मुख्य समाचार
खेलकूद
: साहसिक जलपर्यटनको रुपमा परिचित सिन्धुपाल्चोकको भोटेकोशी नदीमा कायाकिङ प्रतियोगिता सुरु गरिएको छ। भोटेकोशी एडभेन्चर क्लबको आयोजनामा मंगलबारबाट दोस्रो भोटेकोशी कायाकिङ प्रतियोगिता सुरु भएको हो। ३२ जना प्रतियोगी सहभागी रहेको प्रतियोगितामा ३ जना महिला सहभागी रहेको क्लबका अध्यक्ष रवीन्द्र श्रेष्ठले जानकारी दिए। स्प्रिन्ट, हेड टु हेड, स्लालम र डाउन रिभर रेष्ट गरि चार विधामा हुने प्रतियोगितामा ...
: हङकङमा जारी त्रिकोणात्मक टी-२० शृंखलाको उपाधिका लागि नेपालले पपुवा न्युगिनी (पीएनजी) को सामना गर्दैछ। दुई देशबीचको फाइनल खेल आज दिउँसो पौने १२ बजेदेखि सुरू हुनेछ। मंगलबार भएको खेलमा नेपालले पीएनजीलाई ८५ रनले हराएको थियो। मंगलबार नै भएको दोस्रो खेलमा पीएनजीले घरेलु टोली हङकङलाई पराजित गरेपछि नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो। आइतबार बर्षाका कारण हङकङ ...
। नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । जितको लागि १९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा ११३ रनमा अल आउट भयो । पपुवा न्युगिनीका हिरी हिरीले १९ बलमा १ चौका र २ छक्कासहित ...
। आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डलाई २-१ ले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लेको हो । घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलको१९औं मिनेटमा डेक्लान राइसले गोल गर्दै बर्सनललाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी टाइममा योएन विस्साले ब्रेन्टफोर्डका लागि बराबरी गोल फर्काए । त्यसपछि काइ हाभार्टले ८६औं ...
। अखिल नेपाल फुटबल संघ (एन्फा) ले एकेडेमी सञ्चालनका लागि १३ वर्षमुनिका बालबालिकाको खुला छनोट गर्ने भएको छ । एन्फाले २०८१ वैशाखदेखि आफ्ना एन्फा टेक्निकल सेन्टरहरुमा एकेडेमी सञ्चालन गर्न लागेको र त्यसका लागि १३ वर्षमुनिका खेलाडी छनोट गर्न लागेको हो । एकेडेमीका लागि यू-१३ छात्र/छात्रा खेलाडी छनोट गर्न एन्फाले ४८ वटा जिल्ला फुटबल संघ र ७ ...
। प्रिमियर लिगका दुई उपाधि दाबेदार टोली लिभरपुल र म्यानचेष्टर सिटीले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । लिभरपुलको घरेलु मैदान एनफिल्डमा आइतबार राति भएको खेलमा सिटीले पहिले अग्रता लिए पनि लिभरपुलले बराबरी गोल फर्काएको थियो । खेलको २३औं मिनेटमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेपनि लिभरपुलले दोस्रो हाफमा ...
। स्पानिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिडले सेल्टा भिगोलाई ४-० ले पराजित गरेको छ । यस जितपछि रियलले दोस्रो स्थानको जिरोनामाथि ७ अंकको अग्रता बनाउँदै उपाधि होड पनि बलियो बनाएको छ । घरेलु मैदानमै रियलका लागि भिनिसियस जुनियर र गुलरेल एक एक गोल गर्दा दुई आत्मघाती गोल उपहार पाएको थियो । खेलको २१औं मिनेटमा भिनिसियसले गोल ...
: बर्षाले खेल प्रभावित भएपछि त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत नेपाल र हङकङले अंक बाँडेका छन्। हङकङस्थित टिनक्वङ रोड खेल मैदानमा हङकङले ८ ओभरको समाप्तिमा २ विकेट गुमाएर ६५ रन बनाएपछि खेल प्रभावित भएको हो। घरेलु टोली हङहङविरुद्ध टस जितेर फिल्डिङ गरेको नेपालका लागि करण केसी र गुलसान झाले १/१ विकेट लिएका हुन्। हङहङका लागि कप्तान ...
— इन्टर मिलानले इटालीको सिरी ए को शीर्षमा आफ्नो अग्रतालाई शनिबार १८ अंक पुर्‍याएको छ । यसका लागि उसले बोलोग्नामाथि १–० को जित निकाल्यो । उसका लागि जर्मन सेन्टर ब्याक यान बिसेकले एक मात्र गोल गरे । इन्टरको ७५ अंक भएको छ । सबैखाले प्रतियोगितामा इन्टरको यो लगातार १२ औं जित हो । लिगमा भने इन्टरको ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा शनिबार ब्रेन्टफोर्डलाई २–१ ले हराएको छ र यससँगै डिसेम्बरयता पहिलो पटक लिग तालिकाको शीर्षमा उक्लेको छ । यो जितपछि आर्सनलको ६४ अंक भएको छ र कम्तीमा एक दिन पहिलो स्थानमा रहनेछ । उसको पछाडि लिभरपुल ६३ र म्यानचेस्टर सिटी ६२ अंकमा छन् । उपाधिको छिनोफानो हुन सक्ने लिभरपुल र सिटीबीचको खेल ...
: चर्च ब्याइजसँग पेनाल्टी सुटआउटमा स्तब्ध हुँदै आयोजक झापा ११ एफसी छैटौँ झापा गोल्डकपको सेमिफाइनलबाट बाहिरिएको छ। बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा पेनाल्टी सुटआउटमा आयोजक झापा ११ लाई ४–३ गोल अन्तरले पराजित गर्दै चर्च ब्याइज फाइनलमा प्रवेश छ। सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्याइज झापा गोल्डकपमा पहिलोपटक सहभागी हुँदै ...
— नेपालले पहिला डब्लूआरएफ एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा स्वर्ण पदक जितेको छ । भारतको हिमाचल प्रदेशस्थित सिमलामा भएको प्रतियोगितामा नेपालले आरएक्स (हेड टु हेड) विधामा नेपालले भारतलाई पन्छाउँदै स्वर्ण जितेको हो । नेपालले फाइनलमा कुल १२० अंक बटुलेको थियो भारत बेलगाउँले १०८ अंक जोडेको थियो । भारत अलोङ टिम ९६ अंकसहित कांस्य जित्न सफल भएको थियो । नेपाली ...
: मैत्रीपूर्ण टी-२० आईको पहिलो खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको छ। २१३ रनको लक्ष्य पछ्याएको नेपालले १६ दशमलव ४ ओभरमा १३९ बनाएर अलआउट भएको हो। विनोद भण्डारीले ४२,आरिफ सेखले ३८ र कप्तान रोहित पौडेलले ३० रन बनाए। घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन ...
— मिडफिल्डर अनिता केसीले प्रिती राईको स्थानमा भारतीय महिला आईलिग खेल्ने भएकी छिन् । नेपाल राष्ट्रिय टोलीकी सदस्य प्रिती राई घाइते भएसँगै तीन महिना मैदानबाहिर हुने भएकी छिन् । प्रिती भारतीय आई-लिगमा किक स्टार्सबाट खेल्ने गरेकी थिइन् । उनी घाइते भएपछि किक स्टार्सले नेपाली राष्ट्रिय टोलीबाट खेलिरहेकी अनितालाई अनुबन्ध गरेको हो । किक स्टार्सले खेल्ने बाँकी तीन ...
— लिभरपुलले बिहीबार युरोपा लिगको क्वाटरफाइनलमा एक पाइला राखेको छ । लिभरपुलले अन्तिम १६ को पहिलो लेगको लेगमा स्पार्टक प्रागलाई ५–१ ले हरायो । अर्को खेलमा रोमाले भने ब्राइटनलाई सजिलै ४–० ले पराजित गर्‍यो । जाभी एलोन्सोको बायर लेभरकुजनले दुई गोलले पछाडि रहेकोस्थितिमा कराबागलाई २–२ को बराबरीमा रोक्यो र आफ्नो अपराजित यात्रा कायम राख्यो । योर्गन ...
— इंग्ल्यान्डका जेम्स एन्डरसन शनिबार टेस्ट क्रिकेटमा ७ सय विकेट लिने पहिलो पेस बलर भएका छन् । उनी ७ सय टेस्ट विकेट लिने तेस्रो बलर मात्रै हुन् । भारतविरुद्ध चलिरहेको पाँचौं टेस्टमा कुलदीप यादवको विकेट लिएपछि एन्डरसनले यो कोशेढुंगा उपलब्धी छोएका हुन् । पछिल्लो दुई दशकयता सक्रिय त्रिकेट खेलिरहेका ४१ वर्षीय एन्डरसनले अहिले इंग्ल्यान्डका लागि कीर्तिमान ...
First Prev ... 3 4 5 6 7 8 9 10 11 12 13 ... Next Last