मुख्य समाचार

नेपाल समाचार

पाँच महिनादेखि फोनसेवा अवरुद्ध
खोटाङ – खोटाङको उत्तरी क्षेत्रमा पाँच महिनादेखि मोबाईल फोन सेवा अवरुद्ध बनेको छ । उत्तरी क्षेत्रको केपीलासगढी गाउँपालिका–१ फेदीमा राखिएको टेलीकमको रिपिटर टावरमा विद्युत अभावमा ब्याट्री चार्ज नहुँदा गत भदौदेखि मोवाईल सेवा अवरुद्ध भएको हो । केपीलासगढी गाउँपालिका, ऐसेलुखर्क लगायतका गाउँपालिकाका विभिन्न वडामा लामो समयदेखि मोबाईल फोन अवरुद्ध भए पनि नेपाल टेलीकमले सुधारमा चासो नदेखाएको केपीलासगढी गाउँपालिका प्रमुख कृष्ण राईले बताउनुभयो । टेलीकमका अनुशार फेदीमा सञ्चालित टावरमा राखिएको सोलारले काम गर्न छाड्दा मोवाईल सेवा अवरुद्ध भएको हो । फोनको लामो समयसम्म टावर नआउने, आए पनि ...
राजधानी माग गर्दै दाङ बन्द
दाङ – प्रदेश नम्बर पाँचको राजधानी माग गर्दै गरिएको आन्दोलनले दाङ ठप्प बनेको छ। सरकारले दाङ बाहेकको स्थानलाई प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी गरिरहेको भन्ने सूचना मिलेको भन्दै दंगालीहरू त्यसको विरुद्ध सडकमा उत्रिएका हुन् । उनीहरूले बुधवार देखि अनिश्चितकालीन बन्दको आह्वान गरेका छन् । बन्दका कारण बिहानैदेखि दाङको यातायात, शिक्षण संस्था, बजार, उद्योग धन्दा सबै ठप्प छन् । बिहानैदेखि दाङबाट बाहिरिने र भित्रने कुनै पनि सवारी साधन चल्न पाएका छैनन्। राजधानी माग गर्दै गरिएको बन्दका कारण पूर्व पश्चिम महेन्द्रराज मार्ग पूर्ण रुपमा ठप्प छ।देउखुरीको ...
कपडा पसलमा आगलागी, ४० लाखको क्षति
विराटनगर – विराटनगरको मेनरोडस्थित ट्राफिक चोक नजिकको एक तयारी कपडा पसलमा बुधबार बिहान आगलागी हुँदा करिब ४० लाखको क्षति भएकोे छ। बुधबार बिहान ५ बजेतिर विराटनगर–६ का प्रशन्न वैद्यको ट्याग फेसन वेयरमा विद्युत् चुहावट भई आगलागी हुँदा पसलमा रहेको तयारी ५० प्रतिशतभन्दा बढी कपडा जल्दा अनुमानित ४० लाख मूल्य बराबरको क्षति भएको वडा प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र सिटौलाले बताए। आगलागी भएकोे र आगोलागीमा परी धनमाल वारुणयन्त्र, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रण लिइएको थियो। आगलागीको कारण र क्षतिको विवरणको विवरणबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको ...
भक्तपुरमा माटो व्यावसायीको हत्या
भक्तपुर – भक्तपुरमा बुधबार बिहान एक व्यवसायीको हत्या भएको छ। माटो व्यवसायी रहेका चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। बुधबार बिहान ५ बजे सैंजूको शव भक्तपुर नगरपालिका–९ ब्रह्मायणीमा घोप्टो परेको अवस्थामा भेटिएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए। मृतक सैंजूको टाउको पछाडि गम्भीर चोट रहेकाले ढुंगाले हानेर हत्या गरिएको आशंका गरिएको छ। हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि शिक्षण ...
ट्रकको ठक्करबाट भारतीय युवतीको मृत्यु
जितपुर – कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरइनाका पुलमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ। पश्चिमबाट पूर्व आउँदै गरेको ना २ ख ९९६० नंको ट्रकले विपरीत दिशाबाट जाँदैै गरेको युपी ५५ यु ०४८१ भारतीय नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार भारतको जिल्ला थाना वलरामपुर शंखरगाउँ बस्ने २४ वर्षीय मुबसरा खातुनको घटनास्थलमा नै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए। ट्रकको ठक्करबाट मोटरसाइकल चालक भारत जिल्ला थाना बलरामपुर ढेरुवा बस्ने २७ वर्षीय अतिकुल रहिमान घाइते भएको प्रहरीले जनाएको ...
छुटृाछुटृै मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु
उर्लाबारी – मोरङका दुई छुट्टा–छुट्टै स्थानमा गएराति भएका मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। जिल्लाको सुनबर्सी नगरपालिका–६ स्थित भित्री सडकखण्डमा गए राति को २९ प ३६५६ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सुनबर्सी नगरपालिका–८ बस्ने २० वर्षीय दीपक कामत र पछाडि सवार २१ वर्षीय बालकृष्ण मण्डलको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ। यस्तै, कानेपोखरी गाउँपालिका–२ स्थित भित्री सडकखण्डमा गएराति मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ। दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को २ प ...
ट्र्याक्टर दुर्घटना हुँदा १८ जना घाइते
दाङ – दाङमा ट्र्याक्टर दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । तुलसीपुर–सुकौरा सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१० राइखल्यानको मोडमा मंगलबार रा १ त १६७५ नंको ट्र्याक्टर दुर्घटना हुँदा १८ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाका १८ घाइतेमध्ये १६ जनालाई राप्ती अञ्चल अस्पताल, तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएकोे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन्। घाइतेमध्ये दुईजनाको राप्ती अञ्चल अस्पताल, तुलसीपुरमा उपचार भइरहेको छ । source; nagariknews.com
प्रदूषण र चिसोले खोकीको प्रकोप
काठमाडौं – राजधानीमा बढ्दो धुवाँ र चिसोका कारण उपत्यकामा दीर्घ खोकीका बिरामी बढेका छन् । अहिले खोकीका रोगीहरूलाई दीर्घ खोकी लागेर निको हुनै महिनौं लाग्ने गरेको चिकित्सकहरू बताउँछन् । ‘पहिला सामान्य उपचार गरेपछि एक सातामा निको हुने खोकी अचेल महिनाैँ लम्बिने गरेको देखिन्छ,’ त्रिवि शिक्षण अस्पताल महाराजगंजका श्वास–प्रश्वास रोग विशेषज्ञ डा. निरज बमले भने, ‘चिसोका कारणले दमका रोगीलाई सास्ती भएको छ भने नयाँ खोकीका कारण बिरामीहरू पहिला जस्तो छिटै निको हुन सकेका छैनन् ।’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अनुसन्धान विभागका संयोजक डा. शेरबहादुरले पुनका ...
प्राथमिकतामा कर्णालीका नौ आयोजना
काठमाडौं –कर्णालीका पाँच जिल्लाको समग्र र दिगो विकासका लागि नौ मुख्य आयोजना निर्माण प्रक्रिया तत्काल सुरु गरी १० वर्षभित्र सम्पन्न गर्नुपर्ने कर्णाली विकास आयोगले जनाएको छ । आयोगको मस्यौदाअनुसार ‘कर्णाली गौरवको आयोजना’ शीर्षकमा नौवटा आयोजना प्राथमिकतामा राखेर जान सकेमा १० वर्षपछाडि सो क्षेत्रमा प्रतिव्यक्ति आम्दानी वार्षिक एक लाख रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ । हाल उक्त क्षेत्रमा प्रतिव्यक्ति आम्दानी ३८ हजार ३ सय ३८ रुपैयाँ छ । आयोगका अनुसार ‘कर्णाली गौरवको आयोजना’ का रुपमा हिल्सा–जुम्ला–सुर्खेत द्रुतमार्ग, सालझन्डी–ढोरपाटन–दुनै सडक, नाक्चे–लाग्ना–गमगढी सडक, कर्णाली स्टेसन १ र २ जलविद्युत् ...
अत्यधिक चिसोका कारण एकको मृत्यु
इनरुवा – सुनसरीमा अत्यधिक चिसोका कारण मंगलबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुहबी नगरपालिका–११ तनमुनाका ३० वर्षीय रामकुमार ऋषिदेव रहेको उनका दाजु सजनले जानकारी दिए। दैनिक ज्याला मजदुरी गरेर दुई छोराछोरी र श्रीमती पाल्दै आएका ऋषिदेवको मृत्युपछि उनको परिवार आर्थिक समस्यामा परेको छ। source; nagariknews.com
युवतीमाथि जवरजस्ती गरेको आरोपमा एक पक्राउ
उदयपुर – युवतीमाथि जवरजस्ती गरेको आरोपमा यहाँका १ युवक मंगलबार पक्राउ परेका छन्। दिदीको घर आएकी युवतीलाई विहे गर्छु भन्दै फकाउँदा नमानेपछि जवरजस्ती हातपात गरी घाइते बनाएको आरोपमा त्रियुगा नगरपालिका १४ साउनेका सार्जन राईलाई मंगलबार विहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। पीडित युवतिका अनुसार साउने धाब्लाङस्थित दिदी भिजानुको घर गएका बेला सोमबार साँझ १७ वर्षीय युबकले उनलाई सुरुमा सोल्टीनी साईनो लाउँदै बिहे गर्छु भनेर जिस्काएको नमानेपछि बोकेर १ सय मिटर टाढा लगेर जवरजस्ती हातपात गरेका थिए। प्रतिकार गर्न खोज्दा युवकले मुक्काले हिर्काउदा लडेर ...
जुम्लाकै पहिलो भूकम्प प्रतिरोधी स्वास्थ्यचौकी भवन
जुम्ला – हिमा गाउँपालिका ६ स्थित स्वास्थ्यचौकी महावैपातारखोलाको भवन हेर्न धेरै आउछन। भवनको फेददेखि टुप्पो सम्मको अवलोकन गरेर दैनिक जसो स्थानीय फर्कन्छन। उनीहरु स्वास्थ्यचौकी भवनको देखासिकी गरेर आफ्नो घर बनाउनेतिर जुटेका छन। स्वास्थ्य चौकी भवन बनाउने श्रमिक भक्तबहादुर रावत यो जिल्लाकै पहिलो भूकम्प प्रतिरोधी भवन भएको बताउँछन्। उनले भने, ‘पटक पटक प्राविधिक जनशक्तिको निगरानीका साथै दक्ष कामदारको प्रयोग र भवन आचारसंहिता अनुसार निर्माण भएकोले यो भवन भूकम्प प्रतिरोधी भएको हो।’ महावैपातारखोलाको भवन अहिले स्थानीयको आकर्षणको केन्द्र बनेको छ। स्थानीय कामदारले ढुंगाको मात्रै काम गरेका थिए। पलम्विङ रंगरोगनको ...
आगलागीबाट दुई घर नष्ट
इलाम : सुर्योदय नगरपालिका–४ श्रीअन्तुमा मंगलबार बिहान आगलागी भएको छ । आगलागीबाट मनकुमारी राईको २ वटा घर र भान्सा जलेर नष्ट भएका छन् । चुलोबाट अचानक उठेको आगोले २ वटा घर सहित भान्सा घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागीबाट करिब २५ लाख रुपैयाँ बराबरको नोक्सान भएको जिल्ला प्रहरी प्रमुख एसपी विपिन कर्मचार्यले बताए । स्थानीयवासी र प्रहरीको सहयोगमा बिहान ८ः३० बजे आगलागी नियन्त्रणमा लिइएको कर्माचार्यले जानकारी दिए । घटनास्थल प्रहरी चौकी श्रीअन्तुबाट ८ किलोमिटर उत्तरमा रहेको बताइएको छ । source; annapurnanews.com
घोडा चोरेको आरोपमा पक्राउ
अछाम –रु २० लाखभन्दा बढी मूल्य पर्ने घोडा चोरी गरी फरार रहेको अभियोगमा हुम्लाका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीको बलिया बलचौरबाट २२ घोडा चोरी गरी अछाम पुर्‍याउने धर्मराज सन्ज्याललाई नियन्त्रणमा लिइएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । चोरीका घोडा कैलालीको सुगरखाल हुँदै अछामतर्फ ल्याउँदै गर्दा प्रहरी चौकी भैरवस्थानको टोलीले सन्ज्याललाई पक्राउ गरेको हो । हुम्लाबाट चिसो छल्न कैलाली लगिएका अदानलचुली गाउँपालिकाका ती घोडा सन्ज्यालले गत पुस २६ गते चोरी गरी अछाम पुर्‍याएका थिए । अभियुक्त सन्ज्याललाई सोधपुछपछि घोडासहित इलाका प्रहरी ...
​बजेट अभावमा बैतडीका ३३ हजार घरधुरी अन्धकारमा
बैतडी –बैतडी जिल्लामा १२ हजार घरधुरीले मात्रै बिजुली बाल्न पाएका छन् । ६ गाउँपालिका र चार नगरपालिकाका ४५ हजार एकसय ९१ घरधुरीमध्ये हालसम्म १२ हजार घरधुरीमा मत्र विद्युत पुगेको विद्युत वितरण केन्द्र बैतडीले जानकारी दिएको छ । बैतडीमा ३३ हजार घरधुरी अँध्यारोमा बस्न बाध्य भएका छन् । स्थानीय स्तरमै उत्पादीत बिजुली, भारतबाट आएको बिजुली, अपी हाइड्रो पावर, चमेलिया जलविद्युत र राष्ट्रिय प्रसारण लाइन पुग्दा पनि गाउँमा विद्युत लाइन विस्तार नहुँदा यहाँका नागरिकक अँध्यारोमा बस्न बाध्य भएका हुन् । जिल्ला विद्युत वितरण केन्द्र बैतडीले ५ अर्व रुपैयाँ बजेट ...
अवैधानिक कामदारलाई घरफिर्तीका लागि मलेसियाद्वारा ६ महिना समय थप
काठमाडौं – मलेसियाले अवैधानिक कामदारलाई घरफिर्तीका लागि ६ महिना समय थपेको छ । यसअघि डिसेम्बरको अनत्यसम्म समय दिएको भएपनि यो समय बढाएर आउँदो जुन ३० अर्थात असार १६ गतेसम्म पु¥याएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । अवैधानिक कामदारलाई स्वइच्छिक घरफिर्तीका लागि सहयोग गर्न मलेसिया सरकारले ८ वटा कम्पनी तोकेको छ । बुक्क्ती मेघा, फारफेस रिसोर्स, इन्टरनेशनल मार्केटिङ एण्ड नेट (आइएमएएन) रिसोर्स, केरिकम, पिएमएफ कन्सोर्टियम, पेरुन्डिङ जोन जेर्निही, प्रोफाउण्ड राडियन्स् र दुक्क्ति महलिगाईबाट सहयोग लिई अवैधानिक कामदारले स्वदेश फर्कन सक्ने दूतावासले उल्लेख गरको छ । source; ujyaaloonlinenews.com
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 ... Next Last
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम