मुख्य समाचार

जापान समाचार

जापानको युनेस्कोको सुचीमा राखिने प्रस्तावलाई चीनले अस्विकार गरे

टोक्यो-चिनिया सरकारले जापानले आफ्नो केहि भुमिहरुलाई युनेस्कोको सुचिमा राख्ने प्रस्तावलाई अस्विकार गरेको बताएका छन् । उक्त सम्बन्धमा कोरिया सरकारले पनि बिपत्ति जनाएका थिए र यसै गरि अब चिनसरकार पनि भएका छन् ।
यी दुवै राष्ट्रहरुले जापानले युनेस्कोको सुचीमा राख्न खोजेको केहि भुमिहरुमा भने दोश्रो बिस्वो युधको समयमा चिनिया,कोरियन लाय्गायत अन्य मुलुकहरुको मानिसले मजदुरी गर्नुपरेको हुनाले गर्दा यी थौहरु सुचिमा राख्न अयोग्य छन् भनेका छन् । उक्त बिसयमा राम्रो संग छलफल गरि मात्र सो कुराको निर्णय हुने भन्दै जापान सरकारलाई यस बिषयमा दयन दिन अनुरोध पनि ...

टोयोटा र माज्दा समग्रमा कार्य गर्ने

टोक्यो-बिश्वोको चर्चित कार कम्पनी टोयोटा र माज्दाले समग्रमा कार्य गरि निर्माणमा अब बातावरणमा पनि ध्यान दिने भनेका छन्।
उक्त सम्झौतामा यी दुवै कम्पनीले बातावरणलाई मिल्दो गरि नया निर्माण गरिने कुरा गरेका छन् ।यो विचार यी दुवै कम्पनीले एउटा संचारको माद्यमबाट भनेका हुन्। यसरी आफ्नो कार्य पनि हुने ,बातावरणमा असर नपर्ने र साथै ग्राहकहरुको पनि विश्वास जित्ने उनीहरुको लक्ष्य हो।

जापानको सार्वजनिक ठाउँमा द्रौनयानहरु चलाउन निक्षेद गरियो

टोक्यो-सरकारले टोक्यो सहरमा रहेको निजि स्थान जस्तै बगैचा ,पार्क आदि सार्वजनिक ठाउँमा द्रौनयान चलाउन निक्षेद गरेको छ।स्थानीय बासिन्दाहरुको ज्यानको डर हुने भएकोले गर्दा यस्तो नियम लागु भएको हो ।
प्रधानमन्त्रिको कार्यालयमाथि सो यान देखिएको हुनाले गर्दा यस्तो प्रतिकिया भएको हो ।
सरकारको अनुसार कुनै पनि सरकारी कानुनमा एउटा अमानविय यन्त्रलाई १५० मीटर भन्दा माथि उडाउन पाईन र यसले गर्दा ज्यानको पनि डर हुन्छ।यसै कारणले गर्दा टोक्योको ८१ पार्क र बगैचामा यो निक्षेद भईसक्यो।उक्त कानुनलाई उलंघन गर्नेलाई सरकारले ४०० डलर जरिवाना दिनुपर्ने भनेका छन् ।

टोक्योमा रहेको पुरानो ओलम्पिक स्टेडीयम भत्काईयो

टोक्यो-२०२० मा आउन लागेको ओलम्पिक खेलको नया स्टेडीयमका निम्ति त्यहाँ रहेको पुरानो ठाउँलाई भत्काईएको छ।केहि बिबादको कारणले गर्दा ढिलाई भएता पनि सो कार्य अब पुरा भएको छ ।
२०२० को प्लाम्पिक्को खेललाई भव्य साथ मनाउनको लागि अहिले देखि नै तयारी सुरु भैसकेको छ।केहि बिपक्षिहरुसंग विवाद भएतापनि अब भने त्यो पुरानो ठाउँको जसो ठाउँहरु भत्काई सक्यो र अब त्यहाँ नया निर्माण को कार्य पनि यहि अक्टोबर देखि गरिने भएको छ ।सो नया स्टेडीयममा ८०००० सम्मको सिट रहने छ र यो निर्माण कार्य आउदो २०१९,मार्चको अन्तिमसम्ममा सकिने ...

नेपाली राजदूताबास टोकियोको कोषमा २ करोड ५८ लाख ३९ हजार ८१ जापानी येन
२०७२ बैशाख १२ गते महाभूकम्पमा पर्ने नेपालीहरुको सहयोगार्थ जापानमा रहेका सम्पूर्ण नेपाली तथा जापानीहरुले गरेको सहयोग रकम २ करोड ५८ लाख ३९ हजार ८१ जापानी येन नेपाली राजदूताबास टोकियोको कोषमा जम्मा भएको  जानकारी दिएको छ । 
 
गत हप्ता ७३ लाख ३९ हजार ८१ येन संकलन गरेको थियो भने यो हप्ता १ करोड ८५ हजार येन संकलन गरि दूताबासमा बुझाएको थियो ।  लगतै जापानस्थित नेपाली दूताबासले संकलित रकमको सदुपयोग होस् भन्ने उद्देश्यले एक विज्ञप्ति जारी गरी सबैलाई जानकारी गराएको छ ।
 
विज्ञप्ति अनुसार “जापानमा बस्नुहुने नेपालीहरु र सहृदयी जापानी मित्रहरुले ...
ओकिनावान टापुमा भुमरी आउने आसंका

टोक्यो-फिलिपिन्समा आएको भुमरी अहिले दक्षिनि जापानमा प्रबेस गर्ने आसंका विज्ञहरुले भनेका छन् ।जापानका विज्ञहरुले ओकिनावा र आमामी-ओसिमा नजिकका स्थलहरुमा सबैलाई सचेत रहनु भनेर भनेका छन् ।
विज्ञहरुले सो भुमरी ओकिनावा आई अनि कागोसिमामा भने भरि बर्सा हुने भनेका छन्  । तर यस्तो सक्तिसाली भुमरी जापानमा मेमा भने नआउला भन्ने छ  । यसको कारणले गर्दा पछिम जापानमा भने मौसम परिबर्तन हुने र आम्सिक बदलिरहने भएको छ। उक्त समयमा सबै नागरिकहरुलाई विज्ञहरुले साबधानीसंग बस्नु भनेको छ ।

क्यानाडाबाट जापान आईरहेको हवाईमा एउटा बालिकाको जन्म

टोक्यो-एक क्यानाडियन महिलाले टोक्यो आउने क्रममा हवाईमा नै एक बालिकालाई जन्म दिएको त्यहाका प्रहरीले बताएका छन् ।
घटनास्थलमा एक डाक्टर भएकाले उनीबाट सो कार्य सफल भएको हो । सो प्लेन नारीटा एरपोर्टमा जानु पर्ने तर सो घटनाको कारणले गर्दा सो काममा ढिलाई भएको हो।उक्त नवबालिकाका बुवा पनि सो घटनाको कारण आश्चर्यमा परेका थिए । सुचनाको अनुसार ति दुवै आमा र बच्चालाई त्यहाँबाट सिधै अस्पताल लागिएको थियो र उनीहरुको स्वस्थ ठिक रहेको छ । त्यस प्लेनमा रहने सबै यात्रुहरु ति नवबालिका स्वस्थ भएको हर्सित रहे र ...

आफ्नै आमबुवाले थुने आफ्नो बच्चालाई घरभित्र

सिगा-एक ३२ बर्षिय मानिस र उनको २८ बर्षिया पत्नीले आफ्नो ८ वर्षको छोरालाई लगभग ५ दिनसम्म घरमा थुनेर हिंसा गरेका हुनाले उक्त निकायको सरकारले उनीहरुलाई सजाएको घोसना गरेका छन्  ।
ओत्सु जिल्ला अदालतले यसुमा मियाजिमालाई २ वर्ष जेल,५ वर्षको निकास  र उनकी पत्नीलाई २ वर्षको जेल र ४ वर्षको निकासको सजाय दिएको छ  । उक्त बच्चालाई उसको अमबुवाले आफु बाहिर जाने बेला घरमा चेनले बाधेर राखेको र उसको साथी घर आउने बेला झ्यालबाट हेर्दा उसलाई देखि प्रहरीलाई खबर पुगेको हो।प्रहरीलाई सो बच्चाले आफुले टोइलेट पनि ...

टोक्योमा इदो समयको मानिसको हड्डी फेला परियो

टोक्यो-हामामात्सुचो ट्रेन स्टेशन नजिकै एक निर्माण ठाउमा इदो समयमा रहेको मानिसको टाउकोको हड्डी र तेस्को साथै ३०० जन्तुहरुको हड्डीपनि भेटिएको छ ।
सो तथ्यांक शुक्रबार पाईएको थियो।विज्ञहरुले सो हड्डीहरु इदो समाएको हो र जहा उनीहरुको हड्डी पाईएको थियो, त्यो स्थल पक्कै पनि तिनीहरुलाई त्यस समयको चिहान रहेको जानकारी दिएका छन् । सो ठाउँ पहिले १७ वर्ष देखिन नै गाडीहरु राख्नको लागि प्रयोग गरिएको थियो तर अहिले त्यहा होटेल बनाउनका लागि भनि जमीन खन्ने क्रममा सो हड्डीहरु फेला पारिएको हो।

आफ्नो भाइको हत्याको आरोपमा एक मानिस पक्राउ

चिबा-एक ६७ वर्षका मानिसलाई प्रहरीहरुले आफ्नो भाइको हत्या गरेको आरोपमा पक्राउ गरेको छन् ।
प्रहरीको अनुसार उक्त मानिसको नाम योसिकाजु हायासी हो र आफ्नो भाइ मासाओले चकुले आफुलाई मर्नु भनि दबाब दिएकाले सो घटना घटेको जानकारी दिएका छन् ।घटना स्थलमा मासाओको पत्नी पनि थिईन र उनैले प्रहरीलाई सो घटनाको जानकारी दिएकी हुन् । प्रहरीका अनुसार मासाओको लास नजिकै एउटा अक्षरमा उनले सो हत्या गर्न आफैले आफ्नो भाइलाई भनेको भनि उल्लेख गरेका छन्।यस घटनाको बिस्तृत अध्यन प्रहरीहरुले अझै गरिरहेका छन्।

बिश्वो सम्पदाको बिषयमा जापान र दक्षिन कोरियाबीच छलफल हुने

टोक्यो-बिश्वोको सम्पदाको सुचिमा राख्नका निम्ति जापान र दक्षिन कोरिया बीच सो बिषयमा छलफल हुने जानकारी दिईएको छ।
जापानमा रहेको एक साखाबाट मेइजिमा रहेको २३ स्थलहरुलाई बिश्वो सम्पदाको सुचिमा राख्ने कुरा गरिएको छ र उक्त बिषयमा युनेस्कोले आउदो जुलाईमा छलफल गर्ने बताएका छन्।तर सो छलफलमा बसिने देशहरुमा कोरिया २१ औ स्थानमा छ र यसको लागि कोरियाले बिरोद गरेको छ ।यसै कारणले गर्दा जापानका सरकारले जुलाईमा हुने युनेस्कोको बैठक अगाडिनै कोरियासंग यस बिषयमा कुरा गर्ने छन्।जापानको अनुसार यस छलफलमा उनीहरु आफ्नो तर्कहरु कोरियालाई बिस्तृत रुपमा सम्झाउने छन्।

हाकोनेमा ज्वालामुखी आउने आसंका
हाकोने - हाकोनेमा ज्वालामुखी आउने आसंकाले विभिन्न संस्थाहरुले सबै मानिसलाई सचेत गराउनका निम्ति अंग्रजीमा लेखिएको जानकारी बाडिरहेका छन् । ज्वालामुखी आउने आसंकाको कारण सो संदेश जापानमा रहेका अन्य बिदेसीले पनि जानकारी पाओस भनि सो कार्य गरिएको हो ।
विज्ञहरुले ओवाकुदानी स्थल नजिक जान मनाही गरेका छ तर आसिनो ताल र कुनै कुनै होटेलहरु भने खासै जोखिमपूर्ण ठाउँ नरहेको बताएका छन् । बर्सेनि हाकोनेमा १,७०,००० बिदेसीहरु भ्रमणका लागि आउछन् र यो दरमा बर्सेनि बृदी पनि भैरहेको छ तर अहिले यहाँ ज्वालामुखीको समस्या देखिएको हुनाले गर्दा सो कार्य ...
४ महिनाको बालिकालाई नराम्रोसंग कुटेर हत्या गरियो

टोटोरी-आज एउटा २१ वर्षको केटालाई प्रहरीहरुले ४ बर्सको बालिकाको हत्याको आरोपमा समातेका छन् ।उक्त घटना कुरायोसी ठाउँमा भएको हो।
प्रहरीका अनुसार ती केटाको नाम शिन्या यामागाता हो र आफ्नो छोरिले दुध खादा एकासी सास फेर्न रोकेसी प्रहरीलाई खबर गरेका थिए ।घटना स्थलमा पुगेसी त्यो बच्चालाई अस्पताल लाग्दा उसलाई मृत भनिएको थियो ।जाच गर्दा डाक्टरहरुले सो बालिकामा हिंसा भएको र तेही कारणले उसको मिर्त्यु भएको भने।सोहि ठहरमा प्रहरीले यामागतालाई समाते।आफ्नो पत्नी र उसको बहिनीसंग बस्ने उनी त्येस दिन उनीहरु काममा थिए र सो घटना घटियो।आफुले रोएको ...

बेलायती राजकुमारीको नाममा राखिएको बादरको बच्चाको नाम हटाईने भयो

टोक्यो-दक्षिन जापानमा एक चिडियाखानाले बेलायती राजकुमारीको नाममा राखिएको बादरको बच्चाको नाम हटाउने भएको छ।बेलायती राजकुमारीको निरादर भएको भन्दै गरिएको अभियान पछि सो कार्य सहि नरहेकोले उक्त नाम परिबर्तन गरिने भनिएको छ ।
हुनत त्येस बच्चाको लागि धेरै नामहरु आए तर ८५३ मध्यमा सबैभन्दा बडी यसै नामलाई दिए पछि नामकरण भएको हो ।उक्त नाम दिए पछाडी बेलायतबाट कल आएर उनीहरुले सो कार्य गलत हो भने ।कुनै पनि देशको राजपरिबारको निन्दा गर्नु असहनिया हो भन्दै मुद्दा उठेपछि सो नाम परिबर्तन गरिने भएको छ।

जापानबाट अस्ट्रेलियालाई सामुन्द्रिक तथ्यांकनहरु दिईने

टोक्यो-जापानिज प्रहरी अनुसार यो वर्ष जापानले सामुन्द्रिक तथ्यांकनहरु अस्ट्रेलियालाई दिन स्वीकार गरेका छन् ।सो कारणले गर्दा अब सामुन्द्रिक व्यापारको अझ सहज ढंगमा समानहरुको आवतजावत गर्न सकिने छ।
उक्त जानकारीको अनुसार अब अस्ट्रेलियाले जापानसंगै सामुन्द्रिक जहाजको निर्माणको लागि कार्य गर्ने छन् ।जापान संसारमै आफ्नो गतिसिल ज्ञानको लागि चिनिन्छ र यसै कारणले गर्दा अस्ट्रेलियासंग सो कार्य गर्न खोजेको हो ।समुन्द्रले घेरेको अस्ट्रेलियामा दैनिक समानहरु सामुन्द्रिक जहाजबाटै हुने हो र यसै कारणले गर्दा एउटा बिकसित जहाजको निर्माण पछि अस्ट्रेलियालाई सजिलो हुन्छ।जानकारीको अनुसार निर्माण कार्यको लागि कम्तिमा पनि १० ...

तालाबमा खसेर ७ वर्षको बच्चाको मिर्त्यु

क्योतो - एउटा ७ वर्षको बच्चा तालाबमा डुबेर मरेको भनि प्रहरीले जानकारी दिएका  छन् ।
प्रहरीको अनुसार सो घटना मंगलबार दिउँसो १;३० बजेतिर दैजागैके पार्क नजिक भएको हो।सो बालकको नाम ईस्सेइ निसिहारा रहेको जानकारी दिएको छ ।आफ्नो साथीहरुसंग तालाब नजिक खेलीरहदा खुट्टा फिस्लियेरा ऊ तालाब भित्र पुगेको हो। सो घटनाको ३० मिनेट पछाडी मात्र उसलाई अस्तपाल लगियो र मृत घोसित गरिएको थियो ।प्रहरीको अनुसार त्यो तालाबमा प्रवेश निषेद भनेर लेखिएको थियो तर ती बालक आफ्नो साथीहरुसंग माछा मार्न आएका थिए र तेसै बेला यो घटना ...

आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम