मुख्य समाचार

नेपाल समाचार

तापक्रम बढ्दै चिसोबाट राहत
काठमाडौं -अघिल्लो साताका तीन दिन अत्यधिक चिसो महसुस गरेका राजधानीबासीले अब केही दिन राहत पाउने भएका छन् । पुस २३ देखि २५ गतेसम्म न्यूनतम तापक्रम शून्य रहँदा चिसोले राजधानीबासीलाई अत्याएको थियो । पुस २६ देखि न्यूनतम र अधिकतम तापक्रम बिस्तारै माथि लाग्दैछ । राजधानी विगतका दिनहरुको तुलनामा अलि तातो हँुदै गएको छ । ‘तापक्रमको अनुमान गर्ने काम सजिलो त छैन । कुनै ठूलो मौसम प्रणाली कतैबाट भित्रिएन भने दुवै तापक्रम बिस्तारै बढ्दै जाने देखिन्छ’, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले सोमबार सा“झ नागरिकस“ग भने, ‘हामीले उच्चतम ...
पत्रकार कैनीमाथि आक्रमण
गोरखा- जिल्लास्थित पत्रकार सुदीप कैनीमाथि मस्र्याङ्दी नदीमा अवैध बालुवा उत्खनन भएको समाचार संकलनका क्रममातनहुँ आबुखैरेनी गाउँपालिका–३ मा आक्रमण भएको छ। सोमबार दिउँसो त्यहाँ पुगेका उनलाई अपरिचित युवाको समूहले क्यामेरा फुटाउने, मोबाइल खोस्ने गर्दै कुटपिट गरेका हुन्। बालुवा उत्खननमा संलग्न युवाको आक्रमणबाट कैनी घाइते भएका छन्। उनको घाँटीमा चोट लागेको छ। आक्रमणकारीले तस्बिर खिचेको भन्दै कैनीको क्यामेरा फुटाइदिएका छन् । ‘एक्कासि आएर क्यामेरा खोसे, तँ को हो भने, क्यामेरा फुटाए, मोबाइल नियन्त्रणमा लिए,’ घाँटीको चोट देखाउँदै कैनीले भने। आक्रमणकारी घटनालगत्तै भागेका थिए । इलाका प्रहरी कार्यालय आबुखैरेनीमा ...
माघे संक्रान्तिमा माइबेनी मेला
इलाम – धार्मिक दृष्टिले प्रसिद्ध इलामको माइबेनीमा हरेक माघे संक्रान्तिको अवसर पारेर लाग्ने तीनदिने मेला धुमधाम लागिरहेको छ। यो पटक पनि माई, पुवामाई र जोगमाईको संगमस्थल माइबेनीमा पुस ३० देखि भव्य मेला लागेको हो। मेला माघ २ मा सम्पन्न हुनेछ। यो वर्ष माइजोगमाई गाउँपालिकाले मेला आयोजना गरेको छ। ऐतिहासिकस्थल माइबेनीलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले मेला आयोजना गरिएको गाउँपालिका अध्यक्ष जितबहादुर राईले बताए। मेला भर्न नेपालका मात्रै होइन, भारतको दार्जिलिङ, सिक्किम, मिरिक, सिलिगुडी, कालिम्पोङ र भुटानबाट समेत हजारौं दर्शनार्थी आएका छन्। प्रत्येक माघे संक्रान्तिका दिन ...
अग्नी पीडित परिवारलाई आर्थिक सहयोग
खोटाङ – आगलागीमा परी बिचल्नीमा परेका खोटाङका एक अग्नी पीडित परिवारलाई देशबिदेशबाट ८१ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ। गत मंसिर २८ गते भएको आगलागीमा परी बिचल्नीमा परेका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका मित्रमान राईका परिवारलाई हङकङ, मलेसिया, काठ्माण्डौं लगायतका स्थानमा सञ्चालन गरिएको अग्नी पीडित पुनर्स्थापना अभियानका क्रममा संकलन भएको ८१ हजार ६० रुपैयाँ प्रदान गरिएको हो। अग्नी पीडित राई परिवारको पुनर्स्थापनाका लागि देशबिदेशबाट पीडितका छिमेकी एबं सामान्य प्रशासन अधिकृत खम्बराज राईको खातामा जम्मा भएको रकम पीडितलाई हस्तान्तरण गरिएको अभियानमा सहभागीहरुले बताएका छन्। आगलागीमा घर तथा बन्दोबस्तीका ...
मिनीट्रकको ठक्करले एकको मृत्यु
नुवाकोट : मिनीट्रकको ठक्करबाट बेलकोटगढी नगरपालिका–१० का यमबहादुर पाण्डेको सोमबार मृत्यु भएको छ । घर नजिकै सडक छेउमा हिडिरहेका ६० वर्षीय पाण्डे बा ४ ख ८०३० नम्बरको मिनीट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा जिल्ला अस्पताल त्रिशूलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबाबु शाहले बताए । source; annapurnanews.com
पुरुषको शव फेला
भक्तपुर : भक्तपुर नगरपालिका– २ चप्पल कारखाना नजिक डेरा गरी बस्ने ४४ वर्षीय निर्मल खनाल मृत भेटिएका छन् । विराटनगर महानगरपालीका –२ स्थायी घर भएका खनालको शव उनकै कोठामा घोप्टो परेको अवस्थामा भेटिएको प्रहरी परिसर भक्तपुरका नायव उपरीक्षक कृष्ण प्रसाइँले बताए । खनालको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको जानकारी दिइएको छ । source; annapurnanews.com
​अभिभावकबाट विद्यालयलाई २ लाख ५० हजार
खोटाङ –खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित दुर्छिम उच्च माविलाई अभिभावकले २ लाख ५० हजार रकम प्रदान गरेको छ । नयाँ भवन निर्माणमा जुटेको विद्यालयलाई आर्थिक अभाव भएपछि होलेसुङ समुहमा आवद्ध २५ अभिभावकले २ लाख ५० हजार ८२ रुपैयाँ रकम प्रदान गरेको हो । ४० लाखको लागतमा निर्माण सुरु गरिएको दुई तले ६ कोठे भवन निर्माणका लागि २५ प्रतिशत जनश्रमदान वापतको रकम जुटाउनका लागि बिद्यालयले सहयोगका लागि आग्रह गरे अनुसार होलेसुङ समुहमा आवद्ध अभिभावकले रकम प्रदान गरेको जनाएको छ । सोमबारदेखि दुर्छिमकै कृष्णराम–मोतिप्रसाद राई रङ्गशालामामा सुरु ...
सिरहामा मृत्यु हुनेको संख्या १४ पुग्यो
सिरहा –पछिल्लो केही दिनयता बढेको अत्याधिक चिसोका कारण सिरहामा थप ३ जनाको मृत्यु भएको छ । अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर कर्जन्हा नगरपालिका –६, १ सय वर्षीया सियावती हाय, गोलबजार नगरपालिका –८, का ६५ वर्षीया बिलटु गुप्ता र लहान नगरपालिका –६, का ६५ वर्षीया सितादेवी भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी सिरहाले जनाएको छ । यासँगै सिरहामा चिसोका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । अत्यधिक चिसोका कारण सिरहाको कर्जन्हा नगरपालिकाको एउटै वडामा पछिल्लो एक सातामा पाँच महिलासहित ६ ...
हत्या गरी फरार रहेका अभियुक्त सात वर्षपछि पक्राउ
काठमाडौं – ज्यान मारेर फरार भएका अभियुक्त नरेशकुमार कुमाल ७ वर्षपछि पक्राउ परेका छन् । सात वर्षअघि दाङका मणिरामकुमाल चौधरी र आशुकुमारी चौधरी कुमाललाई धारिलो हतियार प्रहार गरी हत्या गरेर नरेश फरार भएका थिए । उनलाई बाँके कोहलपुरबाट केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले पक्राउ गरेको जनाएको छ । source; ujyaaloonlinenews.com
न्यानो बाँड्दै युवाले मनाए माघी
सर्लाही – माघी (माघे संक्रान्ति) पर्वका अवसरमा जिल्लामा सोमबार विविध कार्यक्रम भएका छन्। कसैले घर परिवारमै त कसैले सामुहिक कार्यक्रम गरेर तिल र मुरैको लड्डु, तरुल, फापर एवं मासको फुरौला, चाकु खाँदै माघी मनाए। तर, सर्लाहीको हरिवन निवासी युवाहरुले भने असहाय, अपांग, वृद्धवृद्धा, मगन्ते लगायतलाई मिष्ठान भोजन एवं न्यानो कपडा वितरणसहित माघे संक्रान्ति मनाएका छन्। आनन्दमार्ग प्रचारक संघ काठमाडौंको शाखा सर्लाहीमा आबद्ध युवाहरुले झण्डै पौने तीन सय जनालाई मिष्ठान भोजन सहित न्यानो कपडा वितरण गरेका हुन्। ‘मानवको सेवा नै ईश्वरको सेवाहो’ भन्ने सन्देशसहित असहाय वर्गलाई मिष्ठान ...
बालबालिकालाई शैक्षिक सामग्री प्रदान
माघ १ – उद्योग वाणिज्य संघ इटहरीको सक्रियतामा आइतबार इटहरी उपमहानगरपालिका–४ मा सञ्चालनमा रहेको कविर माध्यमिक विद्यालयमा अध्ययनरत गरिब परिवारका बालबालिकालाई विद्यालयको झोलासँगै आवश्यक शैक्षिक सामग्रीसमेत प्रदान गरिएको छ । उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष शैलेश विष्टको पहलमा पदाधिकारीको एक टोलीले सो विद्यालयमा गई विभिन्न कक्षामा अध्ययनरत ७१ बालबालिकालाई झोला र अन्य शैक्षिक सामग्री प्रदान गरेको हो । उपाध्यक्ष विष्टले बालबालिकाले पठनपाठनका लागि विद्यालय आउँदा कपि, किताब, कलम, बोक्नसमेत कठिन भइरहेको महसुस गरेर संघले आर्थिक अवस्था कमजोर भएका बालबालिकाको अवस्थाप्रति संवेदनशील हुँदै यी सामग्री उपलब्ध गरेको ...
२२ हजारले लिए दोस्रो किस्ता
गोरखा : निजी आवास निर्माणका लागि दोस्रो किस्ता लिइसक्न सरकारले दिएको अन्तिम म्याद (डेडलाइन) पुस ३० गते आइतबार सकिएको छ । जिल्ला समन्वय समितिका अनुसार पहिलो किस्ता रकम लगेकामध्ये डेडलाइन सकिँदा जम्मा २२ हजार घरधुरीले मात्र दोस्रो किस्ता रकम लगेका छन् । ०७२ वैशाख १२ मा गएको भूकम्पको केन्द्रबिन्दु गोरखामा ६१ हजार ७१ घरधुरी पुनर्निर्माण गर्न अनुदान पाउनेको सूचीमा छन् । पहिलो किस्ता भने ५७ हजार १८३ जनाले लगेका छन् । ‘सरकारले दिएको डेडलाइनभित्र २२ हजार जनाले मात्र दोस्रो किस्ता रकम लानु सन्तोषजनक तथ्यांक होइन’, जिल्ला ...
चिसोले भूकम्पपीडित धमाधम बिरामी
बनेपा : भूकम्पको तीन वर्ष बितिसक्दा पनि आवास निर्माण गर्न नसकी टहरामै बस्न बाध्य भूकम्पपीडित चिसो बढेसँगै बिरामी पर्न थालेका छन्। तीन हिउँद टहरामै काटेका पीडित शीत र चिसोले बिरामी पर्नुका साथै विभिन्न समस्यामा परिरहेका हुन्। त्रिपाल र टिनका अस्थाई टहरामा बसिरहेका भूकम्पपीडित चिसो बढेसँगै निमोनिया, रुखाखोकी, ज्वरो, आउँ, दम र शरीर सुन्निनेलगायत समस्याबाट ग्रसित हुन थालेका छन्। चिसो बढेसँगै वृद्धवृद्धा, बालबालिका, सुत्केरी र रोगीहरू बढी प्रभावित हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका डा. सुरेस चौरसिया बताउँछन्। उनले भने, ‘टहरामा बसेका अधिकांश पीडित चिसोले समस्यामा पर्दै ...
ब्राउन सुगरसहित पाँच जना पक्राउ
माघ १ –झापाको काकँडभिट्टाबाट ११ सय ५० मिलिग्राम ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका नायव प्रहरी उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार पक्राउ पर्नेमा भारत दार्जिलिङ जिल्ला पानीट्यांकीका २८ वर्षीय महेश वर्मन, झापा मेचीनगर नगरपालिका ६ का २० वर्षीय २० हर्कबहादुर तामाङ, २८ वर्षीय धनु भुजेल, २७ वर्षीय योगेश राई र २० वर्षीय सक्कल तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय काकँडभिट्टाबाट खटिएको टोलीले उनीहरुलाई मेचीनगर ६ सतीघट्टाबाट ११ सय ५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको नायव प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो। उनीहरू चेकजाँचको क्रममा पक्राउ ...
विदेशबाट फर्केर गाईपालनमा युवा, महिनाको लाखौं कमाइ
माघ १ – पाल्पा रामपुरका गणेश आचार्यले ३ वर्ष खाडीमा बिताएर फर्किए पछि गाउँमै गाई पाल्न थाल्नुभएको छ । जर्सी र होलस्टिन जातका गाई पालेर आचार्यले खर्च कटाएर महिनामा ६० हजार रुपैयाँ कमाउनुुहुन्छ । उहाँ जस्तै ज्ञानराज पोखरेललाई पनि विदेशबाट फर्केपछि आम्दानीको बाटो बनेको छ गाईपालन व्यवसाय । विदेश गएर धेरै पैसा कमाउने र परिवारलाई सुख सुविधाका साथ लालनपालन गर्ने सोच राख्नुभएका पोखरेलले सोचेअनुसारको कमाइ नभएपछि घर फर्किनुभयो । विदेशका दुःखले नै उहाँलाई गाउँघरमै गाईपालन व्यवसाय थालनी गर्नुभएको हो । तीन वर्ष साउदीमा पसिना बगाएर ...
​दाङमा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु,१२ घाइते
दाङ – दाङको तुलसीपुर घोराही सडक खण्डमा माइक्रो बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १२ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा तुलसीपुर ३ निवासी ज्ञानबहादुर गिरी रहेको प्रहरीले जनाएकाे छ । घाईतेको राप्ती अंचल अस्पतालमा उपचार भैरहेको छ । घाईते हुनेहरुमा तुलसीपुर भद्रपुर निवासी देवी श्रेष्ठ ,मानपुर १४ का देवी महरा र सन्तोष ...
First Prev 1 2 3 4 5 6 7 8 9 ... Next Last
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम