मुख्य समाचार

मनोरञ्जन

‘ दी लास्ट हनी हन्टर’लाई दोहोरो अवार्ड
काठमाडौं–भीरमा मह काढ्ने कुलुङ राईको परम्परामाथि बनेको वृत्तचित्र ‘दी लास्ट हनी हन्टर’ले राजधानीमा सोमबार सम्पन्न १५ औं संस्करणको ‘काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा दुई अवार्ड जितेको छ । ३५ मिनेट लामो यो वृत्तचित्रले ‘नेपाल पानोरामा’ अन्तर्गत ‘अडियन्स अवार्ड’ र ‘स्पेशल जुरी मेन्सन’ अवार्ड जितेको हो । यो वृत्तचित्र अमेरिकी नागरिक बेन नाइटले निर्माण तथा निर्देशन गरेका हुन् । उनले नेपालमा निर्माण गरेको यो पहिलो वृत्तचित्र हो । फिल्मको प्रडक्सन हेरेको बेन आयर्सले दोहोरो अवार्ड नेपालीलाई नै समर्पण गरे । नेपालीमा फरर बोल्ने उनले ‘दी लास्ट हनी ...
जन्मदिनमा दाइजोविरुद्ध जागरण
काठमाडौं- तराईमा प्रचलित दाइजो(दहेज) प्रथाको विषयमा निर्माण गरिएको फिल्म ‘राज्जा रानी’ले प्रचारप्रसारसँगै दाइजो र बालविवाहविरुद्ध सोमबारबाट जागरण अभियान सुरु गर्ने घोषणा गरेको छ । फिल्मकी अभिनेत्री केकी अधिकारीको जन्मदिनको मौका पारेर फिल्म र सामाजिक संस्था भोर नेपालले राजधानीमा पत्रकार सम्मेलन गर्दै पूर्वको विराटनगरदेखि सुरु हुने अभियान दस दिनपछि राजधानीमा टुंगिने जानकारी दिए । भोर संस्थाका संयोजक राजकुमार महतोेले बाल विवाह एवं दाइजो विरुद्धको जागरण अभियानमा फिल्म रिलिज प्रभावकारी हुने विश्वास लिए । ‘हामीले १२ वर्षदेखि तराईमा यो अभियान चलाईरहेका छौं । यसपटक यस्तै कथाको फिल्मसँग सहकार्य ...
मोबाइलले फिल्म खिच्ने प्रतियोगिता
काठमाडौं- अत्याधुनिक क्यामराले खिचिएका फिल्म तथा वृत्तचित्रको महोत्सव राजधानीका दर्शकका लागि नयाँ रहेनन् । यस्तै क्यामराले खिचेका फिल्म तथा वृत्तचित्रको महोत्सव ‘काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल’ को १५ औं संस्करण राजधानीमा जारी छ । तर, आइतबार मोबाइलबाट खिचिने फिल्मको पनि प्रतियोगिता घोषणा गरिएको छ । राजधानीको कालिकास्थानमा रहेको सर्वनाम थिएटरले विगतको वर्षझैं यस वर्ष पनि मोबाइल फिल्म प्रतियोगिता ‘दृश्यांश’ आयोजना गर्न लागेको हो । सर्वनाममा आइतबार पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताको घोषणा गरेको हो । प्रतियोगिताकी संयोजक सम्पदा मल्लले कथा भएर पनि प्रविधिको कारणले ती ...
जीवनको खुशी खोज्दै नम्रता चित्र
काठमाडौं- प्रविधिमा व्यस्त भएर मानिस आफैलाई भुल्न थालेका छन् । आफू वरिपरिको मनोरम प्रकृति र आफ्नै जीवनका सुन्दर अनुभूतिलाई बिर्संदै गएको अवस्था सम्झाउन कलाकार नम्रता सिंहले कला प्रदर्शनीकै बाटो रोजेकी छन् । ललितपुरको नेवा छेँ आर्ट ग्यालरीमा शनिबारदेखि सुरु उनको दोस्रो एकल कला प्रदर्शनी ‘फ्र्यागनेन्स अफ लाइफ’ मा नम्रताले जीवनका स–साना खुशीलाई चित्रमा उतारेकी छिन् । मानिसले प्रकृति प्रेमलाई भुलेर कृत्रिम वस्तुतिर मन लगाएको अभिव्यक्ति चित्रको माध्यमबाट गरेकी छिन् । मिथिला रंगमा उनले बुद्ध र हाँसको प्रेमलाई चित्रमार्फत मानिसमाझ पु¥याउन खोजेकी छन् । ‘द साइलेन्ट लभ’ ...
‘कृ’को रोमान्टिक पोस्टर
काठमाडौं–वर्षकै प्रतिक्षित फिल्मको रुपमा रहेको फिल्म ‘कृ’को रोमान्टिक फस्टलुक सार्वजनिक भएको छ । पोष्टरमा फिल्मका मुख्य कलाकार अनमोल केसी र ‘डेब्यु’ नायिका अदिती बुढाथोकीको रोमान्टिक मुडलाई देख्न सकिन्छ । अनमोलको सोलो एक्सन रुप प्रस्तुत गरिएको फस्टलुक यसअघि नै सार्वजनिक भइसकेको छ । द सुपर काजोल फिल्मस् र सुवास इन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गरेको फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक हुँदैछ । फिल्ममा अनमोल केसी, अदिती बुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरसियाको अभिनय छ । सुवास गिरी र भुवन केसी निर्माता रहेको फिल्ममा सुरेन्द्र पौडेलको निर्देशन छ ...
पाँच फिल्मकर्मी सम्मानित
मंसिर २९ -वरिष्ठदेखि युवासम्मका पाँच फिल्मकर्मी बुधबार राजधानीमा सम्मानित भएका छन् । ड्रिम वल्र्ड अफ फिल्ममेकर्सले वरिष्ठ फिल्मकर्मी लक्ष्मीनाथ शर्मा, सञ्चारकर्मी एवं गीतकार शान्तिप्रिय र युवा फिल्मकर्मी एवं सञ्चारकर्मी फूलमान वललाई पुरस्कृत र अभिनेत्री एवं निर्देशक दीपाश्री निरौला र युवा फिल्मकर्मी विनोद पौडेललाई सम्मानित गरेको हो । शर्मालाई १५ हजार ५ सय रुपैयाँ र ताम्रपत्रसहित ‘श्याम–सुनिता विशिष्ट चलचित्रकर्मी पुरस्कार’, शान्तिप्रियलाई ताम्रपत्र र उत्ति नै रकमसहित ‘वरिष्ठ चलचित्रकर्मी पुरस्कार’ तथा वललाई ताम्रपत्र र ११ हजार १ सय रुपैयाँसहितको ‘युवा चलचित्रकर्मी पुरस्कार’ दिइएको हो । निरौला र ...
डीजे नआएपछि दरबारमार्गको नाइट क्लबमा तोडफोड
दरबारमार्गको चर्चित क्लब डेजाभूमा बुधबार मध्यराति तोडफोड भएको छ। अमेरिकाका चर्चित डिजे मार्समेलो आउने भनेर ५ हजार दरको टिकट काटेर क्लब पुगेका समर्थकहरुले उनलाई नल्याएपछि तोडफोड गरेका हुन्। ३ हजारभन्दा धेरै व्यक्ति डिस्को पुगेका थिए । तर मार्समेलो नआउने खबर पाएपछि उनीहरु आक्रोशित बनेर तोडफोड गरेको बताइएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले घटनामा एक जना घाइते भएको जानकारी दिए । मार्समेलोले भने बिरामी भएका कारण आफू आउन नसकेको जानकारी दिँदै ट्वीटरमार्फत माफी मागेका छन्। डाक्टरले आफूलाई आराम गर्न ...
‘कथा कमजोर भए फिल्म असफल’
मंसिर २८ -निर्माण भएका सबै फिल्म सफल हुँदैनन् । असफल किन भए ? यस विषयमा नेपाली फिल्म क्षेत्रमा कहिल्यै बहस र चर्चा हुँदैन । ‘यहीँनेर नै हामी चुकेका छौं,’ बलिउड स्क्रिप्ट राइटर अन्जुम राजावली भन्छन्, ‘स्क्रिप्ट राइटिङ फिल्मको मेरुदण्ड हो ।’ उनी स्क्रिप्ट राइटिङ कार्यशालाका लागि यति बेला काठमाडौं आएका छन् । कान्तिपुर फिल्म एकेडेमीको निम्तोमा उनी दुईदिने कार्यशालाका लागि काठमाडांै आएका हुन् । बिहीबार र शुक्रबार हुने कार्यशालामा अन्जुमले स्क्रिप्ट लेखनबारे आधारभूत गाइडलाइनसमेत तयार पारेका छन् । बुधबार पत्रकार सम्मेलनमा उनले फिल्मको मेरुदण्ड नै पटकथा ...
चित्रकला सिक्न फिनल्यान्डबाट
मंसिर २८ -फेवा किनारको डयामसाइड पार्कमा केही युवती चित्र कोरिरहेका भेटिए । क्यानभासमा रङ पोत्दै गर्नेमा तीन विदेशी पनि थिए । कोही फेवातालमा टल्किरहेको माछापुच्छ्रे बनाउँदै थिए भने कोही पार्कमा खेलिरहका बालबालिका । चित्रकारिता सिक्न फिनल्यान्डबाट आएका युवती र पोखरेली कलाकारले हालै एकै ठाउँ जुटेर चित्र बनाए । वुमन आर्टिस्ट ग्रुप अफ नेपाल (वेगन) पोखराले त्यस्तो अवसर जुटाएको हो । फिनल्यान्डको पेक्का हलोनेन एकेडेमीबाट छात्रवृत्ति पाएर उनीहरू नेपाल आएका हुन् । उनीहरू एक महिनादेखि चित्रकार रागिनी उपाध्यायसँग चित्रकारिता सिकिरहेका छन् । कला कार्यशालामा विदेशी कलाकारले प्रकृति ...
बुद्ध, निशान र प्रताप अमेरिका आउने
नयाँ बर्ष २०१८ को लागि नेपाल आइडलका विजयीहरू बुद्ध लामा, निशान भट्टराई र प्रताप दास अमेरिकाको प्रत्यक्ष सांगीतिक यात्रा कार्यक्रमको लागि अमेरिका आउने भएका छन् l नेपाल आइडल टप थ्री युएस टुर नामक उक्त कार्यक्रम अमेरिकाका विभिन्न शहरहरुमा हुने तय भएको छ l केटिएम इन्टरटेनमेन्टको आयोजनामा हुने उत्कृष्ट ३ अमेरिका यात्रा नामक कार्यक्रम अमेरिकाका बिभिन्न राज्यहरुका बिभिन्न शहरहरुमा नयाँ बर्ष २०१८ मा बेजोड प्रस्तुति हुने भएको छ l यस अघि उनीहरुले प्रथम नेपाल आइडलका ३ बिजयीहरुले नेपाली समुदायको जन घनत्व ज्यादा भएका देशहरुमा आफ्नो प्रस्तुति देखाई ...
विराट–अनुष्काको इटालीमा भयो बिहे
मंसिर २६ – भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्माले विवाह गरेका छन् । कप्तान कोहली र अभिनेत्री शर्माले इटालीमा विवाह गरेका हुन् । आफ्नो विवाहको तस्बिर ट्वीटरमा राख्दै कोहलीले विवाहको पुष्टि गरेका हुन् । उनले लेखेका छन् ‘आज हामी दुई एकअर्काको प्रेममा अनन्तकालसम्म बाँधिने कसम खाएका छौं । हामी यो खबर तपाईंहरुसँग साझा गर्दा निकै खुशी र धन्य महसुश गरिरहेका छौं ।’ उनले अघि लेखेका छन् ‘परिवार तथा समर्थकको मायाले हाम्रो यो दिनलाई हाम्रा लागि थप खास बनाइदियो । हाम्रो ...
“मिस्टर झोले” ट्रेलर
मंसिर २६ -चार वर्षअघि दयाहाङ राई र प्रियंका कार्कीलाई लिएर निर्देशक दीपेन्द्र के खनालले डार्क कमेडीको नयाँ स्वाद भित्र्याए, ‘झोले’ फिल्ममार्फत । दर्शकले फिल्म रुचाए पनि । सोही फिल्मबाट टेकेन खड्का फिल्म निर्माणमा छिरेका थिए । उनै खड्काले पहिलो फिल्मको चार वर्षपछि दोस्रो प्रोजेक्टका रूपमा ‘मिस्टर झोले’ ल्याएका छन्, जसमा दयाहाङ मात्र दोहोरिएका छन् । लेखन र निर्देशन दुवैको जिम्मा निर्माता खड्काले रामबाबु गुरुङलाई सुम्पिएका हुन् । दयाहाङसहित वर्षा राउत, दिया पुन, पुष्कर गुरुङ, बुद्धि तामाङ, प्रवीण खतिवडा, विजय बराल, अरुणा कार्की, कमलमणि नेपाल, सरोज अर्याल, ...
फेरि सबिन
मंसिर २६ -नृत्य समूह ‘कार्टुन्ज क्रु’ बाट छुट्टिएर आफ्नै हिसाबले काम गरिरहेका सविन कार्की ‘बिस्ट’ युटयुबमा लगालग छाइरहेका छन् । केही अघि उनी ‘भाइरल भैदियो...’ गीतको भिडियोका कारण चर्चामा थिए । अहिले सविनकै निर्देशनमा बनेको ‘मिटिङ समवान फ्रम द सेम भिलेज’ शीर्षक कमेडी भिडियो युटयुब नेपाल ट्रेन्डिङको पहिलो नम्बरमा छ । सोमबार दिउँसोसम्म उक्त भिडियोमा २ लाख ८२ हजार ९ सय भ्युज थियो भने दुई हजारभन्दा बढी कमेन्टस् आएका थिए । युटयुबमा अपलोड गरेको दुई तीन दिनभित्रै राम्रो हाइप लिएको भिडियोमा सविन, सञ्जय र आकाश उप्रेतीलाई ...
जोफेनले जितिन् ‘मिस नेसनल आइकन’
मंसिर २५ -ताप्लेजुङको ओलाङचुङगोलाकी जोफेन लामा ‘मिस नेसनल आइकन–२०१७’ भएकी छन् । राजधानीमा शनिबार अबेर सम्पन्न प्रतियोगितामा सुदूरपूर्वकी चेलीले ताजसँगै कार पाएकी छन् । २० प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुम्दै गर्दा उनको गहभरि आँसु थियो । प्रतियोगितामा प्रियंका पुरी फस्ट रनरअप भइन् र स्कुटी पाइन् । सेकेन्ड रनरअप भएकी मेरिना तुम्सा लिम्बूले ५० हजार रुपैयाँ पाइन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ग्रान्ड फिनालेको स्टेजमै तीनै विजेतालाई कार, स्कुटी र नगद हस्तान्तरण गरिएको थियो । प्रतियोगितामा रश्मी आलेमगर मिस फोटोजेनिक, निर्मला तामाङ मिस बब्ली, इन्दिरा राई मिस ...
प्रियंका एसियाली महिलामा एक नम्बर
मंसिर २४ - बेलायतको इस्टर्न आई पत्रिकाको सर्वेक्षणले बलिउडकी प्रियंका चोपडालाई एसियाकै सेक्सिएस्ट वुमन घोषित गरेको छ । गतवर्ष दीपिका पादुकोण सर्वेक्षणमा अगाडि थिइन् । यसपटकको समेत गरी प्रियंका पाँचौंपल्ट सेक्सिएस्ट वुमन बन्न सफल भएकी छन् । दीपिका भने यो पाली तेस्रो स्थानमा धकेलिइन् । ‘यो अवार्डका लागि मैले आफ्ना आमा–बुबालाई धन्यवाद दिनुपर्छ,’ प्रियंकाले बिहीबार ठटयौलो टीट गरेकी थिइन्, ‘उहाँहरूको वंशानुगत र तपार्इंहरूको अगाध प्रेमका कारण म यत्तिका पटक सूचीको अग्रपंक्तिमा परिरहेकी छु । इस्टर्न आई पत्रिकालाई धन्यवाद, केटीहरूलाई मक्ख पार्न तिमीले जानेका छौ ।’ हिन्दुस्तान ...
युवाहरुको क्रेज बढ्दैछ चलचित्र अध्ययनमा
विदेशबाट चलचित्र सम्बन्धी अध्ययन गरेका केही युवाले बनाएका चलचित्रले नेपाली दर्शकले लिइरहेको चलचित्रको स्वाद र परिभाषा बदलिदिएपछि अहिले नेपालमा चलचित्रप्रति युवा पुस्ताको ध्यान तानिएको छ । उनीहरु यस सम्बन्धी अध्ययनमा लागिपरेका छन् । यद्यपि नेपालमा अहिले पनि चलचित्र सम्बन्धि अध्ययनको लागि राज्यको तर्फबाट कुनै पनि विद्यालय स्थापना भएको छैन । चलचित्रसंग सम्बन्धित विविध निकाय छनु, तर ती सबै दलका कार्यकर्ता भर्तीकेन्द्र बनेका छन् । विश्वका धेरै मुलुकमा राज्यबाटै चलचित्रका विविध विधामा अध्यापन गराइन्छ । विद्यालय तथा विश्वविद्यालय खुलेका छन् । तर नेपालमा निजी क्षेत्रबाट भने केही यस्ता ...
First Prev 1 2 3 4 5 6 7 8 9 10 ... Next Last
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम