मुख्य समाचार

स्वयम्भू आगलागीमा ३० लाख क्षति
30 lakh loss in Swayambhu fire

काठमाडौँ – काठमाडौँ महानगरपालिका– १५ स्थित स्वयम्भू ज्ञानमाला भजन घरमा गए राति भएको आगलागीमा करिब रु ३० लाख बराबरको क्षति भएको छ।

भक्तजनले बालेको धूपबत्तीबाट आगो सल्केर भजन घरमा आगलागी भएको थियो। महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख किशोर श्रेष्ठले आगलागीबाट हस्तकला, फर्निचर, भजनका सामग्रीलगायत नष्ट भएको जानकारी दिए।

आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी तथा काठमाडौँ, ललितपुर र भक्तपुरका दमकलबाट नियन्त्रणमा लिइएको थियो। त्यस क्षेत्रबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य र राजेश शाक्य राति नै घटनास्थल पुगेका थिए। घटनामा मानवीय क्षति भएको छैन।

source; nagariknews.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
२१ युवती अझै भेटिएनन्
इलाम: एक वर्ष अघि वेपत्ता भएर माइती नेपाल पशुपतीनगरमा उजुरीमा परेका ३६ मध्ये २१ युवती अझै सम्म भेटिएका छैनन् । हराएका मध्ये धेरैलाई दलालले सिमाना कटाएको हुन सक्ने अनुमान गर्दै माइती नेपाल पशुपतीनगरका प्रमुख होम ढकाल वेपत्ता सूचीमा रहेकाको खोजी भइरहेको बताए । माइती नेपाल पशुपतीनगरले हराएका मध्ये १५ जनालाई फेला पारेर परिवारको जिम्मा लगाएको पनि ढकालले बताए । एक वर्षको अवधीमा एक हजार पाँच सय ९८ जनालाई परामर्श दिएर परिवारको जिम्मा लगाइएको छ । ढकालले मानव तस्करी नघटेको बताए । देशभरबाट सोझा युवती र महिलालाई ...
​तीन तलाबाट खस्दा मजदुरको ज्यान गयो
जाजरकोट – जाजरकोटमा निर्माण भइरहेको भवनबाट लडेर एक जनाको ज्यान गएको छ । बर्दिया सानोश्री नगरपालिका– ६ घर भएका बलबहादुर विकको जाजरकोटको भेरी नगरपालिका–४ मा बन्दै गरेको भवनबाट लडेका थिए । घरको ढलान सेटिङ गर्ने क्रममा विक तीन तला माथिबाट खसेका थिए । घाइते भएपछि उनलाई जिल्ला अस्पताल पुर्याइएको थियो । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको थियो । विकको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी भावेश रिमालले जानकारी दिनुभयो । source; ...
श्रीमतीको हत्या गरी भागेका राजवंशी पक्राउ
झापा – श्रीमतीको हत्या गरी फरार भएका झापाका कमलसिंह राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । झापाको बाह्रदशी गाउँपालिका घर भएका ३३ वर्षीय राजवंशीले २०७० साल असोज ६ गते श्रीमती गंगा राजवंशीको घाँटी थिचेर हत्या गरी फरार भएका थिए । उनलाई झापाकै महेशपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । source; ujyaaloolinenews.com
मोटरसाइकल दुर्घटनामा एकको ज्यान गयो
सल्यान – मोटरसाइकल दुर्घटनामा परि सल्यानमा एक जना कर्मचारीको ज्यान गएको छ। मंगलबार राति रा ४ प २०१२ नंको मोटरसाइकल बागचौर नजिकै दुर्घटना हुँदा कार्यालय समय सकेर घर फर्कदै गरेका पशु सेवा कार्यालय बागचौरमा कार्यरत ५४ वर्षीय पूर्णबहादुर डाँगीको घटनास्थलमै ज्यान गएको प्रहरी कार्यालय थारमारेले जनाएको छ। मंगलबार राति घर नपुगेपछि बिहान खोजी गर्दा डाँगीको शव फेला परेको प्रहरीले जनाएको छ । डाँगी सबार मोटरसाइकल सडकदेखि २० मिटर तल खोल्सोमा खसेको थियो। source; nagariknews.com
शिक्षण अस्पतालमा राजीनामा दिई विदेश जाने नर्सको संख्या बढ्दो
काठमाडौँ (रासस)- पछिल्लो तीन वर्षमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट करिब २०० नर्स विदेश पलायन भएका छन्। अन्य अस्पतालमा भन्दा राम्रो सेवा सुविधा दिने अस्पतालका रुपमा चिनिएको शिक्षण अस्पतालमा पनि सन्तुष्ट हुन नसकेपछि नर्सहरु राजीनामा दिँदै विदेश पलायन हुने क्रम बढेको हो। पछिल्लो पाँच वर्षमा विदेशिने नर्सको संख्या उच्च रहेपछि २०७१ पुसदेखि नर्सिङ विभागले व्यवस्थितरूपले रेकर्ड राख्न थालेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार २०७१ पुसदेखि चैतसम्म २२ जना, २०७२ मा ५७ जना, २०७३ मा ६९ जना, २०७४ पुससम्म ४५ जना नर्स बाहिरिएका छन् । झण्डै ५० जनाभन्दा बढी नर्स ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम