मुख्य समाचार

अर्थ वाणिज्य

पोल्ट्री व्यवसायमा गिरावट

काठमाडौँ-विनासकारी भूकम्पको कारण चितवनमा रहेका पोल्ट्री व्यवसायीहरुको व्यापारमा ठुलो असर परेको छ । झन्डै २० हजार परिवार पोल्ट्री (ह्याचरी, दाना, लेयर्स कुखुरा, बोइलरपालन, मासु व्यवसाय) मा आवद्ध व्यवसायीको मुख्य बजार काठमाडौं हो तर बिगत समयको कारण ठुलो घाटा बेहोर्नु परेको व्यवासाहीहरुले बताए।
‘महाभूकम्पपछि अण्डाको माग स्वात्तै घट्यो,’५५ वर्षीय डल्लाकोटीले भने, ‘यस्तो गिरावट कहिले अनुभव गरेको थिइनँ ।’ जिल्लामै ‘पोल्ट्री दिदी’ भनेर चिनिने आशा पोल्ट्री फार्मकी सञ्चालिका ५५ वर्षीय लक्ष्मी राणा महाभूकम्पले पोल्ट्री व्यवसायलाई धराशायी बनाएको सुनाइन् ।

‘बर्डफ्लु महामारी लाग्दा मरेर गए,’ उनले भनिन्, ...

हावाहुरीले कृषिमा समस्या देखियो

पदमपुर - सोमबार राति आएको हावाहुरीले गर्दा चितवनमा ५ करोडर बराबरको केरा नष्ट भएको छ ।
अहिले झन् केराको समय भएको बेला हुरीले गर्दा जरा देखिन् नै निस्किएकोले कृषकहरुले सो घाटा बेहोर्नु परेको छ ।

‘२४ कठ्ठा जग्गा भाडामा लिएर १ हजार ८ सय बोट केरा लगाएका थियौं,’ पदमपुर २ की सीता पुरीले भनिन्, ‘सबै बोट हावाले ढाल्यो, अब १ सय बोट मात्र होला ।’

उनले वार्षिक प्रतिकठ्ठा ३ हजार भाडा तिरेर केरा खेती गरेको बताइन् । आम्दानी गर्ने बेलाको केरा ढलेपछि उनी ...

सुनको भाउ बढ्यो

काठमाडौं– अहिले बजारमा सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले उक्त भाउ मंगलबार एकसय रुपैयाँले बढेको बताए।
महासंघका अनुसार मंगलबारका लागि छापावाल सुनको भाउ प्रतितोला ५२ हजार ५ सय निर्धारण गरिएको छ। त्यस्तै, उक्त दिनका लागि तेजाबी सुन प्रतितोला ५२ हजार २ सय ५० रुपैयाँ तोकिएको छ ।मंगलबार चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला तोला ७ सय ३० बाट बढेर ७ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ।

होटलहरुको निरिक्षन गरियो

काठमाडौ -भुकम्प पछाडी काठमाडौँ लगायत आसपासको होटेलहरुमा गरिएको अनुसन्धान अनुसार ९० प्रतिशत बजेटदेखि पाँचतारे होटल सुरक्षित रहेको भेटिएको छ।
होटेल सुरक्षित भएपनि ग्राहक नभएको व्यवसायीले बताएका छन्।यसै गरि कामदारका घर भत्किाएका छन् ,केहीले परिवारजन गुमाएको व्यवसायी बताउँछन्। ‘सेवा दिन तयार छौं तर पाहुना भने केबल भूकम्पमा सघाउन आएका भोलेन्टियर छन् ,’ संघका कोषाध्यक्ष धनेन्द्रबहादुर श्रेष्ठले भने।

ठमेलमा च्वाइस होटल सञ्चालन गर्दै आएका श्रेष्ठका अनुसार अधिकांश होटल खाली छन्। होटलको वास्तविक अवस्थाबारे पहिचान गर्न पर्यटन विभागको नेतृत्वमा एउटा ६ सदस्यीय टोली होटलहरूको अवस्था अनुमगन गरिहेको ...

२० लघु जलविद्युत् आयोजना बन्द

नेपा– विनासकारी भूकम्पको कारण काभ्रेपलाञ्चोकमा रहेका २० अाेटा लघु जलविद्युत् आयोजना बन्द भएका छन्। १५ देखि २० किलोवाट क्षमताका ती लघु जलविद्युत् आयोजना भूकम्पका कारण पूर्ण रुपले क्षति हुँदा बन्द भएका हुन्। जिविसको वातावरण, ऊर्जा तथा जलवायु परिवर्तन शाखाका प्रमुख अञ्जित गौतमका अनुसार ती लघु जलविद्युत् आयोजनाबाट ६० किलोवाट विद्युत् उत्पादन हुँदै आएको थियो।
२० वटा लघु जलविद्युत् आयोजनाको कुलो भत्किएको, चिरा परेको र खम्बा ढलेका छन् । बन्द भएका लघु जलविद्युत् आयोजनाबाट त्यस क्षेत्रका ६०० घरधुरी प्रभावित भएका छन्। विद्युत् उत्पादन अवरुद्ध भएपछि कुटानी ...

पीडितका लागि बैंकबाट १.१ खर्ब ऋण तयार

काठमाडौ- भुकम्प पिडितहरुको निम्ति बैंकर्स संघले वाणिज्य बैंकबाट १ खर्ब १० अर्ब रुपैयाँसम्म ऋण प्रवाह हुन सक्ने बताएका छन्। उक्त रकमबाट क्षति भएका घर,भवन आदिको पूर्ण;व्यवस्था गर्न मदद हुने अध्यक्ष अनिल शाहले बताए।  

सामानहरुको वितरण त भईरहेको छ तर अब कच्चा पदार्थहरुबाट बन्ने नया समानको निम्ति समस्या पर्ने हुदा यस्तो समयमा यस्तो ऋण दिन सकिने उनले बताए।

उनले भूकम्पका कारण आयको स्रोतमा असर परेका व्यक्तिलाई व्यावसायिक कृषि र साना तथा मझौला उद्योग स्थानमा पनि सहयोग गर्न सकिने बताए।

भूकम्पले ऋणीलाई पनि ...

सेयरबजार खुलिदै

काठमाडौं-बन्द रहेको सेयर बजार आइतबार देखिन् खुल्ने भएको छ। भूकम्पको कारण सिडिएस एन्ड क्लियरिङ (सिडिएससी) लिमिटेड रहेको भवनमा क्षति पुगेपछि सेयरबजार बन्द थियो ।
२०६२-६३ को १९ दिने आन्दोलनमा पनि नेप्से लामो समय बन्द भएको थियो । त्यसपछि पहिलोपटक यति लामो समय नेप्से बन्द भएको हो ।सिडिएससी लिमिटेडको कार्यालय स्टक एक्सचेन्जकै भवनमा सारेपछि गरेपछि सेयरबजार खुलाउन सहज भएको हो । आइतबारदेखि सेयरबजार खुल्ने नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले बताए ।
वैशाख १२ गतेको ७.६ म्याग्निच्युड स्केलको भूकम्पले सिडिएससी रहेको भवनमा क्षति पुगेको थियो । नेप्सेले सामान्य ...

बजारको मूल्य आकासिने संका

काठमाडौं-१२ गते आएको विनासकारी भुकम्प र आईरहेको लगातार कम्पनको कारण बजारको मुल्यमा बृद्दी हुने अनुमान गरिएको छ।
भुकम्प अगाडी भारतमा घट्दै गएको मूल्यवृद्धि र तेलको मूल्य गिरावटका कारण नेपालमा पनि अवस्था सहज हुँदै गएको थियो तर भूकम्पको कारण अघिल्ला आर्थिक वर्षभन्दा धेरै माथि पुग्ने अनुमान गरिएको छ ।
हरेक मन्त्रालयबाट गैरबजेटरी खर्च बढी रहेको र बजेट आउन अझै केही समय बाँकी रहेकाले अर्थतन्त्रमा असर पर्ने अर्थविद् विश्वम्भर प्याकुर्‍यालले बताए । ‘यसले माग हुने तर त्यही अनुसारको उत्पादन नहुने अवस्था आउँछ,’ उनले भने, ‘त्यसले मूल्यवृद्धिमा चाप ...

राहतका निम्ति रकम प्रदान गर्न सुरु

काठमाडौं-विनासकारी भुकम्पबाट क्षति भई भत्किएका घरधनीहरुलाई सरकारले १५ हजार रुपैयाँको दरले रकम वितरण सुरु गरेको छ ।
राहतको रकम वितरणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषले बुधबार ४ अर्ब रुपैयाँ निकासा दिइसकेको छ । अस्थायी टहराका लागि साढे ७ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । साढे ३ अर्ब कोषसँग गृहले मागिरहेको छ । यससँगै भूकम्पपछि उद्धार, राहत र प्रारम्भिक पुन:स्थपनाका लागि अहिलेसम्म ८ अर्ब रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयले दिएको ६ अर्ब र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाटम २ अर्ब रुपैयाँ लिएर गृहले ...

जिविसबाट यार्चाको राजस्व संकलन गरिने

मुगु- मुगु गाविसले संकलन गरि आएको यार्चागुम्बुको राजस्व यस पटक जिविसले उठाउने भएको छ।उक्त निर्णय शनिबार आयोजित सर्वदलीय बैठकमा गरिएको हो।
राजस्व संकलन रकममा हिनामिना भए पछि सो कार्य जिविसले गर्ने भएको छ।
जिल्ला बाहिरबाट आएका संकलकलाई १ हजार ५ सय र जिल्ला भित्रकालाई ७ सयका दरले उठाउने निर्णय गरिएको छ। वैशाख १८ गते बाट रसिद काट्न सुरु गर्ने र २२ गते वन क्षेत्रमा प्रवेश दिने रिसालको भनाइ छ। ‘अघिल्लो वर्ष यार्चा संकलकबाट १ करोड ८ हजार राजस्व उठ्यो तर जिविसमा २० लाख मात्र जम्मा ...

कालोबजारी गर्नेलाई कारबाही

२०७२/२/८ -यस्तो आपतको समयमा पनि व्यापारीहरुले ग्राहकहरुलाई चर्को मूल्यमा सामानहरु बिग्री गरी  राखेको छ ।  अहिले आवश्यक पर्ने त्रिपाल, टेन्ट, म्याट, खाद्य वस्तुलगायतको मूल्यमा व्यापारीहरुले ग्राहकहरुलाई चर्को मूल्यमा बेचिरहेका छन् ।सो आवश्यक पर्ने त्रिपाल, टेन्ट, म्याट, खाद्य वस्तुलगायतको मूल्यमा बधाई बच्नेलाई सरकारले कारबाही  गर्ने निर्णय लेयेका छन् ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले बजार अनुगनमलाई तीव्रता दिन निर्देशन दिएपछि विभागले ठग्ने व्यापारीलाई मुद्दा दायर गर्ने तयारी गरेको हो । सचिव उपाध्यायले विभागका महानिर्देशक शम्भु कोइरालालाई कार्यकक्षमा बोलाएर बजार अनुगनम तीव्र पार्न निर्देशन दिएका ...

राहुघाटको कार्य बन्द

काठमाडौ-सम्झौता बिपरित माग राख्दै  ३२ मेगावाटको राहुघाट जलविद्युत् आयोजनाका सिभिल ठेकेदार आईभीआरसीएल लिमिटेडले काम रोकेका छन्।
आईभीआरसीएलले भने प्राधिकरणलाई आफूले नभएर भुक्तानी दिन नसकेपछि सब कन्ट्रयाक्टरले काम रोकेको जानकारी गराएको छ।
प्राधिकरणसँग गरेको सम्झौता अनुसार हरेक पटक ० दशमलव ५ प्रतिशत काम सकेपछि मात्र आईभीआरसीएलले नियमित भुक्तानी पाउँछ। तर त्यति काम नसक्दै आईभीआरसीएलले भुक्तानी मागेको हो। ‘सम्झौताअनुसार ० दशमलव ५ प्रतिशत कामको करिब डेढ करोड रुपैयाँ हुन्छ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘तर करिब १ करोड ५ लाख रुपैयाँको बिल बुझाएका छन्।’

सम्झौता विपरीत भुक्तानी ...

पोल किन्न समस्या

काठमाडौं-विद्युत् प्राधिकरणले भूकम्पपछिको बिपतलाई व्यवस्थापन गर्न ६ हजार पोल किन्न खोजेका थिए तर सञ्चालक समितिका दुई जना सदस्यले हस्ताक्षर गर्न ढिलाइ गर्दा उक्त कार्य समयमा हुन पाएन।
वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट क्षति पुगेका पोल प्रतिस्थापन गरी विद्युत् आपूर्ति सुचारु गर्न प्राधिकरण सञ्चालक समितिले त्यसको ४ दिनपछि ६ हजार पोल किन्ने निर्णय गरेको थियो। ‘भूकम्प प्रभावित क्षेत्रहरूमा विद्युत् आपूर्ति सुचारु गर्न कुल अनुमान गरिएका संख्यामध्ये ९ र ११ मिटरका क्रमश: ४ हजार र ६ हजार स्टिल ट्युबलर किन्न स्वीकृति दिने,’ सञ्चालक समितिले तयार गरेको ...

पूर्वमा पर्यटन जगाउने आस

धरान-भूकम्पको कारण आयातको श्रोत पर्यटन क्षेत्रलाई तहसनहस पारेको छ।उक्त घटना पछि र लगातार आईरहेको कम्पनको कारण पर्यटक आउने क्रम रोकिएको छ।  
राहतका लागि पुर्वतिर गएका पोखराका व्यावसायिक ग्लाइडर र व्यावसायीले पोखरामा केन्द्रित प्याराग्लाइडिङलाई पूर्वमा विस्तार गर्नु र भूकम्पपछि ठप्प बनेको पर्यटनलाई जगाउने प्रयासमा निरन्तता दिने बताएका छन्।
माउन्टेन भ्यु प्याराग्लाइडिङमा आबद्ध  टेन्डम पाइलट देशवीर जिमी र बिगस्माइल प्याराग्लाइडिङका मणि तामाङ अहिले धरानको आकासमा प्रि–मनसुन टेस्ट फ्लाइटका साथै विष्णुपादुकास्थित चिन्डेडाँडाको टेकअफ प्वाइन्ट र ल्यान्डिङ स्पट अध्ययन एवं तयारीमा जुटेका छन् ।

‘भूकम्पपछि पर्यटन क्षेत्र ...

भूकम्पको कारण कृषिमा ठुलो क्षति

काठमाडौं -१२ गते आएको विनाशकारी भूकम्पका कारण नेपालको कृषि क्षेत्रमा मात्रै कम्तीमा १० अर्ब ६९ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ।अनुसन्धानको क्रममा कृषि विकास मन्त्रालयले यो तथ्यांक बताएका हुन् ।

प्रभावित जिल्लाबाट संकलन गरे अनुसार प्रभावित २४ सहित ४० जिल्लामा ८ अर्ब ११ करोड ११ लाख रुपैयाँ बराबरको खाद्यान्न क्षति भएको छ। यो भनेको १ लाख ३५ हजार १ सय ८७ टन खाद्यान्न हो। घरहरु भत्किएको कारण खाद्यान्नहरु भित्रनै पुरिएको छ।

व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिलाई मंगलबार दोस्रोपटक जानकारी गराउँदै कृषि सचिव ...

पिडितको लागि जुटे अण्डा उत्पादक संघ पनि

चितवन–भुकम्प पीडितका निम्ति नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिले प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ ।   मंगलबार संघले सो रकम बराबरको चेक हस्तान्तरण गरेको छ ।
अण्डा उत्पादक संघले जिल्ला दैवी प्रकोप उद्धार कोषका लागि यसअघि पनि एक लाख पाँच हजार रुपैयाँ प्रदान गरेको थियो । कुखुरा व्यवसायी मञ्च चितवनका कार्यकारी अधिकृत शिव बरालका अनुसार मञ्च मार्फत जिल्ला दैवि प्रकोप उद्धार कोष र अन्य निकायहरुलाई समेत गरेर भूकम्प प्रभावितहरुका लागि यसअघि नै आठ लाख ६६ हजार रुपैयाँ नगद सहयोग भएको ...

आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम