छ । source; nepaljapan.com
क्यालिफोर्नियामा पहिरोमा परी १९ को मृत्यु
पुष ३० –अमेरिकाको क्यालिफोर्नियामा चिसो मौसममा आएको आँधीपछिको पहिरोमा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ। उद्वारकर्ताहरुले पहिरो गएको ठाउमा अझैपनि खोजीकार्य जारी राखेको अधिकारीहरुले शनिबार जानकारी दिएका छन्। बेला बेलामा मौसममा बदली भईरहेकाले उद्धारकार्यमा कठिनाई भईरहेको छ। पहिरोमा परी अहिले पनि ५ जना हराईरहेका छन् ।अमेरिकाको पश्चिमी तटीय क्षेत्रमा भारी बर्षापछिको कडा हावाको कारण क्षति भएको बताइएको छ। पहिलोका कारण ६५ ओटा घर क्षतीग्रस्त भएका छन् भने अरु ४६२ ओटा घरमा दिर्घकालिन असर परेको छ। source; nagariknews.com
अफगानिस्तानमा थप ७ सय अमेरिकी सेना आउने
पुष ३० – अफगानिस्तानको सेनालाई तालिम तथा अन्य सहयोगमा सघाउन थप ७०० अमेरिकी सेना पठाइन लागेको अमेरिकी सैन्य अधिकारीलाई उद्धृत गर्दै अफगानिस्तानको खामा न्यूज एजेन्सीले शनिबार जनाएको छ। आतङ्कवाद विरुद्धको अभियानमा अफगानिस्तानमा सहयोग गर्दै आएको अमेरिकी सेनाले थप सेना पठाउन लागेकोप्रति लक्षित गर्दै यहाँको तालिवान लडाकू समूहका प्रवक्ता जाविउल्लाह मुजाहिदले एक विज्ञप्ति जारी गर्दै भनेका छन, ‘हजारौँको सङ्ख्यामा अफगानिस्तान आएको अमेरिकी सेनाले पनि आफ्नो समूहमाथि विजय हाँसिल गर्न सक्दैन भने थप ७०० जना पठाउने निर्णयबाट तालिवान तर्सिदैन।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एसियामा आतङ्कवाद विरुद्ध लड्ने ...
न्युज फिडमा महत्वपूर्ण परिवर्तन गर्दै फेसबुक
पुस २९ – सामाजिक सञ्जाल फेसबुकले न्युड फिडमा परिवर्तनको योजना सार्वजनिक गरेको छ। फेसबुकका प्रमुख मार्क जुकरबर्गले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत ‘व्यवसाय, ब्राण्ड र मिडियालाई पोस्टको कम महत्व र यसको सट्टा परिवार र साथीसँग कुरा गर्ने सामग्रीमा जोड दिनेगरी’ परिवर्तन गर्न लागेको जानकारी दिएका छन्। उनका अनुसार अब फेसबुकमा परिवारका सदस्यसँगको साथीसँगको सम्वादलाई प्रोत्साहित गर्ने सामग्रीमा जोड दिइनेछ । नयाँ परिवर्तनले फेसबुकमार्फत आफ्नो पोस्टलाई बढीभन्दा बढी मानिससम्म पुगाउने संस्थाहरुको लोकप्रियतामा भने कमी आउनसक्ने उनले स्वीकार गरेका छन्। यसबाट अनलाइन मिडिया बढी प्रभावित हुनसक्ने बताइएको छ। उनीहरुले फेसबुकमा आफ्नो पोस्टको ...
भारतद्वारा पहिलोपटक अन्तरिक्षमा रकेट प्रक्षेपण
पुस २९ – भारतले पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको छ। भारतले ३१ वटा भू–उपग्रहसहितको रकेट आन्ध्र प्रदेश राज्यबाट अन्तरिक्षतर्फ पठाएको बताइएको छ। ती रकेटमा भारत बाहेकका अरु विभिन्न छ वटा देशका भूउपग्रह पनि रहेका समाचारमा जनाइएको छ। यो अन्तरिक्षयान नक्साङ्कन र चित्राङ्कन गर्ने खालको हो। भारतीय सरकारको मातहतमा रहेको अन्तरिक्ष अनुसन्धान संगठनले शुक्रवार श्रीहरिकोटाबाट यो रकेट प्रक्षेपण गरेको राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ। मुख्यरूपमा पृथ्वीको अवलोकन गर्ने बताइएका ती भू–उपग्रह संयुक्त राज्य अमेरिका, क्यानेडा, दक्षिण कोरिया, ब्रिटेन, फ्रान्स र फिन्ल्याण्डका पनि रहेका छन्। भू–उपग्रहलाई ...
चीनमा नियमविपरित खुलेको दोस्रो चर्च ध्वस्त
पुस २८ – चीनमा नियमविपरित खुलेको एक चर्चलाई ध्वस्त पारिएको छ। उत्तरी चीनस्थित सान्सी प्रान्तस्थित लिनफेनमा रहेको गोल्डन लैपस्ट्याण्ड चर्चलाई आइतबार ध्वस्त पारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। एक महिनामा ध्वस्त पारिएको यो दोस्रो चर्च हो। यसअघि अघिल्लो महिना सान्सीको छिमेकी प्रान्तमा पनि एक क्याथोलिक चर्च कथित रुपमा ध्वस्त पारिएको थियो। प्रहरीका अनुसार आइतबार सान्सी प्रान्तस्थित लिनफेनमा रहेको गोल्डन लैपस्ट्याण्ड चर्चलाई चारैतिरबाट घेरा हालेर श्रमिकहरुले भित्र विस्फोट गराएका थिए। सुरुवाती विस्फोटपछि कर्मचारीले घटनास्थलमा उत्खनन गरी हतौडाले भवनहरु टुक्रा टुक्रा पारेको र डोजरले सफाई गरेको प्रत्यक्षदर्शी र पादरीले ...
पहिरोमा मर्नेको संख्या १७ पुग्यो
पुस २७ – अमेरिकाको क्यालिफोर्निया राज्यको मोन्टेसिटोमा आएको पहिरोबाट मर्नेहरूको संख्या १७ पुगेको छ । मोन्टेसिटोमा भारी वर्षा पश्चात् पहिरो आएको थियो । बाढी पहिरोका कारण घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर भएका कारण मृत्तक संख्या अझै बढ्न सक्ने अनुमान क्यालिफोर्निया प्रहरीले गरेको छ । बाढी प्रभावित क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीका कारण कतिपय सवारी साधन बाटोमा नै अलपत्र परेका छन् । source; nagariknews.com
होन्डुरसमा ७.६ म्याग्निच्यूडको भूकम्प, सुनामीको चेतावनी
पुस २६ – मध्य अमेरिकी राष्ट्र होन्डुरसमा ७.६ म्यागनिच्यूडको भूकम्प गएको छ । हेन्डुरसको स्वान टापुमा केन्द्रविन्दु भएर स्थानीय समय अनुसार मंगलबार राति ९ : ३९ मा भूकम्प गएको अमेरिकाको भौगर्विक सर्वेक्षण संस्था (यूएसजीएस)लाई उद्धृत गर्दै चिनियाँ टेलिभिजन सिजिटिएनले जनाएको छ । भूकम्पका सुनामी आउन सक्ने भन्दै चेतावनी दिइएको छ । होन्डुरसको राजधानी तेगुसिगाल्पामा पनि भूकम्पको ठूलो धक्का महसुस गरिएको हालसम्म मानवीय क्षतिको विवरण नआएको सिजीटीएनले जनाएको छ । source; annapurnanews.com
दक्षिण कोरिया उत्तरसँग वार्ताका लागी तयार
पुस २६ - दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले दुई कोरियाको सम्बन्धमा सुधार हुन्छ भने उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्न तयार रहेको बताएका छन् । हाल कोरियाली प्रायद्वीपमा देखिएको अशान्तिको अवस्थामा सुधार हुन्छ भने वार्ताका लागी उनी तयार छन् । एक वर्ष अगाडी मात्र दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित मुनले नयाँ वर्षका अवसरमा अर्थात् गत जनवरी १ मा दिएकाे शुभकामना सन्देशमा पनि उनी सम्बन्ध सुधारका लागि कोरियाली सम्मेलन कोरिया समिटकाे आयोजना गर्न सुझाव दिएका छन् । उनले अहिले नै दुई ...
हूस्सूका कारण रेल तथा हवाई सेवा अवरुद्ध
पुस २६ – बाक्लो हुस्सुका कारण भारतको राजधानी नयाँ दिल्लीमा रेल तथा हवाई सेवा अवरुद्ध भएकाे छ । गत सातादेखि लागेको बाक्लो हूस्सूको कारण बुधबार ६५ रेल सेवा प्रभावित भएका छन् । त्यसमध्ये २२ रेल सेवामा ढिलाई गरिएको थियो भने ४० स्थगित गरिएको थियो । भारतको राजधानी नयाँ दिल्ली र यस वरपरका क्षेत्रमा लागेको बाक्लो हूस्सूको मात्रा नघटेको तथा अझै बढ्दै गएका कारण विमान तथा रेल सेवा अवरुद्ध भएको अधिकारीहरुको दाबी छ । गत सातादेखि लागेको हुस्सुको मात्रा अझै पनि घट्न सकेको छैन ...
पहिरोमा परी १३ जनाको मृत्यु
पुस २६ – अमेरिकाको क्यालिफोर्निया राज्यको दक्षिणी क्षेत्रमा पर्ने मोन्टेसिटोमा आएको पहिरोमा परी १३ जनाको मृत्यु भएको छ । आकस्मिक् रुपमा भएको भारी वर्षा पश्चात् बाढी पहिरो आएको हो । बाढी पहिरोमा परेका १६३ जनालाई क्यालिफोर्निया प्रहरीले उद्धार गरेको छ । घाइते २५ को अवस्था गम्भीर रहेको क्यालिफोर्निया प्रहरीलाई उद्धृत गर्दै सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । बाढी प्रभावित क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक सेवा बन्द भएको छ । बाढीका कारण कतिपय सवारी साधन समेत बगाएको छ । भने कतिपय सवारी ...
ट्रम्प टावरमा आगलागी, दुई जना घाइते
पुस २६ – अमेरिकाको न्यूयोर्कस्थित ट्रम्प टावरको छानामा सोमबार आगलागी भएको अमेरिकी अग्नी नियन्त्रण विभागले जनाएको छ। आगो निभाउने क्रममा दुई जना सामान्य घाइते भएका विभागले बताएको छ। स्थानीय समय अनुसार बिहान ७ बजे भवनमा तैनाद गुप्तचर सेवाका सदस्यले न्यूयोर्कको मिड टाउन म्यानह्याटनमा रहेको ५८ तले गगनचुम्बी भवनको छानाबाट आगोको मुस्लो निस्केको देखेपछि स्थानीय अग्नी नियन्त्रण विभागमा जानकारी गराइएको र अग्नी नियन्त्रण अधिकारीले तत्काल सेवा प्रवाह गरेका म्यानह्याटन क्षेत्रका प्रशासन प्रमुख रोगर डब्लु साकोविचले आगलागी नियन्त्रण गरिएपछि गर्नुभएको पत्रकार सम्मेलनमा बताए। न्यूयोर्कको फिफ्थ एभेन्युमा रहेको उक्त ...
ओलम्पिकमा सहभागी हुने उत्तर कोरियाको निर्णय
पुस २५ – दक्षिण कोरियामा सन् २०१८ को फ्रेबुअरी मा हुने हिउँदे ओलम्पिकमा उत्तर कोरियाले सहभागी हुने निर्णय गरेको छ । दुई कोरियाको सीमावर्ती क्षेत्र पाममुनजोममा मंगलबार भएको उच्चस्तरीय वार्तामा सहभागीता जनाउँदै उत्तर कोरियाले ओलम्पिक खेलमा सहभागी हुने निर्णय गरेको हो । उच्चस्तरीय वार्ता पछि उत्तर कोरियाले ओलम्पिकमा सहभागी हुने निर्णय गरेको सियोलका अधिकारीहरूले बताए । दक्षिण कोरियाले उच्चस्तरीय वार्ताका लागि उत्तर कोरियालाई केही दिन अगाडी पत्र पठाएको थियो । दक्षिण कोरियाको प्रस्तावमा उत्तर कोरियाले सहमती जनाएपछि दुई मुलुकबीच मंगलबार उच्चस्तरीय वार्ता भएको हो । उत्तर कोरियाले ...
हिँउले चीनमा २१ जनाको मृत्यु
पुस २५ –चीनको मध्य तथा पुर्वी प्रान्तमा परेको हिमपातका कारण २१ जनाको मृत्यु भएको छ । जनवरी २ देखि परेको हिमपातमा परी उनीहरुको मृत्यु भएको चीनको प्रकोप न्युनीकरण राष्ट्रिय आयोगले जनाएको छ । भीषण हिउँबर्षा र हिउँआँधीका कारण थुप्रै घरहरु पूरिएका छन् भने कृषिबाली नष्ट भएको र विद्युत सेवा अवरुद्ध भएको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार शान्छी, हेनान, हुबेई, अन्हुई र जिआङसु प्रान्तहरु हिउँबाट बढी प्रभावित भएका छन् । झण्डै तीन हजार ७०० जना विस्थापित भएका छन् भने १४ हजार जना भन्दा बढी मानिसलाई आपत्कालीन सेवाको ...
दुई कोरियाबीच उच्चस्तरीय वार्ता
पुस २५ –उत्तर तथा दक्षिण कोरियाबीच आज उच्चस्तरीय वार्ता हुँदैछ । पछिल्लो दुई वर्षमा आज दुई कोरियाबीच उच्चस्तरीय वार्ता हुन लागेको हो । वार्ता दुई कोरियाको सीमावर्ती क्षेत्र पाममुनजोममा हुँदैछ । दक्षिण कोरियाले उत्तर कोरियालाई वार्ताको आह्वान गर्दै केही दिन अगाडी मात्रै पत्र पठाएको थियो । दक्षिण कोरिया सन् २०१८ मा हुने भनिएको हिउँदे ओलम्पिक खेलबारे वार्ता केन्द्रित रहने छ । दक्षिण कोरियामा हुने भनिएको ओलम्पिक बारे उत्तर कोरियाली खेलाडीहरूको उपस्थितीका सम्बन्धमा उक्त वार्ता केन्द्रित रहने छ । उत्तर कोरियाली नेता किम जोन उनले वार्ताका लागि प्रतिनिधि ...
सिरियामा विस्फोट, २३ जनाको मृत्यु
पुस २४ – सिरियाको इडलिबमा भएको विस्फोटमा कम्तिमा २३ जनाको ज्यान गएको छ । बिद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तर–पश्चिमी क्षेत्र इडलिबमा ठूलो विस्फोट भएको बेलायती मानवअधिकारवादी संस्मथा सिरियन अब्जरभेटरी फर ह्युमनराइट्सले जनाएको छ । विस्फोटमा परि ज्यान गुमाउनेमा सातजना सर्वसाधारण नागरिक रहेका छन् । इडलिब ब्रिदोहीको हेडक्वाटरको रुपमा रहँदै आएको छ । विस्फोटको कारण खुलेको छैन । केहीले कार बम विस्फोट भएको बताएका छन् भने केहीले ड्रोन आक्रमण रहेको बताएको बिबिसीले उल्लेख गरेको छ । source; ujyaaloonlinenews.com
First Prev 1 2 3 4 5 6 7 ... Next Last
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम