मुख्य समाचार

‘प्रेम गीत २’ सिड्नीमा
'Love Song 2' in Sydney

नायक प्रदिप खड्का अभिनित लोकप्रिय नेपाली चलचित्र ‘प्रेम गीत २’ सिड्नीमा प्रदर्शन हुने भएको छ ।

इभेन्ट आयोजक कलिउड क्लबले सिड्नी शोको ब्यवस्था गरेको हो ।पहिलो शो फ्रेबरुअरी ३ तारिख शनिबारका दिन हर्षभिलको सिभिक थियटरमा हुने तथा बाँकी शोको मिति सार्वजनिक नभएको क्लबका निर्देशक श्यामसुन्दर गिरीले बताएका छन् ।
आशुसेन फिल्मसको ब्यानरमा निर्मित चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । चलचित्रमा प्रदिप खड्का, अश्लेषा ठकुरी, कैलाश कट्वाल, कविता रेग्मी, सन्तोष सेन लगायत कलाकारको मुख्य भूमिका रहेको छ।चलचित्रमा समावेश गीत ‘प्रेम यो कहानी’ र ‘मोटरसाईकलमा’ सर्वाधिक चर्चित गीत हुन् ।

source; nepaljapan.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
बाबु बाेगटीको “ह्याप्पी भ्यालेन्टाईन ”सार्वजनिक
फागुन २ –गायक बाबु बाेगटीको गीत “ह्याप्पी भ्यालेन्टाईन ” को लिरिकल भिडियो सार्वजनिक भएको छ । भ्यालेन्टाईन डे लाई लक्षित गरेर तयार पारिएको लिरिकल भिडियोलाई आफ्नै नामको युट्यूव च्यानेल बाबु बाेगटी (अफिसियल) मार्फत वाहिर ल्याइएको हो। विल्कुलै फरक धारमा रहेको उक्त गीतमा बाबु बाेगटीको शब्द ,संगीत र आवाज रहेको छ। मोहित मुनालको एरेञ्जमा तयार पारिएको भिडियोलाई राजेश शाहले सम्पादन गरेका छन्। source; nepaljapan.com
चलचित्र पसिना बैशाख १४ बाट देशभर प्रदर्शन हुने
फागुन २ –मंगलावर राजधानीमा एक कार्यक्रमबीच चलचित्र पसिनाको सिनेमा घरमा आउने मिति र एउटा गीत सार्वजनिक गरिएको छ । नन स्टप क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्र ‘पसिना’ मजदुर दिवसको छेको पारेर २०७५ साल बैशाख १४ गतेबाट देशभरका सिनेमाघरमा आउने भएको छ । ‘गरौँ सत्कर्म बगाउ पसिना’ भन्ने स्लोगन रहेको चलचित्रमा श्रमिकहरुको हक हितको कथा बोल्ने चलचित्रकी निमात्री शान्ता ढाकालले बताइन् । आर.बी.खत्री ‘शरद’ निर्देशित चलचित्रले विशेषत महिला श्रमिकहरुको पीडालाई उठान गरेको छ । चलचित्रमा समाजसेवी शान्ता ढकालसँगै इन्जिनियर संजय महतोको लगानी रहेको छ । चलचित्र ‘पसिना’ मा गौरब ...
गायक सुजनको गीत ’कसम मन पर्यो’ को भिडियो सार्वजनिक
फागुन २ –आउँदो भ्यालेन्टाइन डे लाई लक्षित गर्दै गायक सुजन तिगेला लिम्बुले आफ्नो गीत ’कसम मन पर्यो’ को भिडियो सार्वजनिक गरेका छन् । मायालु जोडीको लागि खास मानिने दिनलाई लक्षित गर्दै प्रेमिल भाव व्यक्त गर्ने गीत सार्वजनिक गरिएको हो । गीतमा शब्द , संगीत र स्वर सुजनकै रहेको छ भने यसको भिडियोमा पनि उनी देखिएका छन् । गीतमा सुजनसंगै एलिशा राई पनि देखिएकी छिन । गीतमा लिम्बु कल्चर झल्काउने किसिमको भेषभुषा पनि प्रयोग गरिएको छ भने संगीतमा पनि त्यस किसिमका प्रयोग भएको गायक लिम्बु बताउछन् । यो ...
चलचित्र‘पञ्चेबाजा’ को दोस्रो गीत सार्वजनिक
चलचित्र ‘पञ्चेबाजा’ को दोस्रो गीत सार्वजनिक भएको छ। फागुन ११ बाट सार्वजनिक हुन लागेको यो चलचित्रको गीतमा अभिनेता कर्मा शाक्य, सौगात मल्ल र जस्मिन श्रेष्ठलाई दृश्यांकन गरिएको छ। गीतमा सविन एकतारेको शब्द तथा कालीप्रसाद बास्कोटाको संगीत छ। फिल्मको यस गीतमा राहुल विश्वासको स्वर सुन्न सकिन्छ। घनश्याम लामिछानेको निर्देशनमा बनेको चलचित्रमा मा सौगात, कर्मा, जस्मिनसँगै बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सविन बास्तोला, युवराज भण्डारीलगायत कालाकारले अभिनय गरेका छन् । चलचित्रको यसअघि पहिलो गीत तथा ट्रेलर सार्वजनिक भइसकेको छ। source; nepaljapan.com
चलचित्र ‘हुर्रे’ को ट्रेलर सार्वजनिक
फागुन २५ गतेलाई प्रदर्शन मिति तय भएको चलचित्र ‘हुर्रे’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । युट्युब मार्फत सार्वजनिक गरिएको चलचित्रको ट्रेलरमा प्रेम, वियोग र कमेडी पक्षलाई देखाईएको छ ।यम थापाको लेखन निर्देशनमा तयार रहेको चलचित्रलाई दावा शेर्पा, सोनम लामा र छिरिङ दोर्जेले निर्माण गरेका हुन । चलचित्रलाई चन्दन दत्तले सम्पादन गरेका छन् । सार्वजनिक ट्रेलरमा नायिका केकी अधिकारी, नायक अनुपविक्रम शाही, कलाकारहरु राजाराम पौडेल, अंकित खड्का, विजय बराल, संगीता नापितलाई देखाईएको छ । साथै संगीतकार राजनराज सिवाकोटी पनि अटाएका छन् । source; nepaljapan.com
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम