मुख्य समाचार
जापान समाचार
। जापानको विमानस्थलमा फेरि दुई वटा विमान ठोक्किएका छन् । दुई जनवरीको दिन जापानको हानेदा विमानस्थलमा दुईवटा विमान ठोक्किएर आगलागी भएको घटना भएको ठिक दुई हप्तापछि होक्काइदोको न्यु चितोस विमानस्थलमा पनि विमान ठोक्किएका हुन् । जापानको सरकारी समाचार माध्यम एनएचकेका अनुसार दक्षिण कोरियाको कोरियन एयर र हङकङको क्याथे प्यासिफिक विमान ठोक्किएका हुन् । कोरियन एयरका एक ...
— जापानले एसियन कप २०२३ मा आइतबार विजयी सुरुआत लिएको छ । समूह ‘डी’ को खेलमा जापानले भियतनामलाई छ गोलको रोमाञ्चक खेलमा ४–२ ले पराजित गरेको हो । यो जितसँगै जापान ३ अंक जोड्न सफल रह्यो । एक समय २–१ ले अगाडि रहेको भियतनामले त्यसलाई कायम राख्न सकेन र अभाग्यशाली सावित भयो । पहिलो हाफ जापानको ...
। गैरआवासीय नेपाली संघ(एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानले जापानमा भूकम्प प्रभावित क्षेत्रका मानिसलाई खाना खुवाउनुका साथै शौचालय प्रदान गरेको छ । एनआरएनए जापानले स्थानीय सरकारको अनुमतिमा गत पुस १६ गते जापानको इसिगावा प्रिफेक्चरको नोदो प्रायद्वीपलाई केन्द्र बनाएर गएको भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई नेपाली खाना खुवाएको हो । इसिगावा प्रिफेक्चरको बाजीमा र सुजुसीकामा भूकम्प प्रभावितका लागि बनाइएका शिविरमध्ये ...
: नवरी १ मा जापानमा गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २०० नाघेको तथा १०० बढी अझै बेपत्ता रहेका अधिकारीहरुले बताएका छन् । उनीहरूका अनुसार, नयाँ वर्षको पूर्व सन्ध्यामा आएको ७.५ म्याग्निच्युडको भूकम्पले जापानको होन्सु टापु स्थि नोटो प्रायद्वीपमा आगलागी हुँदा भवन तथा पूर्वाधारहरू ध्वस्त भएका थिए । भूकम्प गएको आठ दिनसम्म ...
— प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको ऊर्जा नीति कार्यदल र सार्वजनिक प्रशासनसम्बन्धी कार्यदलको म्याद थप गरेको छ । मंगलबार सिंहदरबारमा बसेको सचिवालय बैठकले पार्टी सदस्यता शुल्क एक हजार रुपैयाँ तोकेको प्रमुख सचेतक सन्तोष परियारले बताए । प्रमुख सचेतक परियारका अनुसार केन्द्रीय सदस्य र सांसदहरूका लागि लेबी शुल्क वार्षिक २५ हजार रुपैयाँ निर्धारण गरिएको छ । उनले ...
: जापानमा अङ्ग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ । दुई हजारभन्दा बढी मानिस अझै पनि सम्पर्कविहीन भएका छन् भने अन्य धेरैलाई आपतकालीन आश्रयस्थलमा राखिएको छ । मध्य इशिकावा क्षेत्रमा ७.५ म्याग्नीच्यूडको भूकम्पका कारण भवनहरू भत्केको, आगलागी भएको र एक मिटरभन्दा अग्लो सुनामीको छाल आएको साथै भूकम्प र यसबाट निम्तिएका ...
मध्य जापानमा गएको विनाशकारी भूकम्पका कारण पाँच दिनदेखि भग्नावशेषमा फसेकी ९० वर्षभन्दा बढी उमेरकी महिलालाई उद्धार गरिएको छ। सरकारले उद्धार प्रयास जारी राखिएको जनाएको छ। हिम वर्षा र आँधीबेहरीका कारण आइतबार राहत वितरण तथा उद्धार कार्य जटिल हुन सक्ने बताइएको छ। जापानमा जनवरी १ मा गएको ७.५ म्याग्निच्यूडको भूकम्प र त्यसपछिका पराकम्पनमा परी कम्तीमा १२६ जनाको ...
: जापानको इशिकावामा ७.६ म्याग्निच्युडको भूकम्प गएको चौथो दिनसम्ममा मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ। यस क्षेत्रमा उद्धार तथा खोजी कार्यहरू तीव्र रूपमा भइरहेको छ क्षतिको तथ्याङक भने बढ्दै गएको देखिन्छ। स्थानीय समय अनुसार शुक्रबार बिहान ९ बजेसम्म इशिकावामा २४२ जना बेपत्ता भएको जापानी समाचार संस्था, क्योदोले क्षेत्रीय अधिकारीहरूलाई उद्धृत गर्दै जानकारी दिएको छ। ...
