मुख्य समाचार

नेपाल समाचार

खुला आकासमा अदालत

काठमाडौं-१२ गतेको विनासकारी भूकम्पको कारण सर्वोच्च अदालतको भवन चर्किएको हुनाले अहिले सबै सुनुवाईको कार्य खुला चौरमा भईरहेको छ ।
अहिले अदालतको सबै मुद्दाको सुनुवाइलाई चौरमा अस्थायी इजलास खडा गरी मंगलबारबाट निरन्तरता दिएको सर्वोच्चका सहप्रवक्ता बाबुराम दाहालले बताए । तत्कालीन समयका लागि पाल टागेर अस्थायी तरिकाले भएनी कार्य चलाएको दाहालले भने।  
उनले भूकम्पले क्षति पुर्या एका अन्य जिल्लामा पनि अस्थायी इजलास निर्माण गरी काम सुरु गरिएको पनि जानकारी दिए । उनका अनुसार बुधबार सर्वोच्चमा सातवटा इजलास सञ्चालन भएका थिए । मंगलबार आठवटा इजलास चलेका थिए ...

चिनिया विदेश मन्त्रि नेपाल आउदै

काठमाडौं - भुकम्प पिडितको सहयोगका लागि चिनबाट थप सहयोग नेपाल भित्रिएको छ।यसै गरि पूर्ण;निर्माणको सबैकुरा बुझ्नको लागि उत्तरी छिमेकी चीनको सहायक विदेश मन्त्री लिउ जियानचाओ को नेतृत्वमा ११ सदस्यिय टोली काठमाडौं आउने भएको छ।
बुधबार नै एक चार्टर फलाइट र विभिन्न ३३ ट्रक राहत सामाग्री नाकाबाट काठामाडौं तर्फ आइपुगेको छ। उक्त राहतमा मेडिकल सामाग्रि र मोवाईल अस्पतालहरु रहेको र त्यो सबै नेपाली सेनालाई हस्तान्तरण गर्ने समेत उल्लेख छ ।
पुर्ननिर्माणमा नेपालको योजना के छ र नेपाललाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न नै ...

शैक्षिक पठनपाठन जेठ १७ देखि खुल्ला

२०७२/२/७ -बैशाख १२ गते आएको महाविनास्कारी भुकम्पले गर्दा बालबालिकाको पठनपाठनमा असर परेको हुदा यहि  जेठ १७ देखि विद्यालय खुल्ने भनेर  शिक्षा मन्त्रालयले घोषणा गरेको छ । शिक्षा मन्त्रालयले शैक्षिक पठनपाठन सुरु गरेर बालबालिकाको मनबाट भूकम्पको त्रास हटाउन यो विधिको प्रयोग उपयुक्त हुनेछ भनेर हामीलाई जानकारी गराएको  छ ।  अति प्रभावित जिल्ला तथा क्षेत्रमा जेठ १७ देखि पठनपाठन हुने भएको छ । शिक्षा मन्त्रालयले केही समय खेल तथा अभिनयथेरापी शिक्षण सिकाइ विधिबाट कक्षा सञ्चालन गर्ने जनाएको हो।
 प्रभावित जिल्लाका २६ मुख्य प्रशिक्षकलाई केन्द्रले बुधबारबाट तीनदिने तालिम ...

बेपत्ता नेपालीको शव फेला परियो

नयाँ दिल्ली-चार दिनदेखि बेपत्ता भएका २ नेपालीको शव उनीहरुकै कोठाभित्र भेटिएको छ ।
मिलन ढकाल र मिलनकहाँ भेटघाटमा आएका ३३ बर्षिय अर्जुन ढकाल गत आइतबारबाट सम्पर्कहीन थिए । उक्त लासलाई मंगलबार मात्रै अस्पताल लागिएको हो।

ढकालद्वय बसेको कोठाको ढोकामा बाहिरबाट ३ वटा तालाचाबी लगाइएको पाएइकाले घटना बढी संकास्पद बनेको खड्काले बताए । उनले यो घटनाबारे दिल्लीस्थित नेपाली दुतावासलाई जानकारी गराइसकेका छन् ।

१५ बर्षयता जब्बल इन्ड्रस्ट्रीयल एरियामा चौकिदारी गर्दै आएका मिलन र भेटघाटमा आएका नातेदार अर्जुनको तनहुँस्थित घरपरिवारबाट कोही सम्पर्कमा आएका छैनन् । ...

दुर्गम गाविस अझै पुगेनन् संसदीय टोली

बनेपा- संसदीय टोलीहरु भ्रमणको क्रममा काभ्रेपलाञ्चोकको विभिन्न गाविसमा त पुगे तर दुर्गम गाविसमा नपुगी नै उनीहरु राजधानीमा प्रस्थान गरेका छन्।
विसौनादेउपुर, पाँचखाल नगरपालिका, महादेवस्थान लगायतको ठाउँमा गएर संसदीय टोलीले भूकम्पका पीडितसँग भेटघाट गरी क्षतिका बारेमा जानकारी लिएका थिए।

पाँच दिनसम्म जिल्लाको विभिन्न गाउँगाउँ पुगेको सो संसदीय टोलीमा सभासद्हरू रोमी गौचन थकाली, डा शिवजी यादव, लोकमणि ढकाल र दलबहादुर सुनुवार थिए । टोलीसँग जिल्लाबाट संविधानसभामा प्रत्यक्ष निर्वाचित र समानुपातिक सभासद्हरू समेत आ–आफ्ना निर्वाचन क्षेत्रमा पुगेका थिए ।

जनधनको क्षतिबारे संसदीय टोलीले प्रतिवेदन तयार गर्ने ...

असोज २ र ३ मा ईपीएसको परीक्षा हुने

सोल-यसपालिको छैटौं कोरियाली भाषा परीक्षा यहि असोजको पहिलो हप्तामा हुने निश्चित भएको छ। सोमबार बसेको बैठकमा सो निर्णय लिईएको हो।
पूर्वनिर्धारण गरिएको जेठ ३० र ३१ गते छैटौं कोरियन भाषा परीक्षा सञ्चालन गर्न असहज भएपछि एचआरडी कोरियासँग भएको समझदारीबमोजिम असोजमा सारिएको हो। ईपीएस परीक्षा यसअघि काठमाडौंमा मात्र सञ्चालन हुँदै आएको थियो तर यो वर्षदेखि काठमाडौं र पोखरासहित दुई केन्द्रबाट परिक्षा सञ्चालन हुने जनाएको छ। उपत्यका बाहिर परीक्षा सञ्चालन हुन लागेको यो पहिलो पटक हो। परीक्षाफल कात्तिक महिनामा प्रकाशित हुने ईपीएस शाखा नेपालका निर्देशक डिल्लीराम बाँस्तोलाले ...

प्रहरीले गरे स्वस्ति शान्ति पूजा

काठमाडौ-देशमा आएको आपतकालीन समयमा नेपाली सेनाहरुले देशको सुख, शान्ति, समृद्धि र कल्याणको कामना गर्दै क्षमा पूजा गरेका छन् ।उक्त पुजा सैनिक मुख्यालय जङ्गी अड्डास्थित रिपुमर्दनी भगवती मन्दिरमा आयोजना गरिएको हो।

सबै ठाउँका सेनाहरु मिलेर यो पुजा बिहान एकैसाथ मुलुकभर रहेर गरेका छन्। भूकम्पको महाविपत्तिमा परेर निधन भएका व्यक्तिको आत्माको चीर शान्ति, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनाका साथ मुलुक र जनताको कल्याणका खातिर स्वस्ति शान्तिसहितको क्षमा पूजा गरिएको नेपाली सेनाले जनाएको छ ।

पूजामा भूकम्पलगायतका सबैखाले दैवी विपत्तिको नास होस् भनेर ११ जना ब्राह्मणद्वारा लघुरुद्री ...

बर्खा अगिनै गाउ सारिनु पर्ने

गोरखा-विनासकारी भुकम्प पछाडी आउन लागेको बर्खायाम देखिन् जोगिनको लागि दैवीप्रकोप उद्धार समिति गोरखाले बारपाक लगायत आसपासका विभिन्न २२ गाउँलाई अन्यत्र सार्न प्रस्ताव गरेको छ । ती गाउँका दुई हजार ३१४ घर अन्यत्र सार्नुपर्ने देखिएको छ ।
पहिरो जाने समय भएकोले अझ बढी मानिसहरुको मृत्यु हुने सम्भावना भएको र त्यसैले सो कार्य छिटो गरिनु पर्ने भएको समितिले बताएका छन्।बारपाक गाविस–२ मान्द्रेको कुँजेका १०० घरलाई अन्यत्रै स्थानान्तरण गर्न प्रस्ताव गरिएको छ । त्यस्तै, लाप्राकका ६१५ घर, गुम्दा गाविसको सिङ्लाका २००, लप्सीबोटका १०० र यमगाउँका ४३ घरधुरी, लापु ...

एसएलसी नतिजामा ढिलाई नहुने

काठमाडौ -भूकम्पको कारण केहि समय काम रोकिए तापनि यस पालिको एसएलसी नतिजा समयमै हुने भनेर परीक्षा नियन्त्रण कार्यालय, सोनोठिमीबाट जानकारी भएको छ ।
यस अन्तरगत २७ केन्द्रका एसएलसीका उत्तरपुस्तिका जाँच भइसकेको र भूकम्पबाट प्रभावित जिल्लामध्ये गोरखा, धादिङ, नुवाकोट, रसुवा र दोलखामा रहेका केन्द्रबाट समेत उत्तरपुस्तिका जाँच भई नियन्त्रण कार्यालयमा आईसकेको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले बताए ।
‘सबै जिल्लाका केन्द्रमा निरन्तर उत्तरपुस्तिका जाँच्ने क्रम जारी छ,’ महाभूकम्पबाट केही दिन काम रोकिएपनि त्यसपछि सुचारु रहेको उल्लेख गर्दै नियन्त्रक द्वारेले भने, ‘परीक्षण सकिएर नियन्त्रण कार्यालयमा उत्तरपुस्तिका ल्याउने काम ...

आफ्नै श्रीमानको हत्या गर्ने महिला पक्राउ

रत्ननगर-चितवन भोजाडकि एक महिलाले तीनजना मानिसको साथमा आफ्नै श्रीमानको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
भोजाडका ती ओमप्रकाश रेग्मीको हत्याको आरोपमा प्रहरीले श्रीमती इन्द्रा रेग्मीसहित विजय रेग्मी र डेरा गरी बस्दै आएका महेन्द्रनगरका गोकर्णदेव भट्टलाई पक्राउ गरेको जानकारी दिए। उनीहरुलाई किटानी जाहेरीको आधारमा पक्राउ गरी अनुसन्धान थालिएको उनले बताए।
त्यहाका मानिसहरुले मृतक रेग्मीकी श्रीमती इन्द्रा रेग्मी र भट्टबीच अनैतिक सम्बन्ध रहेको र सोहि कुरा श्रीमानले थाहा पाएपछि हत्या गरेको दाबी गरिएको भए पनि प्रहरीले भने अनुसन्धानपछि मात्रै यकिन हुने जनाएको छ।
रोजगारीको सिलसिलामा भारतमा रहेका ...

उडानमा कटौती गरिने

काठमाडौं-भूकम्पको कारण बाहिर जाने यात्रु चाप बढी भएपनि आउदा लगभग खाली भएको हुनाले वायुसेवा कम्पनीले ५० प्रतिशतसम्म अन्तरिक  उडान कटौती गरेका छन् ।
प्रमुख वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, सिम्रिक एयरलाइन्स लगायतले पोखरातर्फको उडान आधाले कटौती गरे पनि अन्य गन्तव्यका नियमित उडान भने यथावत राखेका छन् । विराटनगर, भद्रपुर र धनगढी जाने यात्रु चाप भने उच्च रहेको छ।
बुद्ध एयरले पनि नियमित उडान भने सबै यथावत राखेको छ । उसले पनि पोखरातर्फको उडान भने आधाभन्दा बढीले कटौती गरेको छ । पोखराका लागि सामान्य दिनमा ...

हराएको बहुमुल्य भोटो भेटियो

काठमाडौं-१२ गतेको भूकम्पमा हराएको रातो मच्छिन्द्रनाथको भोटो फेला परेको छ। भग्नावशेषबाट बहुमुल्य सांस्कृतिक सामग्री रहेको सेफ नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा टोलीले फेला पारेको हो।
भूकम्पले गर्दा मन्दिरको भोटोसहित बहुमुल्य सामग्रीहरु पुरिएको थियो र संयुक्त सुरक्षा टोलीले सो सेफ संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दिपकचन्द्र अमात्यको रोहबरमा सेफ खोलेर भोटोमा लगाएको लाहछाप हेरेको थिए। सो लाहछाप सकुशल रहेको फेला परेपछि टोलीले सेफ गुठी संस्थानलाई बुझाएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ।

यसै गरि सेना, प्रहरी र सशस्त्रको टोली भूकम्पबाट क्षती पुगेको ...

कक्षा ११ र १२ को परीक्षा मिति निक्षित

भक्तपुर-भूकम्पको कारण रोकिएको कक्षा १२ र ११ को परिक्षा यही जेठ २० र आगामी असार १ गतेदेखि सञ्चालन हुने भएको छ।
उच्च माध्यमिक शिक्षा परिषद्ले  कक्षा ११ र १२ को परीक्षाको तालिका आज सार्वजनिक गरेको हो। यसअघि सार्वजनिक भएको तालिका अनुसार नै क्रमैसँग विषय राखिएको परिषद्का सदस्यसचिव नारायण कोइरालाले जानकारी दिए।

परिषद्ले भूकम्पल प्रभावित जिल्ला गोरखा, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा भने सो पछि नया तालिका बनाईने र तत्काल कुनै निर्णय नलिएको बताएका छन्।

सदस्य सचिव कोइरालाका अनुसार यी सात जिल्लामा ...

राहत पाए–नपाएको अझै पत्तो छैन

खोटाङ–खोटाङको स्थानीय शान्ति समितिले वास्तविक भूकम्प पीडितमा राहत पुगेको छ कि छैन भनेर अनुगमन गर्ने भएको छ ।
मन्त्रालयले जिल्लामा निर्माण भइरहेका भवनहरुको अनुगमन गर्ने क्रममा नै सो विषयमा समेत अनुगमन गर्ने तयारी गरिएको समितिका संयोजक ललितकुमार राईले बताए । राहत त बाडिएको छ तर पनि पिडितहरुको गुनासो सुनिएकोले सो छानबिन गर्ने भएको उनले भने।  
कतै राहत वितरण टोलीलाई आफ्नो नाम पहिलो नम्बरमा नराखे जागिरबाट हटाइदिने धम्की दिँदै राहतकालागि दाबी गरेको स्रोतले जनाएको छ । राहत वितरण टोलीमा संलग्न एक सदस्यका अनुसार कतिपयले फोनको ...

त्रसित छन् सिंहदरबारका कर्मचारी

काठमाडौँ-भूकम्पको कारण भत्किएको सिंहदरबारका केहि भागमा इन्जिनियरहरुबाट हरियो स्टिकर लगाईयेता पनि भयको कारण कर्मचारीहरु त्रसित भएका छन्।उक्त कार्यालयको केहि भाग पालमा सरेको थियो जहाको कर्मचारीहरु दुक्कसंग कार्य गरिरहेका छन् तर भवनमा कार्य गर्नु पर्नेहरु भने त्रसित भएका छन्।
त्रासको कारण नै होला सधै जसो बन्द रहने ढोकाहरु पूर्ण रुपमा खुला राखेर कर्मचारीहरु काम गरेको भेटिन्छ ।भूकम्प आईरहेको हुनाले आफै सतर्क भई , भाग्न मिल्ने गरि ब्यवस्थापन गरेर यसरी बसेका हुन् भनि कर्मचारीले बताए।
बैशाख १२ को महाभुकम्पले क्षती भएपनि त्यसपछि मंगलबार आएको शक्तिशाली पराकम्पनबाट झन ...

भिक्षु निग्रोध उपाध्यक्षको पदमा

काठमाडाैं-सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा पदमा भिक्षु निग्रोध (सिद्धार्थ महर्जन) लाइ नियुक्त गरेको छ। उपाध्यक्ष नभएको कारण कोसको कुनै पनि कार्य निरन्तर भएको थिएन।
त्रिभुवन विश्वविद्यालयबाट सामाजशास्त्रमा स्नातकोत्तर गरेका उनी थेरबाद बुद्धिस्ट एकेडेमीको सचिव तथा लेक्चरर हुन्। नयाँ वानेश्वर स्थित वर्ल्ड पिस बुद्धिस्ट स्कूलका प्रिन्सिपल समेत रहेका भिक्षु निग्रोध हाल मीनभवन स्थित विश्व शान्ति बिहारमा बस्ने गर्छन्।
पुस २५ मा तत्कालीन उपाध्यक्ष आचार्य कर्मा स्यायाङ्बो शेर्पाले राजिनामा दिएपछि सो पद रिक्त थियो। लुम्बिनीमा सञ्चालित विभिन्न योजनाका काममा पनि उपाध्यक्ष नहुँदा प्रभावित भएका थिए। अहिले त्यहाँ ...

आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम