मुख्य समाचार
अर्थ वाणिज्य
काठमाडौं : नेपाल राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। ‘विकास ऋणपत्र २०८३ ज’ नाम दिइएको सो ऋणपत्रको अवधि चार वर्षको छ। केन्द्रीय बैंकले बोल कबोल प्रक्रियामार्फत यही पुस ६ गते बुधबार उक्त ऋणपत्रको बिक्री गर्नेछ। अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने र त्यसमा कुनै पनि ब्याजकर लाग्ने छैन। बैंक तथा वित्तीय ...
काठमाडौँ — नेपाल आयल निगमको इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो । घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १७८ र डिजेल, मट्टीतेल १७५ पर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर १८१ र डिजेल, मट्टीतेल १७८ रुपैयाँ थियो । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै नेपालमा ...
काठमाडौँ — नेपाल वायुसेवा निगमले ५ वटा चिनियाँ जहाजलाई लिलाम बिक्री गर्ने भएको छ । जहाज भाडामा सञ्चालन गर्न कुनै पनि व्यावसायिक संस्था इच्छुक नभएको कारण देखाउँदै निगमले प्रक्रिया थालेको हो । ती जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २८ महिनादेखि ग्राउन्डेडमा छन् । विमानस्थलको पूर्वोत्तर क्षेत्रमा रहेको रिमोट पार्किङ वेमा थन्काइएका जहाज लिलामका लागि मूल्यांकन गराउन निगमले मंगलबार आशयपत्रको ...
सोलुखुम्बु: सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पर्यटक प्रवेश शुल्कबाट ३ करोड रुपैयाँभन्दा बढी राजाश्व संकलन गरेको छ। गाउँपालिकाले चालु आर्थिक वर्षको हालसम्म प्रवेश शुल्कबाट ३ करोड ६२ लाख ७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। चालु आर्थिक वर्षमा १५ हजार ३१३ पर्यटक खुम्बु भित्रिएको गाउँपालिकाको तथ्यांकमा उल्लेख छ । जसमा साउन महिनामा २०३, भदौमा ६६१, ...
काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायीहरु सडक आन्दोलनमा नभइ उद्योग/व्यवसायमा लाग्नुपर्ने बताएका छन् । काठमाडौंमा बिहीबार ‘फिन इलेक्ट्रो टेक-२०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उद्योगी/व्यवसायीहरुका समस्या समाधान गर्न सरकार गम्भीर रहेको भन्दै उद्योगी/व्यवसायीहरु सडक आन्दोलनमा नभइ उद्योग, व्यवसायमा लागेर उत्पादन बढाउनुपर्ने बताएका हुन् । उनले सरकारले तरलता तथा बैंक ब्याजदर वृद्धि लगायतले उद्योग व्यवसायीहरुका समस्या ...
काठमाडौँ — मुलुकभित्र पेट्रोलियम खानीको प्रबल सम्भावना रहे पनि अन्वेषण/उत्खनन प्रक्रिया शून्यजस्तै देखिएको छ । खानी तथा भूगर्भ विभागका अनुसार प्रारम्भिक अध्ययनले तराई र चुरे क्षेत्रमा तेल र ग्यासको सम्भावना देखाएको छ । विभिन्न दातृ निकायको सहयोग र नेपाल सरकारको सक्रियतामा भएको भौगर्भिक अध्ययन/अनुसन्धानले यस्तो सम्भावना देखिए पनि अन्वेषणको काम भएको छैन । विभागका पेट्रोलियम अन्वेषण परियोजनाका वरिष्ठ ...
काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८० अमेरिकी डलरभन्दा तल झरेको छ । बुधबार साढे १२ बजेसम्म अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ७९.५ डलरमा झरेको छ । त्यस्तै मुर्बान तेलको प्रतिब्यारेल ७७.७, डब्लूटीआई तेलको मूल्य ७४.३ डलरमा झरेको छ । एक महिनामा समग्रमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १७ डलर हाराहारीमा घटेको छ । ...
काठमाडौँ — नेपालमा सम्पत्ति शुद्धीकरणलगायत वित्तीय अपराधसँग सम्बन्धित गतिविधि ८१ प्रतिशतभन्दा धेरैले बढेको सरकारी प्रतिवेदनले देखाएको छ । नेपाल राष्ट्र बैंकमा रहेको ‘फाइनान्सियल इन्टेलिजेन्स युनिट–एफआईयू नेपाल’ को गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनले शंकास्पद कारोबारको उजुरी ८१.३४ प्रतिशतले बढेको देखाएको हो । बैंक तथा वित्तीय संस्था र अन्य वित्तीय कारोबार गर्ने संस्थाहरूबाट वित्तीय अपराधका उजुरी बढ्नुले त्यस्तो कारोबार पनि ...
काठमाडौं : मुलुकमा २२ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ। त्यसमध्ये करिब १ हजार ७ सय मेगावाट मात्रै आन्तरिक खपत छ। अर्थात्, स्वदेशमै बिजुली पर्याप्त छ, फालाफाल छ। तर, राज्यले प्रत्येक महिना २४ अर्बको त पेट्रोलियम पदार्थ मात्रै आयात गर्छ। एलपिजी ग्यास, कोइला, सोलार आयातमा पनि बर्सेनि अर्बांै रुपैयाँ बाहिर जान्छ। त्यसैकारण व्यापार घाटा उच्च ...
काठमाडौं : भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम हाल रु २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो । निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको उल्लेख ...
काठमाडौँ — आगामी एक वर्षमा बजारमा मूल्य वृद्धिदर १२ प्रतिशत पुग्ने प्रक्षेपण राष्ट्र बैंकको एक सर्वेक्षणले देखाएको छ । राष्ट्र बैंकले गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अपेक्षित मुद्रास्फीति सर्वेक्षणले यस्तो देखाएको हो । ‘तीन महिना र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमश: १० प्रतिशत र १२ प्रतिशत रहेको छ,’ सर्वेक्षणमा भनिएको छ, ...
काठमाडौं : बैंक तथा वित्तीय संस्थाको कारोबारबाट हुनसक्ने सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थामा नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ। ‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८’ मा संशोधन गर्दै राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण र आतङ्ककारी क्रियाकलापबाट आर्जित सम्पत्तिको कारोबारबारे थप चनाखो हुन शुक्रबार वाणिज्य, विकास ...
काठमाडौँ — अहिलेको अवस्थामा देशको अर्थतन्त्र संकटमा नरहेको अर्थमन्त्री जनार्दन शर्माले दाबी गरेका छन् । खासगरी कोभिड–१९ को संक्रमणपछि अर्थतन्त्रमा केही समस्या देखिएपनि संकटको अवस्थामा पुगिनसकेको उनले दाबी गरे । आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिकोत्सवका उपलक्ष्यमा बिहीबार आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । ‘आयात, भुक्तानी सन्तुलन, विदेशी मुद्रा सञ्चिति लगायत केही सूचकमा ...
First Prev ... 37 38 39 40 41 42