मुख्य समाचार

जापान समाचार

टोकियो ओलम्पिकमा अनुहार चिन्ने यन्त्रको प्रयोग गरिने
टोकियोमा आयोजना गरिने २०२० ओलम्पिक तथा प्यारालिम्पक्समा खेलाडी , अधिकारी तथा पत्रकारहरुको सहजताका लागि अनुहार चिन्ने यन्त्र प्रयोग गर्न लागिएको आयाजक समितिका सदस्यले जनाएका छन् । उक्त यन्त्रले दर्शकलाइ लक्षित नगर्ने र उनीहरुले टिकेट देखाएर भित्र प्रवेश गर्न सक्ने समितिका सदस्यहरुले पहिचान गोप्य राख्ने शर्तमा बताएका छन् । आयोजक समितिले करिव तीन देखि चार लाख खेलाडीका लागि फोटोसहितको परिचयपत्रको प्रयोग गर्नेछ । खेलाडीहरु भित्र पस्दा उनीहरुको फोटो र अनुहार मिलेनमिलेको स्वतः यन्त्रले जाँच गर्नेछ । यस जाँचले परिचयपत्र चोरी गरेर भित्र पस्ने सम्भावना नहुने र जाँचका ...
जापानमा २०१८ को भव्य स्वागत
नयाँ वर्ष २०१८ को उपलक्ष्यमा जापानमा भव्य कार्यक्रमको आयोजना गरिएको छ । विशेषगरी योकोहामाको हाकेइजिमा प्याराडाइज एक्वारियम एम्युजमेन्ट पार्क कम्प्लेक्स र किताक्युसुको स्पेसवोर्ल्ड र अन्य स्थानमा पटाका पट्काउँदै नयाँ वर्षको स्वागत गरिएको छ । टाकियोको प्रशिद्ध शिबुया स्क्र्याम्बल क्रसिङमा आयोजना गरिएको एक कार्यक्रममा करिव ६७ हजार जना सहभागी भएको प्रहरी बताएको छ । जापानभरका बौद्ध धर्मावलम्बीले मन्दिरमा गएर वार्षिक रुपमा गरिदैँ आएको विशाल घण्टीलाइ १०८ पटक बजाउने चलनका लागि टाकियोको जोजोजी मन्दिरमा निकै समय पर्खेर यसलाइ निरन्तरता दिएका छन् भने यसै मन्दिरको आसपास बिफ बारबिक्यु र ...
जल यातायात प्रवर्धन गर्ने जापानको लक्ष्य
२०२० ओलम्पिक तथा प्यारालिम्पिक्समा विदेशी पर्यटकका कारण संभावित ट्राफिकलाइ मध्यनजर गर्दै जल यातायात प्रवर्धन गर्ने प्रयासतर्फ टोकियो अग्रसर रहेको छ । महानगर सरकारले २०१५ देखि नै जल यातायातको रुटका लागि श्रृंखलाबद्ध सामाजिक अनुसन्धान गर्दै आएको छ । यस वर्ष सुमिदा नदी तथा गिन्जाको काबुकी प्ले लगायत पाँचवटा रुटमा जापानले प्रयोगात्मक क्रज संचालन गरेको छ । यस्तै अवसरमा डिसेम्बर १३ को राती १० जना यात्री बोकेर टोकियोको ६३४ मिटर अग्लो स्काइ ट्रि लगायत अन्य गगनचुम्बी भवनहरुको रात्री दृश्य अवलोकनका लागि १९११ मा निर्माण गरिएको स्टोन ब्रिजनजिकैको निहोन्वासीबाट ...
अमेरिकी सैन्य शिविर पुर्नस्थापना गर्ने जापान सरकारको निर्णय, स्थानियवासी आन्दोलित
प्रधानमन्त्री शिन्जो आबे नेतृत्वको सरकारले अमेरिकी सैन्य आधार ओकिनावाको दक्षिण पश्चिमी शहर नागोमा पुर्नस्थापना गर्ने योजनाका लागि आर्थिक सहयोगको आग्रह गरेको छ । योजना गरिएको पुर्नस्थापना स्थलका स्थानिय वासिन्दासंगको बैठकपछि मन्त्रीपरिषदका मुख्य सचिव योसिहिदे सुगाले स्थानियको सुरक्षा तथा क्षत्रिय अर्थतन्त्र प्रवर्धन गर्न केन्द्रीय सरकार प्रतिबद्ध रहेको बताएका थिए । सरकारले फुतेन्मामा रहेको सैन्य शिविर नौसेनाको स्वाब शिविरनजिकै सार्नका लागि समुद्री पर्खाल निर्माण सुरु गरिसकेको छ तर अमेरिकी सेनाको प्रमुख शिविर रहेको ओकिनावाका स्थानिय वासिन्दाले उक्त योजनाको विरोध गरेका छन् । फर्वरीमा भएको मेयरको चुनावमा सत्तारुढ गठबन्धनले समर्थन ...
जापानमा ह्यापी डेज चलचित्र प्रर्दशन हुने
नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक चर्चित नायक दयाहाङ राईको नयाँ चलचित्र ह्यापी डेज जापानमा प्रर्दशन हुने पक्का भएको छ। किराँत राई यायोख्खा जापानको आयोजनामा बहुप्रतिक्षित चलचित्र प्रर्दशनको मिति तय गरिएको छ। दयाहाङ रार्इ, प्रियन्का कार्की लगायतका चर्चित कलाकारहरुको जोडदार अभिनयमा ह्यापी डेज प्रर्दशन पूर्व नै चर्चामा रहेको छ। जापानको टोकियो नाकानो जिरो हलमा जनवरी १४ तारिक प्रर्दशन हुने ह्यापी डेज पहिलो पटक चिवाको फुनावासीमा समेत प्रर्दशन गरिन लागेको आयोजक किरात राई यायोख्या सल्लाहकार संजीव राईले जानकारी दिए। राईका अनुसार फुनावासी किनरो सीमा सेन्टरमा २० तारिक साँझ सात बजेबाट ...
आइतबार जनसम्पर्क समितिको शुभकामना तथा चियापान कार्यक्रम
आइतबार शुभकामना तथा नेपाली कांग्रेसको प्रवासी नेपालीहरुको भातृ संगगठन नेपाली जनसम्पर्क समिति जापानले ४२ औं राष्ट्रिय मेलमिलाप दिवस तथा नयाँ वर्ष २०१८ को अवसरमा शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ कार्यक्रम टोकियोस्थित नेपाली मुरा हल, सोलमारीमा आयोजना गरिने जनसम्पर्क समिति जापानका महामन्त्री रामजंग कार्कीले जानकारी दिनुभयो । नयाँ वर्षको अवसर पारेर आयोजना गर्न लागिएको कार्यक्रममा वर्तमान नेपालको राजनीतिक अवस्था लगायतका विषयमा खुल्ला अन्तर्क्रिया समेत गरिने छ । महामन्त्री रामजंग कार्कीका अनुसार सोही अवसर पारेर नवनियुक्त सभापति रोशन केसीसंग जापानमा नेपालीहरूको अवस्था र जनसम्पर्क समितिको भूमिका विषयमा ...
जापानमा ७० जना फुड पोइजनिङको शिकार
जापानको क्योटो प्रान्तको एक हट स्प्रिङ होटेलमा गएका ७० जनाले वान्ता र झाडापखालाजस्ता फुड पोइजनिङका संकेत देखिएको भन्दै उजुरी गरेका छन् । प्रान्तिय सरकारले उनीहरुमध्ये ८ जनामा नोरोभाइरस देखिएको शनिबार जनाएको छ । ७० जनामध्ये कोही पनि गम्भिर अवस्थामा नरहेपनि प्रान्तिय सरकारले उक्त होटेल सञ्चालकलाइ शनिबारदेखि तीन दिनसम्म व्यापार बन्द गर्न आदेश दिएको छ । प्रान्तका अनुसार पाँचवटा समुहमा रहेका २० देखि ८० वर्ष उमेरका उक्त ७० जनाले क्योटाङ्गो शहरको युमोतोकन होटेलमा डिसेम्बर २० देखि २३ सम्म चार दिन खाना खाएका थिए । स्थानिय सरकारका अनुसार होटेलका ...
आपसी सम्बन्ध सुधार गर्ने जापान र चीनको लक्ष्य
एशिया प्रशान्त क्षेत्रमा दुइ देशको भिडन्तमा वदलाव नआएपछि जापान र चीन २०१८ मा आपसी आर्थिक फाइदाका लागि सम्बन्ध सुधारमा केन्द्रित हुने भएका छन् । आगामी वर्ष दुइ देशवीच शान्ति र मित्रता सन्धिको ४० वर्ष पुरा हुने अवसरमा जापानी प्रधानमन्त्री शिन्जो आबे र चीनियाँ राष्ट्रपति सी जिङ पिङले नोभेम्बरमा भियतनाममा भएको द्विपक्षीय सम्बन्ध सुधार सहमतिलाइ कार्यान्वयन गर्ने सहमत भएका छन् । २०१८ मा दुइ देशवीचको सुमधुर सम्बन्ध देख्न सकिने आबेले बताएका छन् । राजनैतिक साझेदारीबाट दुवै देशलाइ आर्थिक लाभ हुने कुरा भने प्रष्ट छ । आबे प्रशासनको आर्थिक ...
२०१८ का लागि जापानको सुरक्षा योजना
उत्तर कोरियाको तिब्र गतिमा भइरहेको आणविक तथा क्षेप्यास्त्र कार्यक्रमको कारणले जापानले सुरक्षा सुदृढ पार्ने तयारी गरिरहेको छ । निकै लामो समयसम्म वचाव सुरक्षामा केन्द्रित भएको जापानको सुरक्षा २०१८ मा निकै नजिकबाट जाँच हुनेभएको छ । सामान्य रुपमा भन्दा उत्तर कोरियासम्म आक्रमण गर्न सक्ने लामो दुरीको क्षेप्यास्त्र राख्ने जापानको योजना अर्को वर्षको संसदमा मुख्य विवादको विषय हुनेछ । युद्धपश्चातको पाश्चात्य संविधानको सुरक्षा व्यवस्थालाइ खुकुलो पार्ने प्रधानमन्त्री शिन्जो आबे नेतृत्वको सरकारको पछिल्लो कदमको रुपमा यसको आलोचना हुन थालिसकेको छ । अप्रिलमा सुरु हुने आगामी आ.ब को ५.१९ ट्रिलियन येनको ...
बबिलाको आग्रह : ‘वास्तविकता बुझेर मात्र जापान आउनु’
म जापान आएको तीन वर्ष भयो । नेपालबाट करिब पाँच महिना भाषा पढेर आएकी हुँ । दुई महिनाजति धरानमा र तीन महिना काठमाडौंमा भाषा सिकेर आएँ । यहाँ आएर एक वर्ष भाषा कक्षा पढेँ । त्यसपछि अहिले सेनमुन पढिरहेकी छु । अबको तीन महिनापछि अर्थात् सन् २०१८ को मार्चमा ग्य्राजुयट हुन्छु । त्यसपछि मैले पनि वर्कपर्मिट भिसाका लागि प्रक्रिया अगाडि बढाउन सक्छु । त्यसका लागि तयारी धेरै गर्नुपर्छ । मलाई जापान आएपछि खासै गाह्रो भएन । किनभने यहाँ मेरा साथी, आफन्तहरू पनि हुनुहुन्थ्यो । उहाँहरूबाट यहाँको अवस्थामा ...
नेपाली जनसम्पर्क समिति जापानले शुभकामा आदान प्रदान र चियापान कार्यक्रम गर्दै
नेपाली जनसम्पर्क समिति जापानले ४२ औं राष्ट्रिय मेलमिलाप दिवस तथा अंग्रेजी नयाँ वर्ष २०१८ को अवसरमा शुभकामा आदान प्रदान र चियापान कार्यक्रम आयोजना गर्दैछ । आगामी जनवरी ७ आइतबारहुने कार्यक्रम टोकियो स्थित नेपाली मुरा हल सोलमरीमा हुँदैछ । उक्त कार्यक्रममा सहभागी हुन सम्पूर्ण जापानबासी नेपालीहरुलाई समितिले आग्रह गरेको छ । source; nepaljapan.com
रेष्टुरेन्ट कामदारको पारिश्रमिक बारे सयन्त्र बनाउदै एनआरएनए जापान
जापानमा संचालनमा रहेका नेपाली रेष्टुरेन्टहरुले नेपाली कामदारहरुलाई गरेको शोषणको वारेमा गैरआवासीय नेपाली संघ एनआरएनए जापानले एक सयन्त्र बनाएर छानविन गर्ने भएको छ। टासी वाङदी लामाको नेतृत्वमा रहेको कार्यसमितिले आफनो कार्यभारको सय दिन पुरा गरेको अवसरमा सार्वजानिक गरेको एक विज्ञप्तीमा विभिन्न नयाँ तथा पुराना कामको विवरणमा कुक तथा रेष्टुरेन्ट क्षेत्रमा काम गर्ने बहुसख्यक कामदारको समस्यालाई सम्वोधन गर्न संयन्त्र तयार गर्ने जनाएको छ। क्म पारिश्रमिक दिने तथा श्रम शोषण गर्ने, पारिश्रमिक नदिने तथा भिषा लगायतका सामान्य विषयमा नेपालीहरुलाई प्रताडना दिने कम्पनीलाई नै कडा कारवाहीको सिफारिस लगायतका कानुनी उपचारसम्मको ...
जापान अध्ययन गर्न आउने विदेशी विद्यार्थीको संख्यामा वृद्धि
जापान अध्ययन गर्न आउने विदेशी विद्यार्थीको संख्या गत मे सम्म २ लाख ६७ हजार ४२ पुगेको छ जसमा धेरै जस्तो एसियन देशबाट रहेको सरकारी तथ्यांकले देखाएको छ । विश्वविद्यालय र भाषा विद्यालयमा दर्ता भएका विद्यार्थीको संख्या गत वर्ष भन्दा ११.६ प्रतिशतले बढेको छ ।त्यसै गरी विश्वविद्यालय र उच्च शिक्षा संस्थानमा अध्ययन गर्ने विद्यार्थीको संख्या १ लाख ८८ हजार ३ सय ८४ अर्थात् गत वर्ष भन्दा १०.१ प्रतिशतले बढेको छ भने भाषा विद्यालयमा आउनेको संख्या ७८ हजार ६ सय ५८ अर्थात् १५.४ प्रतिशतले बढेको छ । देश र ...
यौनदासीको मुद्दा सम्झौताबाट समाधान हुँदैन : कोरियाली राष्ट्रपति
दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले दोस्रो विश्वयुद्धका समयमा जापानले यौनदाशी राखेको विषयमा सन् २०१५ मा भएको सम्झौताबाट समस्याको समाधान नहुने बताउनुभएको छ । जापानी सेनाले दोस्रो विश्वयुद्धका समयमा दक्षिण कोरियाका महिलालाई यौनदाशी राखेको विषयमा यी दुई देशबीच बिगत लामो समयदेखि विवाद उत्पन्न भइआएको छ । जसका कारण यी दुई देशबीच सन् २०१५ मा एक सम्झौता भएको थियो । त्यस सम्झौतामा अन्य विषयहरुका अतिरिक्त यसरी दाशी बनाइएका महिलालाई क्षतिपुर्ती स्वरुप पैसा दिने उल्लेख गरिएको थियो । तर त्यस सम्झौतालाई दक्षिण कोरियाको सरकारले सुरुमा सहमति जनाएको र पछि ...
निगाता प्रान्तका दुइ आणविक रिएक्टर चालु हुने
२०११ को आणविक प्रकोपपछि बन्द भएको फुकुशिमा आणविक परियोजनाका निगाता प्रान्तका दुइ आणविक रिएक्टर चालु गर्न जापानको आणविक नियमनले बुधबार अनुमति दिएको छ । जापानको न्युक्लियर रेगुलेशन अथोरिटी (एनआरए) ले टोकियो इलेक्ट्रिक कम्पनी (टेप्को) लाइ सुरक्षा जाँच पुरा भएको र एक महिनाको सार्वजनिक सुनुवाइपछि परियोजना चालु गर्न अनुमति दिएको एनआरएका एक अधिकारीले एएफपीलाइ बताएका छन् । यी दुवै आणविक रिएक्टरहरु विश्वकै ठूलामध्येको एक मानिएको काशिवाजाकी करिवा आणविक परियोजनामा रहेका छन् । जापानका अन्य आणविक उर्जा परियाजनाजस्तै २०११ को भुकम्प र सुनामीपछिको आणविक प्रकोपका कारण यो परियोजना ...
जापानले शरणार्थीका लागि रोजगारी पर्मिट सिमित गर्दै
रोजगारीका लागि आवेदकहरुको संख्या तिब्र बृद्धि हुदै गएपछि जापान सरकारले २०१८ देखि शरणार्थीका लागि रोजगारी सिमित गर्ने निर्णय गरेको निकटका स्रोतले बुधबार जनाएका छन् । २०१० मा सुरु गरिएको तत्कालिन प्रणाली अनुसार शरणार्थीको रुपमा आवेदन दिएका सवैलाई जापानले ६ महिनापछि रोजगारी दिने गरेको थियो । संशोधित नियमअनुसार शरणार्थी भएको पुष्टि भएपछि मात्र न्याय मन्त्रालयले रोजगारीको अवसर दिने स्रोतहरुले बताएका छन् । स्रोतका अनुसार ऋण तिर्न नसकेर शरणार्थीको रुपमा जापान पुगेकाहरुलाइ रोजगारीको अवसर नदिइने र उनीहरुलाइ स्वदेश फिर्ता पठाइने प्रावधान ल्याउन लागिएको छ । जापानको श्रम कानुन २०१० ...
First Prev 1 2 3 4 5 6 7 8 9 10 ... Next Last
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम