मुख्य समाचार
सूचना प्रविधि
— सन् १९६९ मा आजकै दिन (फेब्रुअरी ९) मा बोइङ–७४७ ले आफ्नो पहिलो उडान गरेको थियो । अमेरिकी बहुराष्ट्रिय कम्पनी बोइङले ७४७ मोडलका विमान सन् १९६८ देखि उत्पादन गर्न थालेको हो । लामो यात्राका लागि भरपर्दो ठानिएका बोइङ–७४७ ‘वाइड बडी’ विमानहरू हुन् । यी विमानमा चारवटा इन्जिनहरू हुने गर्छन् । १९६८ को सेप्टेम्बर ३० मा निर्माण सकिएको बोइङ–७४७ ले ...
काठमाडौं । हवाई यात्राका दौरान नेपाली आकाशमा पनि इन्टरनेट चलाउन पाइने भएको छ । यसका लागि अब वायुसेवा कम्पनीहरुले नेपाल दूरसञ्चार प्राधिकरणले तोकेको शर्त पुरा गरी यस्तो सेवा जडान गर्न सक्नेछन् । नेपाल दूरसञ्चार प्राधिकरणले इनफ्लाइट कम्युनिकेसन (आईएफसी) सर्भिस सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्दै यस्तो बाटो खोलेको छ । यसअघि सरकारले यस्तो सेवा सञ्चालन गर्न दिने निर्णय ...
। सामसुङ कम्पनीले आफ्नो ग्यालेक्सी एस सिरिजको पछिल्लो संस्करण ग्यालेक्सी एस २३ हालै सार्वजनिक गरेको छ । ग्यालेक्सी एस २३ सिरिजमा तीन वटा मोडेल सार्वजनिक गरिएकोमा ग्यालेक्सी एस २३ अल्ट्रा सबैभन्दा महंगो तथा शक्तिशाली स्मार्टफोनको रुपमा रहेको छ । यो स्मार्टफोन सामसुङको हालसम्मकै सबैभन्दा महंगो स्मार्टफोन समेत हो । सामसुङले यो स्मार्टफोनमा रहेको क्यामराका विषयमा विभिन्न खालका ...
काठमाडौँ — गत डेढ वर्षदेखि निकै हल्लाखल्लासाथ परीक्षण सेवा उपलब्ध गराउने भनेर प्रचार गरिएको नेपाल टेलिकमको फाइभजी सेवा अहिले पनि सीमित स्थानमा कामचलाउ परीक्षणका रूपमा मात्रै घोषणा भएको छ । ०७८ साउनमा नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी परीक्षणको अनुमति दिएको भए पनि आइतबार आफ्नो १९औं वार्षिकोत्सवमा नेपाल टेलिकमले जम्मा दुई स्थानमा सीमित परीक्षण सुरुवात गरिएकोबारे अनौपचारिक जानकारी दिएको ...
काठमाडौँ — नेपाल टेलिकमले ‘फाइभजी’ सेवाको परीक्षण (ट्रायल टेस्टिङ) आइतबारबाट सुरु गरेको छ । काठमाडौंको बबरमहल र सुन्धारास्थित टेलिकमको कार्यालयबाट परीक्षण सुरु गरिएको कम्पनीले जनाएको छ । फाइभजी कम्प्याटिबल अर्थात् फाइभजी सुविधा भएका मोबाइल डिभाइस प्रयोगकर्ताले परीक्षण अवधिभर उल्लेखित दुई ठाउँमा फाइभजी चलाउन सक्ने कम्पनीले जनाएको छ । 'हामीकहाँ फाइभजी चल्ने मोबाइल डिभाइसहरू त्यति धेरै रहेनछन्,' ...
क्यालिफोर्निया — प्रविधिका क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स एप ‘च्याट जीपीटी’ को चर्चा चुलिइरहेका बेला गुगलले पनि त्यस्तै टुल ल्याउने भएको छ । आगामी दिनमा गुगलका सबै उत्पादनमा च्याट जीपीटीकै शैलीमा उत्तर दिने च्याट बट तयार गरेको र त्यसबारे परीक्षण भइरहेको सीएनबीसी न्युजले जनाएको छ । गुगलले पछिल्लो समय परीक्षण गरिरहेको एआई टुल ‘एपरेन्टिस बार्ड’ हो । यसले पनि प्रयोगकर्ताले सोधेका ...
काठमाडौँ — चालु आवको पहिलो चौमासिक (साउन–कात्तिक) मा कुल १४ लाख ५२ हजार वटा मोबाइल सेटको आईएमईआई नम्बर दर्ता भएका छन् । यसमध्ये २८ लाख ७४ हजार ७ सय १३ वटा आईएमईआई नम्बर व्यवसायिक आयातकर्ताले र ३० हजार १ सय ८७ वटा व्यक्तिगत रुपमा दर्ता भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । मंगलबार प्राधिकरणले सार्वजनिक गरेको ...
नेपालको सार्वजनिक सेवा प्रणालीको अनलाइन सर्भर कुन हदसम्म तदर्थ शैलीमा चलिरहेको छ भन्ने अर्को प्रमाण शनिबार देखियो । लगभग मुलुकै ठप्प हुने गरी सरकारी अनलाइन प्रणाली लामो समय अवरुद्ध रह्यो । यही कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयले यात्रुलाई भिसा सेवा दिन प्रस्थानविन्दुमा राखेका १४ र आगमनविन्दुमा राखेका २२ वटा कम्प्युटरमार्फत दिउँसो सवा १२ देखि सवा ४ बजेसम्म ...
काठमाडौँ — पछिल्लो समय सूचना प्रविधि र सामाजिक सञ्जालको क्षेत्रमा अनेक परिवर्तन देखापरेका छन् । च्याटजीपीटी नामक च्याटबटको सफलता र विभिन्न आर्टिफिसियल इन्टेलिजेन्स प्लाटफर्मको बढ्दो उपस्थितीले अबको प्रतिस्पर्धा एआईको क्षेत्रमा हुने अनुमान गर्न सकिन्छ भने प्रख्यात कम्पनी सामसङले आफ्ना नयाँ स्मार्टफोन यसै साता सार्वजनिक गर्दै छ । एक सातायता प्रविधि क्षेत्रमा देखापरेका प्रमुख ५ गतिविधिको स‌ंक्षिप्त ...
काठमाडौं । शनिबार झण्डै चार घण्टा सरकारका सबै वेबसाइट ‘डाउन’ भए । सिंहरबारदरस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) मा रहेको सूचना प्रविधि प्रणालीमा समस्या आएर अनलाइनमा दर्ता अभिलेख नचल्दा अन्तर्राष्ट्रिय उडानदेखि सरकारी फारम भर्ने सेवासम्म देशैभर प्रभावित भए । केन्द्रका प्रवक्ता रमेश पोखरेलका अनुसार एकसाथ धेरै ठाउँबाट प्रणालीमा अनधिकृत पहुँच स्थापित गर्न साइबर आक्रमण हुँदा यस्तो ...
। एलन मस्कको आगमन पश्चात् माइक्रो ब्लगिङ साइट ट्वीटरमा हरेक दिन केही न केही नयाँ परिवर्तन हुँदै आएको छ । यसैबीच ट्वीटरले अकाउन्ट निलम्बन गर्ने नीतिमा पनि परिवर्तन गरेको छ । ट्वीटरको यो नयाँ नीति फेब्रुअरी १ देखि लागू हुने छ । नयाँ नीति पश्चात् अब प्रयोगकर्ताले आफ्नो ट्वीटर अकाउन्ट निलम्बनका विषयमा अपिल गर्न सक्नेछन् । निलम्बित ...
काठमाडौं । स्मार्टफोन हाम्रो दैनिकीको अहम् हिस्सा बनिसकेको छ । हाम्रा हरेक कामहरु फोनबाटै गर्न सकिने भएका छन् । बैंकको काम होस् वा भुक्तानीको होस् हरेक कामका लागि स्मार्टफोन नै काममा आउँछ । मोबाइल सेवा तथा अनलाइन सेवाका कारण हातमा भएको फोनबाट चुट्कीको भरमा धेरै काम गर्न सकिन्छ । त्यसैले हामी आफ्नो फोनमा धेरै निर्भर हुन्छौँ ...
काठमाडौं : नेपालको सरकारी सर्भरमा विदेशी ह्याकरले निरन्तर अट्याक गरेका छन्। शनिबार सिंहदरवारमा रहेको सरकारको केन्द्रीय सर्भरमा निरन्तर अट्याक भएको हो। राष्ट्रिय सूचना केन्द्रका सहनिर्देशक रमेश पोखरेलले सरकारी सर्भरमा अट्याक प्रयास भइरहेको बताए। उनले डेटा चोरी गर्ने उद्देश्यले पटक-पटक प्रयास भइरहेको बताए। 'विदेशी ह्याकरहरूले पटक-पटक अट्याक गरिरहेका छन्। जसका कारण केन्द्रीय सर्भर डाउन भइरहेको छ। हाम्रा ...
काठमाडौं : सरकारको केन्द्रीय सर्भर फेरि बन्द भएको छ। राष्ट्रिय सूचना केन्द्रका एक अधिकारीका अनुसार शनिबार साँझ साढे ७ बजेदेखि फेरि सर्भर बन्द भएको हो। केही समयअघि मात्रै पाँच घन्टा बन्द रहेको सर्भर सञ्चालमा आएको थियो। प्राविधिक कारणले समस्या आएको बताइए पनि सर्भरमा गम्भीर समस्या देखिएको ती अधिकारीको भनाइ छ। 'सर्भरमा ह्याकरहरूले अट्याक गर्ने प्रयास गरेको ...
काठमाडौं : सरकारको सर्भर शनिबार दिनभर पटक–पटक ‘डाउन’ भएको छ। जसकारण सरकारी दस्तावेज सुरक्षा जोखिममा देखिएका छन्। सरकारी डेटा चोर्ने उद्देश्यका साथ विदेशी ह्याकरले आक्रमण गरेको राष्ट्रिय सूचना केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोखरेलले बताए। ‘विदेशी ह्याकरहरूले पटक–पटक अट्याक गरिरहेका छन्। जसकारण केन्द्रीय सर्भर डाउन भइरहेको छ’, पोखरेलले अन्नपूर्ण पोस्ट्सित भने, ‘डेटा चोरी नहोस् भनेर हाम्रा ...
माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्नो बहुचर्चित ब्लू सब्सक्रिप्सन फिचर झण्डै एक महिना अगाडि लञ्च गरेको थियो । यद्यपि उक्त फिचर केही निश्चित प्रयोगकर्ताका लागि मात्रै उपलब्ध थियो । ट्वीटरले उक्त फिचर केवल आइओएस एप तथा डेस्कटप भर्सनका प्रयोगकर्ताका लागि मात्र सुरु गरेको थियो । अब चाहीँ ट्वीटरको ‘ब्लू टिक’ सब्सक्रिप्सन फिचर एन्ड्रोइड प्रयोगकर्ताका लागि समेत उपलब्ध ...
First Prev ... 4 5 6 7 8 9 10 11 12 Next Last