मुख्य समाचार

नेपाल समाचार

जिल्ला अस्पतालको आधुनिक भवन बन्दै
माघ ५ – जीर्ण अवस्थामा रहेको भवनबाट स्वास्थ्य सेवा लिन बाध्य रोल्पाका बिरामी अब भने आधुनिक सुविधा सम्पन्न भवनबाट स्वास्थ्य सुविधा लिन पाउने भएका छन् । जिल्ला अस्पताल, रोल्पाको नयाँ भवन एक महिना अगाडि बन्न थालेपछि यस्तो सुविधासहित उपचार गर्न पाउने आशा पलाएको हो । २०४१ सालमा निर्माण गरिएको टिनको छाना रहेको सो भवन जीर्ण रहेसँगै बिरामीले त्रासपूर्ण अवस्थामा उपचार गराइरहेका थिए । हाल निर्माणाधीन नयाँ भवन बनेपछि अस्पतालले ५० श्ययाको सेवा दिने जिल्ला अस्पताल सञ्चालक समितिका अध्यक्ष टीकाकुमारी बुढा थापाले जानकारी दिनुभयो । श्यया थपसँगै विशेषज्ञ ...
चितुवाको छालासहित तीन पक्राउ
माघ ५ –दुर्लभ वन्यजन्तु चितुवाको छालासहित काठमाडौंको न्यूरोडस्थित भूगोल पार्कबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडी घर भएका २५ वर्षीय महेशराज औजी, ३४ वर्षीय जनक महरा र २५ वर्षीय सुरेन्द्र दयाल छन् । प्रहरीलाई उनीहरुको गतिविधि शंकास्पद लागेपछि चेकजाँच गर्दा कलेजी रंगको झोलाभित्र बोरामा प्याक गरेको अवस्थामा चितुवाको छाला बरामद भएको थियो । उनीहरुले विक्री गर्ने उद्देश्यले चितुवाको छाला बोकेको खुलेको छ । उनीहरुमाथि थप अनुसन्धान र कारबाहीका लागि जिल्ला वन कार्यालय, हात्तिसार पठाइएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले जनाएको छ । source; ...
विदेश पठाइदिन्छु भन्दै करोडौं ठगी गर्ने एक व्यक्ति पक्राउ
माघ ५ –जापान, अमेरिका, पोर्चुगल लगायतका देशहरुमा पठाइदिने भन्दै कराडौं ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । नुवाकोट घर भइ हाल ललितपुरको तिखेदेवलमा बस्दै आएका ३९ वर्षीय पारस लोहोनी पक्राउ परेका हुन् । लोहोनीलाई पीडितहरुको उजुरीको आधारमा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले प्रतिव्यक्ति ७ लाख रुपैयाँदेखि ३५ लाख रुपैयाँसम्म लिएर २ करोड ७५ लाख रुपैयाँ ठगी गरेको खुलेको छ । पीडितहरुसँग पैसा लिएपछि लोहोनी सम्पर्कबिहीन हुने गरेका थिए । उनीबिरुद्ध वैदेशिक रोजगारी विभाग, बुद्धनगरमा समेत वैदेशिक रोजगारी ठगी ...
अब किशोर अवस्था १० देखि २४ वर्षसम्म !
काठमाडौं : अब किशोर अवस्था १० देखि २४ वर्षसम्म हुनुपर्ने वैज्ञानिकहरुले बताएका छन्। उनीहरुले किशोररावस्था बढ्दै गएको अनुसन्धानबाट सार्वजनिक गरेका हुन्। पोषणमा आएको सुधारका कारण किशोरावस्था सुरु हुने उमेर अझ कम भएको तर्क वैज्ञानिकको छ। उनीहरुले अब नीति निर्माताले समय अनुसार किशोरावस्थाको परिभाषालाई समेत परिमार्जन गर्नुपर्ने बताएका छन्। उनीहरुले मानिसको मस्तिष्कको विकासक्रम २० वर्षपछि पनि हुने भएकाले किशोरावस्थाको उमेर सीमा बदलिनुपर्नेमा जोड दिएका हुन्। अनुसन्धानमा संलग्न वैज्ञानिकहरुका अनुसार यसअघि १४ वर्षको उमेरमा किशोराअवस्था सुरु भएको मानिन्थ्यो। तर, अहिले अधिकांश विकसित देशमा पोषणमा आएका सुधारका कारण १० वर्षको ...
दुर्घटनामा तीन बालिकाको मृत्यु
सिन्धुपाल्चोक : तातोपानीबाट बाह्रबिसे जाँदै गरेको जिप अनियन्त्रित भई सडकमा पल्टिँदा तीन बालिकाको मृत्यु भएकोछ । दिउँसो चार बजे भएको दुर्घटनामा बाह्रबिसे नगरपालिका –९ बस्ने १६ वर्षीया समिक्षा गुरुङ, बाह्रबिसे–८ की १४ वर्षीया गोमा तामाङ र सोही ठाउँकी १५ वर्षीया पासाङको मृत्यु भएको हो । दुर्घटनामा थप ११ घाइते भएका छन् । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । source; annapurnanews.com
कोटेश्वरबाट भक्तपुरसम्म सुरुङमार्ग !
काठमाडौँः बढ्दो सवारी जामले अस्तव्यस्त बन्दै गएको कोटेश्वर चोकबाट भक्तपुरको सूर्यविनायकसम्म सुरुङमार्ग निर्माणको तयारी थालिएको छ । राजधानीका अत्यधिक जाम हुने क्षेत्रमध्ये एक कोटेश्वर क्षेत्रबाट भक्तपुरको सूर्यविनायकसम्म सुरुङ मार्ग निर्माणका लागि भक्तपुर नगरपालिकाले डिपीआर तयार पार्ने कामलाई अघि बढाएको हो । भक्तपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्नका लागि यस्तो तयारी थालिएको जानकारी भक्तपुर क्षेत्र नम्बर २ का सांसद महेश बस्नेतले दिएका हुन् । पूर्वउद्योगमन्त्रीसमेत रहेका बस्नेतले राजधानी काठमाडौँसम्म जाने एक मात्र यो सडक क्षेत्र बढ्दो सवारी चापले अस्तव्यवस्त हुन थालेपछि विकल्पका लागि सुरुङमार्ग निर्माण प्रक्रिया थालिएको बताए । बस्नेतका ...
कपडा र दाउरा बाँड्दै प्रहरी
विराटनगर: मोरङ प्रहरीले केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण पीडित बनेकाहरुको पहिचान गरी न्यानो कपडा र दाउरा वितरणलाई तीव्र पारेको छ।ठाउँठाउँमा प्रहरीले पीडितका लागि कम्बललगायतका कपडा र आगो ताप्नका लागि दाउरा बाँड्ने कार्यक्रमलाई तीव्रता पारेको हो। विराटनगरलगायत मोरङका विभिन्न स्थानमा चिसोबाट पीडित भएकालाई कम्बल र दाउरा बाँड्न थालिएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताए। चिसोबाट हुने क्षति कम गर्नका लागि विभिन्न ठाउँबाट प्राप्त सहयोग र आफ्नै स्रोतबाट कम्बल र दाउरा बाँड्ने गरिएको जानकारी उनले दिए।बिहीबार प्रहरीले विराटनगर १४ का गरिब र अति विपन्न परिवारलाई लक्षित ...
जेलबाट भागे कैदी
काठमाडौं : डाका मुद्दाका कैदी टीकाबहादुर थापा डिल्लीबजार सदरखोरबाट गएराति भागेका छन् । लुटपाट तथा डकैती मुद्दामा राखिएका थापा कारागारबाट भागेको प्रहरीले शुक्रबार बिहान मात्रै थाहा पाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी पूर्णचन्द्र जोशीले काँडेतार काटेर भागेका थापाको खोजी भइरहेको जानकारी दिए । उनले भने,‘ कारागारमा सुरक्षार्थ प्रहरीको लापरबाहीका कारण थापा भागे । उनको खोजी भइरहेको छ ।’ महानगरीय प्रहरीले कैदी भगाएको आशंकामा असईसहित केही प्रहरी जवानलाई नियन्त्रणमा लिएर छानविन गरिरहेको छ । जोशीका अनुसार छानविन समिति गठन गरेर अनुसन्धान भइरहेको छ । source; annapurnanews.com
युएई आएको डेढ महिनामै ज्यान गयो
माघ ५ – रोजगारीका लागि युएई आएका एक नेपालीको डेढ महिनामै ज्यान गएको छ । बुधवार राति कम्पनीका कामदार बस्ने कोठामा खाना खाएर सुतेका सिन्धुपाल्चोकको कालीपोखरीका २७ वर्षिय अमृत श्रेष्ठ बिहान मृत भेटिनुभएको हो । अमृत आबुधाबीमा रहेको मिडिल इष्ट सेक्युरिटी कम्पनीमा सेक्युरिटी गार्डको काम गर्न डेढ महिना अघि मात्रै युएई आउनु भएको थियो । उहाँ प्राइभेट सेक्युरिटी बिजनेस् डिपार्टमेन्ट (पिएसबिडी) परीक्षाको तयारी गर्दै हुनुहुन्थ्यो । उहाँको शव आबुधावीको खालिफा अस्पतालमा राखिएको छ । उहाँका श्रीमती र एक छोरा छन् । दुई महिना अघि पनि ...
​धनगढीमा प्रहरी र स्थानीयबीच तनाव
कैलाली – धनगढीमा ६ लेन सडकको चौडाई घटाउन नहुने भन्दै गरेको आन्दोलनमा प्रहरीले दमन गरेको छ । प्रहरी दमनको विरोधमा स्थानीय वासिन्दा सडकमा उत्रिएका छन । बजार बन्द आव्हान गर्दै शुक्रवार ट्राफिक चौराहमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला वडा अध्यक्ष सहित १३ युवालाई प्रहरीले पक्राउ गरेको भन्दै विरोध भएको हो । प्रहरी उपरीक्षक बिनोद घिमिरेको नेतृत्वमा युवालाई पक्राउ गरेपछि निसर्त रिहाइको माग गर्दै प्रहरीका विरुद्ध स्थानीयले सडकमा नारावाजी गरेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐर ...
​दोलखामा भूकम्पको धक्का
दोलखा – दोलखा केन्द्रविन्दु भएर शुक्रबार परकम्प गएको छ । बिहान ८ बजेर ३८ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । एक महिना अघि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको थियो । यो साढे २ वर्ष अघि बैशाख १२ गते गोरखाको वारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प कै परकम्प भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । source; ujyaaloonlinenews.com
ट्याक्सी र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु
काठमाडौं – भक्तपुरमा ट्याक्सीसँग दुई वटा मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गएकाे छ । सिर्जननगरमा बा २ ज २०४१ नम्बरको ट्याक्सीमा बा ४४ प ५१५२ नम्बरको मोटरसाइकल र बा ८५ प ७०४६ नम्बरको मोटरसाइकल ठोक्किएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा बा ४४ प ५१५२ नम्बरको मोटरसाइकलका चालक दोलखाका ३५ वषीय रोशनकुमार बस्नेतको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा काभ्रेका केदार खनाल, दोखलामा मनोज योन्जन रामेछापका दावा मोक्तान घाइते भएका छन । उनीहरुको भक्तपुर अस्पतामा उपचार भइरहेको छ । source; ujyaaloonlinenews.com
देशभरीको तापक्रम बढदै
काठमाडौं – काठमाडौं उपत्यकासहित देशभरी आज मौसम सफा हुने मौसमविद्ले बताएका छन् । अहिले तराईमा लागेको बाक्लो हुस्सु दिउँसो हटेर देशभरी कै मौसम सफा हुने अनुमान गरिएको मौसमविद्ले बताएका हुन् । बिहान ४ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम आज दिउँसो २० देखि २२ डिग्रीसम्म पुग्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । source; ujyaaloonlinenews.com
माघ १३ गतेदेखि मुग्लिन नारायणगढ सडक दिउँसो छ घण्टा बन्द
चितवन- रातीमा गाडी बन्द गरेर काम गर्दा कुनै प्रगति हुन नसकेको भन्दै नारायणगढ मुग्लिन सडक खण्ड माघ १३ गते शनिबारदेखि दिउँसोमा बन्द हुने भएको छ। आज शुक्रबार चितवन जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि बिहान १० बजेदेख दिउँसो ४ बजेसम्म बाटो बन्द गर्ने निर्णय गरेको हो। अहिले सो सडक रातीमा १० देखि बिहान ४ बजेसम्म बन्द हुने गरेको छ। चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले यो व्यवस्था एक महिनाका लागि मात्रै गर्न लागेको बताए। ‘त्यसपछि फेरि रातिमा छ घण्टा र दिनमा एक तर्फी बन्द गरेर काम गर्नु ...
आन्दोलनले सरकारी कार्यालयको कामकाज ठप्प
दाङ – प्रादेशिक राजधानी माग गर्दै दाङमा जारी आन्दोलन कडा बन्दै गईरहेको छ। बन्दकर्ताहरुले शुक्रबार घोराहीमा रहेका विभिन्न सरकारी कार्यालय बन्द गराएका छन्। जिल्ला प्रशासन कार्यालयमा बन्दकर्ताहरुले एक घण्टा सम्म दिएको धर्नाका कारण कार्यालयका कर्मचारीहरु भित्र पस्नै पाएनन्। यसैगरि घोराही उपमहानगरपालिका कार्यालय अगाडी पनि उनिहरुले धर्ना दिएका थिए। बन्दकर्ताको धर्नाका कारण जनप्रतिनीधि तथा कर्मचारी बाहिर निस्कीएका थिए। यसैगरि जिल्ला अदालत, हुलाक, विद्युत लगायत घोराहीमा रहेका सबै सरकारी कार्यालयको कामकाज समेत रोकिदिएका छन्। आन्दोलन प्रति समर्थन जनाउँदै कार्यालयका कर्मचारीहरु पनि केहिवेर आन्दोलनमा सहभागी भएका थिए। उता तुलसीपुर र लमहीमा पनि ...
सुतिरहेको अवस्थामा एक व्याक्ति मृत फेला
चितवन – चितवनको भरतपुर महानगरपालिका–१३ स्थित उजेलीनगरमा विहिबार बेलुकी सुतिरहेको अवस्थामा एक व्यक्ति मृत फेला परेका छन्। विहिबार बेलुकी ८ बजे लक्ष्मण महतोका ३३ वर्षीया छोरा किरण महतो आफ्नो घरको कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। खाटमा सुतिरहेका उनलाई बोलाउन खोज्दा नबोलेपछि प्रहरीलाई खबर गरिएको परिवारको भनाइ उद्धृत गर्दै चितवन प्रहरीले जनाएको छ। उनको घाँटीमा डामजस्तो देखिएको छ । मृत्युको कारण भने खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। source; nagariknews.com
First Prev 1 2 3 4 5 6 7 ... Next Last
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम