मुख्य समाचार

खेलकूद

सेभिया र डिनिप्रो फाईनलमा

फ्लोरेन्स–बिहीबार युरोपा लिग फुटबलको सेमिफाइनलमा साबिक विजेता सेभियाले फिओरेन्टिनालाई २–० र समग्रमा ५–० हराउँदै फाइनलमा युक्रेनी क्लब डिनिप्रोसँगको भेट पक्का गरेको छ।
कार्लोस बाका र डेनियल क्यारिकोको गोलसंगै डिनिप्रोले नेपोलीलाई समग्रमा २–१ ले हराएको थियो ।इभर बेनेगाको फ्रिकिकमा बाकाले २२औं मिनेटमा  गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसको ५ मिनेटमा नै क्यारिकोले गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।
‘यो जित सम्पूर्ण सेभिया समर्थकका लागि हो , किनकि प्रतियोगितालाई लिएर हामी अरुभन्दा धेरै गम्भीर थियौं । यस टोलीसँगको सहकार्यमा म धेरै खुसी छु र अब ...

हटेन भूकम्पको त्रास

काठमाडौँ-बल्लबल्ल भूकम्पको पहिलो झट्का बिर्सिरहेको बेलामा झन् अर्को २९ गतेको कम्पनले गर्दा युवा खेलाडी फेरि त्रसित भएका छन् ।
डीसीएले एनसीएसँग चारदिने शृंखला आयोजना गरेको थियो। जसमा ५ ट्वान्टी–२० र २ वान–डे खेल खेलिएको थियो। यसको अनुभव लिंदै एनसीए मंगलबार राजधानी फर्कंदै थियो।तर बाटैमा भूकम्पको जोडदार झट्का महसुस मात्रै गरेनन्। बुधबार बिहान राजधानीको भयभीत दुनियाँबाट त्रसिद हुनुपरेको एनसीएका म्यानेजर भोला न्यौपानेले बताए।

‘पहिलो भूकम्पबाट भयभीत मनहरू दह्रो बनाउँदै धनगढीमा क्रिकेट शृङ्खलाका प्रतिस्पर्धामा खेलाडी उत्रेका थिएँ,’ न्यौपानेले भने, ‘खेलाडीमा हरेक दिन नयाँ ऊर्जा पैदा हुन्थ्यो। ...

नेपाल र अमेरिकाको हुने भयो पहिलो खेल

काठमाडौं–आइसिसी विश्व ट्वान्टी–२० छनोट प्रतियोगितामा अमेरिकासँग नेपालको पहिलो खेल हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले आयरल्यान्ड र स्कटल्यान्डले संयुक्त आयोजना गर्ने छनोट प्रतियोगिताको बिहीबार खेल तालिका सार्वजनिक गरेको छ।
नेपाल र अमेरिका समूह ‘ए’ परेका छन् । उक्त समूहमा सहआयोजक तथा साबिक विजेता आयरल्यान्ड, हङकङ, पपुवा न्युगिनी, नामिबिया र जर्सी छन् ।
छनोट जुलाई ९ देखि २६ सम्म हुनेछ । अफगानिस्तान, युएई, नेदरल्यान्ड्स, सहआयोजक स्कटल्यान्ड, क्यानडा, केन्या र ओमान समूह ‘बी’ मा छन् ।
नेपालले छनोटको पहिलो खेल जुलाई १० मा अमेरिकासँग खेल्नेछ ...

पाकिस्तान क्रिकेट बोर्डबाट भारतलाई निम्तो

दिल्ली–लाहोरमा भ्रमणकारी जिम्बावेविरुद्ध हुने घरेलु शृंखला हेर्नका निम्ति पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का अध्यक्ष शाहरियार खानले भारतीय बोर्डका मुख्य पदाधिकारी तथा सरकारी प्रतिनिधिलाई निम्तो दिएका छन्।
सम्बन्ध राम्रो बनाउने र लामो समयदेखि अवरुद्ध भारत–पाक क्रिकेट शृंखला सुरु हुने अपेक्षा गरिएका बेला भारतीय पदाधिकारीहरूको पाकिस्तान भ्रमणले विश्व क्रिकेटलाई नयाँ आशाको सञ्चार गराउने खानले बताएका छन् ।
‘अरुण जेटली वा अनुराग ठाकुर जिम्बावेविरुद्ध हुने सीमित ओभरको खेलमा विशेष अतिथिका रूपमा यसै महिनाको अन्त्यमा लाहोर आउनेमा हामी आशावादी छौं,’ पाकिस्तानी क्रिकेट बार्डको स्रोत उद्धृत गर्दै पिटिआईले जनाएको छ ...

किंग्स इलेभन पन्जाबको जित

मोहाली– बुधबारको खेलमा रोयल च्यालेन्जर्स बेङ्लोरलाई किंग्स इलेभन पन्जाबले २२ रनले पराजित गरेको छ । १३ खेलबाट ६ अंक बटुलेको पन्जाब जितका बाबजुद पनि अंकतालिकाको पुछारमा छ । १२ खेलबाट १३ अंक बनाएको बेङ्लोर भने पाँचौं स्थानमा छ।
वर्षाका कारणले छोट्याइएको १० ओभरमा १ सय ७ रनको लक्ष्य पाएको बेङ्लोर विष्फोटक ब्याट्सम्यान क्रिस गेल र विराट कोहलीलार्ई सस्तैमा गुमाएपछि ८४ रनमा समेटिएको थियो । आक्रामक रुपमा प्रस्तुत भएको बेङ्लोर सुरुमै केही बाउन्ड्री प्रहार गर्दै जितको सम्भावना देखाएको थियो तर, तेस्रो ओभरमा विराट कोहलीलाई १९ रनमा ...

बार्सिलोना जितको सिखर नजिकिदै

बायर्न - ७ मिनटको खेलसंगै बार्सिलोनाले फाइनल नजिक पुगेको छ र अब यस टिमले फाइनल पनि जित्ने लक्षन देखाएको छ।
अब च्याम्पियन्स लिगको अवसर पनि बनेको छ । बायर्नले दोस्रो लेग ३–२ ले जित्यो । तर बार्सिलोनालाई बर्लिनमा हुने फाइनल पुग्नबाट रोक्न पर्याप्त रहेन् । बार्सिलोनाले सेमिफाइनल समग्रमा ५–३ ले जित्यो । ‘मलाई विश्वास छ, बार्सिलोनाले पाँचौं पल्ट युरोपेली उपाधि जित्ने छ,’ बायर्नका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘किनभने उनीहरू यसका लागि हकदार देखिन्छन् ।’

ग्वार्डिओला बार्सिलोनाका पूर्वप्रशिक्षक मात्र होइनन्, पूर्वखेलाडी पनि हुन् । उनले ...

लिभरपुलको फाइनलमा जाने सपना सकियो

लन्डन–आइतबारको खेलमा १–१ को बराबरी नतिजासंगै लिभरपुलले फाइनलमा जाने सपना त्याग्नु परेको छ।चेल्सीका टिम च्याम्पियन हुनुको खुसी मनाइरहँदा बराबरीपछि लिभरपुलको भने आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना समाप्त भएको थियो।
आइतबारको बराबरीपछि लिभरपुल दुई खेल बाँकी रहँदा ६२ अंकसाथ पाँचौं स्थानमा छ। चौथो स्थानको म्यानचेस्टर युनाइटेडले ६८ अंक जोडिसकेको छ र गोलअन्तरमा पनि युनाइटेड लिभरपुलभन्दा धेरै माथि छ। प्रिमियर लिगमा चौथो स्थानसम्म रहेर सिजनको अन्त्य गर्ने टोलीलेमात्र आगामी सिजनमा च्याम्पियन्स लिग खेल्न पाउछन्।
‘मेरो विचारमा सुरुका दुई सेकेन्ड चेल्सीका समर्थकले मलाई सम्मान गरे। तर त्यसपछि ...

यूभेन्टस फईनलमा

वैशाख ३१ - हिजो राति खेलमा रियल मेड्रिडसँग बराबरी गर्दै यूभेन्ट्स च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । हिजोको बराबरीले यूभेन्ट्सलाई रियलविरुद्ध समग्रमा २–३ को जित दिलायो ।

सो खेलमा रोनाल्डोले पेनाल्टी गोलसंगै रियलले अग्रता लिएको थियो । जर्जियो चिलेनीले जेम्स रोड्रिग्वेजलाई लडाएपछि रियलले पेनाल्टी पाएको थियो । तर, अल्भारो मोराटोले ५७ औं मिनेटमा आफ्नो पूर्व क्लबविरुद्ध गोल गर्दै खेललाई बराबरी स्थितिमा ल्याए ।

यूभेन्टसले फाइनलमा बार्सिलोनाको सामना गर्नेछ । सन् २००३ पछि यूभेन्टस पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

सनराइजर्सको जित

रायपुर - सनराइजर्स हैदरावादले शनिबार ६ रनसंगै दिल्ली डेयरडेभिल्स माथि जित हात पारेको छ । सो खेल रायपुरमा भएको थियो र उक्त खेलमा पहिले ब्याटिङ गरेको हैदरावादले दिल्लीलाई १६४ रनको लक्ष्य दिएको थियो । दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो ।

शिखर धवन र डेभिड वार्नरजस्ता ब्याट्सम्यान सस्तैमा आउट भए पनि हैदरावादका लागि मोइज हेनरिक्सले ७४ रन जोडे । दिल्लीको पनि सुरुवाती ब्याटिङ लाइनअप सस्तैमा समेटिएको थियो । केदार जाधवले ६३ र सौरभ तिवारीले २६ रन जोड्दै पाँचौं विकेटका ...

सुखद रह्यो पाकिस्तानको यात्रा

ढाका–  टेस्ट क्रिकेट शृंखलामा राम्रो प्रदसनी दिदै आफ्नो सो यात्रा पाकिस्तानले सकाएको छ।पहिलो टेस्ट बराबरीमा टुंगिएको थियो। दोस्रो तथा अन्तिम टेस्ट ३ सय २८ रनले जित्दै पाकिस्तानले बंगलादेश भ्रमणको अन्त्य सुखद बनाएको हो।
लेग स्पिनर यासिर साहले ७३ रन खर्चेर महŒवपूर्ण ४ विकेट लिएपछि पाकिस्तानले भोजनपछिको झन्डै डेढ घन्टामै नतिजा आफ्नो पक्षमा पारेको थियो। बंगलादेश दोस्रो इनिङमा २ सय २१ रनमा अलआउट भयो।
दुई दिनको खेल बाँकी हुँदा पाकिस्तानले ६ विकेट गुमाई १ सय ९५ रन जोड्दै इनिङ समाप्तिको घोषणा गरेपछि बंगलादेशले जितका लागि ५ ...

बद्लिदो बार्सिलोनाका निर्णायक

लन्डन,- बार्सिलोनाको खेलकुद ईतिहासमा थुप्रै प्रसिक्षकहरु आए र यसै गरि बार्सिलोनाले यी समयहरुमा कति नराम्रा दिन देखे त कति राम्रा पनि ।
अर्जेन्टिनी गेरार्डो मार्टिनो नेतृत्वमा पनि बार्सिलोनाले अन्तिम समयसम्म स्पेनी लिग उपाधिका लागि संघर्ष गर्‍यो । ठीक त्यही बेला बार्सिलोनाका कार्यवाहक अध्यक्ष जोसेफ मारियाले नयाँ प्रशिक्षकलाई लिएर मन बनाइसकेका थिए । बार्सिलोनाका प्रशिक्षक त्यस्तो हुनुपर्छ, जसले क्याटलान संस्कृति बुझेको हुनुपर्छ । तर, ती ग्वार्डिओला थिएनन् । उनी बायर्न म्युनिख गइसकेका थिए ।

मारियाले मनले चिताएका व्यक्ति थिए, लुइस एनरिके । ग्वार्डिओलाका साथी खेलाडी ...

कोलकाता नाइट राइडर्सको सफलता

कोलकाता–किंग्स इलेभन पन्जाबमाथि आइपिएलको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले १ विकेटको रोमाञ्चक जित पाएको छ। १ सय ८४ रनको विजय लक्ष्य कोलकाताले एक बलअघि पूरा गरेको थियो।
अन्तिम ओभरमा ८ रन आवश्यक हुँदा तीन विकेट बाँकी थियो र पहिलो बलमा एक रन बनाएका ब्राड हग दोस्रो बलमा रनआउट भएपछि घरेलु टोली दबाब देखियो। तर, तेस्रो बलमा पीयूष चावलाले छक्का प्रहार गरेपछि टोलीको जित निश्चित देखियो।लगत्तै चावला पनि व्यक्तिगत १८ रनमा आउट भएपछि सुनील नारिन क्रिजमा आए। पाँचौं बलमा लेगबाई रन बटुल्दै कोलकाताले १२ खेलमा सातौं ...

सनराइजर्स र कोलकाताको जित

२०७२/१/२५ -आइपिएल अन्तर्गत बिहीबार भएका दुई खेलमा सनराईजर्स हैदरबाद र कोलकाता नाइट राइडर्स विजयी भएका छन्। पहिलो खेलमा सनराइजर्सले राजस्थान रोयल्सलाई सात रनले पराजित गरे भने पहिले ब्याटिङ गरेर हैदराबादले निर्धारित २० ओभरको खेलमा २ सय २ रनको जोड्यो। लक्ष्य पछ्याउने क्रममा राजस्थानले १ सय ९४ रन मात्र बनाउन सक्यो।
हैदराबातको जितका लागि शिखर धवनले ५४ रन जोडे भने मोर्गनले ६३ रन जोडे।
जवाफि ब्याटिङमा उत्रेको राजस्थानका लागि स्टिवन स्मिथले ६८ रन जोडे। त्यस्तै, जेम्स फोक्नरले ३० रन र क्रिस मोरिसले ३४ रन जोडे पनि ...

१ सय ३८ रनले रोयल च्यालेन्जर्स विजयी

बैंगलोर-रोयल च्यालेन्जर्स बैंगलोरले १ सय ३८ रनसंगै जित हासिल गरेको छ। क्रिस गेलले किंग्स इलेवन पन्जावविरुद्ध ५७ बलमा १ सय १७ रन जोड्दा रोयल च्यालेन्जर्सले सहज जित दर्ता गराएको हो।
जितका लागि २ सय २७ रनको लक्ष्य पछ्याएको पन्जाव ८८ रन बनाउँदा अल आउट हुन पुग्यो। बैंगलोरका लागि मिचेल स्टार्क र श्रीनाथ अरविंदले ४/४ विकेट लिए। पन्जाको पुरा टिम मिलेर पनि क्रिस गेलको जति रन बनाउन सकेन।

पहिले ब्याटिङ गरेको रोयल च्यालेन्जर्सले २० ओभरमा ३ विकेटको क्षतिमा २ सय २६ रन जोड्यो। क्रिस गेलले ...

पालभित्र सरियो खेलकुद मन्त्रालय

काठमाडौँ– भूकम्पको कारण क्षेति भएको युवा तथा खेलकुद मन्त्रालय अहिले भवन बाहिर पालमुनि संचालन भईरहेको युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल तथा सचिव दीपेन्द्रनाथ शर्माले जानकारी दिएका छन्।
त्यहा ठुलो त्रिपाल जसभित्र एउटा कुर्सि थियो जसमा सचिवको नाम अंकित गरिएको थियो।यसै नजिक अर्को एउटा पाल थियो र सो पालमा हाजिरी पुस्तिका, टेलिफोन र कम्प्युटर राखिएका छन्। सोही पालमा पुरुष कर्मचारी र दक्षिणतिर अवस्थित पालमा महिला कर्मचारी काम गरिरहेका देखिन्छन्।  “अहिले मन्त्रालयबाट राहत र उद्धारका कामबाहेक अन्य काम भएका छैनन्, मन्त्रालयका शाखा अधिकृत रामकृष्ण श्रेष्ठले भने, ...

मेसीसंग बार्सिलोना अर्को जित

बार्सिलोना–पहिलो लेगमा ३–० को विजयसंगै लियोनल मेसीको जादुमय प्रदर्शनका साथ बार्सिलोनाले बायर्न म्युनिखको फाइनल पुग्ने आशामा गम्भीर धक्का लगाएको छ।
सुरुवातमै मेसीको दुई गोल आफै गर्नुका साथै तेस्रो गोलमा नेइमारलाई पास मिलाएका थिए। युरोपियन फुटबलमा १ सयौं खेल खेलिरहेका मेसी बुधबारका दुई गोलपछि च्याम्पियन्स लिग इतिहासमा सर्वाधिक गोल गर्नेको सूचीमा फेरि क्रिस्टियानो रोनाल्डोलाई पछि पार्न सफल भए। युरोपेली क्लब फुटबलको ठूलो प्रतियोगितामा मेसीको व्यक्तिगत गोलसंख्या ७७ पुगेको छ।
घरेलु मैदानमा प्रभावशाली जित पाएपछि बार्सिलोना पनि चार वर्षमा पहिलोपटक च्याम्पियन्स लिगको फाइनल पुग्ने सम्भावना नजिक पुगेको ...

आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम