मुख्य समाचार

रिडी मेलामा पाँच करोडको कारोबार
5 crore of business in Ridi Fair

तम्घास : तीन जिल्ला (गुल्मी, पाल्पा, स्याङ्जा)को संगमस्थल रिडीमा हजारौं दर्शनार्थीले माघे संक्रान्ति मेला अवलोकन गरेका छन्। धार्मिक एवं पर्यटकीय हिसाबले यस क्षेत्रकै प्रमुख गन्तव्यको रूपमा रहेको रिडीमा प्रत्येक वर्ष माघी मेला लाग्ने गर्छ। नेपालकै चारधाममध्येको एक रिडीमा विशेष गरी धार्मिक पर्यटक बढी आउने गर्छन्। माघे संक्रान्तिमा धेरैजसो पर्यटक कालीगण्डकी नदीमा स्नानका लागि आउने गरेको स्थानीयले बताए।

यस वर्ष पनि तीनवटै जिल्लाका स्थानीय तहले पाँच दिनसम्म संयुक्त रूपमा मेलाको आयोजना गरेका हुन्। मेलामा पाँच सयजति विभिन्न व्यावसायिक स्टल राखिएका थिए। रिडीको प्रचारप्रसार र कृषि क्षेत्रको बजारीकरण गर्न मेला आयोजना गरिएको रुरु फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष हिमाल श्रेष्ठले जानकारी दिए। उनका अनुसार रुरु गाउँपालिका १, गुल्मी, तानसेन नगरपालिका १४, पाल्पा र कालीगण्डकी गाउँपालिका वडा १, स्याङजाको संयुक्त आयोजनामा मेला गरिएको थियो।

‘करिब पाँच करोड रुपैयाँको आर्थिक कारोबार भयो', उनले भने, ‘कालीगण्डकी नदीमा र्‍याफ्टिङ पनि सञ्चालन गरेका थियौं।' एक किलोमिटरको दूरीसम्म सञ्चालन गरिएको र्‍याफ्टिङ प्रमुख आकर्षकको रूपमा रहेको उनले जानकारी गराए। श्रेष्ठका अनुसार रिडी मेला अवलोकन र स्नानका लागि छिमेकी जिल्ला अर्घाखाँची, रूपन्देही, प्युठान, रोल्पा, रुकुमसहित काठमाडौंबाट समेत दर्शनार्थी आएका थिए।

मेलामा छिमेकी जिल्ला रोल्पा र रुकुमबाट घरायसी हस्तकलाका सामग्री प्रदर्शनका लागि राखिएका थिए। बाल उद्यानको पनि व्यवस्था गरिएको थियो। रुरु गाउँपालिकाले कृषि प्रदर्शनी गरेको गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमले जानकारी गराए। ‘तीन जिल्लामा उत्पादित कृषिउपज स्टलमा राखिएको थियो', उनले भने, ‘कृषिको बजारीकरणमा मेलाले मद्दत पुर्‍याएको छ।' रिडी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले विशेष योजना बनाएको उनले जानकारी गराए। ‘कालीगण्डकी नदीमा जलाशययुक्त ताल बनाउने योजना बनाएका छौं', उनले भने, ‘गाउँपालिकाले यसबारे निर्णय गरिसकेको छ।'

तीनवटै जिल्लाको आर्थिक विकास गर्ने प्रमुख धार्मिक पर्यटकीय गन्तव्य भएकाले रुरु क्षेत्रको विकासमा विशेष योजना बनाएर अघि बढ्ने लक्ष्य लिइएको उनले सुनाए। कालीगण्डकी नदीमा दाहसंस्कार गर्ने व्यवस्थित स्थान निर्माण गर्ने योजनासमेत रहेको बताइएको छ। रिडी क्षेत्रमा धार्मिक पर्यटक धेरै आउने भएकाले व्यवस्थित धर्मशालाको निर्माण गर्ने योजना रहेको गौतमको भनाइ छ। पुरातत्व विभागसँगको सहकार्यमा यस क्षेत्रमा रहेका पुराना मठमन्दिरको पुनर्निर्माण गर्ने उनको योजना छ। रिडीमा पछिल्लो समय जिल्लाबाहिरका धार्मिक पर्यटकको आकर्षण बर्सेनि बढ्दै गएको छ। समग्र जिल्लाको आर्थिक विकासका लागि रिडी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको सरोकारवालाको भनाइ छ। यस क्षेत्रमा पछिल्ला वर्ष व्यवसायीको चापसमेत वृद्धि हुँदै गएको देखिएको छ।

source; annapurnanews.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
एलपीजी ग्यासभन्दा बिजुली धेरै सस्तो
काठमाडौं– ग्यासबाट भन्दा बिजुलीबाट खाना पकाउँदा करिब दोब्वर सस्तो हुने नेपाल विद्युत् प्राधिकरणले गरेको एक अध्ययन देखाएको छ ।पर्याप्त बिजुली उत्पादन गर्न सकिएको खण्डमा ग्यास आयातमा कमी आउने र भान्छाको लागत पनि घट्ने उक्त अध्ययनले देखाएको हो। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ग्यासभन्दा बिजुलीको प्रयोग गर्दा सस्तो पर्ने बताए । ‘१० लिटर पानी तताउन ग्यास प्रयोग गर्दा १७ रुपैयाँ लाग्ने गर्छ,’ उनले भने, ‘त्यत्ति पानी बिजुलीबाट तताउँदा १० रुपैयाँ मात्र लाग्नेछ।’ प्रधिकरणले गरेको एक अध्ययनले त्यस्तो देखाएको घिसिङको भनाइ छ ।बिहीबार बारबरा फाउन्डेसनले आयोजना गरेको ...
कुमारी बैंक र नेपाल मेडिसिटी अस्पतालबीच सम्झौता
काठमाडौं– कुमारी बैंक लिमिटेडले नेपाल मेडिसिटी अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको छ । सम्झौतामा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले हस्ताक्षर गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ। उक्त सम्झौतापछि बैंकका ग्राहक तथा कर्मचारीले अस्पतालमा उपचार गराउँदा १० प्रतिशत छुट पाउने छन् । निजी क्षेत्रको सबैभन्दा सुविधासम्पन्न दाबी गरिएको उक्त अस्पताल गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक उपेन्द्र महतोको लगानीमा स्थापना गरिएको हो । कुमारी बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको ...
विराटनगरमा ग्रिन मोटर्सको लन्च
काठमाडौं– नेपालका लागि काइनेटिक गु्रपको एकमात्र आयातकर्ता र डिस्ट्रिब्युटर ग्रिन मोटर्सले विराटनगरमा लन्च कार्यक्रम गरेको छ। कार्यक्रमको अवसरमा कम्पनीले विराटनगर महानगरपालिकालाई एउटा गारबेज टिपर उपहारस्वरुप प्रदान गरेको जनाएको छ । कम्पनीले अहिले काइनेटिक सफर इ–अटो, काइनेटिक सफर शक्ति इ–लोडर, काइनेटिक सफर लिथियम र गारबेज टिपर जस्ता प्रडक्टहरु नेपालमा ल्याएको छ। source;nagariknews.com
डिसहोमको एक्सन स्पाेर्टस च्यानलमा रिङ रेस्लिङ लाइभ
काठमाडौं– डिसहोम एक्सन च्यानलले यस पटक पनि पोखरामा हुने आर डब्लु संग्राम नामक रिङ रेस्लिङ प्रतियोगिताको प्रत्यक्ष प्रसारण स्पाेर्टस भएको छ। यही फागुन १८ गते हुने उक्त प्रतियोगिता नेपाल रिङ रेस्लिङ संघ तथा डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य र डबल एस प्रालिको व्यवस्थापनमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजकत्वमा हुन लागेको हो। प्रतियोगितामा नेपालका उत्कृष्ट रेस्लरसँगै विदेशी रेस्लरको समेत सहभागिता रहने बताइएको छ । पोखरा रंगशालामा आयोजना हुने उक्त प्रतियोगीतामा चार देशका रेस्लरहरुको सहभागिता रहने छ । प्रतियोगितामा नेपालबाट नुवाकोटे टाइगर, ठाकु, डभिड, साइन, ब्लेड, भिलेन, ...
‘ऊर्जा क्षेत्रमा लगानी हैन सोचको समस्या’
काठमाडौं – नेपालको ऊर्जा क्षेत्रको विकासका लागि लगानी नभई सोचको मात्रै समस्या रहेको त्यस क्षेत्रका जानकार तथा सरोकार भएका व्यक्तिले जोड दिएका छन्। बारबरा फाउण्डेशनले बुधबार गरेको अन्तरसंवाद कार्यक्रममा सहभागी वक्ताले नीतिगत जटिलता हटाएर लगानीमैत्री वातावरण मात्रै बनाउने हो भने स्वदेशी लगानीमा नै ठूलो परिमाणमा जलविद्युत्को विकास गर्न सकिने बताए। नेपालमा रहेका बैंक तथा वित्तीय संस्था नै ठूला परियोजना निर्माण गर्न सक्ने अवस्थामा पुगेको तथा गतिलो प्रतिफलको सुनिश्चितता गर्ने हो भने नागरिकले पनि ठूलो मात्रामा लगानी गर्न सक्ने स्थिति रहेको बताउँदै उनीहरुले सरकारले प्राथमिकताक्रम निर्धारण ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम