मुख्य समाचार
सूचना प्रविधि
— प्रविधि व्यवसायी इलन मस्कको कम्पनी न्युरालिंकले पहिलो पटक मानव मस्तिस्कमा ताररहित चिप(वायरलेस ब्रेन चिप) जडान गरेको छ । मस्कले एक्समार्फत कम्पनीले पहिलो पटक मानिसमा ताररहित चिप जडान प्रत्यारोपण गरिएको बताएका हुन् । चिप जडान गरिएको व्यक्तिको स्वास्थ्यमा सुधार भइरहेको पनि उनले जानकारी दिएका छन् । साथै प्रारम्भिक नतिजामा ती व्यक्तिको न्युरोन(स्नायुकोशिका) मा सुखद संकेत देखिएको ...
अमेरिकी कम्पनी माइक्रोसफ्टले आफ्ना गेमिङ महाशाखामा कार्यरत करिब २ हजार कर्मचारीलाई अवकाश दिने भएको छ। एक्सबक्सका प्रमुख फिचर स्पेन्सरले कर्मचारीहरुलाई लेखेको पत्रमा कूल २२ हजार कर्मचारीमध्ये १९ सय जना कटौती गर्ने योजना कम्पनीले बनाएको उल्लेख गरेका छन् । कल अफ ड्युटी तथा वारक्राफ्ट सिरिज जस्ता चर्चित भिडियो गेम निर्माता कम्पनी एक्टिभिजन ब्लिजार्ड खरीद गरेको ३ महिनापछि माइक्रोसफ्ट ...
— नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयअन्तर्गतको दूरसञ्चार कार्यालय, गेटा कैलालीबाट एक करोड ६ लाख मूल्यको तामाजन्य (स्क्रप कपर केबल) कवाड सामग्रीमा राजस्व छली भएको पाइएको छ । टेलिकमका कर्मचारी, ठेकेदार कम्पनी र केही प्रहरी अधिकृतको मिलेमतोमा निकासी हुँदै गरेको अनुमान गरिएको उक्त सामग्री कैलालीका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा नेपाल प्रहरी र सशस्त्रको टोलीले नियन्त्रणमा लिएपछि एकपछि ...
एप्पलले आफ्ना आइफोन प्रयोगकर्ताहरुको आवश्यकतालाई मध्यनजर गरी अपरेटिङ सिस्टमको नयाँ अपडेट जारी गरेको छ । आइओएस १७.३ को उक्त अपडेटमा एउटा विशेष फिचर छ, जसको नाम हो Stolen Device Protection । यो फिचरको मद्दतले प्रयोगकर्ताले आफ्नो आइफोनमा सुरक्षाको अतिरिक्त तह प्राप्त गर्नेछन् जब अरु कसैले आइफोनको संवेदनशील सेटिङमा पहुँच प्राप्त गर्ने तथा परिवर्तन गर्ने कोसिस गर्दछ । ...
यदि तपाइँ जिमेल प्रयोगकर्ता हुनुहुन्छ भने खुसीको खबर छ । गुगलको सबैभन्दा लोकप्रिय इमेल सर्भिस जिमेलले छिटै नै एक नयाँ एआई फिचर थप गर्दैछ । यो फिचरसँगै तपाईंले अब जिमेलमा इमेल लेख्नका लागि औंलालाई दु:ख दिनु पर्दैन । तपाईंले बोलेकै भरमा इमेल लेखिनेछ । स्मरण रहोस् गुगलले गत वर्षको आफ्नो डेभलपर्स कन्फ्रेन्समा Help Me Write नामक फिचर ...
विश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनी एप्पललाई झट्का लागेको छ र दोस्रो ठूलो कम्पनी माइक्रोसफट्ले अग्रता हासिल गरेको छ । माइक्रोसफ्टले एप्पललाई पछि पार्दै विश्वको सबैभन्दा मूल्यवान कम्पनीको सूचीमा पहिलो स्थान कब्जा गर्न सफल भएको हो । पछिल्लो रिपोर्ट अनुसार माइक्रोसफ्टको शेयर मूलयमा १.६ प्रतिशत वृद्धि भएसँगै बिहीबार कम्पनीको कुल बजार मूल्य २.८७५ ट्रिलियन डलर पुगेको हो । उता ...
— ‘साइबर बुलिङ’ गर्ने, फेक आईडी बनाउने, अफवाह फैलाउने, महिलालाई धम्क्याउनेजस्ता सामग्री प्रकाशन, प्रसारण वा सेयर गरेमा पाँच लाख रुपैयाँसम्मको जरिवाना प्रस्तावसहित सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक तयार पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जालको प्रयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदाउपर रायसुझाव माग गरेको छ । हालसम्म केही लिखित र ...
— सन् २०२१ यता पहिलोपटक बिहीबारको सेयर बजार कारोबारका क्रममा एप्पललाई पछि पार्दै माइक्रोसफ्ट विश्वको सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भयो । २०२४ सुरु भएदेखि नै एप्पलको सेयर निरन्तर खस्किने क्रम जारी छ भने माइक्रोसफ्टले आफ्नो अवस्था निरन्तर सुधार गर्दै लगेको छ । बिहीबार केही समयका लागि माइक्रोसफ्ट पहिलो स्थानमा रहे पनि एप्पलले केही घण्टामै आफ्नो ...
— अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा काम गर्दै आएका अभियन्ताले सरकारले सार्वजनिक गरेको सामाजिक सञ्जालको नियमनसम्बन्धी विधेयक आवश्यक नरहेको र यसलाई स्विकार्न नसकिने निष्कर्ष निकालेका छन् । डिजिटल राइट्स नेपालले शुक्रबार आयोजना गरेको विधेयकमाथि छलफल कार्यक्रममा सहभागीहरूले अभिव्यक्ति स्वतन्त्रताको हक उल्लंघन गर्नुका साथै नागरिकमाथि निरन्तरत निगरानी हुने देखिएकाले प्रस्तावित विधेयकका प्रावधान स्वीकार्य नभएको धारणा साझा गरे । सञ्चार ...
— अमेरिकी अर्बपति इलन मस्कले निकै लामो विवाद र घटनाक्रमपछि सन् २०२२ को अक्टोबरमा एक्स (तत्कालीन ट्वीटर) को स्वामित्व खरिद गरेका थिए । त्यसयता चर्चित माइक्रोब्लगिङ प्लाटफर्म एक्सको बजार मूल्यमा झन्डै ७२ प्रतिशतले गिरावट आएको छ । लगानी तथा बजार मूल्यांकनसम्बन्धी काम गर्ने अमेरिकी कम्पनी फिडेलिटीको पछिल्लो प्रतिवेदनले एक्सको बजार मूल्य उल्लेख्य रूपले घटेको देखाएको हो । फिडेलिटीको नोभेम्बर ...
लाखौं अमेरिकी प्रयोगकर्ताहरुको गोपनीयता उल्लंघन गरेको मुद्दामा गुगलले गल्ती स्वीकार गर्दै पाँच अर्ब डलर जरिवाना तिर्न सहमत भएको छ । गोपनीयताको लागि प्रयोग गरिने क्रोम ब्राउजरको इनकग्निटो मोडमा समेत प्रयोगकर्ताहरुका गतिविधिमाथि निगरानी गरेर गुगलले इन्टरनेट प्रयोगकर्ताको गोपनीयताको हनन गरेको भन्दै अमेरिकी ल फर्म बोइस शिलर फ्लेक्सनरले सन् २०२० मा गुगलविरुद्ध मुद्दा दायर गरेको थियो । उक्त मुद्दाको ...
। नेपाल दूरसञ्चार प्राधिकरणले मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडीएमएस) प्रणाली स्थापनाका क्रममा गरेको टेण्डरमा एक पूर्वसचिवको हस्ताक्षर नै किर्ते गरेर अनियमितता गरेको भेटिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको छानबिनले एमडीएमएस टेण्डर प्रक्रियामा किर्ते कागजातमार्फत अनियमितता नै भएको निष्कर्ष निकालेको छ । प्राधिकरण उच्च स्रोतका अनुसार, टेण्डरमा एक पूर्वसचिवको हस्ताक्षर किर्ते गर्ने काममा प्राधिकरणका प्राविधिक उपनिर्देशक ...
— पछिल्लो समय चर्चामा रहेका लार्ज ल्यांग्वेज मोडलका च्याटबट तयार गर्न पत्रिकामा छापिएका लाखौं समाचार सामग्री अनुमतीबेगर प्रयोग गरिएको भन्दै अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले ओपेनएआई र माइक्रोसफ्टविरुद्ध मुद्दा हालेको छ । प्रतिलिपि अधिकार उल्लंघन भएको विषयमा न्यूयोर्क टाइम्सले बुधबार च्याटजीपीटी र कोपाइलटजस्ता एआई टूल निर्माता ओपेनएआई र ओपनएआईमै लगानी गरेको माइक्रोसफ्टविरुद्ध म्यानहाटन संघीय अदालतमा मुद्दा ...
— फेसबुक, ट्वीटर, इन्स्टाग्राम, स्न्यापच्याटजस्ता कुनै पनि ‍सामाजिक सञ्जाल प्लाटफर्म नेपालमा दर्ता नभई सञ्चालन भए २५ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्थासहित सरकारले सामाजिक सञ्जालसम्बन्धी ऐन मस्यौदा गरेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले वर्जित कार्य गरे ५ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने प्रस्तावसहित ‘सामाजिक सञ्जालको प्रयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ तयार भएको हो । नेपालमा सामाजिक सञ्जाल प्लाटफर्म ...
— सरकारले सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन भन्दै तयार पारेको विधेयकको मस्यौदामा सार्वजनिक छलफल आव्हान गरेको छ । 'सामाजिक सञ्जालको प्रयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' को मस्यौदामा विभिन्न सामाजिक सञ्जालहरूको दर्ता प्रक्रिया, सामाजिक सञ्जाल व्यवस्थापन परिषद्, सामाजिक सञ्जाल व्यवस्थापन केन्द्र लगायतको व्यवस्था गरिनुका साथै सामाजिक सञ्जाल दुरूपयोगका विभिन्न पक्षको परिभाषा ...
— नियामक नेपाल दूरसञ्चार प्राधिकरणले गत वैशाखमा आफू मातहत ल्याएको निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक स्मार्ट टेलिकम सरकारलाई बुझाउने तयारी गरेको छ । सम्पत्ति व्यवस्थापनका लागि मूल्य निर्धारण समिति बनाउन चार–चार पटकसम्म सार्वजनिक सूचना निकाले पनि समिति गठन हुन नसकेपछि प्राधिकरणले अन्ततः सरकारलाई नै स्मार्ट जिम्मा लगाउने योजना बनाएको हो । ‘हामीले नियन्त्रणमा लिएको स्मार्ट लिलाम बिक्रीका लागि ...
First Prev 1 2 3 4 5 6 7 ... Next Last