मुख्य समाचार
मनोरञ्जन
। फिल्ममार्फत सगरमाथालाई विश्वमाझ चिनाउन योगदान दिएका हलिउड फिल्म निर्माता तथा छायांकार डेभिड ब्रेसियर्सको निधन भएको छ । मार्च १४ मा अमेरिकाको म्यासाचुसेट्समा ६८ वर्षीय ब्रेसियर्स घरमा मृत फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो खबरलाई ब्रेसियर्सको परिवार निकट अमेरिकी पर्वतारोहीहरु एड भिस्टर्स, क्याथी हार्वर्ड र जेड विलियम्सनले पुष्टि गरेका हुन् । उनको परिवारले समेत ...
। चिनियाँ फिल्म निर्देशक, निर्माता, पटकथा लेखक एवं प्राध्यापक सेई फेई यतिबेला नेपालमा छन् । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको प्रमुख जुरी समेत रहेका उनी यतिबेला बेइजिङ फिल्म एकेडेमीका प्राध्यापक समेत हुन् । चौथो पुस्ताका चिनियाँ निर्देशक रहेका उनी ८० को दशकका हिट फिल्म निर्देशक हुन् । ब्ल्याक स्नो, अ गर्ल फ्रम हुनान, सङ अफ तिब्बत, ...
। भारतीय पपस्टार बादशाहले तेस्रो स्टुडियो एल्बमको रुपमा ‘एक था राजा’ ल्याउने घोषणा गरेका छन्, जुन सोमबार रिलिज हुँदैछ । बिहीबार बेलुका भिडियोमार्फत एल्बम घोषणा गर्दै उनले रोचक लाइनअप पस्किएका छन् । जसमा १६ गीतको लाइनअप तयार छ । यो गीतका लागि बादशाहले चर्चित भारतीय र्‍यापरहरु आस्था गिल, एमसी स्टान, डिभाइन, रफ्तार, गायक अरिजित सिंह, एक्ट्रेस ...
वित्तीय व्यवस्थापनको अलमल र बजार व्यवस्थापनका हेलचेक्र्याइँका कारणले राष्ट्रिय चलचित्र उद्योग पछाडि परेर गइरहेको अनुभूति हुन थालेको छ । तथापि, केही उच्च कोटीका प्रस्तुतिका कारणले गर्दा राष्ट्रिय चलचित्र कर्मले आफ्नो अभियानलाई त्यस दिशातर्फ तीव्रता दिंदै सफलता हासिल गइरहेको अवस्था पनि छ । एउटा कोणबाट विश्लेषण गरेर हेर्दा यस्तो नभइदिए पनि हुन्थ्यो भन्ने कुराहरु पनि छन् । ...
। पछिल्लो समय भारत अन्तर्राष्ट्रिय सेलिब्रेटीको गन्तव्य थलोजस्तो देखिन्छ । पपक्वीन रिहानाले अनन्त अम्बानीको विवाहमा जामनगरलाई गुञ्जाएको एक साता नबित्दै पपस्टार एड सिरन यतिबेला मुम्बईमा छन् । यस वर्ष एसिया–युरोप टुर अन्तर्गत मार्च १६ मा मुम्बईमा आयोजना हुने कन्सर्टका लागि सिरन मुम्बईमा छन् । सन् २०१७ पछि भारतमा यो उनको दोस्रो पटकको कन्सर्ट हो । मुम्बई पुगेदेखि ...
फिल्मको प्रचार, भविष्यवाणी गर्नेहरुको बकबक, मनोनित हुनेसँगको रमाइलो । बितेको महिना विश्व फिल्म र कला पत्रकारिता ओस्कारमय बन्यो । सोमबार बिहान बाँडिएको मनोरञ्जनात्मक ओस्कार समारोहले हलिउडको आकाशमा बादल मडारिएको संकेत गर्छ, जुन कुरा हलिउडलाई मात्र थाहा छ । उपभोक्ताको रुपमा हामी सामग्रीलाई पर्खने दर्शक मात्र हौं । तर यो सोचाइ पनि आफैंमा समस्याको एक हिस्सा हो ...
। के-पप ब्याण्ड ‘ब्ल्याक पिंक’ संसारमा धेरै सुनिने युवतीको सांगीतिक समूह हो । सन् २०१६ मा ब्याण्डले ‘हाउ यू लाइक द्याट’, ‘किल दिस लभ’, ‘लभसिक गर्ल्स’जस्ता चर्चित गीत सार्वजनिक गर्‍यो । यो ब्याण्डले दुआ लिपा, सेलेना गोमेज, लेडी गागाजस्ता पपस्टारसँग पनि सहकार्य गरेको छ । ब्याण्डको एक गीत ‘हाउ यू लाइक द्याट’ स्पोटीफाइमा एक अर्ब पटक ...
। गत वर्ष रिलिज भएको ‘टाइगर ३’ पछि फ्यान सलमान खानको अर्को ब्लकबस्टर फिल्मको पर्खाइमा छन् । यस्तोमा उनको आगामी फिल्मलाई लिएर महत्वपूर्ण खबर बाहिरिएको छ । सलमानले मंगलबार सामाजिक सञ्जालबाट नयाँ फिल्मको घोषणा गरेका छन् । आफ्नो महत्वाकांक्षी प्रोजेक्टका लागि सलमानले निर्देशक आर मुरुगादास र निर्माता साजिद नाडियावालासँग सहकार्य गर्दैछन् । यो फिल्मलाई सन् २०२५ को ...
। आगामी जेम्स बन्डको भूमिकामा कसले अभिनय गर्नेछ भन्ने चर्चा गर्माएको छ । बितेको एक वर्षयता धेरैले धेरैजनाको नाम दिइरहेका छन् । निर्मातालाई पनि यो आइकोनिक चरित्रको अभिनेता छनोट गर्न मुस्किल परिरहेको छ । पछिल्ला जेम्स बन्डको रुपमा डेनियल क्रेगले सन् २०२१ मा नदोहोरिने घोषणा गरेपछि उनको भूमिकामा को आउला भन्ने अड्कलबाजी पनि चलिरहेका छन् । यस्तोमा ...
। धरान उपमहानगरपालिकाले आउँदो वर्षदेखि फिल्म क्षेत्रमा पनि बजेट विनियोजन गर्ने भएको छ । फिल्म ‘महाजात्रासँग स्थानीय सरकार : सिनेमा संवाद’ कार्यक्रममा नगरप्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले उक्त कुरा बताए । धरानमा रहेका फिल्म छायांकनका लोकेसन समावेश हुने गरी डायरी सार्वजनिक गरिने उनले जनाए । ‘नेपाली फिल्मको बारेमा आफूले गम्भीर रुपमा सोचेको छु,’ मेयर साम्पाङले भने, ...
। अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग सिनेमा संवाद गर्ने भएका छन् । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौं संस्करणमा यी दुईले विमर्श गर्न लागेका हुन् । फिल्मका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तर्क्रियामध्ये एउटा सत्रमा यी दुईले छलफल गर्न लागेको निफद्वारा जारी वक्तव्यमा उल्लेख छ । फेस्टिभलको दोस्रो दिन शुक्रबार ११ ...
। लियाम निसन स्टारर ब्लकबस्टर हलिउड फिल्म ‘आइस रोड २’ को छायांकन नेपालमा भएको छ । यसैसाता अरनिको राजमार्ग (कोदारी) आसपास, काठमाडौं र भक्तपुरमा चार दिन लामो सुटिङ सकेर फिल्म टोली अमेरिका फर्किएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौं र भक्तपुरका सम्पदा स्थलहरु, ठमेल, भक्तपुर बसपार्कसहित अरनिको राजमार्गमा फिल्म छायांकन भएको ...
। गत वर्ष ओस्कार अवार्डले दशकौंदेखिको नियममा परिवर्तन गर्दै ‘स्याम्पेन रङ’को कार्पेट बिछ्यायो । विश्व फिल्मको सर्वोच्च पुरस्कारको यो निर्णयले त्यतिबेला ठूलै तरंग ल्याएको थियो । ओस्कार यस वर्ष परम्परागत रङमै फर्किएको छ । एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेजले यस वर्षको ओस्कार समारोहमा ‘रेडकार्पेट’ बिछ्याइने निर्णय गरेको छ । गत वर्ष चकलेटजस्तो देखिने खैरो रङको ...
। एडम स्यान्डलर हलिउडमा सबैभन्दा धेरै कमाउने अभिनेता घोषित भएका छन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको नयाँ सूचीमा उनी शीर्षस्थानमा छन् । नेटफ्लिक्सको रोमान्टिक-कमेडी-थ्रिलर सिरिज ‘मर्डर मिस्ट्री २’ ले उनलाई यो उपलब्धिका लागि मद्दत गरेको हो । फोर्ब्सका अनुसार उक्त सिरिजबाहेक अन्य तीन फिल्ममा समेत गरेर उनले सन् २०२३ मा ७३ मिलियन डलर कमाइ गरे । ‘बार्बी’ ...
। ‘ओपेइनहाइमर’बाट किलियन मर्फीले सर्वश्रेष्ठ अभिनेता र निर्देशक क्रिस्टोफर नोलनले निर्देशन विधामा यसवर्षको ओस्कार अवार्ड जितेका छन् । अवार्ड ग्रहण गर्दै अभिनेता मर्फीले निर्देशन नोलनसहित फिल्मको टोलीलाई धन्यवाद दिँदै पछिल्लो २० वर्षको आफ्नो करिअर उतारचढावपूर्ण, सिर्जनात्मक र सन्तोषजनक ढंगले बितेको बताए । ‘मैले भन्न सक्नेभन्दा बढी म तपाईंहरुप्रति ऋणी छु’ उनले भने । त्यसपछि उनले धन्यवाद व्यक्त ...
। यस वर्षको ९६औं ओस्कार अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व देखिएको छ । आणविक बमका आविष्कारक भौतिकशास्त्री रोबर्ट जे ओपेइनहाइमरको यो बायोपिक फिल्मले सात विधामा जितेको छ । यो फिल्मले सर्वश्रेष्ठ फिल्म, निर्देशक, अभिनेता, सहायक अभिनेता, सम्पादन, छायांकन, बेस्ट स्कोरसहित अवार्ड जित्यो । क्रिस्टोफर नोलन उत्कृष्ट निर्देशक बन्दा किलियन मर्फीले अभिनेता विधामा बाजी मारे । रोबर्ट डाउने जुनियरले पहिलो ...
1 2 3 4 5 6 ... Next Last
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम