मुख्य समाचार

खेलकूद

रियल मड्रिड विजयी, बार्सिलेना बराबरीमा रोकियो
पुस २१ –स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिड विजयी भएको छ। बिहीबार राति सम्पन्न खेलमा ला लिगाको चौंथो स्थानमा रहेको रियल मड्रिडले नुम्यानसियालाई ३–० ले हरायो । रियलका लागि ३५ औँ मिनेटमा पेनाल्टीमा ग्यारेथ बेलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ८९ औँ मिनेटमा पाएको पेनाल्टीमा इस्कोले गाोल गर्दै टोलीको अग्रता दोब्बर पारे । रियलका लागि थप १ गोल दोस्रो हाफको इन्जुरी समयमा मायोरलले गरेका थिए । खेलको ६० औँ मिनेटमा डियामान्का दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट ...
खप्तड गोल्डकप आजदेखि
कैलाली– मोफसलकै सर्वाधिक पुरस्कार राशिको नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । धनगढीको क्षेत्रीय रंगशालामा दिउँसो १ बजे पछि सुरु हुने प्रतियोगिताको उद्घाटन कैलाली ५ बाट प्रतिनिधि सभाकी उम्मेदवार डा. आरजु राणा देउवाले गर्ने कार्यक्रम छ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लव र काठमाडौंको च्यासल युथ क्लव आमने सामने हुँदैछन् । प्रतियोगिताकाको सम्पूर्ण तयारी सकिएको आयोजकले जानकारी दिएको छ । माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगितमा आयोजक सुदूरपश्चिम ११ सहित नेपालका उत्कृष्ठ क्लबहरु मनाङ मस्र्याङ्दी, थ्री स्टर, त्रिभुवन आमी, ...
डिपिएल–२ को टिकट बिक्री सम्झौता
काठमाडौं– धनगढी क्रिकेट एकेडेमी (डिसिए) र इ–सेवाबीच बिहीबार रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ का लागि टिकेटिङ साझेदारी भएको छ । डिसिएका अध्यक्ष सुवास शाही र इ–सेवाका प्रमुख कार्यकारी अधिकृत अस्कर अलीले टिकट बिक्रीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । नेपालमा बिस्तारै टिकट किनेर खेल हेर्ने संस्कार विकास भइरहेको तथा क्रिकेट र प्रविधिलाई सँगै लैजाने उद्देश्यका साथ इ–सेवासँग सम्झौता गरेको डिसिएका अध्यक्ष शाहीले बताए । ‘पछिल्लो संस्करणमा पनि हामीले टिकटको व्यवस्था गरेका थियौं । सुरुमा केही गुनासो आए पनि अन्ततः हाम्रो प्रयोग सफल भयो,’ शाहीले भने, ‘हामी यो ...
सुविधासम्पन्न रंगशाला बन्दै
पोखरा– कतैबाट अवरोध नआए अबको एक वर्षभित्र पोखरा रंगशाला मुलुककै नमुना रंगशाला बन्नेछ । खेलमैदान र प्यारापिटसहितको रंगशाला बनाउने गरी पूर्वाधार निर्माणलाई गति दिन थालिएको छ । पोखरामा बन्ने नयाँ रंगशाला मुलुककै सर्वाधिक सुविधासम्पन्न हुनेछ । डोमसहितको फुटबल मैदान यहाँ तयार हुनेछ । नयाँ पूर्वाधार बनाउने योजनासहित पुरानो रंगशाला धमाधम भत्काउने काम चलिरहेको छ । पुरानो रंगशालाको सर्वसाधारण दर्शक बस्ने प्यारापिट भत्काउने कामलाई तीव्रता दिइरहेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए । रंगशालाको पुरानो संरचना भत्काएर पूरै नयाँ बनाउने योजना रहेको उनले बताए ...
थ्री स्टार धनगढीतर्फ
काठमाडौं– एन्फाको गल्तीका कारण एएफसी कपको प्लेअफ खेल्न नपाएयता सबैखाले फुटबल गतिविधिबाट टाढा रहेको रुस्लान थ्री स्टार क्लब मैदानमा पुनरागमन जनाउनका लागि धनगढीतिर लागेको छ । धनगढीमा हुने खप्तड गोल्डकपबाट थ्री स्टारले फुटबलमा पुनरागमन जनाउन लागेको हो । विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार पाउने प्रतियोगिता शनिबारबाट धनगढी रंगशालामा सुरु हुनेछ । खप्तड गोल्डकपका लागि थ्री स्टारको टोली बिहीबार त्यसतर्फ लागेको क्लबका महासचिव सञ्जीव शिल्पकारले जानकारी गराएका छन् । शिल्पकारका अनुसार विक्रम लामाको कप्तानीमा रहेको टोलीका गोलकिपरमा एलेन न्यौपाने, अभिषेक बराल, पूर्ण ...
रेफ्रीको निर्णयमा वेंगर असन्तुष्ट
पुस २१ – रेफ्रीले अनावश्यक पेनाल्टी दिँदा चेल्सीसँग आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले अंक बाँड्नुपरेको आरोप लगाएका छन् । इङ्लिस प्रिमियर लिगअन्तर्गत बुधबार घरेलु मैदान इमिरेट्स रंगशालामा सम्पन्न खेलमा आर्सनलले २–२ को बराबरीमा चित्त बुझाएको थियो । ६३औं मिनेटमा ज्याक ह्विलसेयरले गरेको गोलमा आर्सनलले अग्रता लिएको थियो । त्यसको ४ मिनेटपछि नै इडेन हाजार्डले गरेको पेनाल्टी गोलमा चेल्सी खेलमा फर्किएको थियो । आर्सनलका हेक्टर बेलारिनले हाजार्डमाथि खराब फाउल गरेपछि चेल्सीले पेनाल्टीको अवसर पाएको थियो । तर बेलारिनले हाजार्डमाथि खराब फाउल नगरेको भन्दै वेंगरले रेफ्री एन्थोनी टेलरको पेनाल्टी निर्णय ...
इङ्ल्यान्डको सामान्य सुरुआत
पुस २१ – इङ्ल्यान्डले एसेज शृंखलाअन्तर्गत बिहीबारबाट अस्ट्रेलियाविरुद्धको पाँचौं तथा अन्तिम टेस्टमा सामान्य सुरुआत गरेको छ । पहिलो दिनको खेल समाप्तिमा इङ्ल्यान्ड २३३–५ मा खेलिरहेको छ । डेभिड मालन ५५ रनमा खेलिरहेका छन् । १ सय ६० बल खेलेका मालनले ५ चौका प्रहार गरे । टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ल्यान्डले गतिलो सुरुआत गर्न सकेन । इङ्ल्यान्डले २८ रन जोड्दा ओपनर मार्क स्टोनम्यानलाई गुमाएको थियो । २४ रन जोडेका स्टोनम्यानलाई पाट कमिङ्सले विकेटकिपर टिम पायनेबाट क्याच गराएका थिए । त्यस्तै ८८ रन जोड्दा जेम्स भिन्सेलाई गुमाएको इङ्ल्यान्डले ...
आइसिसी विश्व लिग क्रिकेटका लागि खेलाडी छनोट
काठमाडौं – नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ का लागि प्रारम्भिक चरणमा २१ सदस्यीय खेलाडी टोलीको छनोट गरिएको छ। फेबु्रअरी ६ देखि १६ तारिखसम्म हुने उक्त प्रतियोगिताका लागि आइसिसी प्रतिनिधि अनिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले २१ खेलाडीको छनोट गरेको हो। छनोट हुनेमा कप्तान खड्कासहित ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, करण केसी, अनिलकुमार शाह, वसन्त रेग्मी, दिलीप नाथ, दीपेन्द्रसिंह ऐरी, दिपेश श्रेष्ठ, ललित भण्डारी, ललितनारायण राजवंशी र आरिफ सेख छन्। त्यस्तैगरी, शक्ति गौचन, शरद भेषवाकर, सिद्धान्त लोहनी, सोमपाल कामी, रसिद खान, ...
रंगशाला छिर्नको लागि परिचयपत्र
पोखरा–पोखरा रंगशालालाई व्यवस्थित बनाउनको लागि प्रवेश परिचयपत्र कार्डको व्यवस्था गरिने भएको छ । अहिले रंगशालाको पूर्वाधार निर्माणको काम पनि भइरहँदा सामान्य मान्छे पनि जाने र चोरीका घटना घट्ने हुँदा कार्ड सिस्टमको सुरु गर्न थालिएको हो । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले विशेष गरी मर्निङवाक गर्न आउनेहरुको लागि परिचयपत्र बनाउनपर्ने देखिएको बताए । ‘प्लेयरहरुको लागि पैसा लिने होइन मर्निङवाक गर्नेहरुलाई वार्षिक कति पैसा लिने भन्ने छलफल हुँदैछ,’ उनले भने, ‘मर्निङवाक गर्नेले वार्षिक रुपमा बढीमा ५ सय लिनेकि भन्ने कुरा भैरहको छ । अहिले रंगशाला ...
पुरानो क्लब फर्किएका कोस्टाद्वारा पहिलो खेलमै गोल
पुस २० –भर्खरैमात्र चेल्सीबाट आफ्नो पुरानो क्लव एथ्लेटिको मड्रिड फर्किएका डिएगो कोस्टाले पहिलो खेलमै गोल गरेका छन्। कोपा डेल रे फुटबलको अन्तिम १६ को पहिलो लेगमा एथ्लेटिको मड्रिडले लिइदा इस्पोर्टिओलाई ४-० ले पराजित गर्दा कोस्टाले पनि एक गोल गरेका हुन् । खेलको ६४औँ मिनेटमा एन्जल कोरेराको स्थानमा मैदान प्रवेश गरेका कोस्टाले त्यसको पाँच मिनेटमा गोल गरेका हुन् । एथ्लेटिकोका लागि थप ३ गाो खेलको ३३ औं मिनेटमा डिएगो गोडीन, ३७ औँ मिनेटमा फर्नान्डो टोरेस र दोस्रो हाफको इन्जुरी समयको एन्टोनी ग्रिजम्यानले गोल गरेका थिए । कोस्टा ...
चेल्सीले दोस्रो स्थानमा उक्लिने मौका गुमायो
पुस २० –इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ। लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा चेल्सी आर्सनलसँग २–२ को बराबरीमा रोकिएको हो। अन्तिम समयमा सम्हालिन नसक्दा चेल्सी बराबरीमा चित्त बुझाउन बाध्य भयो। खेलमा अग्रता भने आर्सनलले लिएको थियो। आर्सनलका लागि ६३औं मिनेटमा ज्याक विलशरले गोल गर्दै टोलिलाई अग्रता दिलाएका थिए। खेलको ६७औं मिनेटमा इडन हजार्डले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए। ८४औं मिनेटमा मार्कस अलन्सोले गोल गरेपछि चेल्सी २–१ को अग्रता लिन सफल भएको थियो। तर दोस्रो हाफको इन्जुरी समयमा आर्सनलका हेक्टर बेलेरिनले गोल ...
एपिएफको जितमा सावित्राको ८ गोल
काठमाडौं– नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको नेपाल एपिएफ टिमले बुधबारका खेल जित्दै एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी राखेप च्याम्पियनसिप १६औं राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको सुपर लिगमा स्थान पक्का गरेका छन् । सपना लामाको पाँच तथा शर्मिला थापामगरको चार गोलप्रेरित आर्मीले मध्यपश्चिमाञ्चल क्षेत्रमाथि १२–० को एकतर्फी जित हासिल ग¥यो । दिनको पहिलो खेलमा सेनाका लागि दीपा राईले दुई तथा कप्तान कृष्णा खत्रीले एक गोल थपेका थिए । शर्मिलाले चौथो मिनेटमै अग्रता दिलाएको आर्मीका लागि कप्तान कृष्णाले ११औं मिनेटमा दोस्रो गोल गरेकी थिइन् । ...
न्युजिल्यान्डलाई ट्वान्टी–२० शृंखला
वेलिङ्टन– कोलिन मुनरोको आक्रामक ब्याटिङप्रेरित न्युजिल्यान्डले बुधबार तेस्रो अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलमा वेस्ट इन्डिजमाथि १ सय १९ रनको रबाफिलो जित हात पारेको छ । न्युजिल्यान्डले दिएको २ सय ४४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १६.३ ओभरमा १ सय २४ रनमा सीमित भयो । वेस्ट इन्डिजका आन्द्रे फ्लेचरले ४६ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । ३२ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । खेलको पहिलो ओभरमा तीव्र गतिका बलर टिम साउथीले ओपनर चाडविक वाल्टन र क्रिस गेललाई पवेलियनको बाटो ...
इङ्ल्यान्डको जित चाहना
पुस २० – अस्ट्रेलियालाई एसेज शृंखला सुम्पिसके पनि इङ्ल्यान्ड बिहीबार (आज) बाट सुरु हुने पाँचांै तथा अन्तिम टेस्टमा जित हात पार्दै शृंखलाको सुखद अन्त्य गर्न चाहन्छ । अस्ट्रेलियाले सुरुआती तीन टेस्ट जित्दै शृंखला ३–० ले आफ्नो पक्षमा पारेको थियो । पहिलो टेस्ट १० विकेटले जितेको अस्ट्रेलियाले दोस्रो खेल १ सय २० रन र तेस्रो खेल एक इनिङ र ४६ रनले जितेको थियो । गत साता सम्पन्न चौथो टेस्टमा ओपनर एलेस्टर कुकको दोहोरो शतकमा इङ्ल्यान्डले शृंखलामा पहिलो जित हात पार्ने संकेत गरेको थियो । तर कप्तान स्टिभ ...
सालाह ‘अरब खेलाडी’
पुस २० – लिभरपुलका इजिप्सियन स्ट्राइकर मोहम्मद सालाह ‘अरब खेलाडी २०१७’ बनेका छन् । यसै सिजन सिरी ‘ए’ क्लब रोमाबाट इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलमा आबद्ध भएका सालाहले प्रिमियर लिगमा १७ गोल गरिसकेका छन् । सबे खाले प्रतियोगितामा उनको गोल संख्या २३ छ । उनकै प्रेरणादायी प्रदर्शनमा इजिप्टले यसै वर्ष आयोजना हुने रूस विश्वकपको टिकट पक्का गरेको थियो । अरब वर्ष खेलाडी बन्ने क्रममा सिरियाका ओमर खेरबिन र सिरियाकै ओमार अल सोमालाई पछि पारेका हुन् । source; nagariknews.com
जिजस मैदानबाहिर
पुस २० – म्यानचेस्टर सिटीका स्ट्राइकर गाब्रियल जिजस घुँडाको चोटका कारण तीन महिना मैदानबाहिर बस्ने भएका छन् । गत आइतबार क्रिस्टल प्यालेससँगको खेलमा जिजस घाइते हुँदै मैदानबाट बाहिरिएका थिए । उक्त खेललगत्तै गरिएको परीक्षणमा उनको घुँडाको लिगामेन्टमा चोट लागेको देखिएको थियो । २० वर्षे जिजस गत सिजन पनि औंलाको चोटका कारण दुई महिना बाहिर बसेका थिए । ‘मैले आज स्वास्थ्य परीक्षण गरें,’ जिजसले सामाजिक सञ्जाल इन्स्ट्राग्राममा लेखेका छन्, ‘मेरो घुँडाको लिगामेन्टमा चोट देखियो । मेरो चोट गम्भीर छैन र मैले कुनै शल्यक्रिया गर्नु पर्दैन । धन्य भगवान् ...
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 ... Next Last
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम