मुख्य समाचार

अर्थ वाणिज्य

हुन्डाईको ‘विन्टर डिलाइट’ न्यानो स्किम
काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई विन्टर डिलाइट’ स्किम ल्याएको छ। स्किमअन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटको साथमा ६ लाख ९६ हजारसम्मको सेवा सुबिधा प्राप्त गर्ने पाउँनेछन। साथै हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निःशुल्क १ वर्षसम्मको बिमा, एक लाखसम्मको एक्सचेन्ज बोनस, २० हजार बराबरको लोयल्टी बोनससँगै पुरानो सवारीको स्पट् एक्सचेन्ज तथा मूल्यांकनको सुविधा प्राप्त गर्न सकिनेछ। हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिनेछ। चिसो मौसममा पनि ...
पानीपुरी र चटपटेमा हानिकारक पदार्थ मिसावट
काठमाडौं : मुखै रसाउने गरी चोकचोक र टोलटोलमा बिक्री हुने मसालेदार पानीपुरी र चटपटेमा स्वास्थ्यका लागि हानिकारक मोबिलजस्तो देखिने पदार्थ प्रयोग गरिएको पाइएको छ । आपूर्ति विभागले मंगलबार गरेको अनुगमनको क्रममा यस्तो तथ्य भेटिएको हो । विभागका अनुगमन अधिकृत दिपकराज पोखरेलले पानीपुरी र चटपटेमा खानेतेलको नाममा मानव स्वास्थ्यलाई हानि गर्ने गरी मोबिलजस्तो देखिने कालो पदार्थको प्रयोग भइरहेको फेला परेको जानकारी दिए । चाबहिलनजिकैको भत्केको पुलस्थित राजेश चौरसियाले सञ्चालन गरेको कबाडी पसलबाट आपूर्ति विभागको अनुगमन टोलीले यस्तै प्रकारका कालो पदार्थ बरामद गरेको छ । ‘मोबिलजस्तै च्यापच्याप लाग्ने ...
चिया निर्यात एउटै ट्रेडमार्कमा
काठमाडौं : नेपालमा २७ हजार ६ सय ८८ हेक्टरमा चियाखेती हुन्छ ।राजेश बर्मा÷काठमाडौं सरकारले स्वदेशी अर्थोडक्स चियासम्बन्धी सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका स्वीकृत गरेको छ । अर्थोडक्स चियासम्बन्धी निर्देशिका नहुँदा उत्पादकले निर्यात गर्न ठूलै समस्या व्यहोर्दै आइरहेका छन् । कृषि विकास मन्त्री रामकृष्ण यादवले पुस २ गते मन्त्रिस्तरीय निर्णयबाट निर्देशिका स्वीकृत गरेका हुन् । निर्देशिका कार्यान्वयनमा आइसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमका अनुसार अर्थोडक्स चियासम्बन्धी निर्देशिका नहुँदा उत्पादनकर्ताले आफूखुसी चियाको गुणस्तर निर्धारण गरी लोगो राखेर विभिन्न मुलुकमा ...
कर्जाले बढाएको बजार
पुस २६ –ठमेलस्थित सुपर होलिडे ट्रिपका प्रबन्ध निर्देशक विक्रम पौडेल नयाँ सवारीसाधन किन्ने तरखरमा छन्। उनले तीन वर्ष टोयोटा कार चढेर टोयोटाकै अर्को ल्यान्ड क्रुजर प्राडो चढ्न थालेको पनि पाँच वर्ष भइसक्यो। अबको चाहना उनको ल्यान्ड रोभरको रेन्ज रोभर चढ्ने हो। दुई करोड रूपैयाँभन्दा बढी बजार मूल्य रहेको यस्तो गाडी पौडेलले यस पटक कम्तीमा पाँच वर्षे किस्ताबाट लिने तयारी गरिरहेका छन्। सांग्रिला डेभलपमेन्ट बैंकबाट अटो लोन लिएर अबको ३/४ महिनामै आफ्नो चाहनाअनुसारको गाडी किन्ने तरखर गरिरहेको पौडेलले बताए। बजारमा सजिलो, छिटो र छरितो साधनका रूपमा हेरिएको ...
विस्तार हुन सकेन क्रेडिट कार्ड
पुस २६ –सन् १९४९ मा एउटा खाना होटलबाट क्रेडिट कार्डको सोचको सुरुवात भएको थियो। फ्र्यांक म्याक नमरा (जसले क्रेडिट कार्डको सुरुवात गरेका हुन्)ले उक्त होटलमा खाना खाएर पैसा तिर्ने बेलामा आफूले पर्स बिर्सिएपछिको पीडालाई सम्झिएर यसको विकास गरे। उनले उक्त समयमा घरमा रहेकी आफ्नी श्रीमतीलाई फोन गरेर पैसा मगाए। त्यसको एक वर्ष अर्थात् सन् १९५० मा उनले राल्फा स्नाइडरसँगको सहकार्यमा अमेरीकामा ‘द डिनर्स क्लब’ कम्पनीको सुरुवात गरे, जसले अमेरिकामा पहिलो क्रेडिट व्यवसायको सुरुवात गरेको थियो। उक्त क्लबले ‘अहिले गीत गाउने र पछि तिर्ने’ भन्ने नाराका साथ सेवा ...
अझै कागजी नोटकै भर
पुस २६ –इमाडोलकी मखन खड्काले ३० वर्ष अघिसम्म मकैसँग आलु, लसुन र प्याज साटेको आजैजस्तो लाग्छ । आजजस्तो बजारमा गएर सामान किन्ने प्रचलन त्यतिबेला काठमाडौं उपत्यकामा कमै थियो । आफूसँग बढी भएको कृषि उत्पादनसँग आफूलाई चाहिने कृषि उत्पादन साटेर धेरैले जीविका चलाउँथे । अर्थात् पैसाको महव त्यतिबेलासम्म खासै थिएन । खड्का भन्छिन्, ‘हाम्रोमा मकै लगाउने चलन थिएन । काठतिर तरकारी लगाउँदैनथे । काठक्षेत्रका मान्छे घरैमा मकै बोकेर तरकारी साट्न आउँथे । गाई पालेर दूध बेच्ने भएकाले हामीलाई मकै चाहिन्थ्यो । उहाँहरूलाई सुकेको तरकारी । घरमै मकै ...
सुनचाँदीको भाउ घट्यो
काठमाडौं – सुनचाँदीको भाउ बुधबार घटेको छ । सुन तोलाको ५६ हजार रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा २ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । source; ujyaaloonlinenews.com
उखुखेतीतर्फ आकर्षित हुँदै किसान
भीमदत्तनगर – कञ्चनपुरको दक्षिणी क्षेत्रमा उखुखेती फस्टाउँदै गएको छ। जिल्लाको दक्षिणी क्षेत्रका किसान उखुखेतीतर्फ आकर्षित हुँदै गएका छन् । दोब्बर आम्दानी लिन सकिने भएपछि किसान उखुखेतीतर्फ आकर्षित हुन थालेका हुन्। कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी, बैवाह, झिलमिला, खैरिघाट, भुडा, कलकत्ता, बेलौरी, पुनर्वास र शंकरपुरका सयौँ किसान अन्य खेती लगाउन छोडेर उखुखेती गरिरहेका छन्। नौ वर्षदेखि उखु खेती गर्दै आएका बेल्डाँडी गाउँपालिकाका मानबहादुर चौधरीले अन्य बालीनाली भन्दा उखुबाट पर्याप्त आम्दानी गर्न सकेको बताए। “उखुखेती एक पटक र धान, गहुँ खेती पाँच पटक गर्नु एउटै हो”, उनले भने, ...
आगलागी–बाढीपीडितलाई दुई प्रतिशत ब्याजमा ऋण
काठमाडौं – भूकम्प पीडितले जस्तै आगलागी, बाढी तथा डुबानपीडित घरपरिवारले पनि दुई प्रतिशतमा ऋण पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको निर्देशनमा यस्तो सुविधा उपलब्ध गराउने उल्लेख छ । राष्ट्र बैंकले शुन्य प्रतिशत ब्याजमा पुनर्कर्जा उपलब्ध गराउने छ । बैंक तथा वित्तीय संस्थाहरुले पीडितलाई २ प्रतिशत ब्याजमा ऋण दिनुपर्छ । यस्तो कर्जा लिनेले बिमा, धितो मूल्यांकन, कर्जा सूचना, कर्जा सुरक्षण शुल्क भने आफैं तिर्नुपर्छ । सरकारको निर्णय अनुसार राष्ट्र बैंकले १५ देखि २५ लाख रुपैयाँसम्म ऋण दिन लागेको हो । राष्ट्र बैंकले २०७२ साल ...
बाढीपीडितका लागि अर्ब निकासा
काठमाडौं – अर्थ मन्त्रालयले गएको साउनमा आएको बाढीबाट प्रभावितलाई राहत वितरण गर्न एक अर्ब चार करोड रुपैयाँ निकासा गरेको छ । अर्थले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत गृह मन्त्रालयलाई उक्त रकम निकासा गरेको जनाएको छ । दुई महिनाअघि मन्त्रिपरिषद् बैठकबाट निर्णय भएबमोजिम बाढीबाट घर पूर्ण क्षति भएका पीडितलाई घर मर्मत र जाडोबाट बच्न न्यानो सामग्री खरिदका लागि राहत वितरण गर्न लागिएको हो । गत कात्तिक २७ को मन्त्रिपरिषद् बैठक निर्णयमा पूर्णरुपमा घर क्षति भएका पीडितलाई अस्थायी घर व्यवस्थापनका लागि १५ हजार रुपैयाँ र जाडोबाट बच्ने सामग्री किन्न थप ...
कालिकालाई साढे ३७ लाख नाफा
रसुवा – रसुवाको उत्तरगया गाउँपालिकामा रहेको कालिका बहुउद्देश्यीय सहकारी संस्थाले ३७ लाख रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ । जिल्लाको तल्लो क्षेत्रमा कारोबार गर्दै आएको सहकारीले ३७ लाख ५५ हजार नाफा आर्जन गरेको हो । जिल्लामा पछिल्लो समय घाटा बेहोर्नु पर्दा बन्द हुने क्रम बढिरहेको भएपनि केही सहकारी राम्रैसँग सञ्चालन भइरहेका छन् । व्यवस्थापनमा उचित ध्यान नदिँदा बन्द हुने क्रम बढेपनि कालिका सहकारीले भने नाफा आर्जन गर्दै गएको छ । सहकारीले अहिले १० करोड रुपैयाँ बराबरको कारोबार गरिरहेको छ । सहकारीमा अहिले दुई हजार ४७ जना सेयर ...
कृषिक्षेत्रमा बढ्यो लगानी
काठमाडौं : नेपालको कृषिक्षेत्र बिस्तारै आधुनिकीकरण एवं व्यवसायिकीकरणतर्फ उन्मुख हुँदै गएपछि पछिल्लो समय यो क्षेत्रमा ऋण लगानी पनि बढेको छ । सरकारले ल्याएको पाँच प्रतिशत ब्याजमा ऋण लगानी नीतिका कारण पनि बैंकबाट ऋण लिएर कृषिमा ठूलाठूला फार्म र परियोजना खुल्ने क्रममा पनि वृद्धि भएको छ । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक सवेक्षण प्रतिवेदनअनुसार कृषिको खेतीपातीसम्बन्धी सेवा, चिया, पशुपालन तथा पशुपालनसम्बन्धी सेवा, माछापालन तथा वधशाला, कृषि तथा कृषिजन्य सेवालगायतका क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी बढ्दै गएको हो । चालू आर्थिक वर्षको पहिलो आठ महिनामा समष्टिगत ...
शेयर बजार परिसुचक नेप्से आज पनि दोहोरो अंकले बढ्यो
काठमाडौं – हप्ताको तेस्रो दिन मंगलबार पनि शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले बढेको छ । शेयर बजार मंगलबार झण्डै १३ अंकले बढेर १४ सय ५६ विन्दुभन्दा माथि पुगेको हो । उत्पादनबाहेक सवै समूहको परिसुचक बढेको दिन मंगलबार सवैभन्दा धेरै होटल समुह ६० अंकले बढेको छ । यस्तै, बीमा ३४ दशमलव २८, बैकिंङ्ग १२ दशमलव ९६, लघुवित्त १७ दशमलव ९५, विकास बैक १४ दशमलव ३७, जलविद्युत ५ दशमलव ८७, वित्त शुन्य दशमलव ६४ अन्य ४ दशमलव ९६ र बाणिज्य १ दशमलव २६ अंकले बढेको छ । ...
सुजुकीले ल्यायो नयाँ वर्षमा यस्तो अफर !
काठमाडौं – सुजुकीले ‘दिस् इयर गिफ्ट योर सेल्फ अ सुजुकी’ अफर ल्याएको छ । सुजुकीको चार पाङ्ग्रे सवारी साधन नेपालको लागि आधिकारिक विक्रेता तथा सिजी होल्डिङ्गको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले नयाँ वर्ष २०१८ योजना अन्तर्गत यो अफर ल्याएको हो । अफर अन्तर्गत उपभोक्ताले चार लाख ५० हजार रुपैयाँ सम्म नगद छुट, एक लाख रुपैयाँ सम्म सटही वोनस, एक लाख रुपैयाँ सम्मको स्क्र्याच कुपन, रोड ट्याक्स र रजिष्ट्रेशन निःशुल्क उपलब्ध गराउने सिजी मोटोकर्पले जनाएको छ । कम्पनीले अल्टो ८ सय, केटेन, वागनआर, सेलेरियो, स्विफ्ट, इग्निस, डिजायर, ...
हिमालयन हाइड्रो एक्स्पो ६० हजारले अवलोकन गरे
पुस २५ – स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इपान) ले आयोजना गरेको ‘हिमालयन हाइड्रो एक्स्पो २०१८’ मा ६० हजार बढीले अवलोकन गरेका छन् । एक्पो उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको हो । एक्स्पो यही पुस २१ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो । एक्स्पो अपेक्षा गरेअनुसार सफल भएको आयोजक संस्थाले जनाएको छ । विदेशी कम्पनीले नेपालको जलविद्युत् विकासमा देखाएको चासोले आगामी दिनमा ऊर्जा क्षेत्रमा धेरै सुधार आउनेमा आफूहरु आशावादी रहेको इपानका अध्यक्ष शैलेन्द्र गुरागाईँले जानकारी दिनुभयो । एक्स्पोमा जलविद्युत् आयोजनाका प्रवद्र्धक जलविद्युत्का सामान उत्पादक, वितरण, परामर्शदाता, बीमा कम्पनी ...
चार करोडको पक्की पुल
जुम्ला – डोल्पा झारकोटकी रिता रोकाया साप्ताहिक रुपमा दैनिक उपभोग्य सामान खरिदका लागि जुम्ला सदरमुकाम खलंगा पुग्छिन् । उनी खलंगाबाट खच्चरमा ल्याइएको सामान गाउँमा बेचेर जीविका चलाउँछिन् । ‘गाउँसम्म सडक पुगेको छ, तर पुल नहुँदा ढुवानीका साधन जान सकेका छैनन्,’ रिताले भनिन्, ‘सडक हेरेरै चित्त बुझाउनुपर्ने डोल्पालीको बाध्यता छ ।’ चन्दननाथ नगरपालिकामा बग्ने तिला नदीमाथि निर्माण हुन लागेको डोल्पा जोड्ने पक्की पुल समयमै नबन्दा गाउँमा गाडी पुग्न नसकेको उनी बताउँछिन् । दानसाघु तल्लो पक्की पुल निर्माण कार्य सकिएको खण्डमा सवारी आवागमन सहज हुने र डोल्पाली जनताले ...
First Prev 1 2 3 4 5 6 7 8 9 10 ... Next Last
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम