मुख्य समाचार
स्वास्थ्य
विराटनगर : विराटनगरको कोसी अस्पतालमा एक महिलाले शरीर जोडिएका जुम्ल्याहा सन्तान जन्माएकी छन् । अस्पतालले यस्तो शिशु पहिलोपटक जन्मिएको जनाएको छ । चिकित्सकले यस घटनालाई अनौठो र दुर्लभ मानेका छन् । सप्तरीको कल्याणपुर घर भएकी ३७ वर्षीया दुखनीदेवी भगत चौधरीले शरीरको अगाडिको भाग जोडिएका जुम्ल्याहा सन्तान जन्माएकी हुन् । छातिदेखि पेटसम्मको भाग जोडिएका दुवै ...
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मंगलबार नेपाल पुलिस क्लबले शीर्ष स्थानको जावलाखेल युथ क्लबलाई २-१ ले पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा पुलिसको जितमा दुवै गोल विदेशी खेलाडीले गरे । चौथो जितपछि पुलिसले रेलिगेसन जोन छाडेको छ । पुलिसको जितमा मोसेस ट्वाम र अहमद हिजाजीले गोल गरे । जावलाखेलका विपिन कँडेलले एक गोल फर्काए ...
पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको गैंडाकोटमा मौलाकाली केबलकार औपचारिक रुपमा सञ्चालनमा आएको छ । सो केबलकारको प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार उद्घाटन गरे । प्रधानमन्त्री दाहाल दुई छोरीसहित केबलकार चढेर मौलाकालिका मन्दिर पुगेका थिए । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले उत्पादन र रोजगारी वृद्धि गर्ने काममा निजी क्षेत्रसँग सरकारले हातेमालो गर्ने बताए । उत्पादन र रोजगारी बढाउन ...
काठमाडौं : वीर अस्पतालको छतको पर्खाल भत्किदा पाँचजना घाइते भएका छन् । वीर अस्पतालको कुरुवा घर माथिको छानो र रेलिङ खस्दा पाँचजना बिरामीका कुरुवा घाइते भएका हुन् । वर्षापछि अस्पतालको कुरुवा घरको छानो र रेलिङ खस्दा बिरामीका कुरुवा घाइते भएको अस्पतालले जनाएको छ। दुईजना महिला र तीनजना पुरुष घाइते भएका हुन्। ट्रमा सेन्टरका सूचना अधिकारी अर्जुन ...
: सूर्योदय नगरपालिकाको फिक्कल अस्पतालमा बिहीबार बिरामीको घुइँचो थियो। त्यहाँ स्वास्थ्य बिमाको सेवा लिने मात्रै दुई सय हाराहारीमा थिए। एक जना डाक्टर र अहेवको भरमा चलेको अस्पतालमा सधैं १ सय ५० को हाराहारीले सेवा लिने गरेको अस्पताल प्रशासनको रेकर्डले देखाउँछ। पश्चिम इलामको देउमाई नगरपालिकामा रहेको मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक एक सयको हाराहारीले सेवा लिन्छन्। ...
: इलामको सूर्योदय नगरपालिकाको फिक्कल अस्पतालले भने अरू स्वास्थ्य संस्थाले नदिने औषधि पनि बिमा भित्रबाटै उपलव्ध गराउँछ। सुगर रोगको लिनामेट नामको औषधि इलाम अस्पतालमा बिमाअन्तर्गत पाइँदैन तर फिक्कल अस्पतालमा त्यही औषधि बिमाअन्तर्गत प्रदान गरिन्छ। अस्पताल प्रशासन प्रमुख फाजुङ शेर्पाका अनुसार दुइटा मलिक्युलरलाई वेग्ला बेग्लै क्लेम गरेर पनि त्यस्तो सेवा प्रदान गरिएको हो। उनले भने ‘हामी ...
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतीय कम्पनीबाट उत्पादित अर्को एक कफ सिरप (रुघा खोकीको औषधि) दूषित पाइएको जनाएको छ । डब्ल्यूएचओका अनुसार भारतको पन्जाबस्थित क्यूपी फर्माकेम लिमिटेडले उत्पादन गरेको गुइफेनेसिन टिजी सिरपमा कैफियत पाइएको हो । ल्याब परीक्षण गर्दा उक्त सिरपमा डायथिलिन ग्लाइकोल र एथिलिन ग्लाइकोलको मात्रा आवश्यकताभन्दा बढी पाइएको डब्ल्यूएचओले जनाएको छ । यी दुवै कम्पाउण्ड ...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले २७ चैतमा संघीय सरकारले असहयोग गरेको १७ बुँदा सार्वजनिक गर्दा स्वास्थ्य मन्त्रालयबारे पनि एउटा बुँदा समावेश गरेका थिए । जसमा लेखिएको थियो, ‘सरकारी अस्पताल सरसफाइ, बीमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स (१०२) को काठमाडौं उपत्यकाभरी सेवा दिनलाई बजेट व्यवस्थापन– दुई मन्त्रीसँग विभिन्न चरणमा ...
झापा : झापामा औलो रोगको संक्रमण देखा परेको छ। छिमेकी मुलुक भारत र तेस्रो मूलकबाट आएका ६ जनामा औलो रोगको संक्रमण देखा परेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ। जिल्लाको मेचीनगर नगरपालिका र कचनकवल गाउँपालिकामा दुई-दुई जना, बुद्धशान्ति गाउँपालिका र दमक नगरपालिकामा एक-एक जना औलो रोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी ...
दार्चुला : दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक पुरुष बेपत्ता भएका छन्। जिल्लाको व्याँस गाउँपालिका-२ दुम्लिङका ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइनबाट खसेर बेपत्ता भएको वडा अध्यक्ष धिरेन सिंह बुढाथोकीले बताए। आज दिउँसो साढे १ बजेतिर भण्डारी नेपालबाट भारत जाने बेला तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर बेपत्ता भएको उनले बताए। उनले भने 'बेपत्ता भण्डारीलाई अहिले प्रहरी ...
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले पहिलो मात्रा,दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका हुन्। शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले दैनिक बढिरहेको ...
: अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले भारतमा बनेको आँखामा हालिने ड्रप प्रयोग नगर्न चेतावनी दिएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार यी आइ ड्रपहरूले अमेरिकामा कम्तीमा ५५ जनामा ​​संक्रमण, अन्धोपन जस्ता समस्या ल्याएको र एक जनाको मृत्युसमेत भएको जनाएको छ। एफडीएले बिहीबार भारतको ग्लोबल फार्मा हेल्थकेयर प्रालिले उत्पादन गरेको आर्टिफिसियल टियर्स आई ड्रपले ब्याक्टेरियाको संक्रमण ...
: बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ लाख बढीले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन्। प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म पूर्ण मात्रा लगाउनेको सङ्ख्या कूल २२ लाख ३३ हजार आठ सय ३१ रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। पूर्ण मात्रा लगाउनेमा सबैभन्दा बढी कैलालीका सात लाख ३२ हजार सात सय ८९ जना छन्। सबैभन्दा कम ...
काठमाडौं । नेपालमा अहिले ओमिक्रोनका ९ वटा सबभेरियन्ट सक्रिय रहेको पाइएको छ । यसमा पछिल्लो पटक भेटिएको एक्सबीबी.१.१६ सबभन्दा धेरै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चैत महिनामा संकलन गरिएका २४ वटा नमुनाको निजी सिक्वेन्सिङ गरिएको थियो, जसमा २४ वटैमा ओमिक्रोन भेरियन्ट भेटिएको छ । यसक्रममा पछिल्लो पटक भारतमा कोरोना संक्रमण फैलिएको ओमिक्रोन एक्सबीबी.१.१६ सहितका ...
: झापाको हल्दिबारीमा आयोजित निःशुल्क आँखा शिविरमा बिरामीलाई म्याद गुज्रिएको औषधि वितरण गरेको पाइएको छ । शिविरमा म्याद गुज्रिएको औषधि वितरण गरिएको घटना बाहिरिएसँगै हल्दिबारी गाउँपालिकाले तीन सदस्य छानबिन समिति गठन गरेको छ । गाउँ कार्यपालिकाको बैठकले स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिका सदस्यहरूमा प्रशासन शाखा ...
बेलायती अन्तरिक्ष एजेन्सीले २ वटा नयाँ मिसनलाई अन्तरिक्षमा प्रक्षेपण गर्ने योजना बनाएको छ । जसको उद्देश्य उपचार नै नहुने बच्चाको ब्रेन ट्युमर तथा मांशपेशीको उमेर बढाउने प्रक्रियाका बारेमा अनुसन्धान गर्नु हो । बेलायती अन्तरिक्ष एजेन्सीले एक विज्ञप्तिमा भनेको छ कि २६ लाख पाउण्ड बजेट रहेको सो परियोजना सन् २०२५ सम्ममा अन्तरिक्षमा लञ्च गरिनेछ । यसको नतिजालाई ...
First Prev ... 5 6 7 8 9 10 11 12 13 14 Next Last