मुख्य समाचार

सूचना प्रविधि

आइफोन ८ प्लस नेपालमा
काठमाडौं- एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरुको एकमात्र बितरक जेननेक्स्टले आइफोन ८ तथा आइफोन ८ प्लस शुक्रबारदेखि नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । उक्त फोन नेपाली बजारमा ६४ जिबी र २५६ जिबी स्टोरेजमा मात्र उपलब्ध हुनेछ भने गोल्ड, सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउने कम्पनीले जनाएको छ । कम्पनीले सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनमा एक वर्षको वारेन्टीका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न आग्रह गरेको छ । साथै, कम्पनीले सबै ग्राहकलाई एप्पलका सक्कली उत्पादनहरुका लागिमात्र रकम खर्च गर्न र एप्पल स्ट्यान्डर्ड वारेन्टी प्राप्त गरेर खरिद ...
इन्टरनेट ब्यान्डविथमा मासिक २० करोड खर्च
काठमाडौं : नेपालमा अहिले एक सय ३० गिगाबाइट (जीबी) को हाराहारीमा इन्टरनेसनल ब्यान्डविथ खपत भइरहेको पाइएको छ । अर्थात् एक लाख ३० हजार मेगाबाइट (एमबी) को हाराहारीमा इन्टरनेसनल ब्यान्डविथ इन्टरनेटमा प्रयोग भइरहेको इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी)को तथ्यांकले देखाउँछ । ब्यान्डविथ प्रयोग भएको आधारमा हेर्ने हो भने नेपालबाट अहिले ब्यान्डविथको नाममा मात्रै मासिक २० करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालमा एक सय १० जीबीको हाराहारीमा इन्टरनेसनल ब्यान्डविथ विभिन्न नेटवर्क सर्भिस प्रोभाइडरमार्फत नेपालमा आएको छ । इन्टरनेटको स्पिड पनि बढ्छ ...
चिनियाँ इन्टरनेट चलाउने अन्तिम तयारी
काठमाडौं-अन्तिम तयारी भइसकेको नेपाल–चीन जोड्ने स्थल केबुल मार्ग (इन्टरनेट) को व्यवसायिक सञ्चालन गर्न नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबल (सिटिजी) लाई आग्रह गरेको छ। गत हप्ता सिटिजीलाई पत्राचार गर्दै सबै तयारी पूरा भएकाले व्यवसायिक सुरुवात गर्न स्वीकृति माग्दै टेलिकमले पत्राचार गरेको हो । नेपालको तर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै टेलिकमले चाइना टेलिकमलाई व्यवसायिक थालनी गर्न गत हप्ता पत्राचार गरेको टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले बताए । ‘हाम्रोतर्फबाट तयारी पूरा गरी गत हप्ताको अन्त्यतिर चाइना टेलिकमलाई पत्राचार गरिसकेका छौं,’ अधिकारीले नागरिकसँग भने, ‘उसको स्वीकृतिपछि व्यवसायी सुरुवात गर्न बाटो ...
कक्षाकोठामा स्मार्टफोन कति उपयुक्त ?
काठमाडौं –कक्षाकोठामा स्मार्टफोन चलाउन दिँदा विद्यार्थीको एकाग्रता र शैक्षिक क्षमतामा असर पर्ने देखिएको छ । हालै दक्षिण अफ्रिकामा गरिएको एक अध्ययनले कक्षा कोठामा स्मार्टफोन चलाउन दिँदा विद्यार्थीमा नकारात्मक असर पर्ने देखाएको हो। ‘स्मार्ट डिजिटल डिभाइसले हाम्रो जीवनलाई सजिलो र चुस्त बनाएका छन् तर यस्ता डिभाइसले हामीलाई निरन्तर बिचलित गराएका प्रमाण समेत भेटिएका छन्,’ अनुसन्धानमा संलग्न दक्षिण अफ्रिकास्थित स्टेलेनबोच विश्वविद्यालयका अनुसन्धानकर्ताले भनेका छन्, ‘त्यसले एकाग्र हुने हाम्रो क्षमतालाई असर पुर्‍याएको छ।’ विश्वविद्यालय अध्यापनमा डिजिटल टुल प्रयोग गर्नु प्रभावकारी मानिए पनि यो अध्ययनले कक्षा कोठामा विद्यार्थीले ...
फेसबुकमा लाइकमा शुल्क लाग्ने
लन्डन—फेसबुकले लाइक तथा सेयरको मात्राका आधारमा शुल्क लाग्ने नयाँ नियम ल्याउने तयारी गरेको छ। उक्त नियम अनुसार थोरै मात्र बजार विस्तार गरेका सञ्चार क्षेत्रलाई प्रभाव पार्ने देखिन्छ। फेसबुकले अहिले परीक्षण गरिरहेको यो नियम कार्यान्वयनमा आएपछि फेसबुकमा कुनै पनि समाचारले पाउने लाइक तथा सेयरका मात्राअनुसार फेसबुक कम्पनीलाई शुल्क तिर्नुपर्ने हुन्छ। फेसबुकको उक्त नियमले साना मिडियाहरू प्रत्यक्ष प्रभावित हुनेछन् । बजार विस्तार यथेष्ट मात्रामा हुन नसकेका मिडियाहरू यस नियमले बन्द नै हुने अवस्थामा पुग्न सक्ने सामाजिक सञ्जाल विश्लेषकहरुको भनाइ छ। फेसबुकको यो नियम अहिले स्लोभाकिया, सर्विया, श्रीलङ्कालगायतका मुलुकमा ...
नेपाल टेलिकमको 'तिहार अफर'
काठमाडौं- नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट दिने भएको छ। टेलिकमले जिएसएम र सिडिएमए प्रिपेड मोबाइल रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने जनाएको छ। सो योजना बुधबारदेखि आगामी शुक्रबारसम्म उपलब्ध हुने टेलिकम प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए। यस्तै टेलिकमकै नेटवर्कभित्र हुने एसएमएस सेवामा पनि ५० प्रतिशत छुट दिनेछ। युट्यूब डाटा प्याकमा पनि छुट दिने भएको छ। रु १०० मा एक जिबी डाटा उपलब्ध गराउनेछ। यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिन्छ। यस्तै रु ६० मा ५०० एमबी डाटा भोल्यूम प्राप्त ...
आयु के कारण कति घट्छ र कसरी बढाउन सकिन्छ ?
असोज ३१ – हरेक वर्ष शिक्षामा गरिने खर्चले मानिसको जीवनमा ११ महिना आयु थप हुने वैज्ञानिकले बताएका छन् । हरेक एक किलो मोटोपनले मानिसको जीवनको दुई महिना आयु घट्ने अनुसन्धानकर्ताले बताएका छन् । यस्तै दिनको एक प्याकेट चुरोट पिउने व्यक्तिको आयु सात वर्ष कम हुने पनि अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । बेलायतको एडिनबर्ग विश्वविद्यालयका अनुसन्धानकर्ताले विभिन्न व्यक्तिका जेनेटिक कोड (वंशाणुगत संहिता) वा डिएनएको अध्ययनबाट यस्तो पत्तालगाएका हुन् । यो अध्ययनले मानिसलाई स्वस्थ जीवन जिउन र आयु लामो बनाउन सहयोग पुग्ने अनुसन्धानकर्ताले बताएका छन् । ...
अब ट्‍वीटरमा दुई सय ८० शब्द लेख्‍न सकिने
असोज २८ : ट्वीटरमा रहेको एक सय ४० क्यारेक्टर (शब्द) लिमिटेशन अन्त्य हुने भएको छ । कम्पनीले अबको केही समयमै अहिले रहेको क्यारेक्टर लिमिटेशनलाई बढाएर दुई सय ८० बनाउने तयारी थालेको छ । यसका लागि कम्पनीले अहिले परीक्षण गरी रहेको जनाएको छ । ट्वीटर एउटा बाउन्ड्री भित्र रहेर त्यसमार्फत् अर्थपूर्ण कुरा व्यक्त गर्ने माध्यमको रुपमा परिचिय छ । यही विशेषताले फेसबुक र इन्ट्राग्राम भन्दा टुइटरका प्रयोगकर्तामाझ महत्व बढ्दै गएको हो । प्रयोगकर्तामार्फत् आएको गुनासोलाई मध्यनजर गर्दै ट्वीटरले एक सय ४० क्यारेक्टर लिमिटेशनलाई बढाएर दुई सय ...
नोकिया ३३१० मा अब ‘थ्री–जी’ नेटवर्क
मोवाइल फोनको पिताको रुपमा चिनिने गरेको नोकिया ३३१० थ्री जी नेटवर्कमा आउने भएको छ । सन् २००० को मोडल नोकियाको सर्वाधिक चर्चित फोन ३३१० १२ वर्षपछि गएको फेब्रुअरीमा एमएमडीले फेरि बजारमा ल्याउने घोषणा गरेको थियो । यो फोनको उत्पादन सन् २००५ मा बन्द भएको थियो । गएको मे र जुनमा परिमार्जन सहितको नोकिया ३३१० दुई दशमलव ५ जी नेटवर्कका साथ बजारमा आयो । एचएमडीले १७ वर्ष पुरानो सानो तथा हलुको फोनलाई परिमार्जनसहित बजारमा ल्याएको हो । source ; ujyaaloonline.com
चिकित्सा विज्ञान तर्फको यस वर्षको नोबेल पुरस्कार तीन अमेरिकी वैज्ञानिकले पाउने
चिकित्सा विज्ञान तर्फको यस वर्ष (सन् २०१७) को नोबेल पुरस्कार तीन जना अमेरिकी वैज्ञानिकले पाउने भएका छन् । मानव शरीरले समय कसरी बताउँछ भन्ने कुरा पत्ता लगाएका तीन वैज्ञानिक जेफ्री हल, माइकल रोसबास र माइकल योङलाई संयुक्त रूपमा फिजियोलोजी तथा चिकित्सा विज्ञान तर्फको पुरस्कार प्रदान गर्ने निर्णय भएको नोबेल पुरस्कार कमिटिले जनाएको छ । तीन वैज्ञानिकको खोज मानव स्वास्थ्य र विकासका लागि महत्वपूर्ण तथा उपयोगी रहेको कमिटिले उल्लेख गरेको छ । मानिससहित वनस्पति, जीवजन्तु र फङ्गाइमा रहेक सेकेण्डको असर रहने वैज्ञानिकले बताएका छन् । पृथ्वीको परिवर्तनसँग ...
एक बोतल पानीको १ करोड रुपैयाँ पर्छ
पृथ्वीको तीन तिहाई हिस्सा पानीले ओगटेको छ, तर पनि पानीका लाविग संघर्ष जारी नै छ । विश्व जनसंख्याको ठूलो हिस्सा अहिले पनि स्वच्छ पिउने पानीबाट बच्छित छ । पानी सर्वसुलभ पनि छ, दुर्लभ पनि अनि सस्तो पनि छ र महंगो पनि, मंगोमा पनि यति महंगो कि हामीले त्यसको मूल्य कल्पनै गर्न सक्दैनौं । अमेरिकाको एउटा कम्पनीले उत्पादन गरेको पानीको मूल्य एक करोड पर्दछ । खासमा यो पानीको बोतल किनिरहँदा क्रेतालाई मैले पानी किनिरहेको छु भन्ने भान नै हुँदैन । सायद मैले कैयन् वर्ष पूरानो कुनै बहुमूल्य पदार्थ ...
नेपाल टेलिकमको दसैं अफर
काठमाडौं- नेपाल टेलिकमले दसैंको अवसरमा विभिन्न छुट र अफर ल्याएको छ । विगतमा दसैं तिहारमा दिँदै आएको सुविधालाई यसपालि पनि निरन्तरता दिँदै थप केही अफर ल्याएको कम्पनीले जनाएको छ । रिचार्जमा बोनस जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा असोज पाँचदेखि १० गतेसम्म रिचार्ज गर्दा बोनस दिएको छ । ग्राहकले ५० देखि हजार रुपैयाँ रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा १० प्रतिशत बोनस पाउनेछन् । १० र सो भन्दा बढी एमपिओएसमार्फत रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराइएको टेलिकमले जनाएको छ । युट्युब डाटा प्याकेज जिएसएम प्रिपेड तथा ...
कार्डबाट सामान किन्न अभ्यस्त बन्दै नेपाली, बैंकहरुले ल्याए यस्तो अफर
बालाजुका शम्भु जोशी आफ्नो साथमा धेरै पैसा बोक्ने झन्झट गर्दैनन् । रेष्टुरेन्टमा खाएको खानाको पैसा तिर्दा होस वा किनमेल गर्दा आफ्नो वालेटमा हुने डेबिट कार्डको प्रयोग गर्न उनलाई बानी परिसकेको छ । ‘मलाई वालेटमा पैसाको बिटो बोकेर हिँड्न झण्झट नै लाग्छ, हराउने र चोरी हुने डर पनि त्यत्तिकै,’ जोशी भन्छन्, ‘कार्डले सुरक्षाको अनुभुती पनि दिन्छ ।’ काठमाडौं र पोखरा लगायत शहरमा शम्भु जस्तै नगदको सट्टा कार्डबाटै रकम भुक्तानी गर्नेहरु बढिरहेका छन् । ‘अहिले हाम्रोमा कार्डबाट भुक्तानी गरिने मेसिन पाउस (पीओएस)को दैनिक ३ वटासम्म माग आइरहेको छ,’ नेपाल ...
टेलिकमको सेवामा छुटै-छुटः रिचार्जमा बोनस, डाटा र एसएमएसमा थप सुविधा
नेपाल टेलिकमले नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न छुट घोषणा गरेको छ । रिचार्जमा बोनसः जिएसएम तथा सिडिएमए पि्रपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा २०७४ असोज ५ गते देखी १० गते सम्म रु. ५०, रु. १००, रु. २००, रु. ५०० र रु. १०००का रिचार्ज कार्ड मार्फत रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराइएको छ । त्यसैगरी रु. १० र सो भन्दा बढी एम्पोसमार्फत रिचार्ज गर्दा समेत १० प्रतिशत बोनस उपलब्ध गराइएको छ । युट्युब डाटा प्याकेज ः जिएसएम ...
दोस्रो त्रैमासिकमा एनसेलको खुद मुनाफा ३५ प्रतिशत बढ्यो
निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको खुद मुनाफा ३५ प्रतिशतले बढेको छ । सन् २०१७ को दोस्रो त्रैमासमा कम्पनीले उल्लेखनीय नाफा वृद्धि गरेको मातृकम्पनी आजियाटाको तथ्यांकमा उल्लेख छ । आजियाटाले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय प्रतिवेदनअनुसार ३० जुन २०१७ सम्म एनसेलले ३ दशमलव ९ प्रतिशत सञ्चालन आम्दानी वृद्धि गरेको छ । त्यस्तै, कम्पनीले ३ दशमलव ५ प्रतिशत सञ्चालन मुनाफा बढाएको छ । सन् २०१७ को दोस्रो त्रैमासिकमा एनसेलको डाटा खपत ११ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ । १ जुन २०१७ मा एनसेलले सुरु गरेको फोरजी सेवा ...
आइफोनमा आयो आइओएस ११, के–के छन् फिचर्स ?
एप्पलले अपरेटिङ सिस्टम आइओएसको पछिल्लो भर्सन आइओएस ११ ल्याएको छ । मंगलबार रातिदेखि एप्पलले प्रयोगकर्ताका लागि आइओएस ११ उपलब्ध गराएको हो । नयाँ भर्सनका साथमा विभिन्न नयाँ फिचर्स पनि रहेका छन् । आइओएस ११ डाउनलोड गरी आइफोन प्रयोगकर्ताले नयाँ फिचर्सको मज्जा लिन सक्नेछन् । यो वर्षको आफ्नो वार्षिक सम्मेलनमै एप्पलले नयाँ अपरेटिङ सिस्टम ल्याउने घोषणा गरेको थियो । सोहीबमोजिम अहिले यो नयाँ संस्करण जारी गरिएको हो । अहिलेका लागि आइओएस ११ को परीक्षणका लागि यसको प्रि–रिलिज भर्सन जारी गरिएको बताइएको छ । केवल बेटा टेस्टर्सका लागि पनि यो ...
First Prev 1 2 3 4 5 6 7 8 9 ... Next Last
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम