मुख्य समाचार

खेलकूद

दिदीभाइले जोगाए उपाधि
काठमाडौं – नेपाली सेनाका दिदीभाइ नङ्सल तामाङ र रत्नजित तामाङले आफ्नो उपाधि जोगाएका छन्। सुदूर पश्चिमाञ्चलमा भएको राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिपअन्तर्गत भएको ३९औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा एकलतर्फको जित निकालेसँगै उनीहरूले उपाधि जोगाएको राखेपले जनाएको छ। महेन्द्रनगरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकलतर्फको खेलमा सेनाकी नङ्सलले एपिएफकी शिक्षा श्रेष्ठलाई २१–१३, २१–१४ ले पराजित गर्दै उपाधि जोगाएकी हुन् । नङ्सलको यो लगातार तेस्रो उपाधि हो । यस्तै टिम इभेन्ट्सको एकल प्रतिस्पर्धामा एपिएफका दीपेशसँग हार बेहोरेका रत्नजितले व्यक्तिगत स्पर्धामा दीपेशलाई पराजित गर्दै आफू उपाधिको दाबेदार भएको प्रस्तुत गरे । ...
प्रिमियर लिगमा शिर्ष स्थानका क्लवहरु विजयी
माघ ७ – इङलिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानका क्लवहरु म्यानचेष्टर सिटी, म्यानचेष्टर युनाइटेड, चेल्सी र आर्सनल विजयी भएका छन् । लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा शिर्ष स्थानको म्यानचेष्टर सिटीले न्युक्यासल युनाइटेडलाई ३–१ ले पराजित गरेको छ । सिटीको जितमा सर्जियो अग्युइरो ३४, ६३ र ८३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए। पराजित टोली लागि खेलको ६७ औं मिनेटमा मुर्फीले गोल गरे । त्यसैगरी लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले बर्नलेलाई सर्घषपुर्ण खेलमा १–० ले हरायो। युनाइटेडको जितमा खेलको ५४ औं मिनेटमा एन्थोनी मार्शलले ...
न्यु डायमन्ड र पुलिस विजयी
काठमाडौं – शिवम् न्यु डायमन्ड एकेडेमी र विभागीय टोली नेपाल पुलिस क्लब १३औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको तेस्रो दिन विजयी भएका छन्। नयाँ बसपार्कस्थित आयोजक ढोरपाटन स्पोटर््स क्लबको खेलमैदानमा शनिबार भएको खेलमा शिवम् न्यु डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो सेटमा न्यु डायमन्डले आर्मीमाथि २६–२४ को कठिन जित निकालेको थियो । त्यसपछि आफ्नो लय समातेको डायमन्डले २५–१४ र २५–१६ को जित निकाल्न सफल भयो। लिगको शीर्ष स्थानमा रहेको नेपाल एपिएफ ...
आईपीएलको अक्सन सूचीमा परे सन्दिप लामिछाने
काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) २०१८ का लागि खेलाडीको अक्सन सूची सार्वजनिक भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्डले शनिबार अपराह्न सार्वजनिक गरेको ५७८ जनाको सूचीमा नेपालबाट युवा क्रिकेटर सन्दिप लामिछाने छनोट भएका छन्। सूचीको २७६औं नम्बरमा रहेका सन्दिप एशोसियट राष्ट्रबाट छानिएका हुन्। अक्सन सूचीमा परेका खेलाडीको लिलामी जनवरी २७ र २८ गते बेंगालुरुमा हुने आईपीएलका अध्यक्ष राजीव शुक्लाले जानकारी दिएका छन्। यदि कुनै टिमले सन्दिपलाई खरिद गरे उनी आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बन्नेछन्। भारतीय सञ्चारमाध्यमका अनुसार जनवरी १२ सम्म चलेको आईपीएलको अक्सनका लागि प्लेयर रजिस्ट्रेसनमा १ ...
प्रिमियर लिग फुटबलमा आज पनि ८ खेलहरु हुदै
लण्डन – इङलिस प्रिमियर लिग फुटबलमा आज पनि ८ खेलहरु हुदैछन्। नेपाली समयअनुसार साझ ६ः१५ मा सुरु हुने आजको पहिलो खेलमा चेल्सी र ब्राइटन आमने सामने हुनेछन्। त्यस्तै राति ८ः४५ मा ६ वटा खेल हुनेछन। जसमा म्यानचेस्टर यनाइटेडले बर्नली, आर्सनलले क्रिस्टल प्यालेस, एभर्टनले वेस्ट ब्रोम, लेस्टर सिटीले वार्टफोर्ड, स्वान्सी सिटीले हडल्सफिल्ड तथा वेस्ट ह्याम युनाइटेडले बर्नमाउथको सामना गर्नेछन्। यता राति सवा ११ः१५ मा हुने आजको अन्तिम खेलमा शिर्ष स्थानको म्यानचेस्टर सिटीले न्युक्यासल युनाइडेडको समाना गर्नेछ। प्रिमियर लिगको २३ औं चरणका खेलहरु सकिँदा ६२ अंकसहित म्यानचेस्टर सिटी लिगकोे ...
आर्मीको शतप्रतिशत नतिजा
काठमाडौं – राखेप च्याम्पियनसिपअन्तर्गत दोस्रो राष्ट्रिय महिला हकी प्रतियोगिताको उपाधिका लागि शनिबार त्रिभुवन आर्मी क्लब र मध्यमाञ्चलले प्रतिस्पर्धा गर्ने भएका छन्। राउन्ड रोबिन लिगको अन्तिम दिन आर्मीले पश्चिमाञ्चललाई २–० ले हराउँदै फाइनलमा स्थान पक्का गर्दा नेरिता बस्नेतको गोलमा मध्यमाञ्चलले साबिक विजेता सुदूरपश्चिमाञ्चललाई १–० ले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो। लिगमा आर्मी शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो। ५ टोली सहभागी प्रतियोगितामा शतप्रतिशत नतिजा निकाल्दै आर्मीले १२ अंक बटुल्यो। दोस्रो स्थानमा रहेको मध्याञ्चलले ७ अंक जोड्यो। पश्चिमाञ्चलले समान ७ अंक जोडे पनि गोलअन्तरमा पछि प¥यो। ...
एपिएफ र आर्मीको दोहोरो जित
काठमाडौं – विभागीय टोली नेपाल एपिएप क्लब र त्रिभुवन आर्मी क्लबले ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको दोस्रो दिन दोहोरो जित निकालेका छन् । नयाँ बसपार्कस्थित आयोजक ढोरपाटन स्पोर्टस क्लबको खेलमैदानमा शुक्रबार भएको खेलमा एपिएफले न्यु डायमन्ड स्पोर्टस क्लब र अर्काे विभागीय टोली नेपाल पुलिस क्लबको चुनौती पन्छायो। न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि २५–१, २५–२ र २५–६ को सहज जित निकाल्दा नेपाल पुलिस क्लबलाई २५–१२, २५–१७ र २५–१३ ले पन्छायो। शुक्रबारै भएको खेलमा त्रिभुवन आर्मी क्लबले पारामाउन्ट र स्प्रिङ्डेललाई पराजित गर्दै दोहोरो जित दर्ता गर्न सफल ...
मदन भण्डारी इटहरी गोल्डकप आजबाट सुरु हुदै
सुनसरी – मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रथम मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु हुदैछ। सुनसरीको इटहरीमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज दिउँसो २ बजे थ्री स्टार क्लव र एपिएफ क्लवबीच प्रतिस्पर्धा हुदैछ। प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी ८ टोली जस्तै आयोजक राष्ट्रिय जागृति क्लव, मनाङ मस्याङ्दी, त्रिभुवन आर्मी, थ्री स्टार, एपिएफ, झापा ११, गरिफा स्पोर्टिङ क्लव कोलकत्ता र भुटानको डुक युनाइटेडको सहभागिता रहेको छ। प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने आयोजकले जनाएको छ। माघ १३ गते सम्म सञ्चालन ...
रियाल मड्रिड विजयी
माघ ५ – स्पेनिस कोपा डेल रे फुटबलमा रियाल मड्रिड विजयी भएको छ। विहिबार राति सम्पन्न क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडले उसैको मैदानमा लेगानेजालाई १–० ले पराजित गर्यो। पछिल्लो समय खराब प्रदर्शन गर्दै आएको रियलले गएराति भएको खेलमा भने जित निकालेको हो। रियलका लागि एकमात्र निर्यायक गोल खेलको ८९ मिनेटमा मार्को एसेन्सियोले गरेका थिए। लेगानेजासँगको खेलमा रियल मड्रिड क्रिष्टियानो रोनाल्डो, ग्यारेथ बेल, मार्सेलो र करिम बेन्जीमा बिनानै मैदानमा उत्रेको थियो। यी दुई टोलीबीच क्वाटरफाईनलको दोस्रो लेग जनवरी २५ तारिखमा रियाल मड्रिडको मैदानमा हुनेछ। source; nagariknews.com
मेघा क्वार्टरफाइनलमा
काठमाडौं— मध्यमाञ्चलकी मेघा श्रेष्ठ राखेप च्याम्पियनसिपअन्तर्गत १०औं राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताको महिला सिंगल्सतर्फ बिहीबार क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् । विराटनगरको वैजनाथपुरमा भएको प्रतिस्पर्धामा डिफेन्डिङ च्याम्पियन मेघाले सुदूरपश्चिमाञ्चलकी भावना पनेरुलाई ४–० को सोझो सेटमा पराजित गरिन् । पूर्वाञ्चलकी श्रीया योञ्जनले मध्यपश्चिमाञ्चलकी विनीता जिसी तथा मध्यपश्चिमाञ्चलकी प्रीति बरालले मध्यमाञ्चलकी आयुष्मा रन्जितलाई समान ४–० को सीधा सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे । उता विराटनगरकै जुट मिल्समा भएको महिला सिंगल्समा मध्यमाञ्चलकी चन्द्रमाया राईले सुदूर पश्चिमाञ्चलकी आश्मी धामीलाई ४–०, मध्यपश्चिमाञ्चलकी रितिका चौधरीले पूर्वाञ्चलकी अभिलाषा लामिछानेलाई ४–२, मध्यमाञ्चलकी सुनिरा थापाले मध्यपश्चिमाञ्चलकी सुमित्रा ...
आर्मी पराजित
काठमाडौं— राखेप च्याम्पियनसिपअन्तर्गत तेस्रो राष्ट्रिय खो खो प्रतियोगिताको महिलामा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी बिहीबार सेमिफाइनलमै रोकिएको छ । रूपन्देहीमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा गत संस्करणमा तेस्रो भएको सुदूर पश्चिमाञ्चलले आर्मीलाई सडन डेथमा पराजित गरेपछि आर्मीको यात्रा सेमिफाइनलमै पूर्णविराम लागेको हो । निर्धारित समयको खेल १४–१४ को बराबरीमा सकिएको थियो । अर्को सेमिफाइनल हुन बाँकी छ । त्यसमा मध्यमाञ्चल मध्यपश्चिमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ । दोश्रो सेमिफाइनलको विजेताले सुदूरपश्चिमाञ्चलसंग उपाधिका लागि भिड्ने छ ।पुरुषमा डिफेन्डिङ च्याम्पियन आर्मी र सुदूरपश्चिमाञ्चलले उपाधि भिडन्त पक्का गरे । सेमिफाइनलमा आर्मीले मध्यमाञ्चलमाथि ११–१ को सहज ...
पुलिस र आर्मीबीच फाइनल प्रतिस्पर्धा
काठमाडौं– विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले राखेप च्याम्पियनसिपअन्तर्गत २८औं पुरुष राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । दाङको तुलसीपुरमा पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २–१ ले हराएको हो । पुलिसले एक शून्यले पछि परेको स्थितिलाई उल्टाउँदै फाइनलमा स्थान बनाएको हो । एपिएफका दीपक खड्काले १७औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिएका थिए । पहिलो हाफमा एक शून्यले पछि परेको पुलिस क्लबले ५३औं मिनेटमा सन्तोषहेम राणाको गोलमा बराबरी गरेको थियो । इन्जुरी समयमा सुमन लामाले गरेको गोल पुलिस ...
स्वार्थबाट माथि उठ्ने अवसर
काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टलाई नेपाली क्रिकेट अन्तर्राष्ट्रिय निलम्बनमा पर्नुको मुख्य दोषीका रूपमा बयान गरिन्छ । तर उनीसामु आफूमाथिको त्यो कलंक मेटाउने र नेपाली क्रिकेटलाई सबैले चाहेजस्तो सही लिकमा ल्याउने एउटा राम्रो मौका आएको छ । उनकै निमन्त्रणामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का प्रतिनिधिहरू नेपाली क्रिकेटको समस्या समाधान गर्ने उद्देश्यमा नेपाल आउने भएका छन् । जनवरी २२ मा आइसिसीका प्रतिनिधिहरू नेपाल आउँदै छन् । नेपाली क्रिकेटमा वर्षाैदेखि मौलाउँदै गएको आन्तरिक विवाद, अपारदर्शिता, कुशासन, भ्रष्टाचारलगायतबाट अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) आजित भइसकेको थियो । तर ...
मेसीको पेनाल्टी असफल
माघ ५ – लियोनल मेसीले पेनाल्टीमा गोल गर्न चुकेको दिन बुधबार बार्सिलोनाले कोपा डेल रे क्वार्टरफाइनल पहिलो लेगमा स्पानियोललाई १–० को नतिजा सुम्पिएको छ । गत अगस्टपछि बार्सिलोना पराजित भएको यो पहिलो खेल हो ।खेल सकिन २ मिनेट बाँकी छँदा ओस्कार मेलेन्डोले गरेको गोल स्पानियोलको जितमा पर्याप्त बन्यो । मेलेन्डोले मार्क नाभासोसको पासलाई पोस्टको दिशा दिएका थिए । यसअघि ६३औं मिनेटमा बार्सिलोनाले अग्रता लिने सुनौलो अवसर पाएको थियो । तर मेसीले गरेको पेनाल्टी प्रहार स्पानियोलका गोलकिपर डिएगो लोपेजले विफल पारेपछि बार्सिलोना अग्रता लिनबाट चुकेको थियो ।‘सधैं अपराजित ...
चेल्सी विजयी
माघ ५ – एफए कपको चौथो चरणमा स्थान बनाउन चेल्सीले बुधबार नर्विचसँग पेनाल्टी सुटआउटसम्म खेल्नुपर्दा बर्नामाउथ विगान एथलेटिकसँग ३–० ले स्तब्ध बन्यो ।५५औैं मिनेटमा मिचे बात्सुयीले गरेको गोलमा चेल्सीले अग्रता लिएको थियो । खेलको अन्तिम मिनेटमा जमल लुइसले गोल गर्दा नर्विच खेलमा फर्किएको थियो । थप समयको २७औं मिनेटमा पेड्रो रोडरिग्वेजले दोस्रो पहेंलो कार्डको सामना गर्दै मैदान बाहिरिएपछि १० खेलाडीमा सीमित भएको चेल्सी अन्तिम मिनेटमा अल्भारो मोराटाले पनि रातो कार्डको दर्शन पाएपछि घरेलु टोलीले ९ खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।निर्धारित र थपिएको समयमा १–१ ...
फेडेररको सहज जित
काठमाडौं– साबिक विजेता रोजर फेडेररले बिहीबार सहज नतिजाका साथ अस्ट्रेलियन ओपनको तेस्रो चरणमा स्थान पक्का गर्दा नोभाक जोकोभिचले संघर्ष गर्नुपर्यो ।१९ पल्टका ग्रान्ड स्लाम विजेता फेडेररले जन लेन्नार्ड स्ट्रफलाई ६–४, ६–४, ७–६ (७-४) को सेटमा विजय हासिल गरे । मेलबर्नमा ६ पल्ट उपाधि जितेका जोकोभिचले गेल मोनफिल्समाथि विजय हासिल गर्न कडा संघर्ष गर्नुपर्यो । कुइनाको चोटका कारण ६ महिनापछि कोर्टमा फर्किएका जोकोभिचले पहिलो सेट गुमाएका थिए । त्यसपछिको सेटमा थाकेका मोनफिल्सले एक समयमा अम्पायरलाई ‘मलाई थकाइ र चक्कार लागेको छ’ भनेका थिए । केही आरामपछि कोर्टमा ...
First Prev 1 2 3 4 5 6 7 ... Next Last
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम