मुख्य समाचार

फोरजी विस्तारमा नेपाल टेलिकमको ३२ अर्ब लगानी
32 arab investment of Nepal Telecom in 4G expansion

काठमाडौं : नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल नेटवर्क फोरजी विस्तारका लागि अहिलेसम्मकै सबैभन्दा धेरै लगानी गर्ने भएको छ। कम्पनीले देशभर फोरजी विस्तारका लागि ३२ अर्ब लगानी गर्ने भएको हो। एकै पटक देशभर फोरजी विस्तारका लागि यो लगानी गर्न लागेको टेलिकमकी प्रवक्ता प्रतीभा वैद्यले जनाकारी दिइन्।

वैद्यका अनुसार फोरजी सेवा विस्तार गर्न नेटवर्क, बीटीएस र टावर थप गर्न लगानी गर्ने तयारी गरेको हो। यसका लागि टेलिकमले यही सोमबार र बुधबार विश्वव्यापी रूपमा टेन्डर आह्वान गरेको थियो। एलटीई कोर नेटवर्क र र्‍याम, बीटीएस गरी दुई भागमा बाँडेर टेन्डर आह्वान भएकोमा यकोर नेटवर्क विस्तार आयोजनाका लागि चिनियाँ कम्पनी हुवावे, जेटई र सिंगापुरको मभिनिरको प्रस्ताव परेको छ। प्रस्तावमा हुवावेले एक अर्ब, जेटईले एक अर्ब ५३ करोड र मभिनिरले दुई अर्बको प्रस्ताव गरेका छन्। यस्तै र्‍याम, बीटीएसतर्फ जेटई र चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल (सीसीएसआई) ले भाग लिएको प्रवक्ता वैद्येले जाकारी गराएकी छन्।

वैद्यका अनुसार र्‍याम, बीटीएसलाई दुई प्याकेजमा आह्वान गरिएको थियो। मध्यामाञ्चल र मध्यपश्चिमाञ्च क्षेत्रको आयोजनामा सीसीएसआईले आठ अर्ब ४७ करोडमा काम गर्ने प्रस्ताव गरेको छ। जेटईले नौ अर्ब ९८ करोड रुपैयाँको प्रस्ताव गरेको छ। पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल र पूर्वाञ्चलका लागि सीसीएसआईले आठ अर्ब २२ करोड जेटईले आठ अर्ब ८९ करोड प्रस्ताव गरेको उल्लेख छ। टेलिकमले यसका लागि ३२ अर्बको अनुमानित लागत छुट्टयाएको भए पनि कम्पनीले गरेको प्रस्ताव भने १८ अर्बको हाराहारीमा मात्र देखिएको छ।

source; annapurnanews.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
मुग्लिन-नारायणगढ सडक विस्तार ३३ महिनामा पनि सकिएन
काठमाडौं : उपत्यका प्रवेशको लाइफलाइन मुग्लिन-नारायणगढ सडक विस्तारको काम निर्धारित समयमा पूरा नभएपछि चौथो पटक समय थप्नुपर्ने भएको छ। यो सडक विस्तारको काम हाल ७१ प्रतिशत मात्रै पूरा भएकाले अझै एक पटक सयम थप्नुपर्ने भएको हो। आगामी फेब्रुअरीमा चौथो पटक समय थपेर बाँकी काम गराउने तयारी सडक विभागले गरिरहेको छ। साढे दुई वर्षभित्रै विस्तारको काम पूरा गर्न ३३ महिना अगाडि सम्झौता भएको थियो। सडक निर्माणको ठेक्का लागेका दुई महिनामै (२०७२ वैशाखमा) गएको भूकम्प, सोही वर्षमा भएको नाकाबन्दी, निर्माण सामग्रीको अभाव, अन्तरनिकाय समन्वय अभाव, प्रतिकूल मौसमलगायत कारण ...
नेपालकै ठूलो अक्सिजन प्लान्ट सञ्चालनमा
नेपालगन्ज : नेपालगन्जमा देशकै ठूलो र अत्याधुनिक अक्सिजन ग्यास प्लान्ट सोमबारदेखि संचालनमा आएको छ । प्लान्टबाट दैनिक ४७ लिटर क्षमताका एक हजार सिलिण्डर अक्सिजन, १२ सय लिटर नाईट्रोजन र जिरो एयर ग्यास उत्पादन भइरहेको बताइएको छ । एच. ओ. अक्सिजन ईन्डस्ट्रिज प्रा.लिले संचालनमा ल्याएको करिब १० करोड रुपैयाँ लागतमा स्थापना गरिएको हो । प्लान्ट संचालनमा आएसँगै नारायणघाटदेखि पश्चिम क्षेत्रमा सहज र सुलभ ढंगले अक्सिजन तथा नाईट्रोजन ग्यास उपलब्ध हुने संचालकको भनाइ छ । जनसंख्याको बढ्दो चाप, बिरामीहरुको वृद्धि, उद्योग विस्तार, अस्पताल आदीको अध्ययन गरेर सुलभ तरिकाले ...
शेयर बजारसँगै कारोबार रकम पनि ओरालो
माघ ९ – शेयर बजार परिसूचक नेप्से मंगलबार झण्डै ८ अंकले घटेको छ । अन्य बाहेकका सवै परिसूचक घटेपछि नेप्से मंगलबार ७ दशमलव ७६ विन्दुले घटेर १३ सय ९४ विन्दुको छेउमा आइपुगेको हो । मंगलबार सवैभन्दा धेरै बीमा समुह ८४ भन्दा धेरै अंकले घटेको छ । त्यसैगरि होटल समुह ५२, जलविद्युत झण्डै ३३, बैकिङ्ग ४, विकास बैक साढे ५ अंकले घटेको हो । अन्य समुह भने शुन्य दशमलव १२ अंकले बढेको छ । सोमबारभन्दा ७ करोड कम अर्थात २९ करोड भन्दा केही बढीको कारोबार भएको दिन मंगलबार ...
छ महिनामा ५९ अर्ब राजश्व संकलन
बीरगञ्ज – बिरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७४–७५ को पछिल्लो ६ महिनामा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिएका सामानबाट रु ५९ अर्ब ३७ करोड ९७ लाख १२ हजार राजश्व संकलन गरेको छ। इन्धन र सवारी साधनबाट मात्र रु २९ अर्ब ७४ करोड ३१ लाख ४० हजार राजश्व संकलन गरेको बीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिए। चालु आर्थिक वर्षको पुस मसान्तसम्म बीरगञ्ज भन्सार कार्यालयले कुल राजश्वको आधाभन्दा बढी इन्धन र नयाँ सवारी साधनबाट उठाएको छ । कार्यालयले ६ महिनामा मात्रै भारतबाट नेपाल ...
करोडौं खर्चेका सडक गुणस्तरहीन
इलाम – इलाममा २८ करोड रुपैयाँको लगानीमा निर्माणाधीन २ महŒवपूर्ण सडकको काम ‘गुणस्तरीहीन’ भइरहेको पाइएको छ । स्थानीय तहका जनप्रतिनिधिले ठूलो रकम खर्चेका सडकको काममा व्यापक लापरबाही गरिएको भन्दै विरोध जनाएका छन्। १९.०२३ किलोमिटरको फिक्कल–गुप्ती–नयाँबजार तथा इलाम नगरपालिका–दुधाङ–सोयाङ–नयाँबजारका बेग्लाबेग्लै दुई सडकको काममा लापर्बाही भइरहेको जनप्रतिनिधिको अनुुगमन टोलीले जनाएको हो । दुवै सडकमा स्टिमेटअनुसार काम नभएको, स्टिमेटमा भएअनुसार मापदण्ड पूरा नगरी सामग्री प्रयोग गरिरहेको, तोकिएको स्थानभन्दा जताततै खनेको र काम गरिनसक्दै सडक भत्किन थालेको उनीहरूले बताएका छन्। सूर्याेदय नगरपालिकाको फिक्कलदेखि माइजोगमाई गाउँपालिकाको नयाँबजार जोड्ने निर्माणाधीन फिक्कल–गुप्ती–नयाँबजार सडकमा ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम