मुख्य समाचार

खेलकूद

बार्सिलोनामा कोन्टिन्हो
पुस २५ – ब्राजिलियन मिडफिल्डर फिलिप कोन्टिन्हो स्पेनिस ला लिगा क्लब बार्सिलोनामा अनुबन्ध भएको औपचारिक घोषणा गरिएको छ । बार्सिलोनाले नाउ क्याम्पमा समर्थक समक्ष कोन्टिन्होलाई क्लबको खेलाडीको रुपमा सोमबार औपारिक तवरले सार्वजनिक गरेको हो । २५ वर्षे ब्राजिलियन कोन्टिन्होले बार्सिलोनासँग साढे पाँच वर्षको सम्झौतामा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर गर्ने बेता बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउ पनि सँगै थिए । त्यसपछि उनले मैदानमा बलसँग केही बेर खेले । लिभरपुलमा आफू पाँच वर्ष रहँदा आफ्नो तर्फबाट सक्दो प्रयास गरेको र आफू खुशी रहेको कोन्टिन्होले बताए । बार्सिलोनाले लिभरपुलसँग ...
आहा रारा गोल्डकपको पुरस्कार रकम वृद्धि
पोखरा – पोखरामा आगामी माघमा आयोजना हुने १६ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ । प्रतियोगिता सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा आगामी माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुँदैछ । यस वर्ष विजेता टोलीले सात लाख एक हजार र उपविजेताले तीन लाख ५१ हजार , ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन् । गत वर्ष विजेताले रु पाँच लाख एक हजार र उपविजेताले रु दुई लाख ५१ हजार पाएका थिए । पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा ...
थ्री स्टारको सुखद पुनरागमन
धनगढी – बुद्ध चेम्जोङले दुई गोल गरेपछि झन्डै डेढ वर्षपछि मैदानमा पुनरागमन जनाएको रुस्लान थ्री स्टार क्लबले सोमबार नेपाल आइस सुदूर पश्चिम खप्तड गोल्डकपमा सुखद सुरुआत गरेको छ । धनगढी रंगशालामा जारी प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा थ्री स्टारले राष्ट्रिय लिगको प्रतिद्वन्द्वी झापा ११ माथि ३–१ को सहज नतिजा निकाल्दै क्वार्टरफाइनलमा स्थान पक्का ग¥यो । ९ मिनेटको बीचमा चार गोल वर्षा भएको खेलमा अफ्रिकी खेलाडी मार्टिन अजायीले ३४औं मिनेटमा ललितपुरे टोलीलाई अग्रता दिलाएका थिए । विपक्षी गोलकिपर किशोर गिरी पोजिसनमा नभएको मौका छोप्दै अजायीले थ्री स्टारलाई अग्रता ...
अन्तिम टेस्टमा पनि अस्ट्रेलिया विजयी
पुस २५ – अस्ट्रेलियाले पाँच टेस्टको एसेज शृंखला ४–० ले जित्दा सोमबार अन्तिम खेलमा इङ्ल्यान्डमाथि एक इनिङ र १ सय २३ रनको विजय हासिल गरेको छ । पेट दुखेका कारण इङ्ल्यान्डका कप्तान जोए रुटले ब्याटिङलाई निरन्तरता दिन सकेनन् । इङ्ल्यान्डले अन्तिम दिनमा लन्चपछि लगातार ४ विकेट गुमाएर शृंखलामा ४–० ले पराजित भयो । ‘पछिल्ला दुई महिना सुखद रहे । यस अवधिमा हामीले उत्कृष्ट क्रिकेट खेल्यौं,’ अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले भने, ‘महत्वपूर्ण क्षणमा हामीले राम्रो गर्यौ जसका लागि उनीहरूले पुनरागमन गर्ने मौका पएनन् ।’ तीव्र गतिका बलर ...
बक्सिङमा पनि आर्मीको दबदबा
झापा – राखेप च्याम्पियनसिपअन्तर्गत २७ औं पुरुष तथा आठौं महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको तेस्रो दिन त्रिभुवन आर्मी क्लबले वर्चस्व जमाएको छ । अपराजित रहेका आर्मीका खेलाडीले १८ तौलसमूहमा अन्तिम चारको यात्रा तय गरेका छन् । आर्मीका विष्णु घलेले ६९ केजी तौलसमूहमा सन्देश लिम्बुलाई हराउँदै सेमिफाइनलमा स्थान बनाउँदा दीपक श्रेष्ठले ६४ केजी तौल समूहमा कास्कीका सविन गुरुङलाई हराउँदै अन्तिम चारमा स्थान बनाए । ४९ केजी तौलसमूहमा एपिएफ लक्ष्मण तामाङ, सुनसरीका सुलभराज तण्डुकार, नेपाल प्रहरीका चन्द्रबहादुर थापा र टिएसीका तेजबहादुर देउवाले सेमिफाइनलमा स्थान बनाए । पुरुष ...
आर्मीको विजयी सुरुआत
काठमाडौं – त्रिभुवन आर्मी क्लबले राखेप च्याम्पियनसिपअन्तर्गत २२औं पुरुष तथा १७औं महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ । साबिक विजेता आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी नतिजा निकाले । बर्दियामा भएको पुरुषतर्फको प्रतिस्पर्धामा आर्मीले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ४३–३० ले पराजित ग¥यो । महिलातर्फ आर्मीले मध्यमाञ्चललाई ५८–२५ ले हरायो । महिलातर्फको अन्य खेलमा सुदूरपश्चिमाञ्चल, एपिएफ र पश्चिमाञ्चल विजयी भए । सुदूर पश्चिमाञ्चलले नेपाल पुलिस क्लबलाई ३३–३० हराउँदा एपिएफले पूर्वाञ्चललाई ७६–२९ ले हरायो । पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई २९–२८ ले पराजित ग¥यो । पुरुषतर्फ ५ विकास ...
खो खो माघको पहिलो साता
काठमाडौं – राखेप च्याम्पियनसिपअन्तर्गत खो खोको राष्ट्रिय प्रतियोगिता माघको पहिलो साता रूपन्देहीमा हुने भएको छ । नेपाल खो खो संघले सोमबार जनाएअनुसार माघ ३ देखि ५ गतेसम्म प्रतियोगिता रूपन्देहीको कञ्चन गाउँपालिकास्थित गुराँस खेलमैदानमा हुने भएको छ । पाँच विकास क्षेत्रका साथै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको सहभागिता रहने प्रतियोगिताको पुरुष र महिला दुवैतर्फ ६/६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । अर्को वर्ष काठमाडौंमा हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि यही प्रतियोगिताबाट खेलाडी छनोट गरिने संघका महासचिव सानुराजा शाक्यले जनाएका छन् । source; nagariknews.com
ढोरपाटन क्लबलाई स्कुटरको साँचो
काठमाडौं– ढोरपाटन महिला भलिबल प्रतियोगिताको १३औं संस्करणको प्रायोजक आइएमई अटोमोटिभ्सले क्लबलाई पाँच युएम पावर म्याक्स स्कुटरको साँचो हस्तान्तरण गरेको छ । सोमबार आयोजित कार्यक्रममा नेपालका लागि आइएमई अटोमोटिभ्सका निर्देशक उज्वल जोशीले ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्याललाई साँचो हस्तान्तरण गरेका हुन् । प्रतियोगिताका उत्कृष्ट, उदीयमान, वर्षखेलाडी र प्लेयर अफ दी सिरिज तथा एक भाग्यशाली दर्शकले आइएमई अटोमोटिभ्सको युएम पावर म्याक्स स्कुटर प्राप्त गर्नेछन् । ‘आइएमई अटोमोटिभ्ससँग गरेको सम्झौताले हाम्रो हौसला बढेको छ । आशा छ, आगामी दिनमा पनि हाम्रो साझेदारीले निरन्तरता पाउनेछ,’ ढोरपाटन ...
अष्ट्रेलिया ४–० ले विजयी
पुस २४ – अष्ट्रेलियासँगको प्रतिष्ठित क्रिकेट शृङ्खला एसेसको यसपटकको संस्करण इंग्ल्याण्डका लागि विर्सनलायक बनेको छ । अष्ट्रेलियासँग शृङ्खला ४–० ले गुमाउनुपरेपछि इंग्ल्याण्डका लागि यो सस्करण लाजमर्दो बनेको हो । पाँचाैँ तथा अन्तिम टेष्टमा इंग्ल्याण्डलाई एक इनिङ र १ सय २३ रनले हराउँदै अष्ट्रेलियाले शृङ्खलाको नजिता एकतर्फी बनाएको हो । पहिलो पालीमा ३ सय ३ रनले पछि परेको इंग्ल्याण्डलाई दोश्रो पालीमा १ सय ८० रनमा अलआउट गर्दै अष्ट्रेलिया १ इनिङ र १ सय २३ रनले हराएको हो । अष्ट्रेलियाका पाट क्युमिन्सले ४ तथा नाथन लायनले ३ विकेट ...
मेस्सी कीर्तिमान : बार्सिलोनाबाट ४०० खेल, ३६५ ला लिगा गोल
पुस २४ – बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले युरोपका शीर्ष पाँच लिगमा एकै क्लबबाट सबैभन्दा धेरै गोल गर्ने कीर्तिमानमा बराबरी गरेका छन् । आइतबार राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा बार्सिलोनाबाट चारसयौँ खेलमा गोल गर्दै मेस्सीले जर्मन क्लब बार्यन म्युनिखका पूर्व स्ट्राइकर जेर्ड मुलरले बनाएको कीर्तिमानसँग बराबरी गरेका हुन् । अहिले ३९ वर्षका रहेका मुलरले बार्यनबाट तीन सय ६५ गोल गर्दै युरोपका शीर्ष पाँच लिगमा एकै क्लबमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएका थिए । मेस्सीले आइतबार राति लेभान्टेसँगको खेलमा १२ औँ मिनेटमा गरेको गोल ला ...
रियल मड्रिडले फेरि जित्न सकेन, बार्सिलोना भन्दा १६ अंकले पछि
पुस २४ – रियल मड्रिडले ला लिगामा अंक दूरी कम गर्ने मौका फेरि गुमाएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा साबिक विजेता रियल मड्रिड सेल्टा डि भिगोसँग २–२ को बराबरीमा रोकिएको हो । सेप्टम्बर २० पछि ला लिगामा पहिलोपटक खेलेका ग्यारेथ बेलले दुई गोल गरे पनि क्लबलाई जित दिलाउन सकेनन् । घरेलु मैदानमा भएको खेलमा ३३ औँ मिनेटमा ड्यानियल वासको गोलबाट सेल्टाले अग्रता लियो । त्यसको तीन मिनेटपछि बेलले रियल मड्रिडका लागि बराबरी गोल फर्काए । त्यसको दुई मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै ...
बार्सिलोनाको प्रभावशाली जित
पुस २४ – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले नौ अंकको अग्रता कायमै राखेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिडर बार्सिलोनाले लेभान्टेलाई ३–० ले हराएर दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँगको अंक दूरी ९ कायम गरेको हो । बार्सिलोनाको जितमा लियोनल मेस्सी, लुइस स्वारेज र पाउलिन्होले एक एक गोल गरे । मेस्सीले बार्सिलोनाबाट आफ्नौ चार सयौँ खेलको १२ औँ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाएका हुन् । मेस्सीले गरेको गोल ला लिगामा उनको ३ सय ६५ औँ गोल हो । उनले युरोपका शीर्ष पाँच ...
सेभेन–ए साइड फुटबल पुस २९ गतेदेखि
पोखरा – पोखरामा यहि पुस २९ देखि माघ ४ गतेसम्म बाह्रौँ दक्षिण एशियाली सेभेन–ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । नेपालसहित दक्षिण एशियाका भारत, बंगलादेश, माल्दिभ्स, भुटान, पाकिस्तानका खेलाडीको सहभागीता रहने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक एवं नेपाल सेभेन–ए साइड फुटबल फेडरेसनका अध्यक्ष नवीन पुनले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरा लेखनाथ महानगरपालिका–६, लेकसाइडस्थित बाराहीघाट खेल मैदानमा हुने प्रतियोगिता प्रभू बैंकको नामबाट गर्न लागिएको हो । प्रतियोगितामा प्रथम र द्धितीय हुने टोलीलाई क्रमशः दुई हजार ...
खप्तड गोल्डकपमा थ्रिस्टार र झापा ११ भिड्दै
कैलाली – कैलालीको धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलमा आज थ्रिस्टार क्लब काठमाडौं र मोफसलको टोली झापा ११ बिच प्रतिस्पर्धा हुँदैछ । खेल धनगढी रंगशालामा दिउँसो साढे २ बजे पछी सुरु हुँनेछ । पछिल्लो १ बर्षयता कुनैपनि प्रतियोगितामा सहभागिता नजनाएको थ्रिस्टार आज उच्च मनोवलका साथ मैदान उत्रदैछ । यता मोफसलको सर्वाधिक सफल टोली झापा पनि थ्रिस्टारलाई कडा चुनौति दिने लक्ष्यका साथ मैदान प्रवेश गर्नेछ । थ्रिस्टारमा विक्रम लामा, बिमल घर्तीमगर, अनन्त तामाङ, बिजय धिमाल, रजिन धिमाल, एलन न्यैपाने लगायतका खेलाडी रहेका छन भने ...
टोटनह्याम चौथो चरणमा प्रवेश
पुस २४ – टोटनह्याम हट्सपर एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गर्दा साबिक विजेता आर्सनल भने तेस्रो चरणबाटै बाहिरिएको छ । आइतबार राति सम्पन्न खेलमा प्रिमियर लिगको पाँचौं स्थानमा रहेको टोटनह्यामले ए.एफ.सी. विम्बल्डनलाई ३–० ले पराजित गर्यो । टोटनह्यामको जितमा ह्यारी केनले २ तथा यान भर्टोङ्गनले १ गोलको योगदान दिए । त्यस्तै रातिनै सम्पन्न अर्को खेलमा प्रिमियर लिगको छैटौं स्थानको साबिक विजेता आर्सनल भने नोटिङ्हम फरेस्टसँग ४–२ ले पराजित हुँदै प्रतियोगिताको तेस्रो चरणबाटै बाहिरिएको छ । घरेलु मैदानमा सम्पन्न खेलमा फरेष्टको ...
आर्मी र एपिएफको सहज जित
काठमाडौं- नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफले राखेप च्याम्पियनसिपअन्तर्गत १६औं राष्ट्रिय महिला फुटबल लिग प्रतियोगिताको सुपर लिगमा आइतबार सहज जित हासिल गरेका छन् । सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा दुई विभागीय टोलीबीच सम्पन्न खेलमा आर्मीले नेपाल पुलिस क्लबमाथि ४–१ को सहज नतिजा निकाल्दा एपिएफले सुदूर पश्चिमाञ्चललाई ९–० को फराकिलो अन्तरमा हरायो । कप्तान कृष्णा खत्री र अन्जली वाइवाले दुई÷दुई गोल गरेपछि आर्मीको जित सहज बनेको थियो । अन्जलीले फ्रि–किकलाई गोलमा परिणत गर्दै २०औं मिनेटमा आर्मीलाई अग्रता दिलाएकी थिइन । पुलिसले तत्काल प्रतिक्रिया जनाउने क्रममा ...
First Prev 1 2 3 4 5 6 7 8 9 10 ... Next Last
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम