मुख्य समाचार

अर्थ वाणिज्य

हत्ती सफारी रोकिए वन्यजन्तु पर्यटन ध्वस्त’
नवलपरासी - नवलपरासी नेपालमा ‘वन्यजन्तु पर्यटन’ को स्थापना, विकास र प्रवद्र्धनमा असाध्यै महत्वपूर्ण योगदान दिँदै आएको हात्तीलाई पर्यटक बोक्न निषेध गर्नुपर्ने भन्दै युरोप–अमेरिकाबाट आवाज उठ्न थालेपछि सम्बद्ध व्यवसायीले त्यसको विकल्प मागेका छन् । ‘एकैपटक धेरै मानिस तथा अन्य तौल बोक्न लगाउने, कुट्ने, कम खाना दिने र अन्य मनोरञ्जनका गतिविधिमा धेरै प्रयोग गरिएका कारण प्राकृतिक रूपमा बाँच्न पाउनुपर्ने हात्तीको अधिकार हनन भएको’ भन्दै संसारका ठूला जनावर अधिकारवादी संघसंस्थाले ‘अभियान’ छेडेको र उनीहरूलाई पर्यटन प्याकेज बिक्री गर्ने ठूल्ठुला टुर अपरेटरले साथ दिएको व्यवसायीले जानकारी दिएका छन् । तर, चितवन ...
एक अर्ब ६० करोडभन्दा बढी राजश्व संकलन
रसुवा – रसुवागढी भन्सार कार्यालयले आर्थिक वर्षको ६ महिनामा एक अर्ब ६० करोडभन्दा बढी भन्सार असुली गरेको छ। साउन महिनादेखि पुस मसान्तसम्ममा एक अर्ब ६० करोड ९५ लाख राजश्व संकलन गरेको हो। कार्यालयले निकालेको अर्धवार्षिक तथ्याङ्क अनुसार ९७ प्रतिशत राजश्व असुली भएको छ। नेपाल टेलिकमको सामग्री भन्सार यार्डमा रोकिएका कारण लक्ष्य पूरा हुन नसकेको हो। टेलिकमको सामग्रीको भन्सार माघ २ गते हुने छ। कार्यालयले ६ महिनामा १ अर्ब ६४ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो। कार्यालयले दिएको जानकारी अनुसार साउनमा ६ करोड ४३ ...
चिसोले पोखरीमा माछा मर्न थाल्यो
सर्लाही – अत्याधिक चिसो बढेपछि पोखरीमा पालिएका माछा मर्न थालेका छन्। माछा मर्न सुरु भएसँगै व्यवसायिक रुपमा माछापालन गर्ने किसान मर्कामा परेका छन। केही दिनयता आफूले पोखरीमा पालेको १५ टनभन्दा बढी माछा मरेको सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीका माछा किसानअफजल हुसैनले गुनासो गरे। ‘चिसो एकदम बढेको छ, जमिनमुनीको पानीमा समेत तापक्रम घटेकाले जति नयाँ पानी हाल्दा पनि माछा मर्न छाडेको छैन’, उनले भने, ‘विगत वर्षहरुमा जमिनमुनीको पानी २६ डिग्रीसम्म हुनेगरेकामा यसवर्ष २० डिग्रीसम्म झरेको छ।’ दैनिक तापक्रम नाप्ने क्रममा पोखरीमा खन्याईसकेको पानी कुनै दिन त १३ डिग्रीसम्म ...
पुष्प मेलामा उत्साहजनक कारोबार
धरान – उत्साहजनक सहभागिता र कारोबार गर्दै पाँच दिने दोस्रो पूर्वाञ्चलव्यापी पुष्प व्यापार मेलामा सोमबार सकिएको छ। धरान १२ स्थित अमान बजारमा लागेको मेलामा ८० लाख भन्दा बढीको करोबार भएको छ भने २५ हजारको हाराहारीमा नागरिकहरुले अवलोकन एवं फुल खरिद गरेको आयोजक फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ। यो गत बर्षको भन्दा दोब्बर हो। एउटै नर्सरीको स्टलबाट ४ लाखसम्म फुल बिक्री भएको व्यावसायीको भनाई छ। ‘घर आगन होस या नदि किनारा, रोपी स्वदेशी फुल विरुवा बनाउ पुर्वाञ्चल हराभरा’ भन्ने नाराका साथ पुष २७ गतेदेखि पुष्प मेला शुरु ...
भोलिदेखि दुई अर्बभन्दा बढीको आइपिओ खुल्दै
काठमाडौं –नेपालको पुँजी बजारमा नयाँ नयाँ अवसर तथा लगानीका स्रोतको पहिचान हुँदै गरेको सन्दर्भमा म्युचुअल फण्डमा एकपछि अर्को गर्दै आकर्षण बढ्दै गएको छ । पुँजी बजारमा लगातार विभिन्न बैंक तथा वित्तीय कम्पनीका सहायक कम्पनीले म्युचुअल फण्डको बिक्री गर्ने क्रम बढ्दै गएको सन्दर्भमा मंगलबारदेखि दुई महत्वपूर्ण कम्पनीको म्युचुअल फण्डको बिक्री सुरु हुने भएको छ । ती दुई कम्पनीको दुई अर्ब बराबरको म्युचुअल फण्डको बिक्री शुरु हुनेछ । नेपाल स्टक एक्सचेन्जमा हाल कूल ११ कम्पनीका त्यस्ता फण्डको कारोबार भइरहेको छ । पछिल्लोपटक सिटिजन्स बैंकको सहायक कम्पनी ...
म्याग्दीका ६७ किसान सम्मानित
म्याग्दी – कृषि विकास कार्यालय म्याग्दीले जिल्लाका किसानलाई सम्मान गरेको छ। छैटौं म्याग्दी महोत्सव तथा माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलाको अवसरमा आयोजित बृहत्त कृषि प्रर्दशनी मेलामा खाद्य, तरकारी, फलफुल, दलन–तेलन, माछा–हाँस, अन्न र विविध गरी ७ वटा समूहलाई सम्मान गरिएको हो। सोमबार कृषि विकास कार्यालयमा आयोजित सम्मान कार्यक्रममा बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजाल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्य, जिल्ला समन्वय समितिका सुचना अधिकृत पदम भण्डारीले नगद र प्रमाणपत्रले सम्मान गरेका थिए। कार्यक्रमको अवसरमा कृषि विकास अधिकृत ...
कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत नगद फिर्ता पाइने
काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंक तथा बैंकका भिसा कार्ड सञ्जालसँग आबद्ध रहेका बैंकले संयुक्तरुपमा कार्डमार्फत भुक्तानी गर्दा आफ्नो खातामा नगद फिर्ता हुने योजना ल्याएका छन् । अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी कार्डका ग्राहकले हरेक सामान/सुविधा खरिद गर्दा भिसा डेविट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा आफ्नो खातामा नगद फिर्ता हुने योजना ल्याएको जानकारी दिइयो । कुनै पनि वस्तु तथा सेवाको उपभोग वा खरिदको बदलामा नगदको सट्टामा कार्डमार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले बैंकको पहलमा नेपालमा यस प्रकारको योजना थालिएको इन्भेष्टमेन्ट बैंकका कार्ड विभाग ...
टेलिकमका सेयरधनीले पाए प्रतिसेयर ५५ रुपैयाँ लाभांश
काठमाडौं- नेपाल टेलिकमका सेयरधनीहरूले प्रतिसेयर ५५ रुपैयाँ नगद लाभांश पाउने भएका छन् । आइतबार टेलिकमले १०औं वार्षिक साधारण सभा सम्पन्न गर्दैै आर्थिक वर्ष २०७३÷७४ को मुनाफा रकममध्येबाट ५५ रुपैयाँ प्रतिसेयरका दरले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त सभाले कम्पनीको नियमावली संशोधन लगायतका विभिन्न प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । सेयरधनीलाई लाभांश रकम आगामी माघ २ गतेदेखि उपलब्ध गराउने टेलिकमले जनाएको छ । यो लाभांश रकम अहिलेसम्म वितरण गरिएको लाभांश रकममध्ये सबैभन्दा बढी हो । कम्पनी सञ्चालक समितिका अध्यक्ष तथा सूचना तथा सञ्चार मन्त्रालयका ...
एनसेल मेला २०७४ सम्पन्न
काठमाडौं – एनसेल प्रालिले आयोजना गरेको एनसेल मेला २०७४ सम्पन्न भएको छ । कम्पनीले ग्राहक तथा शुभचिन्तकसँग थप नजिक हँदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोबाइल ब्रोडब्यान्ड सेवा लङ टर्म इभोलुसन-फोरजीको अनुभव प्रदान गर्न, कम्पनीले पोखरा, विराटनगर र ललितपुरमा एनसेल मेला आयोजना गरेको जनाएको छ । तीनै सहरहरुमा हजारौको संख्यामा दर्शक तथा आगन्तुकले सहभागिता जनाई गीत–संगीत, फोरजी थिममा आधारित खेल लगायत विविध क्रियाकलापको मनोरञ्जन लिएको कम्पनीको विज्ञप्तिमा छ । मेला पुस ८ गते पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा, पुस १५ गते विराटनगरको हाटखोलामा र पुस ...
निजी क्षेत्रको शिक्षामा पाँच खर्ब लगानी
काठमाडौं - निजी शैक्षिक सञ्चालकहरुले विद्यालय शिक्षामा हालसम्म पाँच खर्ब रुपैयाँ लगानी गरेका छन् । उनीहरुले विद्यालयको भौतिक संरचना, पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन लगायतमा पाँच खर्ब रुपैयाँ लगानी गरेका हुन् । निजी विद्यालयहरुको वार्षिक कारोबार (विद्यार्थीबाट उठेको शुल्क ) दुई खर्ब रुपैयाँ पुगेको छ । निजी विद्यालय सञ्चालकहरुको साझा संस्था निजी तथा अवासीय विद्यालय अगनाइजेसन (प्याब्सन) का सचिव मधु लोहनीले हालसम्म विद्यालयहरुले भौतिक पूर्वाधारलगायतमा पाँच खर्ब रुपैयाँ लगानी गरिसकेको जानकारी दिए । ‘भौतिक संरचना, पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन लगायतमा यो लगानी गरिएको हो,’ ...
चीनबाट एक सातासम्म सामग्री आयात नहुने
रसुवा- चीनसँगको व्यापारीक नाका रसुवागढीमा सोमबारदेखि कन्टेनर सञ्चालन रोकिने भएकोे छ । माघ ४ गते मनाइने ल्होसारलाई मध्यनजर गर्दै चीनले एक साताका लागि माघ १ गतेबाट कन्टेनर सञ्चालनमा रोक लगाउने भएको हो । सामग्री आयातका लागि केरुङ पुगेका कन्टेनरमा आइतबारसम्म सिल लगाइएको छ । आज सिल लगाइएका कन्टेनर भोलि साँझसम्ममा नेपाल आइसक्ने रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताए । सामग्री बोक्ने कन्टेनर सञ्चालन नभएपनि पर्यटक बोक्ने सवारी तथा नागरिकलाई आवतजावत गर्न समस्या नहुने प्रमुख भन्सार अधिकृत कोइरालाले बताए । केरुङमा ल्होसारको समयमा भन्सारको काम ...
बलेवा विमानस्थलमा उडान भर्ने तयारी
काठमाडौं –बन्द रहेको बागलुङको बलेवा विमानस्थल सञ्चालनमा आउने भएको छ । साढे दुई दशकदेखि बन्द रहेको उक्त विमानस्थलमा आगामि चैतबाट उडान भर्न नागरिक उड्यन प्राधिरण र विमान कम्पनीले प्रतिवद्धता जनाएका छन् । प्राधिकरण र एयरलाइन्सका प्रतिनिधिबीच आइतबार भएको छलफलपछि विमानस्थल सञ्चालनमा ल्याउने सहमति भएको बागलुङका निर्वतमान सांसद प्रकाश शर्मा पौडेलले बताए । ‘निरन्तर दबा दिँदै आएका थियौं विमानस्थलको लागि आवश्यक थप पूर्वाधार तयार गर्न प्राधिकरणले प्रतिवद्धता जनाएको छ,’ पौडेलले भने, ‘नेपाल एयरलाइन्ससहितका कम्पनीले आगामि चैतबाट विमान उडान गर्ने सहमति जनाएका छन् ।’ प्राधिकरणले एयरपोर्टको मर्मत गर्न, ...
४० प्रतिशतमात्र दोस्रो किस्ता लिने प्रक्रियामा
काठमाडौं- भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ताको अनुदान लिन तोकेको समयावधि सकिँदा ४० प्रतिशत मात्र यो प्रक्रियामा आएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत वर्षको पुस मसान्तसम्म पहिलो किस्ता लिएका लाभग्राहीलाई दोस्रो किस्ता लिन तोकेको समय सीमा आइतबार सकिएको हो । पहिलो किस्ता लिएर घर बनाउन सुरु नगरेपछि प्राधिकरणले दोस्रो किस्ता वितरणमा कडाइ गर्ने नीति लिँदै समयसीमा तोकेको थियो । त्यसअनुसार ४ लाख ७३ हजार ५ सय ५५ लाभग्राहीले आइतबार (पुस ३०) सम्म दोस्रो किस्ताका लागि निवेदन दिइसक्नुपर्ने थियो । तर, उक्त अवधिमा एक लाख ...
नयाँ वर्षमा बुद्ध एयरको पोखरा–नेपालगञ्ज सिधा उडान
काठमाडौं – बुद्ध एयरले नयाँ वर्ष २०७५ सालदेखि पोखरा–नेपालगञ्ज सिधा हवाई उडान सुरु गर्ने भएको छ। बुद्ध एयरले आइतबार आउँदो वैशाख १ (१४ अप्रिल)देखि नियमित रुपमा पोखराबाट नेपालगञ्ज तथा नेपालगञ्जबाट पोखरा सिधा उडान भर्ने घोषणा गरेको हो। यस उडानबाट सर्वसाधारण यात्रुदेखि देशी विदेशी पर्यटकलाई सहज हुने र समय बचत हुने बुद्धको विश्वास छ। साथै बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण/अवलोकन तथा मानसरोवर यात्राको लागि पनि मार्ग प्रशस्त हुने तथा पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्नेछ। अहिले बुद्ध एयरले पोखराबाट पश्चिमी हिमालको दृश्यावलोकन, भैरहवा र भरतपुरको दैनिक उडान गरिरहेको छ। पोखराबाट भैरहवा ...
केरुङबाट एक सातासम्म सामान आयात नहुने
रसुवा– चीनसँगको व्यापारीक नाका रसुवागढीमा सोमबारदेखि कन्टेनर सञ्चालन रोकिने भएको छ। माघ ४ गते मनाइने ल्होसारलाई मध्यनजर गर्दै चीनले एक साताका लागि माघ १ गतेबाट कन्टेनर सञ्चालनमा रोक लगाउने भएको हो। सामग्री आयातका लागि केरुङ पुगेका कन्टेनरमा आइतबारसम्म शिल लगाइएको छ। आज शिल लगाइएका कन्टेनर भोलि साँझसम्ममा नेपाल आइसक्ने रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइरलाले बताए। सामग्री बोक्ने कन्टेनर सञ्चालन नभएपनि पर्यटक बोक्ने सवारी तथा नागरिकलाई आवतजावत गर्न समस्या नहुने प्रमुख भन्सार अधिकृत कोइरलाले बताए। केरुङमा ल्होसारको समयमा भन्सारको काम ठप्प हुने भएपछि त्यहाँ पुगेका व्यावसायी पनि ...
एनसेल मेला सम्पन्न
काठमाडौं– एनसेल मेला २०७४ शनिवार सम्पन्न भएको छ । मेलाको अन्तिम दिन एनसेलले जाउलाखेल र ललितपुरमा कार्यक्रम आयोजना गरेको थियो। एनसेलले पोखरा, विराटनगर र ललितपुरमा ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हुँदै खुसियाली साटासाट गर्न र द्रुतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन–फोरजीको अनुभव प्रदान गर्न मेला आयोजना गरेको जनाएको छ। मेलामा ३ वटै शहरहरुमा दर्शक तथा आगन्तुकहरुले सहभागिता जनाइ गीत-संगीत र फोरजी थिममा आधारित गेमहरु लगायत विविध क्रियाकलापहरुबाट मनोरञ्जन लिएका थिए। एनसेल मेला पुष ८ गते पोखराको प्रदर्शनी केन्द्र र नयाँबजारमा आयोजना गरिएको थियो ...
First Prev 1 2 3 4 5 6 7 8 9 ... Next Last
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम