मुख्य समाचार

स्वास्थ्य

वीरको ट्रमा सेन्टर सारियो

काठमाडौ -  भुकम्प पछिको परकम्पन्को कारणले गर्दा बिर अस्पतालको भवन असुरक्षित भएकाले उक्त भवन सारिएको छ । भित्ता चर्किएर झर्न थालेपछि तत्काल आकस्मिक कक्ष ट्रमा सेन्टरमा सारिएको छ भने ओपीडीमा आएका फाट्टफुट्ट बिरामीलाई बाहिरै राखेर हेरियो ।

बैशाख २९ को भुकम्पपछि आकस्मिक कक्ष सँगसँगै आकस्मिक ल्याब र ब्लड बैंक पनि ट्रमाको एक तला माथि सारिएको छ ।

अस्पतालको भवन असुरक्षित भएपछि कर्मचारी, चिकित्सक र बिरामी समेत डराएर भित्र छिर्न मानेका छैनन् । बिहीबार सहरी विकास मन्त्रालयका अधिकारीहरुले अवलोकन गरी ओपीडी भवनमा हरियो स्टिकर ...

अझै पाईएन निसुल्क उपचार

काठमाडौ - भुकम्पको कारणले गर्दा धेरैले घरधन गुमाए र साथै विभिन्न पिडा पनि तर यति मात्र नभएर अहिले ति पिडितहरुले स्वस्थ उपचारको लागि समेत समस्याह भोग्नु परेको छ  ।
दोलखा झुलेकी रामप्यारी खड्काको समस्या पनि यहि छ । भूकम्पपछि उनको मुटुमा समस्या देखियो । डरले गर्दा मुटुको धड्कन बढिरहेर सास फेर्न नसकेपछि दोलखादेखि उपचारका लागि उनी वीर अस्पताल आइपुगिन् । ‘घर भत्किएर लथालिंग छ, कपडासम्म झिक्न नपाई छरछिमेकसँग भाडा जुटाएर यहाँसम्म आइपुगें,’ उनले भनिन् ‘अहिले खर्च नभए उपचारै हँ‘दैन भन्छन् । भूकम्पका बेला भागाभाग गर्दा ...

खाद्यान्न ढुसी भएको पाईयो

काठमाडौ - राहतका निम्ति बाड्नका लागि ल्याइएका खाद्यान्नमा ढुसी फेला परेको छ।कुनै म्याद नाघेको छ भने केहि ड्रिकमा त किटाणु नै फेला परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।उक्त जानकारी अनुगमनका क्रममा थाहा पाईएको हो। अनुगमनका क्रममा केही चाउचाउमा म्याद नाघेको र पाउरोटीको उपभोग्य म्याद सकेको फेला पर्‍यो। परौटामा ढुसी परेको भेटियो,’ विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले भने। यस्तै, लुपाज ब्रान्डको म्याङ्गो ड्रिंकमा किटाणु भएको विभागले पुष्टि गरेको छ।

म्याङ्गो ड्रिंक परीक्षणका लागि विभागमा ल्याएको छ। ‘भारतबाट ल्याइएका वाराणसीमा उत्पादित लुपाज ब्रान्डको सेन्थेटिक ...

असुरक्षित बन्यो वीर अस्पताल पनि

२०७२/१/२३ - सहरी विकास मन्त्रालय र इन्जिनियरहरूको टोलीले वीर अस्पतालका दुइटा ठूला ब्लक र प्रसूति गृहका दुई भवन असुरक्षित रहेको मूल्यांकन गरी ‘रातो स्टिकर’ टाँसेपछि तिनमा उपचार सेवा बन्द भएको हो।

वीरका दुई ब्लक र प्रसूतिका दुईवटा भवन खाली गराइएका छन्। इन्जिनियरहरूको टोलीले बस्नै नमिल्ने भवनलाई मात्र ‘रातो स्टिकर’ टाँस्ने गरेको छ। वीर अस्पतालको पछाडिपट्टिको आईसीयू ब्लकमा रहेको अंकोलोजी विभाग, मृगौला प्रत्यारोपण विभाग, नयाँ आईसीयू विभाग र आवासीय चिकित्सकहरूले प्रयोग गरिरहेको नयाँ क्याबिनमा पस्नै नमिल्ने भन्दै रातो स्टिकर टाँसिएको छ।

अस्पतालको दक्षिणतिर रहेको ...

महामारीको जोखिम कायमै

२०७२/१/२३-भूकम्प पछाडी प्रभावित क्षेत्रहरुमा महामारीको जोखिम देखिएको हुनाले गर्दा यसका लागि खानपान र सरसफाइमा विशेष सावधानी अपनाउनु पर्ने  विज्ञहरूले बताएका छन्।
 भूकम्पले गर्दा राजधानीबाट करिब १० लाख बाहिरिएका कारण तत्काललाई महामारीको जोखिम मत्थर भए पनि खतरा भने टरेको छैन। प्रभावित क्षेत्रमा सम्भावित प्रदूषणसँगै दूषित खानपानले गर्दा विभिन्न रोग फैलिन सक्ने आशंका गरेका छन्। उनीहरूले शुद्ध खानेपानी प्रयोग गरेमा धेरैजसो संक्रमणबाट बच्न सकिने बताउँछन्।

‘भूकम्प प्रभावित क्षेत्रमा देखिन सक्ने सम्भावित महामारीका लागि सबैले केही महिनासम्म बचाउका उपाय अपनाउनु आवश्यक छ’, स्वास्थ्य मन्त्रालय, विपत् व्यवस्थापनका लागि ...

भुकम्प पिडितलाई तिब्बतमै लगेर उपचार गरिने-चिनिया सरकार

काठमाडौ-भूकम्प पीडित नेपालीको उद्धारमा चीनको स्वशासित क्षेत्र तिब्बतले विशेष सक्रियता देखाएको छ । तिब्बत सरकारले घाइतेहरूलाई आफ्नो भूमिमा लगेर उपचारसमेत गरिरहेको छ ।
सगरमाथा बेसक्याम्पमा हिउँ पहिरामा परेका नेपाली शेर्पा र केही विदेशीलाई समेत उद्धार गरी उपचार गरिराखेको तिब्बती अधिकारीहरूले ल्हासास्थित नेपाली वाणिज्य दूतवासलाई जानकारी दिएका छन् ।
‘नेपालीहरूलाई त्यहाँ लगेर हेरचाहसहित राखेको जानकारी हामीलाई दिइएको छ । केहीलाई अस्पतालमा उपचार समेत गरिएको छ । लुगाफाटा, खाना सबै व्यवस्था गरेर राम्रोसँग राखेका छन्,’ महावाणिज्य दूत हरिप्रसाद बस्यालले कान्तिपुरसँग टेलिफोनमा भने ।

घाइतेमध्ये तीन नेपालीको ...

भुकम्प पिडितलाई कोरिया-नेपाल मैत्री अस्पतालमा निशुल्क उपचार

भक्तपुर -गत शनिबार आएको महाविनासकारी भुकम्पपछि त्यसबाट पिडितहरुलाई कोरिया -नेपाल मैत्री अस्पतालबाट निशुल्क उपचार दिने बताएका छन् ।
अस्पतालमा रहने बिरामीहरुलाई निशुल्क स्वस्थ सेवाको साथमा खानपिनको पनि सुबिधा दिईने छ । साथै एम्बुलेन्स सेवासमेत निशुल्क दिईने भनेका छन्।अस्पतालबाट दिईएको
सहयोगबाट भुकम्प पिडितहरुलाई केहि राहत चाही पक्कै पनि मिल्छ भन्ने अस्पतालको आशा रहेको छ।भक्तपुर नजिक रहेका जति पनि पिडितहरु छन् उनीहरुलाई  ०१-६६३३४४२ नम्बरमा फोन गरी निशुल्क   
एम्बुलेन्स सेवा लिन सकिने छ।

रसुवामा झाडापखाला फैलियो

धुन्चे,- एक साता अघिको विनासकारी भूकम्पपछि रसुवाको हाकु गाविसमा झाडापखाला फैलिएको छ । हाकु गाविसको ठूलो हाकुमा झाडापखाला देखा परेको हो । झाडापखाला देखिएपछि नेपाली सेनाको चिकित्सक टोली आज त्यता लागेको छ । हेलिकप्टरमा गएको चिकित्सक टोलीले उपचार थालेको धुन्चेस्थित नारायण दल गणका कर्णेल लक्ष्मण थापाले जानकारी दिनुभयो ।

'चिकित्सक टोली पुगेर उपचार सुरु गरिसकेको छ,' उहाँले भन्नुभयो । ठूलो हाकुको जनसङ्ख्या करिब चार सय रहेको छ । यस्तै नेपाली सेनाले घोडातबेला नजिकै हराइरहेकाहरुको खोजी कार्यलाई जारी राखेको छ ।

यसैगरी, भूकम्पपछि लाङटाङमा ...

भूकम्पपछि बिरामी चाप, दुई निजी अस्पतालले सेवा बन्द गरे

धादिङ—भूकम्पका कारण जिल्ला सदरमुकाममा सञ्चालनमा रहेका दुईवटा निजी अस्पतालले सेवा दिन बन्द गरेका छन्। निजीस्तरमा सञ्चालनमा रहेका सहिद मेमोरियल अस्पताल धादिङ र शुभलाभ पोलिक्लिनिकले सेवा बन्द गरेका हुन्।
भूकम्पले गर्दा अस्पतालमा आएका बिरामीको चाप बढेको र पोलिक्लिनिकमा स्वास्थ्यकर्मीसमेत नभएपछि सेवा बन्द गरिएको थियो।

यसैगरी सहिद मेमोरियल अस्पतालले पनि सेवा बन्द गरेको छ। केही बिरामी अस्पतालमा आएपनि उनीहरुलाई डिस्चार्ज गरी अस्पतालले सेवा बन्द गरेको कर्मचारीले बताएका छन्।

निजी अस्पतालका स्वास्थ्यकर्मीसमेत बिदामा बसेकाले अस्पताल बन्द भएको बुझिएको छ । शुभलाभ पोलिक्लिनिक र सहिद मेमोरियल अस्पतालको ...

महाभूकम्पले स्वास्थ्य जोखिम निम्त्याउनसक्ने

पटक पटक भूकम्पको धक्का महसुस भएपछि त्रसित सर्वसाधारण खुला आकाशमुनी रात बिताउन थालेका छन् । शनिबार राति राजधानी काठमाडौंसहित विभिन्न जिल्लाका जनता खुला चौर र त्रीपालमुनी रात बिताउन बाध्य भए ।

बढ्दो स्वाइन फ्लु भाइरसको आयु

काठमाडौं-यसपालि नेपालमा देखिएको स्वाइन फ्लु भाइरसको उमेर पहिलेभन्दा बढ्दै गएको विशेषज्ञ चिकित्सकले जनाएका छन्। एक पटक स्वाइन फ्लु लागेका बिरामीमा संक्रमण अवधि बढ्दै जानु र तीन महिनादेखि देखापरेको स्वाइन फ्लु गर्मी मौसम लागेपछि पनि लगातार देखिनुले यसको आयु बढेको आशंका गरिएको हो।
पहिला एकडेढ हप्तामै बिरामी सामान्य अवस्थामा फर्कन्थे, अहिले एक महिनासम्म पूरा निको हुन सकेका छैनन्,' शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, अनुसन्धान केन्द्रका डाक्टर शेरबहादुर पुनले भने। उनका अनुसार गत वर्षहरुमा स्वाइन फ्लु देखिए पनि छोटो अवधिमै हराएर जाने गरेकोमा यो वर्ष तीन ...

'सरकारी ढिलाइले जाजरकोटमा धेरैको मृत्यु'

जाजरकोट- सरकारले जाजरकोटमा फैलिएको मौसमी फ्लुको महामारी नियन्त्रणमा ढिलाइ गरेको स्विकार्दै मुख्य सचिव लीलामणि पौड्यालले यही कारण मृत्यु हुनेको संख्या बढेको बताएका छन्। ढिलै भए पनि हदैसम्मको प्रयास गर्दा महामारी नियन्त्रणमा आइसकेको उनको दाबी छ।
'झन्डै एक महिनादेखिको महामारी सरकारले हदैसम्म प्रयास गरेर नियन्त्रणमा ल्याएको छ,' बिहीबार स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठसँग प्रभावित क्षेत्र जाजरकोट पुगेका मुख्यसचिव पौड्यालले खलंगामा आयोजित अन्तर्क्रियामा भने, 'यो प्रयास अलि अघि हुनुपर्ने थियो, केही ढिलाइ भयो।'
सदरमुकाम खलंगामा बिहीबार मध्यरात आयोजित सर्वपक्षीय छलफलमा मुख्य सचिव पौड्यालले महामारी नियन्त्रणमा लिन आफूले विदेशबाट ...

स्वाइन फ्लुबाट बच्न तुलसीको प्रयोग
सामान्य रूपमा देख्दा स्वाइन फ्लुको लक्षण सामान्य बिरामीजस्तै देखिन्छ। सर्दी, रुघाखोकी र ज्वरो नै स्वाइन फ्लुको लक्षण हो। भयेपनि  तर, यही लक्षणले कहिलेकाहीँ मानिसको ज्यानै लगिदिन्छ।
 
स्वाइन फ्लु (एच वान एन वान भाइरस) सुँगुरमा पाइएको छ। यस पशुमा पाइने स्वाइन फ्लुको भाइरसबाट वातावरण दूषित भएपछि मानिसमा पनि पुग्छ र भाइरसको संक्रमण फैलन्छ। यसै संक्रमणले मानिसको ज्यान लिनसक्छ।
गुडुची र बेसारमा तुलसी मिसाएर त्यसको सेवन गर्दा शरीरमा प्रतिरोधात्मक क्षमता बढ्छ। 
 
यस्तो प्रतिरोधात्मक क्षमताले स्वाइन फ्लुजस्तो संक्रमणसँग लड्न सकिन्छ। स्वाइन फ्लुबाट बच्न चिसो खालका खानेकुरा बार्नुपर्छ। 
 
चिसो खानेकुराले रुघाखोकी लाग्छ। बरु ...
सरकारबाट बालिकालाई नि:शुल्क क्यान्सर खोप
काठमाडौं : पाठेघरको मुख वा यौन अंगमा हुने क्यान्सर रोकथामका लागि ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप बालिकालाई नि:शुल्क दिने भएको छ।
महँगो तर प्रभावकारी मानिएको यो खोप नेपाली बालिकालाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र ग्लोबल अलाइन्स फर भ्याक्सिनेसन्स (गाभी) को सहयोगमा पहिलोपटक दिन लागिएको डब्लूएचओ जेनेभाका टेक्निकल अफिसर डा. पाउल ब्लोइमले बताए।
'यो खोप प्रयोग भइरहेका मुलुकमा क्यान्सर घट्दै गएको छ।' उनका अनुसार अमेरिका, क्यानडा, श्रीलंका, भुटानलगायत ६० मुलुकमा यो खोप प्रभावकारी भएको छ।
 
उक्त खोपले ७० प्रतिशत भन्दा बढी पाठेघरको मुखको क्यान्सर रोक्ने चिकित्सक बताउँछन्। उक्त खोप ...
विषादीको प्रयोग तरकारीमा घट्दै
 
 तरकारीमा विषादी प्रयोग घटदै गएकाले  रासायनिक मल र विषादी प्रयोगमा कमी आएको हो। 
 
काठमाडौंस्थित कालिमाटीमा राखिएको विषादी मापनयन्त्रले मकवानपुरका कृषकले उत्पादन गरेका तरकारी उपभोग गर्न उपयु्क्त नभएको देखाएपछि यस क्षेत्रमा उत्पादित तरकारीले केही समय बजार पाउन सकेको थिएन। उक्त घटनाबाट सचेत भई तरकारी उत्पादक कृषकले रासायनिक विषादी प्रयोग गर्न कटौती गरेका हुन्। 'यहाँका कृषकले रासायनिक विषादी प्रयोगमा कटौती गर्दै आएका छन्,' कृषि विकास कार्यालयका प्रमुख रेवतीरमण पौडेलले भने, 'रासायनिक विषादीले मानव स्वास्थ्यमा पार्ने असर र जैविक विषादीको प्रयोगबारे जानकारी दिने गरेकाले पनि कृषकले रासायनिक विषादीको प्रयोगमा ...
First Prev ... 124 125 126 127 128 129
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम