मुख्य समाचार

नेपाल समाचार

ताप्लेजुङको फुङलिङ बजारमा आगलागी, दुई घर जले
ताप्लेजुङ – ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा मंगलबार अपरान्ह भएको आगलागीमा २ घर जलेर नष्ट भएको छ। प्रहरीका अनुसार एकै परिवारका दुई दाजुभाई फुङलिङ नगरपालिका वडा नम्बर ४ हुलाक लाइन स्थित डिकहादुर खवास र दिलबहादुर खवासको घर जलेर नष्ट भएको हो। अहिले फुङलिङ नगरपालिको दकमल, नेपाली सेना, नेपाल प्रहरी,शसस्त्र प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन्। प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले आगो नियन्त्रण उन्मुख रहेको बताए। अगलागीको कारण खुलेको छैन। कुनै मानवीय क्षति नभएपनि आगो पूर्ण नियन्त्रणमा आउन केहि समय लाग्ने प्रहरीले बताएको छ। source; ...
पासपोर्ट भएका नेपालीको संख्या ५१ लाख
माघ ९ – डिसेम्बर २०१० देखि २०१७ सम्ममा ५१ लाख ५७ हजार ८ सय २६ नेपालीले राहदानी (पासपोर्ट) लिएको राहदानी विभागले बताएको छ । विभागले २०१० देखि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लागू गरेको थियो । राहदानी लिनेमा ४० लाखले वैदेशिक रोजगारीका लागि उक्त राहदानी लिएका छन् । यकिन तथ्यांक नभएपनि श्रम स्विकृती लिएर विदेश जानेको संख्या ४० लाख रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक राजकुमार श्रेष्ठले बताए । त्यसैगरी अध्ययनका लागि जाने विद्यार्थीको संख्या करिब ३ लाख छ । नो अब्जेक्सन लेटर (अध्ययन अनुमति) लिने विद्यार्थी संख्यालाई ...
क्यान्सरपीडित बञ्जाडेलाई ३ लाख सहयोग
माघ ९ – चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचाररत अर्घाखाँची, भूमिकास्थान नगरपालिका-४ सानाऔवलका अमर बञ्जाडेलाई युनाइटेड अरब इमिरेट्स (यूएई)मा कार्यरत नेपालीहरूले ३ लाख ३ हजार १८६ रूपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । अर्घाखाँची सम्पर्क समिति यूएई र श्री शान्ति उच्च मावि भूतपूर्व विद्यार्थी संघको पहलमा रकम संकलन गरिएको थियो । आर्थिक अभावका कारण उपचारमा कठिनाइ भएपछि अमरले सहयोगका लागि आह्वान गरेका थिए । source; nepaljapan.com
सत्तरी वर्षमा लाइसेन्स
काठमाडौं : सूर्यविनायक नगरपालिकाका–७ गुण्डुका पूर्णबहादुर बस्नेतले ७० वर्षको उमेरमा स्कुटर चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेका छन् । आइतबारै लिखित परीक्षा उत्तीर्ण गरेका बस्नेतले मंगलबार प्रयोगात्मक परीक्षा पनि उत्तीर्ण गरे । प्रतिनिधिसभा सदस्य महेश बस्नेतका पिता पूर्णबहादुरले ३९ वर्षदेखि साइकल चलाउँदै आएका थिए । दुई वर्षअघि नातिनीको स्कुटर चलाउन थालेका उनले अब स्कुटरमा श्रीमतीलाई राखेर धार्मिक मठमन्दिरमा जान सजिलो भएको बताए । कुनै घटना भइहाले पूर्वमन्त्री एवं सांसदका बाबुले लाइसेन्सबिनै स्कुटी चलाएको खबर आउने भनेर छोराले सुझाएपछि लाइसेन्स परीक्षामा सहभागी भएको उनको भनाइ थियो । source; annapurnanews.com
रौतहटमा ८ वर्षीय बालकको बिभत्स हत्या : तीन पक्राउ
रौतहट : राजपुर नगरपालिकाको बैरीया बलुवाटोलमा एक बालकको बिभत्स हत्या भएको छ। मंगलबार बिहान बालवाटोलका ८ वर्षीय मफजुल देवानको घाटी काटेर हत्या भएको स्थानीयले बताएका छन्। स्थानीयले बिहान ११ बजेतिर गाउँ नजिकैको बगैंचामा बालकको शव भेटेर प्रहरीलाई खबर गरेका थिए। प्रहरीले बालक हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। बालक हत्या घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजकुमार दानीले जानकारी दिए। source; annapurnanews.com
आगलागीबाट १५ लाखको क्षति
विराटनगर : मोरङको उर्लाबारी नगरपालिका २ का हेमचन्द्र थापाको घरमा मंगलबार बिहान आगलागी भएको छ। आगलागीमा १५ लाख बढीको क्षति भएको बताइएको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। उनले आगलागीमा परेर घर, घरभित्र रहेका अन्नपात, लत्ताकपडा, नगद तथा महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएको बताए। आगो दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो। source; annapurnanews.com
माघको सुरुमै जाडो कम
काठमाडौं : अघिल्ला वर्षको तुलनामा यसपालि माघ सुरुमै जाडो कम भएको छ। पछिल्लो एक साताभित्र न्यूनतम तापक्रम निरन्तर बढिरहेको छ।उपत्यकामा आइतबार न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम १९.६ डिग्री सेल्सियस कायम रह्यो। सोमबार न्यूनतम तापक्रम ४.६ र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस पुगेको छ। पुसमा देशभरको न्यूनतम तापक्रम शून्यदेखि अधिकतम तापक्रम १९.१ डिग्री सेल्सियस बीचमा थियो। एक सातामै न्यूनतम तापक्रममा सुधार हुँदा गर्मी महसुस हुन थालेको हो। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार पूर्वी क्षेत्रबाट आएको जलवाष्पी हावाले तातो बढाएकाले गर्मी सुरु ...
जाजरकोटमा खाद्यान्न अभाव
जाजरकोट : जाजरकोटका ग्रामीण भेगमा खाद्यान्न अभाव सुरु भएको छ। जुनीचाँदे गाउँपालिका र छेडागाड नगरपालिकाका विभिन्न गाउँमा खाद्यसंकट पर्न थालेको हो। आफ्नो उत्पादनले तीन महिनाभन्दा खान नपुग्ने दुर्गम गाउँका बासिन्दा सरकारी अनुदानको चामलसमेत नपाएपछि अभावमा गुज्रन बाध्य भएका छन्। एक कट्टा चामल १५ सयदेखि २ हजार रुपैया“मा किनेर गुजारा चलाउने गरेका स्थानीयले त्यही पनि नपाउँदा अप्ठ्यारो परेको बताएका छन्। ‘अनुदानको चामल र आयोडिन नुनसमेत पाएका छैनौं’, जुनीचाँदे २, अफगानका कालु तिरुवाले भने। यो वर्ष त सरकारले उपलब्ध गराउने अनुदानको चामल देख्नै नपाएको उनले गुनासो गरे। खाद्य संस्थानको ...
भारतीय रेलको ठक्करले एक नेपाली घाईते
इलाम : इलामको देउमाई नगरपालिका गजुरमुखीका मनबहादुर गुरुङलाई आइतबार दिउँसो भारतको पश्चिम वंगालमा रेलले ठक्कर दिँदा गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय इलामका हवल्दार विजय राईका अनुसार गुरुङलाई पश्चिम बंगालको हेगापुर स्टेशनमा रेलले ठक्कर दिएपछि अचेत अवस्थामा स्थानीयले उद्धार गरि अस्पताल पुर्याएका थिए । गुरुङको स्टेट अस्पताल थडकपुरमा उपचार भइरहेको हवल्दार राईको भनाइ छ । source; annapurnanews.com
काँकरभिट्टा नाका बाट लागुऔषध कारोबार बढ्दो
माघ ९ – प्रहरीले सक्रियता बढाएपछि पूर्वी नाका झापाको काँकरभिट्टाबाट चालु आर्थिक वर्षको अहिलेसम्म लागुऔषधको कारोबारमा संलग्न ५८ जना पक्राउ परेका छन् । लागुऔषध ओसापसारको मुख्य नाकाको रुपमा रहेको काँकरभिट्टा नाकाबाट प्रहरीले चेकजाँचका क्रममा चालु आर्थिक वर्षको अहिलेसम्म ५६ जना पुरुष र २ जना महिलालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यलय काकरभिट्टा मुद्धा शाखाका सई रेवत अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुको साथबाट लुपिजेसिक ४ सय ३ एम्फूल, फेनारगन ४ सय ३ एम्फूल, डाइजेपाम ४ सय ३ एम्फूल, नाइट्रसन ट्याब्लेट १९ सय ९४ पिस, ब्राउनसुगर ५१ ग्राम ...
नलकटुवा पेस्तोल सहित २ जना पक्राउ
धनगढी– कैलालीमा नलकटुवा पेस्तोल सहित २ जना पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका – ४ मा राती हिडिरहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलिले प्रक्राउ गरेको हो । पक्राउ पर्नेमा गोदावरी नगरपालिका – २ का चेतन कार्की र प्रविण कठायत रहेको छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । source; ujyaaloonlinenews.com
पर्यटक आगमनमा चौँतिस प्रतिशतले वृद्धि
मुस्ताङ – हिमाली पर्यटकीय जिल्ला मुस्ताङको भ्रमणमा आउने पर्यटकको संख्या ३४.४९ प्रतिशतले बढेको छ। सन् २०१६ को तुलनामा सन् २०१७ मा पर्यटक आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित इलाका कार्यालयले जनाएको छ। सन् २०१७ मा ५२ हजार ४७५ पर्यटकले मुस्ताङको भ्रमण गरेका कार्यालयका प्रमुख तुलसी दाहालले जानकारी दिए। उपल्लो मुस्ताङको भ्रमणमा जाने पर्यटकको संख्या ४ हजार १ सय १५ जना रहेको छ। सन् २०१६ मा ३९ हजार १७ तथा सन् २०१५ मा २५ हजार २ सय ७२ जना पर्यटकले जिल्लाको भ्रमण गरेका थिए ...
बसाइँ सराइले रित्तिँदै गाउँ
बागलुङ – ढकमक्क फूलले छोप्ने आँगनमा घाँस झाँगिएको छ । कलकल पानी बहने धारामा कमिला डुल्दछन्। पिँढी ओध्रिएर बाख्रा बाँध्ने थरी थस्तो देखिन्छ। रातो माटोमा टल्कने भित्ता उजाडिएको छ। झ्यालढोकाले असली रुप फेरेका छन्। छानो चुहिने भएको छ। वर्षौंदेखि न आगो न उज्यालो। एउटा यस्तै उदास घर छ। गलकोट नगरपालिका–७ मल्म, कोलमा । कैयौँलाई पाले, हुर्काएको घर आज किन एक्लो छ ? मेहनत र पसिनाको जगमा उठेको घर किन मानिसदेखि पर छ ? कुनैबेला दुःख, सुख बिसाउने आँगन किन आफैँ रोगी छ? घरमात्रै होइन, गोठ, ...
खिचरा महोत्सव सम्पन्न, पाँच पत्रकार पुरस्कृत
चितवन- ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने नारासहित पुस २८ देखि चितवनको खैरहनीमा शुरु भएको पाँचौँ खिचरा माघी महोत्सव सोमबार समापन भएको छ । थारु कल्याणकारिणी सभा, चितवनको क्षेत्र नम्बर ७ ले थारु संस्कृतिको संरक्षण र सम्बर्द्भन गर्ने उद्देश्यले आयोजना गरेको महोत्सवमा प्रतियोगितात्मक थारु सांस्कृतिक घरेलु हस्तकला र कृषि प्रदर्शनीसमेत गरिएको थियो । समापनका अवसरमा यहाँका पाँचजना पत्रकार सम्मानित भएका छन् । खिचरा महोत्सव आयोजक समितिले महोत्सवको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पत्रकार सन्तकुमार चौधरी, राजु चौधरी, ध्रुवराज खनाल, ...
प्रदूषण र मानव चापले घटे पानी चरा
चितवन – जाडो छल्न पानीमा आश्रित चरा साइबेरियाजस्ता चिसा ठाउँबाट हिउँदको समयमा नेपालका नदी, खोला, पोखरी, तालतलैया र सिमसार क्षेत्रमा आउँछन् । बासस्थान राम्रो भएमा र पानीमा माछा, कीरा फट्यांग्रा र लेउ तथा झ्याउजस्ता आहारा प्रशस्त भएमा उनीहरु हिमालय शृंखलासमेत पार गरेर नेपाल आउने हुन्। मानव चाप नबढे चराको बासस्थान सुरक्षित हुन्छ । प्रदूषणको मार नपरेको खोला र नदीमा माछालगायतका आहारा हुन्छन् । त्यसैले हिमाल नाघेर नेपाल आउने चराले यहाँको वातावरणको अवस्थाबारे संकेत गरिरहेका हुन्छन् । चराहरु केकति आउँछन् भन्ने जानकारी लिन जनवरी ६ देखि २१ ...
हात्तीबाट ज्यान बचाउनै मुस्किल
दमक – दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बराल रात परेपछि पुल्ठो लिएर निस्कन्छन् । उनका छिमेकी कोही थाल ठटाउँछन्, कोही शंख फुक्न थाल्छन् । अनि कोही पटका पड्काउँदै सडकमा निस्कन्छन् । एक महिनादेखि साँझ परेपछि यसैगरी विभिन्न तौरतरिका प्रयोग गरेर हात्ती लखेट्नु गाउँले सबैको दैनिकी बनेको छ। दमक नगरपालिका वडा नम्बर २ र ३ का स्थानीय जंगली हात्तीका कारण त्रस्त छन् । हात्ती लखेट्न जिल्ला वन कार्यालयले साइरनजडित गाडी पठाए पनि आतंक घटेको छैन । ‘कहिलेकाहीं गाडी साइरन बजाउँदै आउँछ, त्यति बेला त गाउँले पनि पछिपछि ...
1 2 3 4 5 6 ... Next Last
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम