मुख्य समाचार

विश्व

मलेसियामा बौद्धमार्गीहरुले विपत्ती रोक्न प्रार्थना गरे

 वैशाख २१ -आज  २५५९ औं बुद्धजयन्तीको अवसरमा  भुकम्पको कारण भएको विनास रोकियोस् भनेर मलेसियामा रहेका नेपाली लगायत हजारभन्दा बढी बौद्धमार्गीहरुले विशेष सम्झना एवं प्रार्थना गरेका छन् ।
मलेशिया,ब्रिकफिल्डस्थित बौद्ध महाबिहारमा भेला भएका बौद्ध भिक्षु र बौद्धमार्गीहरुले बुद्धकै जन्मथलोमा प्राकृतिक विपत्ति तुरुन्त रोकियोस् भन्दै प्रार्थना गरे । उनीहरुले घाइते तथा पीडितहरुका लागि सहानुभुती तथा मृतकहरुप्रति श्रद्धासुमन समेत व्यक्त गरे।
आइतबार साँझपख भएको शान्ति पदयात्राका क्रममा नेपाली दुतावास, गैरआवासीय नेपाली संघ, व्यवसायी समाज लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिसहित दर्जनौं सहभागीहरुले ‘बुद्ध वाज् बर्न इन नेपाल’ र ‘प्रे फर ...

राजनन्दगाउँको एक मन्दिर, जँहा कुकुरको पूजा हुन्छ

छत्तिसगढ–संसार हुनत धेरै नौलो कुराहरु हेर्न  पाईन्छ  यसै गरि भारतको छत्तिसगढस्थित राजनन्दगाउँमा एक विशेष प्रकारको मन्दिर छ। यो मन्दिर कुनै देवी देवताको होइन, यो त कुकुरको मन्दिर हो। मन्दिरभित्र एउटा कुकुरको प्रतिमा स्थापना गरिएको छ।
कुकुरको प्रतिमाको पुजा गर्दा रुघा खोकी तथा कुकुरले टोक्दासमेत कुनै रोग नलाग्ने जनविश्वास रहिआएको छ।उक्त मन्दिर भैरव स्मारक हो। जो भगवान शिवप्रति समर्पित छ। यो मन्दिरको गर्भगृहमा शिवलिंग स्थापित छ।

मन्दिरको शिखरको चारैपटि नाग देवताको मूर्ति कुँदिएका छन्। यो मन्दिरको निर्माण फणी नागवंशी शासकद्वारा १४/१५ शताब्द्धीमा निर्माण भएको हो।

मलेसियामा एमआरपी फाराम भर्ने शुल्कमा मदभेद

क्वालालम्पुर (मलेसिया)-मलेसियास्थित नेपाली दुतावासले मेसिन रिडेवल पासपोर्ट (एमआरपी ) बनाउन चाहिने फाराम भरेको शुल्क घटाउन व्यवसायीलाई चेतावनी दिएको छ।
एमआरपी फाराम भर्ने व्यवसायीले मनपरि शुल्क उठाएर ठगिरहेको समाचार सार्वजनिक भएपछि दुतावासले सार्वजनिक सुचना जारी गरि १५ रिङ्गेट (करिब ४ सय २० रूपैयाँ ) भन्दा बढि नलिन व्यवसायीलाई भनेको छ ।एमआरपी फाराम भर्दा चर्को असुली भैरहेको खबर बैशाख ९ गते नागरिक न्युज डटकमले प्रकाशित गरेको थियो ।मे ५ तारिख (बैशाख २४ गते)देखि एमआरपी फाराम भरेको १५ रिङ्गेट लिएको रसिद सहित आएको फारामलाई मात्रै मान्यता दिइने दुतावासले ...

भूकम्प जाँदा अन्य मुलुकमा के भयो ?

काठमाडौ, वैशाख १५ - ठूला खाले भूकम्पपछि विभिन्न खाले हल्ला र भ्रम फैलिन्छ , भोलि यति वा उति बजे फेरि जाला जस्तो भ्रम फिँजाएर मज्जा लिनेको कमी हुन्न ।

सबै जना घर छाडेर हिँडेमा चोरी र लुट गर्न सजिलो हुने नियतले पनि यस्तो गरिन्छ । हरेक विकसित, अल्पविकसित र विकसित मुलुकमा विनाशकारी प्रकृति प्रकोपपछि यस्तो अवस्था उत्पन्न हुन्छ । सर्वसाधारणमा अन्धविश्वास सिर्जना गरेर यतिखेर व्यक्तिगत फाइदा लुट्नेको पनि कमी हुन्न ।

यस्तोमा स्वविवेकको प्रयोग गर्नु र भरपर्दो सरकारी तथा गैरसरकारी सञ्चार माध्यमबाट यथार्थ जानकारी लिएर घरभित्र वा बाहिर ...

भुकम्पपिडितलाई हङकङ सरकारबाट ६५ करोड सहयोग

२०७२/१/१७  चीनको विशेष प्रशासनिक क्षेत्र हङकङले भूकम्पपीडितहरूका सहयोगार्थ ५ करोड हङकङ डलर -करिब ६५ करोड रुपैयाँ) सहयोग घोषणा गरेको छ ।

हङकङ सरकारले बिहीबार यहाँस्थित नेपाली वाणिज्यदूतावासलाई उक्त सहयोग रकमबारे जानकारी गराएको हो । सरकारकी प्रमुख सचिव क्यारी ल्यामद्वारा हस्ताक्षरित पत्रमा रकमले विपक्ति व्यवस्थापनमा सहयोग पुग्ने उल्लेख छ । हङकङबाट नेपाललाई भएको यति ठूलो आर्थिक सहयोग पहिलो हो । 'यसलाई हामीले नेपाल र नेपालीप्रतिको सद्भावका रुपमा लिएका छौं', महाबाणिज्यदूत महेशप्रसाद दाहालले भने, 'स्थानीय चिनियाँहरूमा पनि अहिले नेपालप्रति अन्यन्तै सहयोगी भावना पाएका छौं ।'

युभेन्ट्स अब फेरि सेमिफाइनलमा

मड्रिड– एट्लेटिको मड्रिडलाई समग्रमा १–०ले पराजित गर्दै रियाल मड्रिडले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेका छन् ।क्वार्टरफाइनल दोस्रो लेगमा हाभियर हर्नान्डेजले खेल सकिन दुई मिनेट बाँकी छँदा रियालका लागि विजयी गोल गरेका थिए। त्यसअघि मिडफिल्डर टुरानले दोहोरो पहेँलो कार्ड पाएपछि एट्लेटिको अन्तिम १४ मिनेट १० खेलाडीमा समेटिएको थियो।
जारी सिजनमा भएको ८ भिडन्तमा एट्लेटिकोविरुद्ध रियालको यो पहिलो जित हो। तर एन्सेलोट्टीले टोलीमा बलियो मानिएको बायर्न र बार्सिलोनासँग प्रतिस्पर्धा गर्न नसक्ने भनी गरिएको टिप्पणीलाई सिधै नकारे। उनी भन्छन्, ‘इच्छाशक्तिका साथ खेल्यौं भने आजजस्तो नतिजा निकाल्न सकिन्छ। रियाललेजुनसुकै ...

काठमाडौं‌मा हलिउड हिरोइन मिसेल

काठमाडौं— हलिउड हिरोइन मिसेल यो काठमाडौं आएकी छिन्। उनी बिहिबार दिउसो काठमाडौं उत्रिएकी हुन्। काठमाडौं आइपुगे लगत्तै मिसेल एभरेष्ट होटलमा भएको एफआई एसिया क्षेत्रीय खेलकुद कांग्रेसको उद्‌घाटन कार्यक्रममा सहभागी भइन्।
मिसेल सन् ९० को दशकको सुरुमा हङकङका एक्सन फिल्महरुमा अभिनयमार्फत् चर्चामा आएकी थिइन्। सन् १९९७ मा जेम्स बोन्ड फिल्म 'डुमरो नेभर डाइज'मा अभिनय गरेकी उनलाई सोही वर्ष पिपल म्यागेजिनले विश्वका ५० सुन्दर व्यक्तित्वहरुमध्ये छानेको थियो।
तीनदिने नेपाल बसाइमा उनले नेपालको केही स्थान भ्रमण गर्ने नेपाल अटोमोबाइल एसिसएसनका अध्यक्ष गोविन्द भट्टराईले बताए।

अमेरिकाका लागि आइएस बढी चुनौतिपूर्ण

वासिङ्गटन-अमेरिकी समाचार संस्था सिएनएन/ओआरसीले अमेरिकी नागरिकसँग गरेको एक सर्वेक्षणमा इराक र सिरियामा भयानक आतङ्क मच्चाइरहेका आइएसआइएस (इस्लामिक स्टेट) आतङ्ककारीहरु इरान र रसिया वा विश्वका अन्य मुलुकहरुका लागिभन्दा अमेरिकाका लागि निकै खतरापूर्ण रहेको देखिएको छ ।
अन्तर्वार्ताका माध्यमद्वारा गरिएको उक्त सर्वेक्षण प्रतिवेदन गतः बुधबार प्रकाशित भएको थियो ।

सर्वेक्षणमा भाग लिनेहरुमध्ये ६८ प्रतिशतले इस्लामिक स्टेट अमेरिकाका लागि गम्भीर रुपमा चुनौतिपूर्ण रहेको मत प्रकट गरेका थिए । त्यसैगरी ३९ प्रतिशतले इरान, ३२ प्रतिशतले उत्तर कोरिया, २५ प्रतिशतले रसियाका लागि चुनौतिपूर्ण रहेको मत प्रकट गरे । समग्रमा, ...

केन्या अल-शबाब आक्रमण
नैरोबी - अल शबाब समूहको आक्रमणपछि पूर्वी केन्यामा शुक्रबार ५ जनालाई पक्राउ गरिएको छ । उक्त समूहको पाँच लडाकुको आक्रमणमा गारिसास्थित युनिर्भसिटी क्याम्पसमा बिहीबार झन्डै १ सय ५० जनाको ज्यान गएको थियो । मारिनेमा अधिकांश विद्यार्थी छन् ।
 
सुरक्षा घेरामा परेपछि तीमध्ये चारले भेस्टभित्र लुकाएको विस्फोट पड्काएर आत्महत्या गरेका थिए भने एकलाई सुरक्षा बलले पक्राउ गरेको थियो । छिमेकी सोमालियातर्फ भागिरहेको अवस्थामा केही शंकास्पदलाई नियन्त्रणमा लिइएको गृहमन्त्री जोसेफ न्किसेरीले बताए । उक्त समूहले केन्याविरुद्ध लामो र भीषण युद्ध गर्ने प्रतिबद्धता जनाएको छ ।
 
सोमालियामा अल शबाबविरुद्धको अपि|mकी ...
जहाजभित्रै कुटिए फुटबल खेलाडी
२२ वर्षीय फुटबलर ओलिभर मिनाटेलमाथि  उडिरहेको जहाजभित्रै हमला भैयो । शुक्रबार एटलान्का लागि उडेको एयर क्यानाडाको जहाजभित्रै एक पागल यात्रुले ती फुटबल खेलाडीलार्इ कुटपिट गरेपछि जहाजका यात्रुमाथि आपत आइलागेको थियो ।
 
क्यानाडाको ओटावाबाट एटलान्टाका लागि उडेको जहाजभित्रै २२ वर्षीय फुटबलर ओलिभर मिनाटेलमाथि ती यात्रुले हेडफोनले टाउको र अनुहारमा प्रहार गरेका थिए । मिनाटेलमाथि एटलान्टामा जहाज अवतरण हुनु ३० मिनेट अघि आक्रमण भएको हो ।
 
डेली मेलका अनुसार पहिचान नखुलेका यात्रुको आक्रमणबाट उनी सामान्य घाइते भएका छन् । मिनाटेल क्यानाडाको ओटावास्थित ओटावा फुर्रे क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएका ...
हिलारीले ट्वीटरबाट उम्मेदवारी घोषणा गर्ने
वासिङ्टन डीसी ,अमेरिकाको डेमोक्रेटिक पार्टीकी नेतृ तथा पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनले आइतबार ट्वीटरबाट २०१६ मा हुने राष्ट्रपतीय निर्वाचनको उम्मेदवारी घोषणा गर्ने अपेक्षा गरिएको छ।
 
स्थानीय सञ्चारमाध्यमहरूले क्लिन्टननिकट स्रोत उद्धृत गर्दै जनाएअनुसार उनले ट्वीटरबाट भिडियो सन्देश जारी गरेपछि आइओवामा कार्यकर्ता भेलामा सामेल हुनेछिन्।
 
इसबारे क्लिन्टन समूहकी आइओवा पवक्ताले कुनै प्रतिक्रिया दिइनन्। क्लिन्टनका सहयोगी टाइलर ओल्सनले भने, 'हामी आइओवाका डेमोक्रयाटहरूले क्लिन्टनले यहाँ भ्रमण गरेका बेला उम्मेदवारी घोषणा गरिसक्ने अपेक्षा गरेका छौं। आशा छ उनले यसबारे छिट्टै निर्णय लिनेछिन्
First Prev ... 265 266 267 268 269 270
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम