मुख्य समाचार

१३ सुपर फुड, जसले रोगसँग लड्ने क्षमता बढाउँछ
13 Super Foods, which increase the ability to fight disease

शरीरलाई आवश्यक पोषण तत्वमध्ये अधिकांशको स्रोत खानेकुरा नै हो, जो हामी ग्रहण गर्छौ । प्रकृतिमा पाइने खानेकुरामा आ-आफ्नै पौष्टिक तत्व हुन्छ । ति सबैको सन्तुलित मात्रा शरीरलाई चाहिन्छ । स्वस्थ्य जीवनका लागि सन्तुलित पौष्टिक आहार अति आवश्यक हुन्छ ।

शारीरिक सक्रियतासँगै खानपानको सन्तुलन कायम गर्न सकियो भने, सामान्य रोगहरुको असर रहँदैन । किनभने यसले हाम्रो प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।

यहाँ त्यस्तै केहि ‘सुपर फुड’ दिइएको छ, जसको नियमित सेवनले रोगको भयबाट बच्न सकिन्छ ।

१. नीमको पात

नीमको पात सहजै उपलब्ध हुन्छ । त्यसो त नीमको पातदेखि बिज, बोक्रा सबै स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । दाँतको सफाईमा नीमको दातुन उत्कृष्ट बिकल्प हो । हुन त नीमको पात सोझै सेवन गर्दा धेरै तीतो हुनसक्छ । त्यसलाई पिसेर गोली बनाउने । अतः नियमित रुपमा खाली पेटमा सेवन गर्नुपर्छ ।

यसले रगत शुद्धिकरण गर्छ, प्राकृतिक रुपमा । शरीरमा इम्युनिटी बुस्ट गर्छ । साथै छाला सम्बन्धी समस्या पनि हटाउँछ । नीमको पात मिश्रण गरिएको पानीले नुहाउँदा छालाको रोग लाग्दैन ।

२. केसरयुक्त दुध

केशरयुक्त दुधको सेवनले शरीरमा ताकत मिल्छ । यसले छाला, केस, आँखामा राम्रो प्रभाव पार्छ । साथसाथै केसरयुक्त दुधको सेवन यौन दुर्बलतामा पनि फाइदाजनक मानिन्छ । गर्भवतीले केसर मिश्रति दुध पिउनु राम्रो हो । यसले आमा र गर्भको बच्चा दुबैलाई फाइदा गर्छ ।

३. अदुवाको सेवन

अदुवा, भान्सामा सजिलै पाइन्छ । यसले तरकारीको स्वाद त बढाउँछ नै, स्वस्थ्यका लागि फाइदाजनक पनि हुन्छ । खासगरी चिसोले सताएको छ भने अदुवाको चिया बनाएर पिउनुपर्छ । बाह्य चोट पटकमा समेत औषधीको काम गर्छ यसले । केस र्झनबाट रोक्न, केस उमार्न अदुवाको रस उपयोगी हुन्छ ।

४. तुलसीको पात

तुलसी त आर्युवेदमा अति महत्वपूर्ण वनस्पती मानिन्छ । यसलाई हामी घर आँगनमा रोपेर पूज्ने पनि गर्छौ । वास्तवमा तुलसी बहुगुणी वनस्पती हो । दैनिक ५-७ वटा तुलसीको पात खानाले रोग प्रतिरोधात्मक क्षमता बढ्छ । चिसो वा रुँघामा तुलसीको चिया बनाएर सेवन गर्नुपर्छ, फाइदा गर्छ ।

५. दही

दहीमा यस्तो सुष्म ब्याक्टेरिया पाइन्छ, जो पाचन यन्त्रका लागि अति फाइदाजनक मानिन्छ । दहीको सेवनले पेट सम्बन्धी रोगबाट छुटकारा मिल्छ । यद्यपी दही बिहान वा मध्यन्हको खानामा मात्र सेवन गर्नुपर्छ । राती दही सेवन गर्नु हानिकारक मानिन्छ ।

६. ग्रीन टी

ग्रीन टि एन्टिअक्सिडेन्टको सबैभन्दा राम्रो स्रोत हो । पेट सफा राख्न, रगतको शुद्धिकरणका लागि समेत ग्रीन टि उपयोगी हुन्छ । ग्रीन टिमा यस्तो तत्व हुन्छ, जसले शरीरमा रोगसँग लड्ने क्षमता बढाउँछ । यो छाला, केस, हड्डी स्वस्थ्य राख्न प्रभावकारी मानिन्छ । ग्रीन टिमा एन्टि क्यान्सर गुण समेत हुने अध्ययनहरुबाट थाहा भएको छ ।

७. गहुँको पातको रस

गहुँको पातको रस निकै उपयोगी हुन्छ, स्वास्थ्यका लागि । यद्यपी धेरै कमलाई मात्र यसबारे थाहा छ । गहुँको पातको रसले खासगरी दम, गलाको इन्फेक्सन, चिसो, रुँघा, पखला लाग्नबाट बचाउँछ ।

८. बेसार

धेरैले बेसारलाई सामान्य मसालको रुपमा लिन्छन्, जसले सब्जीको रंग र स्वादमा प्रभाव पार्छ । यद्यपी बेसार मसला मात्र होइन, यो उत्तिकै औषधिय गुणले भरिपूर्ण छ । बेसारले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । शरीरको दुखाई कम गर्न पनि यो उपयोगी हुन्छ । केस, छालाको सौन्दर्य निखार्न समेत बेसारको प्रयोग गर्न सकिन्छ ।

९. दालचिनी

दालचिनी धेरै परिकारको स्वाद बढाउन प्रयोग गरिन्छ । यसको सेवनले स्वाद मात्र बढ्दैन, रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । यसको सेवनले ब्लड शुगर लेभल नियन्त्रणमा सहयोग पुग्छ । त्यसैले खानामा दालचिनीको प्रयोग लाभदायक हुन्छ ।

१०. लसुन

लसुन, जो दिनहुँ भान्सामा प्रयोग हुन्छ । यसलाई पकाएर वा काँचो खान सकिन्छ । लसुनमा भिटामिन बि-६, भिटामिन-सि, आइरन र फस्फोरस जस्ता तत्व पाइन्छ । यसमा एन्टि फंगल र एन्टि ब्याक्टेरियल गुण पनि पाइन्छ । लसुनको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

११. ड्राइ फुड्स

नियमित रुपले ड्राई फुड्स सेवन गर्नुपर्छ । काजु, बदाम आदिको सेवनले पनि रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । ड्राई फुड्समा ओमेगा-३ फ्याटी एसिड, जिंक, म्याग्नेसियम, भिटामिन इ जस्तो तत्व पाइन्छ ।

१२. भिटामिन सि युक्त खानेकुरा

कागति, सुन्तला, अमला, किवी जस्ता फल भिटामिन सिको राम्रो स्रोत हुन् । यस्ता फलको सेवनले पनि रोगसँग लड्ने क्षमता बृद्धि गर्छ ।

१३. मौसमी फल

प्राकृतिले हाम्रो शरीरको आवश्यक्ता अनुसार फलहरु दिएका छन् । जुन मौसममा, शरीरलाई जस्तो पोषण तत्व आवश्यक हुन्छ । त्यही अनुसार फलहरु प्राप्त हुन्छ । त्यसैले मौसम अनुसार फल सेवन गर्नुपर्छ । फलले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आयुर्वेद उपचारमा धेरैको विश्वास छ
पुस २४ –आजकल सामान्य रोगका लागि पनि एलोपेथिक औषधि खानुपर्छ । तर कोही यस्ता मानिस पनि छन जो सकेसम्म आयुर्वेदिक औषधिमात्र सेवन गर्ने गर्छन् । नार्गाजुन नगरपालिकाकी ६६ वर्षीया मीठु थापा आफूलाई आयुर्वेदिक औषधिमा विश्वास लाग्ने बताउनुहुन्छ । “जडीबुटीबाट बनेको औषधिले राम्रो गर्छ, अरु असर पनि गर्दैन, मैले एकपल्ट मुटुमा समस्या भएर एलोपेथिक औषधि खाएको थिएँ, त्यसबाहेक अरु बेला त आयुर्वेद डाक्टर कहाँ नै देखाउछु, आयुर्वेदिक औषधि खान्छु”– उहाँले भन्नुभयो । थापाले घरमा अरुलाई पनि बिरामी हँुदा आयुर्वेद उपचार नै गर्ने गरेको बताउनुभयो । नेपालमा आयुर्वेदको प्रचारप्रसार ...
भाइरल प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मीको टोली
जाजरकोट – पाँच बालबालिकासहित नौ जनाको ज्यान जाने गरी दुई हप्तादेखि जाजरकोटको जुनीचाँदेमा फैलिएको भाइरल प्रभावित क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मीको टोली पुगेको छ । टोलीले शिविर खडा गरेर उपचार सुरु गरेपछि प्रभावित क्षेत्रमा केही सुधार आएको स्वास्थ्यकर्मीले वताएका छन् । जिल्ला सदरमुकाम खलंगा र प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट गएका डाक्टरसहितका स्वास्थ्यकर्मीको टोलीले स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको सहकार्यमा सर्बभन्दा बढी प्रभावित मजकोटका गाउँबा उपचार सुरु गरे पछि प्रभावित क्षेत्रमा सुधार आएको जिल्ला स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन ल्याप टेक्नियसर कृष्ण खत्रीले जानकारी दिनुभयो । प्रभावित क्षेत्रमा संकलन ...
आँखा शिविरमा २ सय २० जनाको शल्यक्रिया
महोत्तरी – महोत्तरीको गौशालामा सम्पन्न भएको तीन दिने आँखा शिविरमा २ सय २० जनाले आँखाको शल्यक्रिया गराएका छन् । सामुदायिक आँखा उपचार केन्द्र गौशालाको आयोजना र जानकी आँखा अस्पताल जनकपुरको प्राविधिक सहयोगमा बिरामीहरुको आँखाको शल्यक्रिया गरिएको हो । तीन दिनको अवधिमा आँखाको शल्यक्रिया सम्पन्न गरेको जानकी आँखा अस्पताल जनकपुरकका डाक्टर रमेशकुमार सिंहले जानकारी दिनुभयो । महोत्तरीको गौशालास्थित त्रिभुवन माविको शिविरमा आँखाको शल्यक्रिया गरिएको थियो । आँखाको शल्यक्रिया गर्न सुन्दरपुर, विजलपूरा, पर्सालगायतका स्थानमा शिविरको आयोजना गरी बिरामी छनोट गरिएको थियो । source; ujyaaloonlinenews.com
पाइल्स रोगलाई एक महिनामै चट पार्ने अचुक घरेलु औषधी
पाइल्स एउटा यस्तो रोग हो, जसमा शरीरका विशेष हिस्सामा हरेक समय पीडा र जलन महशुस हुने गर्दछ । पाइल्सका रोगीका साथ सबैभन्दा ठुलो समस्या यस विषयमा डाक्टरलाई बताउनु हो । तर, यो गलत हो । डाक्टरसँग सल्लाह लिएर यसको उपचार गर्नु आवश्यक छ। औषधिका साथसाथ घरेलु उपायबाट पनि केही दिनमा तपाई यो समस्याबाट मुक्ति पाउन सक्नु हुन्छ । पाइल्स रोकथाममा पनि मुलाभन्दा उत्तम विकल्प अर्को छैन । मुलाको नियमित र सही प्रयोगबाट पाइल्ससम्बन्धी समस्या केही महिनामै समाधान हुने गर्दछ । यसको सबैभन्दा ठुलो फाइदा यो हो ...
कपिलवस्तुमा चार जनामा डेंगु भेटियो

तौलिहवा: कपिलवस्तुमा डेङ्गगु रोगका ४ जना बिरामी फेला परेका छन्।बुद्धभूमि नगरपालिकाको बरकलपुर स्वास्थ्य चौकीमा स्वास्थ्य परिक्षणमा आएका विरामीको स्वास्थ्य जाँच गर्दा डेङ्गगु रोग देखिएको बताएको छ। बुद्धभूमि नगरपालिका वडा नम्बर ९ इमिलिया, चौवन्न र सातबास गाँउ बस्ने ४ जनामा डेगो रोग लागेको स्वास्थ्य संस्थाले जनाएको छ। स्थानीय क्लीनिकमा उपचार गराउदा निको नभएपछि स्वास्थ्य चौकीमा आएका विरामीलाई डेगो परिक्षणका लागि अंचल अस्पताल बुटवल रिफर गरिएको थियो। डेगो रोगका ४ जना मध्ये ३ जनाको उपचार भएपछि घर फर्केको र केहीको अंचल अस्पताल बुटवलमा उपचार भईरहेको बताइएको छ। ...

आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम