स्वास्थ्य
— बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ भने उनका बुबाआमा गम्भीर बिरामी परेका छन् । मंगलबार जंगली च्याउ खाएर बिरामी परेकी बंगलाचुली गाउँपालिका–४ की ११ वर्षीया अस्मिता सुनारको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल लगिएकोमा उपचारका ...
: कुनै समय कीटजन्य रोग गर्मी मौसम अर्थात तराईका जिल्लामा बढी देखिन्थ्यो। तर, पछिल्लो समय कीटजन्ज रोगको संक्रमण हिमाली जिल्लामा पनि देखिन थालेको छ। लामखुट्टेको टोकाइबाट सर्ने र संक्रमण हुने रोगहरू हिमालमा पनि देखिन थालेका छन्। चिसो मौसमका कारण विगतमा हिमाली क्षेत्रमा नदेखिने रोगहरू हिजोआज देखिन थालेका हुन्। यसको एउटा उदारण मात्रै हो डेंगु संक्रमणको। तराइ ...
विराटनगर : जन्मदेखि नै मलद्वार नभएका शिशुको जटिल शल्यक्रिया भएको छ। भारत बिहार राज्यको फारविसगंजका ९ महिने शिशुको पारस अस्पताल विराटनगरमा सफल शल्यक्रिया भएको हो। अस्पतालका निर्देशक डा. सफिर रहमानको नेतृत्वको चिकित्सकको टोलीले करिब ५ घण्टा लगाएर शल्यक्रिया गरेर मलद्वार बनाएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेमनारायण मेहताले जानकारी दिए । अस्पतालमा बुधबार पत्रकार सम्मेलनको आयोजना ...
: देशभरि डेंगुको संक्रमण दैनिक बढिरहेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेंगुको संक्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन्। डेंगुको संक्रमणबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ। महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण तथा सरसफाइमा ध्यान नदिँदा डेंगुको संक्रमण बढिरहेको ...
सोलुखुम्बु : सोलुखुम्बुमा विषालु च्याउ खाँदा एक दम्पती बिरामी परेका छन्। बिरामी हुनेमा सोलुदुधकुण्ड नगरपालिका-४ बागबानीका ५५ वर्षीय सन्तविर तामाङ र उनकी श्रीमती ४० वर्षीया नानी माया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार आज आइतबार बिहान १० बजे जंगलबाट टिपेर ल्याएको रातो रंगको विषालु च्याउ पकाएर खाँदा ...
: आँखा पाक्ने रोग फैलिएपछि वालिङ नगरपालिकाले शुक्रबारदेखि सोमबारसम्म नगरभित्रका विद्यालय बन्द गरेको छ। नगर कार्यपालिकाको कार्यालयले बिहीबार सूचना प्रकाशित गरेर आँखा पाक्ने रोगको संक्रामण चक्रलाई रोक्न बिदा गरिएको जनाएको छ। नगरपालिकाले सामुदायिक तथा संस्थागत दुबै विद्यालयलाई ४ दिन बिदा गर्न भनिएको प्रमुख प्रशासकीय तेजराज शर्माद्वारा प्रकाशित सूचनामा उल्लेख छ। आँखा पाक्ने रोग बढ्न थालेपछि ...
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) लागे आत्तिनु नपर्ने जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग देखिएकाले नआत्तिइ घरमा बसेर उपचार गर्न आग्रह गरे। उनले घरमा आँखाको स्याहार गरे सङ्क्रमण एकदेखि दुई हप्ताभित्रमा निको हुने बताए। हालः नेपालका विभिन्न जिल्लामा आँखा पाक्ने रोग देखिएकाले देशभरिका ...
— सरोकारवाला निकायमा दर्ता नगरी स्वास्थ्यसम्बन्धी विभिन्न जाँच गर्ने ल्याब उपकरण तथा एक्सरे मेसिन राखेर मेडिकल हल, डाइग्नोस्टिक सेन्टर सञ्चालन गर्ने आधा दर्जन व्यापारिक स्वास्थ्य संस्थालाई धरान उपमहानगरपालिका तथा राजस्व अनुसन्धान कार्यालयले बिहीबार कारबाही गरेको छ । कुनै पनि निकायमा दर्ता नगरी बिरामीको उपचार गर्दै आएका व्यापारिक स्वास्थ्य संस्थाले सर्वसाधारणको जीवनसँग खेलवाड गरेको भन्दै कानुनी उपचारको ...
— दार्चुलाका विभिन्न ठाउँहरूमा आँखा पाक्ने संक्रमण फैलिँदै गएको छ । नेपाल नेत्रज्योति संघको दार्चुला आँखा उपचार केन्द्रमा अहिले दैनिक रूपमा बिरामीहरू यो समस्या लिएर उपचारका लागि आउन थालेको आँखा उपचार केन्द्र दार्चुलाका नेत्र सहायक करनसिंह डाँगाले बताए । सीमावर्ती भेगमा आँखा पाक्ने संक्रमण फैलिरहेको छ । जिल्ला सदरमुकामको खलंगा बजार भारतीय बजारसित सीमा जोडिएको हुनाले दिनहुँ ...
— धरानलगायतका सहरमा डेंगीले महामारीको रूप लिए पनि यस वर्ष राजधानी उपत्यकामा भने डेंगीले प्रकोपकै रूप लिने सम्भावना कम रहेको विज्ञहरूले बताएका छन् । तर, सावधानीका लागि सातामा एक पटक घर र छेउछाउमा लामखुट्टेको लार्भा तथा बासस्थान नष्ट गर्ने अभियान चलाउन उनीहरूको सुझाव छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार बिहीबारसम्म मुलुकमा कुल डेंगी संक्रमणको ...
कैलाली : सुदूरपश्चिम प्रदेशमा डेङ्गुबाट एक हजार छ सय बढीमा सङ्क्रमण भएको छ। सन् २०२२ र २०२३ मा गरेर एक हजार छ सय १४ जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले जनाएको छ। यस प्रदेशमा सन् २०२३ को सुरुआतदेखि हालसम्म तीन सय २५ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति ...
नुवाकोट : नुवाकोट जिल्ला अस्पताल त्रिशूलीलाई आधुनिक शववाहन हस्तान्तरण गरिएको छ। अस्पतालका प्रमुख डा. प्रतीक सिंहलाई बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी र आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले शववाहन हस्तान्तरण गरेका हुन्। शव वाहन उपलब्ध भएकाले सञ्चालनका लागि अस्पतालले वैकल्पिक स्रोतको खोजी गरिरहेको अध्यक्ष राजु पण्डितले बताए। त्रिशूली अस्पतालमा आकस्मिक र बहिरंग गरी दैनिक तीन सय जनाको ...
धरान :सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो । विद्यालयमा पठनपाठन बन्द गरी डेङ्गु नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले जानकारी दिए। उपमहानगरले बिदाको बेला विद्यालयका शिक्षक, विद्यार्थीलाई डेङ्गु नियन्त्रणका लागि अभियानमा सहभागी गराउन आह्वान ...
धूमपान रोकथाम गर्न सकिने मृत्युको प्रमुख कारण बनेको छ । धूमपानका कारण प्रत्येक वर्ष ८७ लाख मानिसको मृत्यु हुने गरेको छ भने अर्काले उडाएको धुँवामा सास फेर्दा १३ लाख जनाले ज्यान गुमाउने गरेका छन् । डब्ल्यूएचओका अनुसार इथियोपिया, इरान, आयरल्याण्ड, जोर्डन, मदगास्कर, मेक्सिको, न्यूजील्याण्ड र स्पेनसहितका आठ देश सुर्ती नियन्त्रणमा सामेल हुन एक ...
विश्व स्वास्थ्य सङ्गठनले धूमपानविरुद्धको अभियानमा केवल चार देश – ब्राजिल, मरिसस, नेदरल्याण्डस् र टर्कीले साथ दिएको बताएको छ । धूमपानले निम्त्याउने अकल्पनीय क्षतिविरुद्धको लडाइँमा सिफारिस गरिएका सुर्ती विरोधी सबै उपाय ती देशले अपनाएका उक्त संस्थाले सोमबार बताएको छ । पछिल्लो एक प्रतिवेदनअनुसार डब्ल्यूएचओले आफ्ना सदस्य सबै राष्ट्रलाई सुर्तीजन्य पदार्थको प्रयोग कम गर्न,सूर्ति र सुर्तीजन्य उत्पादनको ...
विराटनगर : मोरङको उर्लाबारीमा औषधि खुवाएर अवैध तरिकाले गर्भपतन गराउँदा महिलाको मृत्यु भएको खुलेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उर्लाबारी नगरपालिका–६ स्थित आश्रय मेडिकल हल (औषधि पसल)ले उपलब्ध गराएको औषधि सेवन गर्दा झापाको दमक नगरपालिका–४ ताराबारीकी ४० वर्षीया कल्पना राईको मृत्यु भएको पत्ता लागेको हो। प्रहरीका अनुसार इच्छाविपरीत गर्भ रहेको भन्दै गर्भपतनका लागि कल्पना गत जेठ ...
First Prev ... 3 4 5 6 7 8 9 10 11 12 13 ... Next Last