मुख्य समाचार

नेपाल समाचार

पत्रकार थापाको निधन
इटहरी- सुनसरीका पत्रकारिताको इतिहासका एउटा खम्बा पत्रकार डम्बरबहादुर थापाको मंगलबार विहान निधन भएको छ। ७६ वर्षिय थापाको आफ्नै निवास इनरुवा वडा नं. ६ मधेशा निधन भएको हो। थापा दमले पीडित थिए। उनी नियमित चिकित्सकसँग चेकजाँच गरेर औषधी सेवन गरिरहेका थिए । ‘आज पनि चेकजाँच गर्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाने तयारी अनुसार एम्बुलेन्स डाकिएको थियो । तर, घरमा एम्बुलेन्स आउन नपाउँदै मृत्यु हुन पुग्यो,’ थापाकी श्रीमती कमलाले मंगलबार भनिन् । कमलाका अनुसार, थापा बिहान उठेर चिया खाएपछि निधन भएको हो । नेपाली पत्रकारितामा निडर पत्रकारका ...
११ बुँदे माग राख्दै देशभरका नर्सहरू आन्दोलित
जुम्ला – दुर्गममा काम गर्ने नर्सहरूलाई उचित पारिश्रमिक सुरक्षाको प्रत्याभूति सहितका विभिन्न ११ बुँदे माग राख्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका नर्सहरूले दैनिक तीन घण्टा नियमित काम छाड्दै आएका छन् । नर्सले काम नगरेपछि अस्पतालले दिने सेवा प्रभावित बनेको छ। नर्सिङ अफिसर सबिना थापाले कालोपट्टी बाँधेर बस्ने र ड्युटी नगर्ने गरेको बताइन । अस्पतालको नर्सिङ महाविद्यालयमा पत्रकार सम्मेलन गर्दै उनीहरूले माघ ६ गते सम्म तीन घण्टा र ७ गतेबाट २४ सै घण्टा डयुटी नगर्ने चेतावनी दिएका छन । नेपाल सरकारका नर्सहरूलाई उपलब्ध हुँदै ...
महिला मृतावस्थामा भेटिइन्
धुलिखेल : काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७, हुर्खा मार्ग नजिकै आज बिहान एक महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले सिन्धुपाञ्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका–२ बस्ने मानबहादुर थामीकी श्रीमती ४६ वर्षीया जुनीमाया मृतावस्थामा फेला परेको बताए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको थापाले बताए। source; annapurnanews.com
चिसोले थप तीनको मृत्यु, मृतकको संख्या १९ पुग्यो
राजविराज : चिसो र शीतलहरका कारण कठ्यांग्रिएर सप्तरीमा थप तीन जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या १९ पुगेको छ। स्थानीयवासी घाम लागेर माघे संक्रान्ति राम्ररी मनाउन पाउने आसमा बसेका थिए। तर, स्थानीयलाई निराश पार्दै चिसो हावा, शीतलहर र तुसारो पर्ने क्रम थप बढ्दा जनजीवन झनै कष्टकर बन्न पुगेको छ। आइतबार दिउँसो केही बेर मधुरो घाम लागे पनि सोमबार दिनभरि घाम लागेन। चिसो हावा चल्ने क्रम नरोकिएपछि शीतलहरको प्रभाव पनि कायमै रह्यो। सप्तरी जिल्ला प्रहरीले कठ्यांग्रिएर थप तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ। सप्तरीका निमित्त ...
वैकल्पिक राजमार्गमा सर्वसाधारणलाई सास्ती
सिन्धुली : धरान-चतरा-सिन्धुली हुँदै हेटौंडा जोडिने वैकल्पिक राजमार्गमा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। राजमार्ग निर्माण क्रममा भएका खाल्डाखुल्डी भीरपाखा र खतरासूचक संकेत चिह्न वा बोर्ड नराख्दा सवारीसाधन दुर्घटनामा पर्ने जोखिम बढेको हो। सडक निर्माण गर्ने ठेकेदार कम्पनीको लापरबाहीका कारण सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन्। उदयपुरको कटारीदेखि सिन्धुलीको डकाहासम्म कतिपय खतरापूर्ण मोड, डाइभर्सन, खाल्डा र गहिरो सडक तथा बालुवाका थुप्रा छन्, जहाँ त्यस्ता सूचनामूलक चिह्न वा संकेत राखिएका छैनन्। कुम्राहा खोला, तिताकुनी, लखिमाको दोभानडाँडा छेउको खाल्डो, कर्थाको छेउमा निर्माणाधीन पुल, मंगलपुर घारीथुम्सीको उकालो रोड डाइभर्सन, ...
बाघका तस्बिर खिच्ने क्यामेरा जोखिममा
बर्दिया : नेपालमा बाघ अनुगमन भइरहेको छ। एक महिनाअघि सुरु भएको बाघ अनुगमनले सफलतासँगै धेरै चुनौती सामना गरेको छ। तराईकै ठूलो बर्दिया राष्ट्रिय निकुञ्जलगायत पर्सा, चितवन, बाँके राष्ट्रिय निकुञ्जमा रहेका विश्वकै लोपोन्मुख पाटेबाघको अनुगमनका लागि जडान गरिएका ‘ट्र्यापिङएवल क्यामेरा’ जोखिममा छन्। निकुञ्जमा बाघको संख्या, घनत्व, आहाराजन्य प्रजातिलगायत बाघले ओगटेको क्षेत्र पत्ता लगाउन नेपालका निकुञ्ज तथा आसपास क्षेत्रमा बाघ अनुगमन भइरहेको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एउटै ब्लकमा अनुगमन हुने भएकाले माघ महिनापछि अनुगमन सुरु हुने बताइएको छ। ‘बाघ अनुगमनका लागि जडान गरिएका क्यामेरा जोखिममा छन्’, बर्दिया राष्ट्रिय ...
पाँच ठेकेदार कम्पनी कालो सूचीमा
काठमाडौं : समयमै काम सम्पन्न नगर्ने पाँच ठेकेदार कम्पनी कालो सूचीमा परेका छन् । प्रतिवद्धताबमोजिम काम नगर्ने ठेकेदार र ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेर कारबाही गरेको हो । कालोसूचीमा परेका कम्पनीमा टोखा नगरपालिका धापासीको ‘डिएनके ट्रेडिङ प्रालि’, काठमाडौं महानगरपालिका घट्टेकुलोको ‘क्वालिटी सेक्यूरिटी गुड्स सप्लायर्स’, काठमाडौं महानगरपालिका इन्द्रचोकको नारायणदास श्रीनिवास र काठमाडौंकै पवन कुमार/नितेश कुमार रहेका छन् । त्यस्तै ललितपुर महानगरपालिकाको पशुपति इन्टरनेशनल प्रालिलाई पनि सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा राखेको छ । समयमै काम नगरेका कारण कालो सूचीमा राखिएको अनुगमन कार्यालयका सचिव कृष्ण देवकोटाले ...
इलाममा आगलागी २५ लाख बराबरको क्षति
इलाम –इलामको सूर्योदय नगरपालिकामा मंगलबार बिहान २ बजे आगलागी हुदाँ २५ लाख बराबरको क्षति भएको छ । जिल्लाको सूर्योदय नगरपालिका–४, का मनकुमारी राईको घरमा आगलागी हुँदा २५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । राईको भान्सा कोठाबाट अचानक आगलागी सुरु भएपछि २ तले कच्ची र पक्की दुवै घर पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो प्रहरी चौकी श्रीअन्तुका प्रहरी र स्थानीय बासी भएर नियन्त्रणमा लिएको जनाइएको छ । source; ujyaaloonlinenews.com
लागु औषधसहित एकजना पक्राउ
विराटनगर – मोरङको बुढीगंगा गाउँपालिकामा लागु औषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बुढीगंगा–४ राहुल पेट्रोलपम्प अगाडिबाट प्रहरीले लागु औषधसहित सुनसरी बराहक्षेत्र नगरपालिका–३ का २२ वर्षे दिवस बराइलीलाई पक्राउ गरेको हो । बराइलीलाई इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले रोमबार राति पक्राउ गरेको हो । प्रहरीले बराइलीको साथबाट एभिल १८ एम्पुल, डाइजेल्याब १८ एम्पुल, लुपिजेसिक १८ एम्पुल र फेनारगन १८ एम्पुल बरामद गरेको छ । source; ujyaaloonlinenews.com
चोरी गरी अछाम पुर्‍याइएका २२ घोडा कैलाली फर्काइयो
बैतडी – कैलालीबाट चोरी गरेर अछाम लगिएका २२ घोडा प्रहरीले नियन्त्रणमा लिइ कैलाली पठाएको छ । कैलालीको बलियाबाट २२ वटा घोडा अछामको तुर्माखा गाउँपालिकामा पुर्‍याएपछि सोधपुछ गर्दा चोरी गरेर ल्याइएको थाह पाएर भैरवस्थान प्रहरी चौकीले नियन्त्रणमा लिएको थियो । पुस २९ गते बेलुका हुम्लाको अलानचुली गाउँपालिका–४ का धर्मराज संज्यालले घोडा चोरीगरी ल्याएकाले घोडासहित एक व्यक्तिलाई प्रहरीले पक्रेको थियो । चोरी गर्ने व्यक्तिलाई इलाका प्रहरी कार्यलय कैलाली लगिएको छ भने घोडा पनि कैलाली पठाइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । संज्यालले ...
शिक्षण पेशा छोडेर कुखुरा पालनमा
सप्तरी – बढ्दो बेरोजगारीका कारण युवाहरु विदेश पलायन हुने क्रम बढी रहेको छ । तर सप्तरीको सकरपुराका युवा शिक्षण पेशा छाडी कुखुरा व्यवसायीतर्फ आकर्षित भएका छन । “मेहनतको फल मिठो हुन्छ” भन्ने कुरा पुष्टि गर्न सफल भएका छन् सप्तरीको साबिक सकरपुरा गाविस–८ दलित बस्तीका युवा । अहिले तिलाठी कोईलाडी गाउँपालिका–३ दलित बस्तीका युवा दिनभरि कुखुरा खोरमा नै व्यस्त रहेको पाइन्छ । आफ्नै लगानीमा यहाँका बेरोजगार युवाले कुखुरा व्यवसाय गरिरहेका छन् । यसबाट आम्दानी पनि राम्रो रहेको रमेश कुमार मुखियाले बताउनुभयो । उहाँको खोरमा अहिले पाँच सय ...
खर्च सीमा साढे तीन लाख
काठमाडौं– निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा भाग लिने उम्मेदवारको खर्च सीमा तोकेको छ । आयोगले राष्ट्रियसभा सदस्यका उम्मेदवारले तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने सिमा तोकेको हो। आयोगका प्रवक्ता नवराज ढकालका अनुसार निर्वाचनमा भाग लिने उम्मेदवारले प्रचारप्रसारका क्रममा मतदाता नामवली खरिदमा एक हजार, सवारीसाधनमा ७० हजार, सवारी इन्धनमा १० हजार, प्रचार सामग्रीमा १४ हजार ५ सय, ढुवानीमा १० हजार, गोष्ठी–अन्तत्र्रिmयामा एक लाख, छापा एवं विद्युतीय माध्यममा प्रचारप्रसारमा १४ हजार ५ सय, कार्यालय सञ्चालनमा ७० हजार, प्रतिनिधि परिचालनमा ३० हजार ...
दमक–रवि सडक मार्ग खुला
दमक – झापाको दमकबाट इलाम हुँदै पाँचथर जोड्ने दमक–रवि चिसापानी सडक (फाल्गुनन्द मार्ग) को सम्पूर्ण भाग खुलेको छ। दुई दशकअघिदेखि निर्माणाधीन ४१ किमी सडकको सबै भाग खुलेको निर्माण उपभोक्ता समितिले जनाएको छ। समितिका अध्यक्ष गगन पुरीका अनुसार एक सातापछि साना सवारी साधन गुडाउन दिइने निर्णय भएको छ। यस अगाडि रतुवा खोलाको किनारै किनार सवारी साधन सञ्चालन हुँदै आएका थिए। निर्माण उपभोक्ता समितिले यही माघ ७ गतेदेखि मार्गबाट सम्पूर्ण यातायात चलाउन सार्वजनिक रुपमा आग्रह समेत गरेको छ। पुरीले भने, “सडक बर्षाको समयमा सधैँ अवरुद्ध हुने गथ्र्यो। हिउँदमा पनि ...
आगलागीमा दुईको ज्यान गयो
रुकुम – रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा आगलागीमा परेर २ जनाको ज्यान गएको छ । गाउँपालिकाको वडा नं ३ को लालपाटन जंगलमा गत शुक्रबारदेखि लागेको आगलागीमा परेर घाँसदाउरा लिन जाने क्रममा गाउँपालिका वडा नं ७ का श्यामबहादुर बोहरा र केशरमान मल्लको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले जानकारी दिए। दुवैजनाको आगलागीमा परेर आइतबार बिहान ज्यान गएको भएपनि जिल्लाको सबैभन्दा विकट ठाउँ भएकाले ढिला गरी जानकारी आएको प्रजिअ सापकोटाको भनाइ छ। आगलागीमा परेर सोही ठाउँका शेरबहादुर बोहरा गम्भीर घाइते भएको प्रजिअ सापकोटाले बताए । घाइते बोहराको जिल्लामा सामान्य ...
चक्कु प्रहार गरी हत्या
कञ्चनपुर – कञ्चनपुरको भीमदत्तनगरपालिका–१८, कटानमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय राजु बोहराको चक्कु प्रहार गरी गएराति हत्या गरिएको छ। बैतडीको दशरथचन्द नगरपालिका–२, देहीमाण्डौँ घरभएका बोहरासँग एक महिनादेखि बस्दै आएकी कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरकी ३० वर्षीया धर्मा बोहराले चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ। राजुको घाँटीमा धर्माले चक्कु प्रहार गरेपछि तत्कालै उपचारका लागि महाकाली अञ्चल अस्पताल पुर्याएपश्चात उनको उपचारका क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ। धर्मालाई पक्राउ गरी अनुसन्धानको कार्य भइरहेको प्रहरीले बताएको छ। राजु सशस्त्र प्रहरी बलको जवान ...
प्रहरीमाथि हातपात गर्नेलाई सार्वजनिक मुद्दा
भोजपुर – प्रहरी माथि हातपात गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय, भोजपुरले सार्वजनिक मुद्दा दर्ता गरेको छ। भोजपुर नगरपालिका–५ बोमिखमा गस्तीमा रहेका प्रहरीमाथि हातपातसँगै गालीगलौज गर्ने सोही स्थानका ५५ वर्षीय हरिबहादुर प्रधान, ३४ वर्षीय विकासकुमार राई र ३२ बर्षीय प्रकाशकुमार राईलाई सार्वजनिक मुद्दा चलाइएको हो। मध्यपहाडी लोकमार्गमा गस्तीमा रहेका प्रहरीलाई रोकेर हातपात गरेको प्रहरीको भनाइ छ। हातपातका कारण सई गणेशनारायण श्रेष्ठको बर्दीसमेत च्यातिएको प्रहरीले जनाएको छ। गत पुस २७ गते काठ तस्करी भइरहेको भन्ने सूचनाको आधारमा गस्ती गर्न गएको प्रहरी माथि उनीहरुले हातपात गरेका थिए । ...
First Prev 1 2 3 4 5 6 7 8 ... Next Last
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम