मुख्य समाचार

मानव बेचबिखन नियन्त्रणका लागि एप्स
Apps for the control of human trafficking

काठमाडौं- बढ्दो बालबलिका तथा चेलिवेटी बेचबिखन न्यूनिकरण गर्न बेचबिखनमा संलग्न दलालको अनुहार पहिचान गर्ने एप्स सुरुवात गरिएको छ ।

शुक्रबार माइती नेपालले ‘खोजी’ एप्सको सुरुवात गरेको छ । वर्षेनी ५ हजारदेखि १० हजार महिला तथा बालबालिका नेपालबाट बेचबिखनमा पर्ने समस्या रोक्न यस एप्सले सहयोग गर्ने विश्वास माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको छ । कोइरालाले शुक्रबार खोजी एप्सबारे जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा माइती नेपालका देशभरिका १४ स्थानमा रहेको ट्रान्जिट होमबाट एप्स कार्यन्वयनमा ल्याइसकेको बताइन् ।

‘जोखिममा परेका चेलिबेटी तथा बालबालिकाहरूको खोजी तथा उद्धार कार्य गर्न र जोखिममा पर्न नदिने एप्स कार्यान्वयनमा ल्याएका छौं,’ अध्यक्ष कोइरालाले भनिन्, ‘समयको परिवर्तन साथै हामीले प्रविधिको प्रयोगबाट खोज एप्सको सहायताले बेचबिखनमा पर्नेलाई रोक्न सहयोग मिल्छ,’ उनले थपिन्, ‘अब पुलिस अगाडि र चोर पछाडि हिँड्छ ।’

माइती नेपालको केन्द्रिय कार्यालयमा एउटा एप्स जडान गरिने र बाँकी नेपालका विभिन्न नाकामा रहेको १४ वटा ट्रान्जिट होमका ३० सीमा निगरानीकर्तालाई एन्ड्रोइड मोबाइलको सहयोगमा खोजी एप्स डाउनलोड गरिने छ ।

‘चेलिबेटी तथा बालबालिका हराएपछि परिवारका सदस्यहरुले माइती नेपालमा फोटोसहितको निवेदन दिएका हुन्छन् । त्यही आधारमा माइती नेपालले आफ्नो सर्वरको डाटाबेसमा गोप्य सूचनाहरू सुरक्षित राख्छ,’ माइती नेपालका निर्देशक विश्वराम खड्काले नागरिकसँग भने, ‘नाकामा तैनाथ निगरानीकर्ताहरूसँग स्मार्ट मोवाइलमा भएको खोजी एप्सले सिमा काट्ने, वेवारिसे, अलपत्र तथा शंकास्पद अवस्थामा रहेकाको फोटो खिच्नसाथ केन्द्रको डाटाबेसमा अपलोड हुन्छ । निगरानीकर्ताले दिएको सूचना हाम्रो डाटाबेसमा रहेको सूचनासँग मेल खाए÷नखाएको पत्ता लगाइ हराएको व्यक्ति पत्ता लगाउन र चोर समात्ने काममा यसले सघाउ पु¥याउँछ ।’

अमेरिकी आइटी कम्पनीका सदस्य समीर पन्थीले अमेरिकामा उनको कम्पनीले रेप किट बनाएर प्रयोगमा ल्याउँदा सकरात्मक उपलब्धी मिलेको बताउँदै उनले आपूm नेपाली भएको नाताले यहाँ वृद्धि भइरहेको चेलिवेटी बेचबिखन र बाबालिका बेचबिखनलाई न्यूनीकरण गर्न एप्स बनाएको बताए । अमेरिकाको ‘नाउ इट’ र भारतको ‘फेस टागर’ आइटी कम्पनीको सहयोगमा सो अप्स बनाइएको हो ।

source; nagariknews.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
​युट्यूबबाट पैसा कमाउन खोज्दै हुनुहुन्छ ? जान्नुहोस युट्यूबका नयाँ नियम !
माघ ३ – पैसा कमाउने उद्देश्यले युट्यूब च्यानल खोल्दै हुनुहुन्छ ? पर्खनुहोस् ! यूट्यूबले नयाँ नियम लागू गरेको छ । अब स–साना फूटेज भिडियो र सामान्य तरिकाबाट युट्यूबमा पैसा कमाउन त्यति सजिलो छैन् । रमाइला भिडियो र अर्काका भिडियो चोरेर तोडमरोड गर्दै आफ्नो बनाएर पैसा कमाउनेका लागि युट्यूब त्यति सहज छैन अब । यसले गर्दा युट्यूबर बनेर पैसा कमाउने सोच बनाएका व्यक्तिलाई निराश बनाएको हुन सक्छ । त्यसो त अर्काका कन्टेन्ट पढेर भिडियो बनाएर पैसा कमाउनेका लागि युट्यूबले यसो गर्नु ठिकै पनि हो । अब दर्शकलाई ...
रुप्से र अन्धगल्छीमा थ्रिजी सेवा
बागलुङ – साविकको धौलागिरीमा नेपाल टेलिकमले आफ्नो सेवा विस्तारलाई तीब्रता दिएको छ। नयाँ ठाउँमा सेवा विस्तारसंगै सेवालाई गुणस्तरीय बनाउन लागेको टेलिकमले जनाएको छ। टेलिकमको धौलागिरी शाखाले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ दानामा थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ। सात महिना पहिला टेलिकमले पहिलो पटक उक्त स्थानमा टावर राखेर जिएसएम मोवाईल सेवा विस्तार गरेको थियो। उक्त टावरबाट गाउँपालिकाको वडा नं ३ र ४ का झण्डै छ सय घरधुरी लाभान्वित भएको नेपाल टेलिकम धौलागिरी शाखा प्रमुख केशव शर्माले बताए। ‘हामीले अहिले सेवा विस्तारसंगै गुणस्तरीय सेवालाई प्राथमकिता दिएर काम ...
केही घण्टामै डुब्यो फेसबुकको २५ अर्ब डलर
पुस ३० – न्युज फिडमा ठुलो परिवर्तनको घोषणा गरेको फेसबुकले केही घण्टामै अर्बौँ डलर गुमाउनुपरेको छ । शुक्रवार स्टक बजारमा उसको सेयर मूल्यमा ५ प्रतिशतसम्मको गिरावट आएको छ। जसका कारण फेसबुकले केही घण्टामै पुँजी बजारबाट करिब २.६१ लाख करोड रुपैयाँ (२५ अर्ब डलर) गुमाएको हो । फेसबुकले गत बिहीबार आफ्नो न्यूजफिड सर्भिसमा व्यापक परिवर्तन गरेको थियो । जुन फेसबुकले युजरका साथीको कन्टेन्टलाई धेरै ध्यान केन्द्रित हुने गरी परिवर्तन गरेको थियो । फेसबुकको न्युज फिडमा परिवर्तनको निर्णयले उसको खातामा ठुलो असर पार्ने अनुमान यसअघि नै गरिएको थियो । ...
साथी र आफन्तलाइ प्राथमिकतामा राख्न फेसबुकको नयाँ अपडेट
पुस २८ – फेसबुकले बिहिबार एक वृहत अपडेटको घोषणा गरेको छ जसले प्रयोगकर्ताको न्युज फिडमा फेसबुक पेज र सेलेब्रिटीभन्दा माथी साथी र आफन्तको अपडेटहरु देख्न पाइनेछ । साथै यसले प्रमुख सामाजिक संजालको रुपमा रहेको फेसबुकमा मानिसहरुले कम समय दिने संभावना देखिएको छ । न्युज फिड प्रोडक्ट व्यवस्थापक जोन हेजम्यानका अनुसार फेसबुकको यस्तो परिवर्तनले सामाजिक अन्र्तक्रिया र सम्बन्धलाइ थप उचाइमा पुर्याउने बताएका छ । यो निकै ठूलो परिवर्तन रहेको हेजम्यानले एएफपी लाई बताए । मानिसहरुले फेसबुकमा कम समय विताउने तर यसले प्रयोगकर्ताहरुले फेसबुकमा विताएको समय अत्यन्तै महत्वपूर्ण ...
नेपाल आजदेखि चिनिया बाटो हुँदै इन्टरनेटको विश्व सञ्जालमा
काठमाडौं – नेपाल, आजदेखि चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व सञ्जालमा जोडिएको छ । नेपाल र चीनबीच बनेको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको उदघाटन भएसँगै नेपाल इन्टरनेटको अन्तराष्ट्रिय आवद्धतामा चीनसँग जोडिएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चिनियाँ राजदूत यु होङले ‘नेपाल टेलिकम र चाइना ग्लोबलबीच क्रसबोर्डर अप्टिकल फाइबर लिंक’ को औपचारिक उदघाटन गर्नुभएको छ । चीनसँग नेपाल इन्टरनेटमा जोडिएपछि अब इन्टरनेटमा समस्या नआउने वैद्यले जानकारी दिनुभयो । भारत र चीनसँगको इन्टरनेट आवद्धताले नेपाललाई इन्टरनेटको टा«न्सफर हव ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम