मुख्य समाचार

​युट्यूबबाट पैसा कमाउन खोज्दै हुनुहुन्छ ? जान्नुहोस युट्यूबका नयाँ नियम !
Are you trying to earn money from YouTube ? Learn new rules of YouTube!

माघ ३ – पैसा कमाउने उद्देश्यले युट्यूब च्यानल खोल्दै हुनुहुन्छ ? पर्खनुहोस् ! यूट्यूबले नयाँ नियम लागू गरेको छ ।

अब स–साना फूटेज भिडियो र सामान्य तरिकाबाट युट्यूबमा पैसा कमाउन त्यति सजिलो छैन् । रमाइला भिडियो र अर्काका भिडियो चोरेर तोडमरोड गर्दै आफ्नो बनाएर पैसा कमाउनेका लागि युट्यूब त्यति सहज छैन अब । यसले गर्दा युट्यूबर बनेर पैसा कमाउने सोच बनाएका व्यक्तिलाई निराश बनाएको हुन सक्छ ।

त्यसो त अर्काका कन्टेन्ट पढेर भिडियो बनाएर पैसा कमाउनेका लागि युट्यूबले यसो गर्नु ठिकै पनि हो । अब दर्शकलाई झुक्काएर भिडियो पोस्ट गर्नेलाई सले पक्कै निरुत्साहित बनाउँछ ।

युट्यूबको नयाँ नियमले गर्दा अब गुणस्तरीय र जानकारीमूलक भिडियो दर्शकले हेर्न पाउनेछन् । नयाँ नियमले भ्रम फैलाउनेलाई पनि कडाई गरेको छ । केही साताअघि मात्रै जापानको एउटा जंगललाई आत्महत्या गर्ने थलोको रुपमा चिनाउँदै भ्रम फैलाइएको एउटा भिडियो युट्यूबले हटाएको छ ।

युट्यूबबाट १० हजार भिवर भएपछि पैसा पाइने नियम अब नयाँ नियममा बदलिएको छ । अब युट्यूबबाट पैसा कमाउन च्यानलको एक हजार सब्स्क्राइबर हुनुपर्ने र ४ हजार घण्टासम्म भिडियो हेरेको हुनुपर्ने नयाँ नियम लागु भएको छ ।

पैसा कमाउने उद्देश्यले युट्यूबमा जथाभावी भिडियो राखिएको भन्दै युट्यूबले नियमलाई कडाइ गर्दै बुधबारदेखि लागु गर्ने गरी नयाँ नियम बनाएको हो ।

source; ujyaaloolinenews.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
फेसबुकलाई १५६ मिलियन अमेरिकी डलर जरिवाना
सामाजिक सञ्जाल फेसबुकले जरिवाना तिर्नुपर्ने भएका छन् । बेल्जियमको एक अदालतले १५६ मिलियन अमेरिकी डलर (१६ अर्ब बढी नेपाली रुपैयाँ) बराबर जरिवाना तोकेको हो । गोपनियातासँग सम्बन्धित कानूनको उल्लङ्घन गरेको भन्दै फेसबुकमाथि १६ अर्ब रुपैयाँ बढीको जरिवाना तोकिएको छ । फेसबुकले ‘थर्ड पार्टी’ तेस्रो पक्षीय अनलाइनहरुलाई ट्र्याक गरेर गोपनियतासँग सम्बन्धित कानून उल्लङ्घन गरेको अदालतको ठहर छ ।बेल्जियमको अदालतले फेसबुकबाट यूजर्स (प्रयोगकर्ता)हरुको डाटा (विवरण) संकलन गर्न नपाउने आदेश समेत जारी गरेको छ । साथै अदालतले फेसबुकलाई हरेक दिन २ लाख ५० हजार यूरो जरिवाना तिर्न ...
रोबोटले गर्‍याे ‘क्यानइन्फोटेक मेला’को उद्घाटन
चितवन – कम्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) चितवनको आयोजनामा बिहीबारदेखि चितवनको भरतपुरमा ‘तेस्रो डिजिकम क्यान इन्फोटेक–२०७४’ सुरु भएको छ । मेलाको बिहीबार एक कार्यक्रममा बीच अक्सफोर्ड कलेजका विद्यार्थीले बनाएको रोबोटद्वारा उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले वटम थिच्दा रोबोटमा जडान गरिएको कैँचीले रिबन काटेको थियो । सो क्रममा पोखरेलले सूचना र प्रविधि नै समृद्धिको आधार भएको भन्दै चितवनलाई सूचना र प्रविधिको हव बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विभिन्न बाह्य देशको चमत्कारिक विकास, सूचना र प्रविधिका कारण नै भएको बताउनुभयो । ...
सामुदायिक विद्यालय सुधार गर्न इलाममा इलेक्ट्रिक हाजिरी
इलाम – इलाममा विद्यालय सुधार गर्न इलेक्ट्रिक हाजिरी सुरु गरिएको छ । पहिलो चरणमा जिल्लाको सुर्योदय नगरपालिकाले सामुदायिक विद्यालय सुधार अभियान अन्तर्गत इलेक्ट्रिक हाजिरी सुरु गरिएको होे । नगरपालिकाले फिक्कल माध्यमिक विद्यालय फिक्कल, करफोक विद्या मन्दिर करफोक र कृष्णाश्रम माध्यमिक विद्यालय कन्याममा बायोमेट्रिक हाजिरी सिस्टम (थम प्रिन्ट हाजिरी) सुरुवात गरेको जिल्ला शिक्षा कार्यालय इलामले जनाएको छ । पहिलो चरण अन्तर्गत ३ वटा विद्यालयमा सुरु गरिएको हाजिरी बिस्तारै अन्य विद्यालयमा समेत लागु गरिनेछ । नगरपालिकामा ६७ वटा सामुदायिक र ३१ वटा संस्थागत विद्यालय रहेका छन् । सामुदायिक विद्यालयमा शिक्षकको ...
नेपाली बजारमा सामसङ ग्यालेक्सी ट्याब ए ७.०
काठमाडौं – सामसङ नेपालको सबैभन्दा ठूलो एवं विश्वासिलो इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले ट्याब ए नेपाली बजारमा प्रस्तुत गरेको छ, जुन मनोरञ्जनको लागि उत्कृष्ट बन्ने छ । ग्यालेक्सी ट्याब ए पूर्ण रुपमा इन्टरटेनमेन्ट डिभाइस हो । द्धन् को साथ परिस्कृत गरिएको उच्चस्तरीय डिस्प्ले तथा उत्कृष्ट ब्याट्रिको क्षमताले गर्दा यसले इन्टरटेनमेन्टको लागि सम्पूर्ण आवश्यकता पूरा गर्ने छ । आकर्षक स्लीम डिजाइन, राउन्ड एज तथा नन् स्लीप प्याटर्नले गर्दा यो प्रयोग गर्न सहज छ । यसलाई जस्तो सुकै अवस्थामा पनि एक हातमा सहजै लिन सकिन्छ । एच डि ...
समाचार ‘बुस्ट’ गर्न फेसबुकले ल्यायो नयाँ नियम
माघ ७ – सामाजिक सञ्जाल फेसबुकले विश्वसनीय समाचारलाई मात्रै प्रवर्द्धन (बुस्ट) गर्ने भएको छ। फेसबुकका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत मार्क जुकुरबर्गले न्यूज फिडमा पूर्ण विश्वसनीय समाचार स्रोतलाई प्राथमिकता दिइने घोषणा गरेका छन्। ‘जुन भरोसायोग्य छ त्यो प्रकाशनलाई प्रवर्द्धन गर्नेछौं। जो प्रकाशनमाथि उच्च रुपमा समुदायको भरोसा छैन् त्यसमा कमी आउनेछ,’ उनले भनेका छन्– ‘यो परिवर्तन न्यूज फिडको र्यांकिङमा देखिनेछ।’ उनका अनुसार यसको परीक्षण पहिला अमेरिकामा हुनेछ। त्यसपछि अन्तर्राष्ट्रियस्तरमा लागु गरिनेछ। प्रकाशित समाचार जो समुदायका लागि विश्वसनीय छ। समाचार जो पाठकका लागि जानकारीमूलक होस्, स्थानीय समुदायका लागि सान्दर्भिक ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम