मुख्य समाचार
अर्थ वाणिज्य
— पुर्वी नवलपरासीका किसानले आफूहरुले उत्पादन गरेको तरुलले उचित मुल्य नपाएको गुनासो गरेका छन् । अघिल्लो वर्ष प्रति धार्नी १ सय ५० देखि १ सय ८० रुपैयाँसम्म बिक्री गरेका उनीहरुले यसवर्ष विचौलियाका कारण प्रति धार्नी १ सय २० देखि १ सय ४० रुपैयाँमात्रै पाएको गुनासो गरेका छन् । बुलिङ्गटार गाउँपालिका-५ का किसान कृष्णबहादुर सारुले यसवर्ष ...
— अर्न्तराष्ट्रिय बजारअनुसार मूल्य समायोजन नगरेको आयल निगमले गत आर्थिक वर्षमा ११ अर्ब ७२ करोड रुपैयाँ नाफा कमाएको छ । निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार यो रकम कर बाहेक हो । गत वर्ष करसहित करिब १६ अर्ब रुपैयाँ नाफा गरेको थियो । गत आर्थिक वर्षको असोजदेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर घटेपनि ...
। नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिने निर्णय गरेको छ । शुक्रवार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६० औं बैंठकले लाइन काटिएका डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको महसुल बक्यौता भएका ग्राहकहरूको विद्युत लाइन जोडिदिने निर्णय गरेको हो । यसअघि मन्त्रिपरिषद बैठकले लाइन काटिएका उद्योगहरुमा बिजुलीको लाइन जोडिदिन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको ...
— गत मंसिर महिनामा मुलुकको कुल विदेशी विनिमय (मुद्रा) सञ्चिति १७ खर्ब ६७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो १४.८ प्रतिशतले बढेको हो । गत असारमा कुल विदेशी मुद्रा सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो । ‘अमेरिकी डलरमा यस्तो सञ्चिति ०८० असार मसान्तमा ११ अर्ब ७१ करोड ...
— गत मंसिरमा मुलुकको विदेशी मुद्रा (विनिमय) सञ्चिति हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । डेढ वर्षअघि निकै कमजोर अवस्थामा रहेको भनिएको विदेशी मुद्रा सञ्चिति गत मंसिरमा अमेरिकी डलरमै हालसम्मकै सबैभन्दा धेरै रहेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत मंसिरसम्म नेपालको कुल विदेशी मुद्रा सञ्चिति १३ अर्ब ३१ करोड अमेरिकी डलर (१७ खर्ब ६७ अर्ब रुपैयाँ) ...
— अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले अन्तर्राष्ट्रिय श्रम बजारमा बेरोजगार हुनेको संख्या अझ बढ्ने प्रतिवेदन बुधबार सार्वजनिक गरेको छ । आईएलओले ‘२०२४ को विश्व रोजगार र सामाजिक दृष्टिकोण’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै बढ्दो सामाजिक असमानता र स्थिर उत्पादकत्वको कारण अन्तर्राष्ट्रिय श्रम बजारमा बेरोजगार हुनेको संख्या बढ्ने भन्दै चिन्ता जनाएको छ । आईएलओले कोरोनापछि आर्थिक अवस्था कमजोर भएकाले श्रम ...
— आगामी वर्षमा नेपालको अर्थतन्त्रमा सुधार आउने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको विश्वव्यापी आर्थिक सम्भावना प्रतिवेदनअनुसार आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण गरेको हो । विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको वृद्धि तुलनात्मक रूपमा राम्रो रहने प्रक्षेपण विश्व बैंकले गरेको हो । चालु आर्थिक वर्षमा नेपालको आर्थिक ...
। विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने प्रक्षेपण विश्व बैंकले गरेको छ । विश्व अर्थतन्त्रबारे सन् २०२४ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस्तो देखाएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ अनुसार सन् २०२४ मा विश्वको औसत आर्थिक वृद्धिदर २.४ प्रतिशत रहने छ । यसै वर्ष अर्थात चालु ...
। अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन निम्तो दिएका छन् । भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४ मा सहभागी विभिन्न देशका राष्ट्रप्रमुख, मन्त्रीहरु र लगानीकर्तालाई सम्बोधन गर्दै मन्त्री डा. महतले निम्तो दिएका हुन् । सम्बोधनका क्रममा मन्त्री डा. महतले भने, ‘नेपालमा ...
। नेपालका ठूला जलविद्युत् आयोजनामध्ये एक अपर अरूण जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)प्रतिवेदन अन्तिम चरणमा पुगेको छ । ईआईए प्रतिवेदन तयार भई स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालय पठाइएको छ । अपर अरूण नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी अपर अरूण हाइड्रोइलेक्ट्रिक लिमिटेडबाट अगाडि बढाइँदैछ । संखुवासभाको भोटखोला गाउँपालिकामा पर्ने यो आयोजनामा विश्व बैंकको नेतृत्वमा लगानीकर्ताहरुले ...
— बैंकहरूबीचको सापटी दर (अन्तरबैंक ब्याजदर) तीन प्रतिशतभन्दा तल जान नदिन नेपाल राष्ट्र बैंकले बजारबाट धमाधम पैसा तानिरहेको छ । ब्याजदरलाई स्थायित्व दिन भन्दै पछिल्लो डेढ महिनामा राष्ट्र बैंकले निक्षेप संकलन उपकरणबाट मात्र २ खर्ब ८२ रुपैयाँभन्दा बढी तानिसकेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनमा प्रयोग गर्ने अल्पकालिन उपकरण हो, निक्षेप संकलन । यिनको परिपक्व अवधि ...
— नेपालको कृषि, पर्यटन, जलविद्युत् र सूचना प्रविधिमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्री प्रकाशशरण महतले आग्रह गरेका छन् । लगानीका विविध क्षेत्रमध्ये कृषि, पर्यटन, जलविद्युत् र सूचना प्रविधिमा उच्च प्रतिफलको सम्भावना रहेकाले ढुक्क भएर लगानी गर्न अर्थमन्त्री महतले आग्रह गरेका हुन् । ‘लगानीका हिसाबले यी क्षेत्रमा मुख्य आकर्षण भए पनि शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा समेत लगानी गर्दा उत्कृष्ट प्रतिफल ...
— अर्थमन्त्री प्रकाशशरण महतले जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधि अबको लगानीका सम्भाव्य क्षेत्र भएको बताएका छन् । उनले नेपालमा यी क्षेत्रमा उल्लेख्य सम्भावना रहेको भन्दै लगानीकर्ताहरुलाई यी क्षेत्रमा लगानी गर्न आग्रह गरे । सोमबार आयोजित नेपाल–भारत संयुक्त बिजनेस फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरु फराकिलो बन्दै गएको बताए । ‘यी चार क्षेत्र ...
— सामानको खरिद बिल, बजार मुल्य र घोषणाको तुलनामा अस्वभाविक मूल्यांकन बढाएर कारोबार गर्नै नसक्ने परिस्थिति बनाएको भन्दै व्यापारीले रसुवा नाकाबाट हुने आयात दुई दिनदेखि ठप्प बनाएका छन् । भन्सारको व्यवहारले केही महिनायता निकै ठूलो आर्थिक नोक्सानी बेहोरे पनि आफूहरूको सुनुवाइ कतै नभएको व्यापारीहरूको गुनासो छ । काम बन्द गरेर छलफलमा रहेका व्यापारीका प्रतिनिधि बुद्धराज बस्नेतले ...
— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले सहजीकरण गरिदिए निजी क्षेत्रले ५ वर्षमै १० हजार मेगावाट विद्युत् उत्पादन गर्न सक्ने बताएका छन् । ‘तामाकोसी बनाउन १२ वर्ष लागेछ, सरकारले १० हजार मेगावाट १० वर्षमा बनाउन सक्छ कि सक्दैन ?’ उनले भने, ‘सरकारले झन्झटिलो प्रक्रियाको अन्त्य गरिदिए ५ वर्षमा १० हजार मेगावाट विद्युत् ...
— अर्थमन्त्री प्रकाशशरण महतले उद्योगी व्यवसायीहरुलाई यथेष्ट सूचना र तथ्यांकका आधारमा मात्रै अभिव्यक्ति दिन आग्रह गरेका छन् । चितवन उद्योग वाणिज्य संघको ५७ औं वार्षिक साधारण सभामा मन्त्री महतले भने, ‘तथ्यमा आधारित भएर बोलिदिनुस्, यथार्थ कुरा ग्रासरुटमा पुग्छ । नभए हामीले जे लक्ष्य लिएर काम गरिरहेका छौँ, त्यसको विपरित परिणाम आउँछ ।’ उनले तथ्यांकलाई एकातिर राखेर ...
First Prev ... 3 4 5 6 7 8 9 10 11 12 13 ... Next Last