— जापानमा सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण मृत्यु हुनेको संख्या ७८ जनाको मृत्यु हुनुका साथै ५१ जना अझै बेपत्ता भएको बिहीबार सरकारी अधिकारीले जानकारी दिएका छन् । जापानका प्रधानमन्त्री फुमियो किशिदाले विपद्को पहिलो ७२ घण्टाभित्र जीवन बचाउन उच्च प्रयास गर्दै जीवन सुरक्षाका लागि आपूर्तिलाई अधिकतम बनाउन आग्रह गरेका छन् । जापानको विपद् व्यवस्थापन मुख्यालयको ...
जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा मङ्गलबार साँझ जापानको तटरक्षक विमान र जापान एयरलाइन्स (जेएएल) यात्रुबाहक विमान एकआपसमा ठोक्किएर भएको दुर्घटनाको कारणबारे अनुसन्धान सुरू गरिएको जापानको यातायातसम्बद्ध अधिकारीहले बताएका छन्। दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने विमानस्थलको प्रयोग गरी अवतरण र उडान भर्ने ३०० भन्दा बढी उडान रद्द भएका थिए। हवाईजहाज, रेल र पानीजहाजमा भएका गम्भीर ...
करिब १३ वर्षअघि जापानमा भयानक भूकम्प गएको थियो । त्यसपछि आएको सुनामीसँगै फुकुशिमा परमाणु संयन्त्र दुर्घटना भएको थियो । यो घटना जापानीहरुको मानसपटलमा अझै पनि ताजा छ र सोमबारको भूकम्पले उक्त घटनाको पुनः सम्झना गराएको छ । सोमबार शक्तिशाली भूकम्पको झट्काले जापानको इशिकावा हल्लियो र जापानमा सुनामीको अलार्म बज्न थाल्यो । यद्यपि यी अलार्म चेतावनीहरु जापानमा नितान्त ...
— जापानको इशिकावा प्रान्तमा बुधबार गएको भूकम्पमा तथा पराकम्पनका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ । सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पले इशिकावाको बाजीमा सहरमा व्यापक संरचनात्मक क्षति तथा आगलागी भएको छ । बुधबारसम्म पनि भग्नावशेष र भत्किएका सडकहरूले खोजी र उद्धार कार्यमा असहजता भएकाले हालसम्मको पूर्ण जानकारी आउन सकेको छैन । भूकम्प प्रभावित क्षेत्र नोटो ...
: जापानको हानेदा विमानस्थलमा भएको घटनामा पाँच जनाको मृत्यु भएको छ। जापान एयरलायन्सको जहाज अवतरण गर्ने क्रममा मंगलबार कोस्ट गार्डको विमानसँग ठोक्किएको थियो। जसका कारण जापान एयरलायन्समा भीषण आगलागी भएको थियो। जापान एयरलायन्सका ३७९ यात्रु सकुसल रहे पनि कोस्ट गार्ड विमानमा सवार ५ जनाको मृत्यु भएको छ। त्यहाँका अधिकारीहरूका अनुसार कोस्ट गार्ड विमानमा ६ जना रहेका थिए। ...
। जापानको हानेदा विमानस्थलमा भएको दुर्घटनापछि त्यहाँबाट हुने सबै उडानहरु रुद्ध भएका छन् । उडान रद्द हुँदा समस्यामा परेका यात्रुहरुका लागि सरकारले थप बुलेट ट्रेनको व्यवस्था गरेको छ । मंगलबार हानेदा एयरपोर्टमा जापान एयरलाइन्सको एक विमान अवतरण गर्ने क्रममा अर्को एक तटरक्षक विमान (कोस्ट गार्ड)सँग ठोक्किएर आगलागी भएको थियो । सो घटनामा पाँच जनाको मृत्यु भएको ...
। जापान एयरलाइन्सको एक विमान अवतरणका क्रममा रनवेमा अर्को विमानसँग ठोक्किदा भीषण आगलागी भएको छ । जापानको राजधानी टोकियोमा रहेको हनेदा विमानस्थलमा साँझ विमान अवतरणका क्रममा कोस्ट गार्डको विमानसँग ठक्कर खाँदा आगलागी भएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ । जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु तथा क्रू मेम्बरलाई सुरक्षित रुपमा निकालिएको छ । एनएचकेले जारी ...
— जापानमा सोमबार गएको शक्तिशालीमा भूकम्पमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ । सोमबार इसिकावा प्रिफेक्चरलाई केन्द्रविन्दु बनाएर गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण जापानका विभिन्न ठाउँमा भवनहरू भत्किएका छन् भने केही ठाउँमा पहिरोसमेत गएको छ । त्यस्तै केही ठाउँमा आगलागीसमेत भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् । २०० भन्दा बढी भौतिक संरचनामा लागेको आगो निभाइएको जापान ...