मुख्य समाचार

सूचना प्रविधि

भूकम्पबारे सूचना दिने नया एप्स

काठमाडौं–गईरहेको भूकम्पको कारण खानी तथा भूगर्भ विभागले  ‘नेपाल अर्थक्वेक अपडेट्स्’ नामक मोबाइल एप्स सार्वजनिक गरेको छ। उक्त एप्सले भूकम्पको पुरा जानकारी दिनेछ। खानी तथा भूगर्भ विभागका अनुसार ४ रेक्टरस्केलभन्दा माथिका भूकम्प जानासाथ भूकम्पको सबै सूचना मोबाइल एप्समा अपडेट हुनेछ ।
शनिबार एक कार्यक्रमकाबीच उद्योगमन्त्री महेश बस्नेतले उक्त एप्सको शुभारम्भ गरे। साथै भूकम्पबार जानकारी लिन शुल्क नलाग्ने टेलिफोन नम्बर(टोल फ्री नम्बर) १६१८०१४४१०१४१ को समेत शुभारम्भ गरे।
 

दोस्रो एयरबसको उडान सुरु

काठमाडौँ- वैशाख १८ मा काठमाडौं लेराएको दोस्रो नयाँ जहाजले बिहीबारबाट नियमित व्यापारिक उडान सुरु गरेको छ । उक्त जहाज बिहान ८:२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय ३६ यात्रु लिएर भारतको नयाँदिल्ली गएको हो ।
‘दोस्रो नयाँ एयरबसबाट हामीले नियमित व्यापारिक उडान सुरु ग¥यौं,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले बिहीबार नागरिकसँग भने, ‘पहिलो उडानबाट हामी उत्साहित छौं । निगमप्रति यात्रुले देखाएको माया यसैगरी पाइरहने विश्वास छ ।’
निगमले १ सय ५८ सिट क्षमतायुक्त उक्त जहाजलाई ‘लुम्बिनी’ नामकरण गरेको छ । यसको कलसाइन ‘९एन–एकेएक्स’ ...

ओजानले त्रास नफैलाउन गरे आग्रह

काठमाडौं–भूकम्पको बारेमा खबर हाल्दा सचेत हुनु भनेर अनलाइन पत्रकार संघले अनलाइन न्युज पोर्टलमा कार्यरत सञ्चारकर्मीलाई आग्रह गरेको छ ।उक्त खबरहरुको कारण मानिसहरुमा त्रासको भावना झन् बढेको हुनाले गर्दा सो कार्यमा गम्भीरता दिनु भनेका छन्।
यस्तो अवस्थामा पनि आफ्नो कार्यमा निरन्तता दिएर जनतामा खबर पुर्याएका यी संस्थाहरुको कार्य सम्मानीय र साथै  अनुमान र हल्लाका भरमा समाचार सम्प्रेशण नगर्न संघले आग्रह गरेको हो ।
उसले कतिपय न्युज पोर्टल र समाजिक सञ्जालमा प्रेसित समाचारले थप त्रास र भयको वातावरण सिर्जना गरेको भन्दै संघका अध्यक्ष प्रवेश सुवेदीद्धारा जारी विज्ञप्तीमा ...

रेडक्रसले गर्यो एनसेललको कार्यमा आपत्ति

काठमाडौं—एनसेलले भूकम्पपीडितका लागि राहत सामग्री भन्दै  रेडक्रस लोगो स्टिकर लगाएर सञ्चार उपकरण आयत गरेकोमा नेपाल रेडक्रस सोसाइटीले आपत्ति जनाएको छ।
चिनबाट राहतको सामाग्री भन्दै उक्त सामानहरुमा आफ्नो समान प्रवेश गरेको भन्दै सो सबै बस्तुहरुलाई सरकारले छानबिनमा राखेका छन् ।
अन्तर्राष्ट्रिय मानवीय कानुनअनुसार रेडक्रसका निकायहरुले आफ्ना मानवीय कार्यहरु तथा यससँग सम्बन्धित व्यक्ति, सामग्री, भवन तथा साधनहरुको पहिचान तथा सुरक्षाको लागि रेडक्रस चिन्हको प्रयोग गर्दछन्।

एनसेलले चीन स्थित आफ्नो आपूर्तिकर्ता कम्पनी जेटिइले रेडक्रसको लोगो अंकित स्टिकर टाँसेर व्यापारिक इक्विपमेन्ट पठाएको स्वीकारिसकेको छ। उसले भूकम्पपछि नेपालमा राहत ...

रोकियो ई–भिलेजको कार्यक्रम

बनेपा- सरकारी स्कुलमा इन्टरनेट सुविधा,गुनस्थरिय पढाइ, कृषि तथा पशुपालन सम्बन्धि जानकारी,रोजगारका सूचना,ई–मेडिसिनको बेव्यस्था यी नै थियो ई-भिलेजको स्वप्न ।
यस्तै कार्यक्रम सञ्चालन गर्दै गाउँ समृद्ध बनाउन दत्तचित्त थियो, काभ्रेका पूर्व सभासद कृष्णप्रसाद सापकोटासहितको उत्साही समूह तर ७ वर्षदेखिको यो अभियानलाई अघिल्लो शनिबारको विनाशकारी भूकम्पले पूर्णविराम लगाइदिएको छ।
स्कुलमै आधारित रहेर सञ्चालनमा आएको सबै कार्यक्रम भूकम्पले स्कुल ध्वस्त हुँदा कम्प्युटर, पाठ्यपुस्तक, ई–लाइब्रेरी, वायरलेस प्रणालीसहित सबै सखाप भएका छन्। प्रत्येक गाविसका उच्चमावि र माविहरु केन्द्र थिए। यस भेगका सबै स्कुल भवन भूकम्पले ध्वस्त हुँदा पूर्वाधारको नामोनिसान छैन।

रेडियो रसुवा पुन संचालनमा

धुन्चे-महाभूकम्पपछि रसुवाको धुन्चेमा एक विदेशी टोलीले रेडियो रसुवाको पुन;प्रसारणका लागि सहयोग गरेका छन्।महाभूकम्पका कारण ‘रेडियो रसुवा' को भवन भत्काएपछि १० दिनसम्म प्रसारण बन्द रह्यो।फस्ट रेस्पोन्स रेडियोले बुधबारबाट रेडियो रसुवा पूर्ण प्रसारणमा सहयोग गरेका छन्।
विपतको घडीमा जति बढी सूचना आदानप्रदान गर्न सकियो, उद्धार र राहत उति सहज हुन्छ भन्ने अवधारणा राखेर फस्ट रेस्पोन्सका छ जना रेडियो रसुवालाई पूर्ण प्रसारणमा ल्याउन जुटेका हुन्। यसका लागि फस्ट रेस्पोन्सकै मोबाइल स्टुडियोबाट कार्यक्रम प्रसारण गरिएको छ।
टोलीमा अमेरिकी नागरिक माइक एडम्स, पाकिस्तानी हजिन लतिफ, भारतीय फिरोज भी फरिदी र ...

गुगलले बेलुन उडाउने

लण्डन– विश्वको अझै इन्टरनेटको पहूँच नपुगेको यसै अभावलाई पूरा गर्न विश्वकै ठूलो सर्च इन्जिन कम्पनी गुगलले एक परियोजनाको माध्यमबाट बाँकी दुई तिहाई क्षेत्रमा इन्टरनेट सुविधा पुर्‍याउने प्रयास थालेको छ।
पृथ्वीबाट २० किलोमिटरको दूरीमा आकाशमा उड्ने बेलुनको माध्यमबाट इन्टरनेट सुविधामा सबैको पहूँच पुर्‍याउने प्रयास गरिरहेको गुगलको दाबी छ। तर, यस्तो बेलुनले कसरी काम गर्छ र यसले दिने इन्टरनेट सुविधा चीर स्थायी हुन्छ वा हुँदैन भन्ने विषयमा आम मानिसको चासो छ। यसै चासोलाई गुगलको लून परियोजनाका रिच डिवालले सविस्तार बताएका छन्।
सायद यस्तो पहिले कहिल्यै भएकै थिएन, ...

एनसेलको सामान रेडक्रसको भन्सारसंगै विमानस्थलमा पाईयो

२०७२/१/२३ -एनसेलको दूरसञ्चारसम्बन्धी उपकरणलाई चीनबाट रेडक्रसको स्टिकर लगाएर ल्याइएका कारणले गर्दा भन्सार विभागले रोकिदिएको छ । ती उपकरणहरुको कागजातसमेत नभएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सारले रोकेको हो ।

'रेडक्रसले पठाएका उद्दार सामाग्रीमा एनसेलको सामानसमेत भेटियो भन्ने सुनेको छु,' राजस्व सचिव नवराज भण्डारीले भने, 'उनीहरुको राहत सामाग्री हो, भन्सार छुट पाउँ भन्न पनि आएका छैनन् । सामान पनि लगेका छैनन् भन्ने जानकारी छ ।'

भन्सार विभागका एक अधिकारीका अनुसार रोकिएका ती सामानमा कार्टुनभन्दा केही ठूला करिब १३ वटा प्याकेट छन् । 'ती सबैमा रेडक्रसको स्टिकर ...

२०१६ डिभीको नतिजा सार्वजनिक

काठमाडौं-सन् २०१४ को अक्टोबर १ देखि नोभेम्बर ३ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक गरिएको हो।अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१६ को नेपालस्थित अमेरिकी दूतावासले यो खबर सार्वजनिक गरेको हो।
नेपालस्थित अमेरिकन दूतावासले ट्विटरमार्फत आफ्नो नतिजा हेर्न अनुरोध गरेको छ। दूतावासले डिभी भरेकाहरुलाई आफ्नो रिजल्ट डिभीलोटरी डट स्टेट डट जिओभीमा हेर्न आग्रहसमेत गरेको छ।
दूतावासले नतिजा सार्वजनिक भएको जानकारी गराए पनि मंगलबार बिहानसम्म परिणाम हेर्न भने सकिएकाे छैन।
 

भुकम्प पिडितलाई १ अर्ब १० करोड दिने-एनसेल

काठमाडौँ-१२ गते आएको महाभुकम्प पछाडी पिडितहरुको राहतको लागि एनसेलले १ अर्ब १० करोडको सहयोग दिने नीति मिलाएको छ।सो सहयोगको लागि सरकारसंग प्रस्ताब पनि गईसकेको छ।
भुकम्पको कारण जिल्लाको विभिन्न स्थानमा त्रास फैलिएको छ साथै ज्यान त गुमाएका छन् नै साथमा बस्ने वास पनि गुमाउनु परेको छ।यसै कारणले गर्दा अतिनै छेती ग्रस्त ठाउमा एनसेलले आफ्नु मूल लक्ष्य बनाउने र तेहाका बासिन्दाहरुको मदद गर्ने निर्णय लिएको छ।एनसेलको माउ कम्पनी टेलियासोनेराले राहतका लागि तत्काल १० करोड रुपैयाँ दिन लागेको हो । सञ्चारमन्त्री मीनेन्द्र रिजालले भने, ‘मानवीय राहतका लागि ...

डेभ गोल्डबर्गको निधन

सन फ्रान्सिस्को-सर्भे मङकीका सीईओ तथा फेसबुकका प्रमुख सञ्चालन अधिकृत सेरिल स्यान्डबर्गका पति डेभ गोल्डबर्गको असामयिक निधन भएको छ। शुक्रबार राति भएको उनको निधनबारे उनका भाईले फेसवुक पोष्टमार्फत शनिबार बताएका हुन्।
‘मेरो परिवार, आफन्त र साथीहरुका लागि यो निकै अपत्यारिलो र दुःखद् झड्का हो कि मैले मेरो दाइ डेभ गोल्डबर्गलाई गुमाएको छु। सेरिल स्याण्डबर्गको पति, दुई सुन्दर नानिहरुका पिता र पाउला गाल्डबर्गका छोरा गएराती हामीबाट निकै टाढा भएका छन्।’ रोबर्ट गोल्डबर्गले फेसबुकमा लेखेका छन्।
४७ वर्षीय गोल्डबर्गले संगठनहरुो सर्भेको सयोग गर्ने सर्भे मङकी भन्ने संस्थामा २००९ ...

'लुम्बिनी' एयरबस नेपालमा

काठमाडौ, वैशाख १८ - नेपाल वायु सेवा निगमले करिब ५ अर्ब रुपैयाँमा खरिद गरेको दोस्रो एयरबस ए-३२० जर्मनीको ह्यामबर्गबाट बिहिबार बिहान ६:३० दोहा हुँदै काठमाडौं अवतरण गरेकाे छ । याे एयरबसकाे नाम 'लुम्बिनी' राखिएकाे छ । एयसबसकै प्रशिक्षक पाइलट र निगमका पाइलटले उक्त विमान काठमाडै ल्याएका हुन् ।

विमान लिनलार्इ गत बुधबार नै निगमका गुणस्तर व्यवस्थापन विभागका प्रमुख रविन प्रधान, इन्जिनियरिङ विभाग कर्णबहादुर थापा, इन्जिनियर पवनकुमार करवाल, प्रोजेक्ट संयोजक प्रभास कर्माचार्य र नागरिक उड्डयन प्राधिकरणका तर्फबाट भेषराज सुवेदी लगायतको प्राविधिक टोली जर्मन गएके थियो ...

६ दिनमा २४ करोड कल

काठमाडौं-शनिबारको भूकम्पपछि राहत र उद्धारमा सहयोग पुर्‍याउन नेपाल टेलिकमले दिएको निःशुल्क मोबाइल फोन ६ दिनको अवधिमा २४ करोडपटक प्रयोग भएको छ। टेलिकमले औसत २ मिनेट ३० सेकेन्डको निःशुल्क भ्वाइस सेवा दिएकोमा त्यसलाई दैनिक ४ करोडपटक डायल भएको टेलिकमले जनाएको छ। टेलिकमले शनिबारदेखि दिएको निःशुल्क सेवा बिहीबार राति १२ बजेदेखि सकिएको छ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले बिपतको बेला टेलिकमले दिएको सेवा प्रयोग गर्ने संख्या शनिबारदेखि बिहिबारसम्म दोब्बर रहेको बताए। अघिपछि साधारण समयमा टेलिकमको १ करोड ९५ लाख कल संख्या हुन्थ्यो तर शनिबार गएको भूकम्पका ...

नेपालीलाई भाइबर कलको निशुल्क सुविधा
इन्टरनेटमार्फत निशुल्क कलको सुविधा दिने एप भाइबरले आफ्नो भाइबर आउट कलि सुविधामा लाग्ने शुल्क हटाएको छ । भाइबरले आज दिउंसो ट्वीटमार्फत भाइबर आउटमा लाग्ने बिलिङ हटाएर भूकम्प प्रभावित नेपालीलाई संसारको जुनसुके ठाउँमा फोन गर्ने सुविधा दिएको बताएको छ ।
 
भाइबर आउट सुविधामार्फत भाइबर प्रयोगकर्ताले भाइबर प्रयोग नगरेको फोन नम्बरमा पनि सस्तो दरमा फोन गर्न सकिन्थ्यो । यसको लागि सुरुमै रकम तिरेर सेवा लिनुपथ्र्यो । तर, अब भने नेपाली प्रयोगकर्ताले निशुल्क यो सेवा पाउनेछन् ।
इन्टरनेट प्रयोग गरि रकम चोर्ने पक्राउ

दाङ-इन्टरनेटमार्फत बैंक खाताको रकम चोरीमा संलग्न गिरोह खोजी गर्दै आएको प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। लमहीका सञ्जय पौडेललाई इलाका प्रहरी कार्यालय लमहीले मंगलबार नियन्त्रणमा लिएको हो। उनी गिरोहका नाइके रहेको प्रहरीले जनाएको छ। कार्यालयले उनलाई केन्द्रीय अनुसन्धान ब्युरोमा बुझाएको छ।
ब्युरोले केही दिनअघि सोही प्रकरणमा दाङकै जनक कार्कीलाई नियन्त्रणमा लिएको थियो। उनले बयानमा आफू सहयोगी मात्र भएको र मुख्य व्यक्ति पौडेल रहेको बताए। कार्कीको बयानका आधारमा ब्युरोले पौडेललाई नियन्त्रणमा लिन लमही प्रहरीलाई पत्राचार गरेको हो। प्रहरीका अनुसार पौडेलले प्रारम्भिक बयानमा आफू चोरीमा संलग्न नभई ...

नेपाल रिपब्लिक मिडियाको सातौं वर्ष मनाईदै

काठमाडौं— नेपाल रिपब्लिक मिडियाले शुक्रबार आफ्नो स्थापनाको छैटौं वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सव अवसरमा सुन्धारास्थित कार्यालय परिसरमा आयोजित समारोहमा मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले यो वर्ष एक टेलिभिजन च्यानल र दुई म्यागेजिन स्थापना गर्ने घोषणा गरेका छन्।
टेलिभिजन र म्यागेजिन कम्पनीकै अङ्गको रुपमा थपिने उनले जानकारी दिए। समारोहलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक ज्ञवालीले संस्थालाई अझ व्यवस्थित र चुस्त बनाउन आगामी दिनमा केन्द्रित हुने उल्लेख गरे।
वार्षिकोत्सव कार्यक्रममा कम्पनीले उत्कृष्ट कार्य गर्ने तीन पत्रकार र तीन कर्मचारी गरी ६ जनालाई 'स्टार पर्फमर अवार्ड' प्रदान गरेको छ। नागरिक ...

आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम