मुख्य समाचार

कुवेतमा २ सय नेपाली कामविहीन
2 hundred Nepalese jobless in Kuwait

मंसिर २५ -कुवेतको ठूलो कम्पनी खराफी नेसनल कम्पनीमा कामविहीन भएर समस्या भोगिरहेका झन्डै २ सय नेपालीको गरमा (जरिवाना) भुक्तानी हुन नसक्दा उद्धार गर्न सकिएको छैन । करिब ८ महिनायता तलब पाउनबाट वञ्चित भएका नेपालीसहित विदेशी कामदारको भिसा कम्पनीले नवीकरण गरिदिएको छैन । कुवेती निकायमा गैरकानुनी हैसियतमा रहेका कामदारको जरिवाना भुक्तानी भएपछि मात्रै स्वदेश फिर्न अनुमति मिल्ने प्रावधान छ ।

‘कामदारको भिसा नलगाई कम्पनीले गैरकानुनी हैसियतमा राखेको रहेछ । ती कामदारको जरिवाना कुवेत सरकारलाई भुक्तानी नगरेसम्म यहाँबाट पठाउन सकिँदैन,’ कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले कान्तिपुरलाई भने, ‘जरिवाना कसले भुक्तानी गर्ने हो ? यस विषयमा सम्बन्धित पक्षसँग छलफल भइरहेको छ ।’ कुवेतको अध्यागमन नियमअनुसार भिसा सकिएपछि एक कामदारको प्रतिदिन दुई दिनार (करिब ६८० रुपैयाँ) का दरले जरिवाना लाग्छ । बढीमा ६ सय दिनार (दुई लाख ४ हजार रुपैयाँ) सम्म बुझाउनुपर्छ । ‘पीडित कामदारहरूले दूतावासमा बुझाएको विवरण हेर्दा ४० देखि ६ सय दिनारसम्म जरिवाना लागेकाहरू छन्,’ उनले भने, ‘कुल कति भुक्तानी गर्नुपर्छ भन्नेमा पूरा हिसाब निकालिएको छैन ।’

झन्डै दुई सय कामदारमध्ये दूतावासमा दुईवटा समूह गरी ९४ जनाले मात्रै आफ्नो विवरण बुझाएका छन् । जसमा सबैभन्दा बढी एसओएस म्यानपावरबाट गएका ८३, अलकरिमबाट गएका ८ र लोटसबाट ४ जना रहेका छन् । दूतावासमा पुगेका सबै कामदारले आफूहरू स्वदेश फिर्न तयार भएको बताए । एक महिनादेखि कामसमेत नपाएका ती कामदार ८ महिनादेखि नै समस्यामा छन् । पछिल्लो समय कामदारलाई खाना खुवाउने ठेक्का पाएको कम्पनीले खाना खुवाउन रोकिदिएपछि यो समस्या बाहिर आएको हो । ‘रकम नपाएपछि कम्पनीले खाना खुवाउन छोड्यो । अनि हामी दूतावास गयौं । दूतावासले खानाको प्रबन्ध मिलाइदियो,’ बर्दियाका भीम अर्यालले कान्तिपुरसँग भने, ‘कसैले ८ महिना, कसैले ६ महिना कसैले ४ महिनाको तलब पाएका छैनन् ।’

राजदूत हमालले समस्या समाधानका लागि कुवेत सरकारलाई अनुरोध गरेको बताए । ‘हामीले कुवेतको परराष्ट्र मन्त्रालयमा कुरा राखेका छौं,’ उनले भने, ‘कुवेत सरकारले कम्पनीसँग कुरा गर्ने जानकारी दिएको छ ।’ कुवेती निकायले कामदारको जरिवाना मिनाहा नगर्ने अवस्था देखेपछि दूतावासले जरिवानाका सम्बन्धमा परराष्ट्र, श्रम मन्त्रालय र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई जानकारी दिइसकेको छ । ‘जरिवाना तिर्ने जिम्मेवारी कम्पनी र म्यानपावरले लिनुपर्छ । दुई पक्ष आफ्नो जिम्मेवारीबाट पन्छिए नेपाल सरकारले यसबारे सोच्नुपर्छ,’ उनले भने, ‘कामदारको तलब लिन अदालतमा मुद्दा लड्नुपर्छ । यसका लागि सरकारले वकिल खर्च पठाइदिनुपर्छ ।’

source ; Ekantipurnews.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ओमानको मस्कट फेस्टिबलमा नेपाली स्टल राखिने
माघ २ – ओमानको मस्कट फेस्टिबलमा नेपाली स्टल राखिने भएको छ । ओमान सरकारले बिहीबारबाट आयोजना गर्न लागेको फेस्टिबलमा नेपाली भेषभूषा, नेपाली पहिचान झल्काउने तथा हस्त निर्मित सामग्रीहरु प्रदशनमा राखिने ओमानस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासको सक्रियतामा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको हो । स्टलमा राखिने सामग्री जुटाउन नेपाली दूतावास लागि परेको छ । नेपाली मौलिकता र सांस्कृतिक पहिचानलाई ओमान तथा अन्तर्राष्ट्रिय समुदायमा चिनाउन यो महत्वपूर्ण हुने भएकाले स्टल राख्न लागेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बताउनुभयो । ओमानको अल–अमिरात पार्कमा बिहीबारबाट सुरु ...
​रक्सी चोर्दा मलेसियामा एक नेपालीलाई तीन महिना जेल
पुस २५ – मलेसियामा रक्सी चोरेको अभियोगमा एक नेपाली जेल परेका छन् । ४४ वर्षका विश्व सुवेदीलाई एक सुपरमार्केटबाट १३२ रिंगिट पर्ने दुई बोतल रक्सी चोरेको अभियोगमा मलेसियाको मजिष्ट्रेसट कोटले ३ महिनाको जेल सजाय सुनाएको स्थानीय अनलाइनले उल्लेख गरेको छ । क्वालालम्पुरस्थित सेतिवाङ्सामा रहेको एइयोन एयू २ सुपरमार्केटबाट ज्याकोब्स क्रिक सिराज रोज वाइनका दुई बोतल चोर्दा सुवेदी पुस ७ गते रंगेहात पक्राउ परेका थिए । दुई सन्तानका बुवा सुवेदी मलेसियामा ‘ओभर स्टे’ बसेकोमा समेत ३ महिनाको जेल सजाय पाएका छन् । पक्राउ परेको मितिदेखि नै ...
नेपाली वैज्ञानिकलाई अन्तर्राष्ट्रिय सम्मान
पुस २२ –नेपाल कृषि अनुसन्धान परिषद्मा कार्यरत धानसम्बन्धी वैज्ञानिक उज्ज्वल केआरएस कुशवाहालाई सन् २०१८ का लागि ‘इ–लाइफ एम्बेसाडोर’ घोषणा गरिएको छ । सर्लाहीमा जन्मनुभएका कुशवाहा यसअघि सन् २०१६ मा ‘कालो चामलः अनुसन्धान, इतिहास र विकास’ नामक पुस्तक प्रकाशन गरी चर्चामा आउनुभएको थियो । हाल उहाँ भारतस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रौद्योगिक विश्वविद्यालय पंतनगरमा आनुवंशिकी र बाली प्रजनन विषयमा विद्यावारिधि गर्दैहुनुहुन्छ । कुशवाहाका हालसम्म चार दर्जनभन्दा बढी अनुसन्धानपत्र विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् । उहाँले करिब एक दर्जन राष्ट्रिय र अन्तरराष्ट्रिय पुरस्कार पाइसक्नुभएको छ । केही समय पहिले ...
एकहप्ताको बीचमा अस्ट्रेलियामा तीन नेपालीको मृत्यु
पुस २१ –एकहप्ताको बीचमा तीन नेपालीको मृत्यु भएपछि त्यहाँ रहेका नेपालीहरुमा चिन्ता बढेको छ । अष्ट्रेलियाको सिड्नीमा एकसाताको अवधिमा एक विद्यार्थी, एक नर्स र एक वृद्ध महिलाको मृत्यु भएको हो । करिब एक साताअघि सिड्नीको न्युकासल क्षेत्रमा बस्ने सिड्नीको लिड्कममा बस्दै आएकी नेपाली विद्यार्थी अस्मिता रिजाल आफु बस्ने स्थानमा मृत भेटिएकी थिइन् । विद्यार्थी रिजालको मृत्यु भनिए पनि उनले आत्महत्या गरेको एनआरएनए अस्ट्रेलियाले जनाएको छ । यस घटनामाथि प्रहरीले अनुसन्धान जारी राखेको पनि जनाइएको छ । यसै गरी नेपाली नर्स तृप्ति पाण्डेको मृत्यु भएको थियो भने गत ...
खोटाङ सेवा समाज कतारले स्थापना दिवस मनाउने
पुस २०–– खोटाङ सेवा समाज कतारले आफ्नो गौरवसाली जिल्ला संस्थाको स्थापना दिवसको २१ औं बार्षिक उत्सव भब्यताका साथ मनाउने तयारी गरिरहेको सस्थाका महासचिव कैलाश श्रेष्ठले जानकारी दिएका छन् l स्थान र हल व्यवस्थापन गरिसकेको सस्थाले आगामी फेबुअरी २ तारिख २०१८ का दिन कतारको सनैय स्थित ग्रेन्ड मल पछाडि रहेको एमआरए (MRA ) रेस्टुरेन्टको सभा हलमा कार्यक्रम हुने तय गरिएको छ । कतारमा हाल स्थापित र सक्रिय सम्पूर्ण संघ संस्था तथा जिल्ला संस्थाहरु मध्ये सबैभन्दा जेष्ठ पहिलो सामाजिक सस्थाको रूपमा खोटाङ सेवा समाज रहेको छ l खोटाङ सेवा ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम