मुख्य समाचार
मनोरञ्जन
। यदि तपाईं मार्वल स्टुडियोको विश्वचर्चित फिल्म ‘स्पाइडरम्यान’को प्रशंसक हुनुहुन्छ भने नयाँ खबर छ । निर्माताले चौथो श्रृंखला बनाउने भएका छन् । धेरैलाई लागिरहेको थियो– स्पाइडरम्यानको पछिल्लो श्रृंखला ‘नो वे होम’ श्रृंखलाको अन्तिम हुनेछ । अभिनेता टम हल्याण्ड पनि यो श्रृंखलामा देखिनेछैनन् । तर स्पाइडरम्यानको नयाँ श्रृंखला आउँदैछ । निर्माता एमी पास्कलले सन् २०२३ को मे महिनामा ...
। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा भएको विज्ञापनमा कलाकारको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले कलाकारहरुले कुन सामग्रीको विज्ञापन गर्ने र कुनको नगर्ने भन्ने विषयमा कलाकार सचेत हुनुपर्ने बताएका हुन् । अध्यक्ष केसीले मदिरा, चुरोट लगायत स्वास्थ्यलाई हानी गर्ने वस्तुको विज्ञापनमा कलाकारहरुले अभिनय गर्न नहुने ...
। भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस’ सिजन १७ को उपाधि मुनव्वर फारुकीले जितेका छन् । अभिषेक कुमार उपविजेता भए भने मन्नारा चोपडा सेकेन्ड रनरअप भइन् । विजेता मुनव्वरले ५० लाख भारु, कार र बिग बोस ट्रफी पाए । अंकिता लोखंडे, अभिषेक कुमार, मुनव्वर फारुकी, मन्नारा चोपडा र अरुण महाशेट्टी शोको उत्कृष्ट पाँच प्रतियोगी उपाधि दौडमा ...
। एसिड आक्रमण घटनाका पीडितको कथावस्तुमा निर्माण हुन लागेको फिल्म ‘नमेटिने घाउ’को औपचारिक घोषणा भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक तथा निर्माता रमित ढुंगानाले फिल्मबारे जानकारी दिए । उक्त प्रेसमिटमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा उपस्थित थिए । यो फिल्ममा ओलीले प्रधानमन्त्रीको भूमिकामा केमियो रोलमा अभिनय गर्न लागेको जानकारी ...
। धरानका मेयर हर्क साम्पाङले फिल्म अभिनयमा डेब्यु गरेका छन् । शनिबार बेलुका धरानमा छायांकन भैरहेको फिल्म ‘खजुरे ब्रो’मा साम्पाङको एक मिनेट लामो दृश्य छायांकन गरिएको छ । फिल्ममा उनलाई गेस्ट रोलमा देख्न सकिनेछ । धरानको विजयपुरमा भैरहेको छायांकन सेटमै मेयर साम्पाङ पुगेका थिए । फिल्मका अभिनेता महेश त्रिपाठीले साम्पाङको एक मिनेटजति केमियो रोल सुटिङ भएको ...
। निर्देशक नितेश तिवारीले आफ्नो ठूलो बजेटको फिल्म ‘रामायण’को छायांकन केही महिनामा सुरु गर्दैछन् । रणवीर कपुरको शीर्ष भूमिका रहने फिल्ममा साई पल्लवीको पनि मुख्य भूमिका हुनेछ । फिल्ममा साउथ सुपरस्टार यश रावणको भूमिकामा देखिंदैछन् । बलिउड सञ्चारमाध्यमका अनुसार यो फिल्ममा हनुमानको भूमिकामा सन्नी देओलले अभिनय गर्ने जनाइएको छ । फिल्मसँग सम्बन्धित स्रोतका अनुसार उक्त भूमिका ...
। पपस्टार टेलर स्वीफ्टको एआई सिर्जित नक्कली यौनजन्य तस्वीर इन्टरनेटमा भाइरल भएपछि अमेरिकी राष्ट्रपति कार्यालयले प्रतिक्रिया दिएको छ भने सांसदहरुले यसबारे कानुन ल्याउन आग्रह गरेका छन् । ह्वाइट हाउसले घटनालाई लिएर चिन्तित भएको बताउँदै गलत सूचनालाई फैलिनबाट रोक्न मिडिया कम्पनीलाई आफ्ना नियमको कार्यान्वयन गर्न आग्रह गरेको छ । यसैसाता सोसल मिडिया प्लाटफर्म एक्सबाट गायिका स्वीफ्टको नक्कली अश्लील ...
। कृत्रिम बौद्धिकता (एआई)ले सिर्जना गरेको विश्व संगीत स्टार टेलर स्वीफ्टको पोर्नोग्राफिक तस्वीरले यससाता विश्वभर हलचल मच्चाएको छ । यससँगै डीपफेक प्रविधिले कसरी स्टारको छविलाई नष्ट गर्छ र यसले थप चुनौती सिर्जना गर्छ भन्ने बहस पनि सुरु भएको छ । पछिल्ला महिनामा भारतीय फिल्म उद्योगका सेलिब्रेटी एआई सिर्जित तस्वीरको सिकार बनिरहेको बेला अमेरिकी गायिका टेलर स्वीफ्टको ...
। र्‍यापर भिटेनले अमेरिकापछि युरोप टुरको घोषणा गरेका छन् । फेब्रुअरी ११ देखि मार्च १० सम्म उनको कन्सर्टको लाइनअप तयार भएको छ । पोर्चुगलदेखि सुरु हुने उनको टुर बेल्जियम पुगेर टुंगिनेछ । हंगामा इभेन्ट्सको सहकार्यमा भिटेनले युरोप टुर गर्न लागेका हुन् । जसअनुसार पोर्चुगलमा फेब्रुअरी ११, फ्रान्समा फेब्रुअरी १३, फिनल्याण्डमा फेब्रुअरी १७, पोल्याण्डमा फेब्रुअरी २१, माल्टामा ...
। नेपाल भ्रमणमा रहेका विश्वचर्चित हलिउड तथा चिनियाँ अभिनेता जेट ली लुम्बिनी पुगेका छन् । बुद्ध जन्मस्थल लुम्बिनी घुमघाम गर्दै उनले त्यहाँ पूजाआजा समेत गरे । उनी आफ्नी छोरी र केही सहयोगीसहित लुम्बिनी पुगेका हुन् । उनलाई लुम्बिनी विकास कोषका पदाधिकारीले त्यहाँको ऐतिहासिक महत्वका थलो र वस्तुबारे जानकारी गराएका थिए । अभिनेता लीले चाख मानेर अवलोकन ...
। ओस्कार अवार्डले सन् २०२४ देखि सर्वश्रेष्ठ फिल्म विधाको मापदण्डमा केही परिमार्जन गरेको छ । उक्त विधामा छनोट हुने फिल्म प्रतिनिधित्वमूलक र समावेशी हुनुपर्ने नयाँ नियम ओस्कारको छ । जसअनुसार यो संस्करणदेखि प्रतिनिधित्व र समावेशी मापदण्ड कार्यान्वयनमा ल्याइएको छ । यो नियमानुसार अबदेखि उत्कृष्ट फिल्मको विधामा छनोट हुने फिल्मले चारमध्ये दुई नियमको मापदण्ड पूरा गरेको हुनुपर्नेछ ...
। सलमान खान र करण जोहरले २५ वर्षपछि सहकार्य गर्दैछन् । यो प्रोजेक्टको नाम ‘द बुल’ हो, जसलाई जोहरले निर्माण गर्दैछन् । यसमा सलमान आर्मी अफिसरको भूमिकामा देखिनेछन् । यो फिल्मको छायांकन फेब्रुअरीदेखि सुरु हुने बताइएको छ । बलिउड पोर्टल ‘बलिउड हंगामा’को रिपोर्टलाई विश्वास गर्ने हो भने निर्देशक विष्णुवर्धनले निर्देशन गर्ने यो फिल्मको सुटिङ दुई महिनाका ...
। ऋतिक रोशन र दीपिका पादुकोण स्टारर बलिउड फिल्म ‘फाइटर’ शुक्रबार विश्वभर रिलिज हुँदैछ । तर यो फिल्मको प्रदर्शनमा यूएई बाहेक मध्यपूर्वका मुलुकले रोक लगाएका छन् । बलिउड फिल्म निर्माता तथा विश्लेषक गिरिश जोहरलाई उध्दृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएअनुसार अहिलेसम्म ती मुलुकमा प्रतिबन्धको निर्णय कायमै छ । तर प्रतिबन्ध लगाउनुको कारण भने केही खुलाइएको छैन । जोहरले ...
— क्रिस्टोफर नोलन निर्देशित 'ओपनहाइमर'ले यो वर्षको ओस्कर मनोनयनमा वर्चश्व कायम गरेको छ । १३ विधामा मनोनित हुँदै यो फिल्मले मनोनयनको सर्वोच्च स्थान ओगटेको हो । त्यस्तै, इमा स्टोन अभिनित फ्यान्टसी विधाको फिल्म 'पोर थिङ्गस'ले ११ र मार्टिन स्कोर्सिसको 'किलर्स अफ फ्लावर मुन'ले ओस्कर मनोनयनमा १० विधा ओगट्न सफल छ । बक्स अफिसमा ब्लकबस्टर ग्रेटा गेर्विकको 'बार्वी'ले ...
। क्रिस्टोफर नोलन निर्देशित फिल्म ‘ओपेनहाइमर’ बाफ्टा फिल्म अवार्डमा सर्वाधिक १३ विधामा मनोनयन भएको छ । जसमा आणविक बमको पिता मानिने रोबर्ट जे ओपेनहाइमरको रोलमा फिल्म खेलेका अभिनेता किलियन मर्फी समेत छन् । सर्वश्रेष्ठ अभिनेताको विधामा उनी मनोनित छन् । ग्रीष्मकालीन बक्स अफिसमा ‘ओपेनहाइमर’सँग प्रतिस्पर्धा गरेको अर्को हलिउड फिल्म ‘बार्बी’ पाँच विधामा मात्र मनोनित छ । अर्को ...
: प्याराग्लाइडिङलाई व्यावसायिक बनाउन उदयपुरको त्रियुगा नगरपालिकामा स्कुल सञ्चालनमा ल्याइएको छ। जिल्लाका पाँच स्थानीय तहका अग्ला डाँडाको अध्ययन र सफल परीक्षण उडानपछि फ्लाइङ वन्डर्स प्याराग्लाइडिङ विद्यालय सञ्चालनमा ल्याइएको हो। २०७९ सालमा कानुनी प्रक्रिया पूरा गरी दर्ता भएको विद्यालयमा पछिल्लो समय चार विदेशी नागरिकसहित ५२ जनाले अध्ययन गरिरहेको प्रशिक्षक सुरेन गुरुङले बताए। उनका अनुसार स्विट्जरल्यान्ड, नेदरल्यान्ड, ...
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 ... Next Last