मुख्य समाचार
मनोरञ्जन
। बलिउड फ्यानले लामो समयदेखि उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेको एउटा सिक्वेल हो, डन ३ । फरहान अख्तर निर्देशित फिल्ममा शाहरुख खानलाई डनको भूमिकामा हेर्न दर्शकले दशकदेखि प्रतीक्षा गरिरहेका थिए । तर फ्यानलाई चक्मा दिंदै निर्माताले केही महिनाअघि नै रणवीर सिंहलाई डनको भूमिकामा देखिने घोषणा गरे । ‘डन’को तेस्रो श्रृंखलाको प्रि-प्रोडक्सनबारे काम भइरहेको छ । यहीबेला फिल्मको कास्टिङलाई लिएर ...
। बितेको वर्ष विश्व संगीत उद्योगमा चार ट्रिलियन (४० खर्ब) पटक संगीत स्ट्रिमिङ भएको छ । भन्नुको अर्थ उक्त पटक विश्वभर संगीत सुनिएको छ । लुमिनेटको वर्ष समाप्तिको तथ्यांकमा उक्त जानकारी उल्लेख छ । सन् २०२२ भन्दा २०२३ मा अन्तर्राष्ट्रिय संगीतको आकार पनि फैलिएको छ । अघिल्लोभन्दा पछिल्लो वर्षमा संगीत स्ट्रिमिङ ३४ प्रतिशतले वृद्धि भएको उक्त ...
। के-पपको दबदबा यतिबेला विश्वव्यापी छ । अमेरिका कोरियाली संगीतको दोस्रो ठूलो अन्तर्राष्ट्रिय बजार बनेको खबर सन् २०२३ मै सार्वजनिक भइसकेको छ । दक्षिण कोरियाली पप–कल्चरको यो लोकप्रियता बुझ्न एउटा नयाँ तथ्यांक हेरे पुग्छ । यो तथ्यांकले कसरी के–पप अमेरिकी संगीत उद्योगमाथि प्रभावशाली बन्दैछ भन्ने पुष्टि गर्छ । सन् २०२३ मा अमेरिकामा सबैभन्दा बढी बिक्री हुने १० ...
। हलिउड स्टुडियो वार्नर ब्रोज डिस्कभरीसँग मिलेर अभिनेता टम क्रुजले नयाँ फिल्म बनाउने घोषणा गरेका छन् । स्टुडियो र अभिनेता दुवैले जारी गरेको वक्तव्यमा अब बन्ने फिल्म मौलिक र फ्रेन्चाइजी दुवै हुने उल्लेख छ । यो बहुचर्चित सम्झौताअनुसार यी सबै फिल्मको शीर्ष भूमिकामा क्रुज हुनेछन् । नयाँ ‘रणनीतिक साझेदारी’ भनिएको यो सम्झौतापछि क्रुज र उनको निर्माण ...
। टिना टर्नरदेखि वाकाण्डाको रानीसम्मको बहुचर्चित भूमिकाको लागि हलिउड अभिनेत्री एन्जेला बासेटलाई मानार्थ ओस्कार अवार्ड प्रदान गरिएको छ । कमेडियन मेल ब्रुक्सले पनि ओस्कारको सुनौलो ट्रफी उचाले । लियोनार्दो डिक्याप्रियो, ब्राड्ली कुपर, नताली पोर्टम्यान सहभागी गभनर्स अवार्डको क्रममा मानार्थ ओस्कार सम्मान प्रदान गरिएको हो । ओस्कारको ट्रफी ग्रहण गर्दै अभिनेत्री बासेटले ओस्कार जितेका १० अभिनेत्रीको नाम लिंदै ...
। आईएमडीबीले सन् २०२४ का प्रतीक्षित २० भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसको शीर्षस्थानमा ऋतिक रोशन र दीपिका पादुकोण स्टारर फिल्म ‘फाइटर’ छ । वेबसाइटमा बढी खोजिएका फिल्मको ट्रेन्डअनुसार आईएमडीबीको भारतीय संस्करणले यो सूची सार्वजनिक गरेको हो । आईएमडीबी फिल्मको तथ्यांक संकलन गर्ने विश्वकै ठूलो डेटाबेस प्लाटफर्म हो । सूचीको दोस्रो स्थानमा ‘पुष्पा : द ...
— उस्ताद राशिद खानको निधन भएको छ । भारतीय शास्त्रीय संगीतका चर्चित कलकार खानको सोमबार निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनी ५६ वर्षका थिए । लामो समयदेखि उनी प्रोटेस्ट क्यान्सरबाट पीडित थिए । बीबीसी हिन्दीका अनुसार उनी १ महिनाभन्दा बढी समयदेखि कोलकाताको एक अस्पतालमा उपचाररत थिए । उस्ताद राशिद खानको जन्म उत्तर प्रदेशको बदायूंमा ...
— 'किलर्स अफ फ्लावर मुन' अभिनेत्री लिली ग्ल्याडस्टोनले गोल्डेन ग्लोबमा उत्कृष्ट अभिनेत्री बन्दै यो अवार्ड जित्ने पहिलो आदिवासी महिलाको इतिहास रचेकी छिन् । मोसन पिक्चर- ड्रामा विधातर्फ उनी उत्कृष्ट अभिनेत्री घोषणा भएकी हुन् । उदयमान अभिनेत्री ग्ल्याडस्टोन पहिलोपटक गोल्डेन ग्लोबमा मनोनित भएकी थिइन् । फिल्ममा ग्ल्याडस्टोनले मोली पात्रको भूमिकामा अभिनय गरेकी थिइन् । ओसेज राज्यमा ...
। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप टापुको भ्रमण विवादले घेरिएको छ । मोदीले लक्षद्वीपका केही तस्वीर सेयर गरेका थिए, त्यसपछि लक्षद्वीपको तुलना माल्दिभ्ससँग भइरहेको छ । यो तुलनापछि माल्दिभ्सका केही मन्त्रीले भारतमाथि आपत्तिजनक टिप्पणी गरेका छन् र प्रधानमन्त्री मोदीलाई ‘जोकर’समेत भनेका छन् । यद्यपि, माल्दिभ्सले बेलुकासम्म तीन मन्त्रीलाई पदबाट बर्खास्त गरिसकेको छ । आइतबार दिउँसभर भारतमा माल्दिभ्स ...
असमान व्यवहार तथा सम्झौताविरुद्ध हलिउडको सात महिने सफल आन्दोलनबाट प्रेरित हुँदै बलिउडमा पनि अनुचित सम्झौताविरुद्धको लडाइँको तयारी भइरहेको छ । पटकथा लेखकहरुप्रति अन्याय भएको भन्दै बलिउड अन्यायविरुद्ध लड्ने तयारीमा लागेको हो । हलिउडको राइटर्स गिल्ड अफ अमेरिका झैं बलिउडमा पनि स्क्रिन राइटर्स एसोसियसन छ । बलिउडको यस संस्थामा करिब ५५ हजार सदस्य छन् । चलचित्र निर्माताको ...
। जेन्डाया र टम हल्याण्डको लोकप्रिय जोडी अलग भएको खबरले विश्व तरंगित भएको छ । अन्तर्राष्ट्रिय मिडियाले समेत प्राथमिकताका साथ यो गसिप छापिरहेका छन् । २७ वर्षीया अभिनेत्रीले साथी, को–एक्टर र प्रेमी समेत रहेका हल्याण्डसहित सबै जनालाई इन्स्टाग्रामबाट अनफलो गरेपछि यो चर्चा सुरु भएको हो । यो अनफलोबारे कुनै प्रष्टीकरण नदिइकन जेन्डायाले आगामी फिल्म ‘च्यालेन्जर्स’को पोस्टर मात्र ...
। रिपोर्टलाई पत्याउने हो भने हलिउड अभिनेत्री एन्जेलिना जोली पुनः डेट गर्न इच्छुक छिन् । यी अभिनेत्रीलाई हालै न्युयोर्क सहरमा १९ वर्षीय छोरा प्याक्स र १८ वर्षीया छोरी जहारासँगै अपार्टमेन्ट खोज्दै गरेको बेला देखियो । स्रोतको दाबीअनुसार एन्जेलिना हलिउड सहर लस एन्जलस छाडेर न्युयोर्कको म्यानहटनमा नयाँ जीवनको थालनी गर्न चाहन्छिन् । स्रोतका अनुसार उनी ठाउँ मात्र ...
। चीनलाई उछिन्दै संयुक्त राज्य अमेरिका विश्वकै दोस्रो ठूलो के-पप संगीतको बजार बनेको छ । मंगलबार सार्वजनिक गरिएको तथ्यांकमा सन् २०२३ को मध्यसम्म पूर्वी एसियाली मुलुक जापान के-पपको सबैभन्दा ठूलो बजार देखिएको छ । यो तथ्यांकअनुसार अमेरिकामा कोरियाली पप संगीतको बजार अझै बिस्तार हुँदै गएको देखिन्छ । वर्षको मध्यसम्म अमेरिकाका के-पप एल्बमको निर्यात अहिलेसम्मकै उच्च बिन्दुमा ...
। सन् २०२३ मा विश्व फिल्मको बक्स अफिसको नतिजाले केही नयाँ तथ्य प्रकाशमा ल्याएको छ । जसअनुसार अमेरिका पुनः विश्वकै ठूलो फिल्म बजार बनेको छ भने युनिभर्सल स्टुडियो विश्वकै ठूलो फिल्म स्टुडियो । बितेको वर्ष अमेरिकी फिल्म बजारको आकार ९ बिलियन डलर पुगेको कमस्कोरले उल्लेख गरेको छ । यद्यपि, अमेरिकी फिल्म उद्योगको समग्र आम्दानी कोभिड महामारीअघिकै ...
। दर्शक अभावमा केही दिनमै नेपालका हलबाट उत्रिएको भारतीय फिल्म ‘ट्‍वेल्थ फेल’को चर्चा यतिबेला भइरहेको छ । डेढ महिनाअघि बटरफ्लाइ मुभिजले यसलाई नेपालमा रिलिज गरेको थियो । दर्शकै नगएपछि फिल्मलाई हलबाट मात्र उतारिएन, वितरकले घाटासमेत व्यहोर्नुपर्‍यो । ओटीटीमा रिलिज भएपछि भने यो फिल्मको चर्चा नेपालमा आकाशिएको छ । सामाजिक सञ्जालका टाइमलाइनमा ‘टुवेल्थ फेल’को प्रशंसा भइरहेको छ ...
। उच्च अदालत पाटनले राष्ट्रिय चलचित्र पुरस्कार २०८० सम्बन्धी मुद्दामा जुरीको निर्णयको सक्कल फाइल पेश गर्न चलचित्र विकास बोर्डलाई आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद पौडेल र रमेशराज पोखरेलको संयुक्त इजलासले बुधबार प्रमाण बुझ्ने निर्णय गर्दै उक्त आदेश दिएको अदालतका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए । ‘आदेशानुसार सक्कल मिसिल आएपछि मात्र पेश हुनेछ,’ उनले भने । राष्ट्रिय ...
First Prev ... 2 3 4 5 6 7 8 9 10 11 12 ... Next Last