मुख्य समाचार

आर्मी पुरुष र एपिएफ महिला च्याम्पियन
Army Men and APF Women champion

काठमाडौं – नेपाल आर्मी र एपिएफ राखेप च्याम्पियनसिप अन्तर्गत २७औं पुरुष र आठौं महिला राष्ट्रिय बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेका छन् । नेपाल आर्मी पुरुष तथा महिलामा एपिएफ टिम च्याम्पियन भए ।

बुधबार सम्पन्न प्रतियोगितामा आर्मीले पुरुषतर्फका ८ स्वर्ण, १ रजत र १ कांस्य जित्दा महिलामा एपिएफले ३ स्वर्ण ४ रजत १ कांस्यसहित च्याम्पियन भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

पुरुषतर्फ झापा जिल्ला १ स्वर्ण, १ रजत र १ कांस्यका साथ दोस्रो हुँदा नेपाल पुलिस १ स्वर्ण र ४ कांस्यसहित तेस्रो भयो । त्यस्तै महिलातर्फ आर्मीले ३ स्वर्ण, २ रजत र ३ कांस्य हात पार्दै दोस्रो हुँदा पुलिस १ स्वर्ण र २ कांस्यका साथ तेस्रो भयो । आर्मीका प्रेम चौधरी पुरुषतर्फका उत्कृष्ट खेलाडी चुनिँदा महिलातर्फ आर्मीकै विमला श्रेष्ठले उत्कृष्ट खेलाडीको उपाधि जितिन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका झापाका प्रकाश लिम्बु इजाम र ललितपुर टीकाथलीका जेनिस राई उदीयमान खेलाडी घोषित भए । उनीहरूलाई झापा जिल्ला बक्सिङ संघले जनही पाँच÷पाँच हजार नगद पुरस्कार प्रदान ग¥यो ।

झापाको बिर्तामोडमा सम्पन्न प्रतियोगितामा महिलातर्फ ४८ केजीमा नेपाल आर्मीकी ललिता महर्जन, ५१ केजीमा एपिएफकी माला राई, ५४ केजीमा विमला श्रेष्ठ, ५७ केजीमा नक्सालकी कुसुम तामाङ, ६० केजीमा एपिएफकी संगीता सुनार, ६४ केजीमा आर्मीकी पुनम रावल, ६९ केजीमा नेपाल प्रहरीकी अनुराधा लामा तथा ७५ केजीमा एपीएफकी सरस्वती राना च्याम्पियन भए ।

यसै गरी पुरुषको ४९ केजीमा आर्मीका तेजबहादुर देउबा, ५२ केजीमा आर्मीका प्रेम चौधरी, ५६ केजीमा आर्मीका विमल रोका, ६० केजीमा आर्मीका एकबहादुर घले, ६४ केजीमा नेपाल प्रहरीका भूपेन्द्र थापामगर, ६९ केजीमा आर्मीका विष्णु घले, ७५ केजीमा आर्मीका दीपेश लामा र ८१ केजीमा झापाका मनोहर बस्नेतले स्वर्ण पदक जिते । त्यस्तै ९१ केजीमा आर्मीका श्याम खड्काले स्वर्ण पदक हात पार्दा ९१ केजीभन्दा माथि आर्मीका आशिष दुवाडी च्याम्पियन भए ।

source; nagariknews.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी विश्वकप छनोटको खेल तालिका सार्वजनिक
माघ ३ – आईसीसी विश्वकप क्रिकेट छनोट २०१८ को खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सोमबार सन् २०१९ मा हुने विश्वकप क्रिकेटको लागि यहि बर्ष हुने छनोट खेलको तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार छनोट प्रतियोगिता मार्च १ तारिखदेखि २५ मार्चसम्म हुनेछ । छनोट खेलको समूह ए मा टेष्ट राष्ट्र वेष्ट इण्डिजसँगै आयरल्याण्ड, नेदरल्याण्ड पपुवा न्युगिनी रहेका छन् । त्यस्तै, यसै समुहमा आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को विजेता रहने छ । समूह वि मा अफगानिस्तान, टेष्ट राष्ट्र जिम्बाब्वे, स्कटल्याण्ड र ...
बूढासुब्बा गोल्डकपमा १० टोली
धरान : २० औं अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा रेड बुल गोल्डकप फुटबल प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। यही महिनाको तेस्रो साताबाट धरान रंगशालामा सञ्चालन हुने प्रतियोगितामा नेपालका ए डिभिजनका टोलीसहित भारत र बंगलादेशका क्लबले समेत सहभागिता जनाउने जनाइएको छ। प्रतियोगितामा साबिक विजेता नेपाल पुलिससहित मनाङ मस्र्याङदी क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, संकटा क्लब, सुदूरपश्चिम ११ र आयोजक धरान फुटबल क्लबको सहभागिता रहनेछ। यस्तै प्रतियोगितामा बंगलादेशको धनमुन्डी क्लब र भारतबाट एक टोली सहभागी हुनेछन्। भारतबाट गरिफा फुटबल क्लब वा यू-१९ राष्ट्रिय टोलीमध्ये ...
लक्ष्य पूरा भएको जानकारी
काठमाडौं – दृष्टिविहीन नेपाली क्रिकेट टोलीका लागि सहयोग अभियान थालेको नेपाल क्रिकेट समर्थक समाजले मंगलबार आफ्नो लक्ष्य पूरा भएको जनाएको छ। ‘जाँदा ट्रेनमा, फर्कंदा प्लेनमा’ नारा दिएर अभियान थालेको समर्थक समाजले मंगलबार साँझसम्म ६ लाख १२ हजार ४ सय ३३ रुपैयाँ रकम संकलन भइसकेको जनाएको छ । उसले ५० देखि ६० हजार रुपैयाँ रकम दिने घोषणा भए पनि संकलन हुन बाँकी रहेको जनाएको छ । भारतको दिल्ली, अमृतसार हुँदै पाकिस्तानको लाहोरमा प्रतियोगिता खेलेर बाँकी खेलका लागि दुबई पुगेको दृष्टिविहीन टोली अब फ्लाई दुबईबाट सीधै काठमाडौं फर्कने भएको ...
राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु
भीमदत्तनगर – कञ्चनपुरको भीमदत्तनगरमा ‘३९औँ राष्ट्रिय खेलकुद परिषद् ब्याडमिन्टन च्याम्पियनसिप’ प्रतियोगिता मंगलबारदेखि शुरु भएको छ। जिल्ला ब्याडमिन्टन संघ कञ्चनपुरको आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै नेपाल ब्याडमिन्टन संघका केन्द्रीय अध्यक्ष रामजीबहादुर श्रेष्ठले अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत पछिल्ला वर्षमा नेपाली खेलाडीले उपाधि जित्न सफल भइरहेको र आगामी दिनमा खेलाडी उत्पादनमा थप पहल गरिने जानकारी दिए। “विभागीय टोलीले खेलका लागि महत्वपूर्ण वातावरण बनाएका छन्” उनले भने, “दक्ष र शैक्षिक योग्यता पुगेका खेलाडीलाई विभागलाई पदोन्नतिमा पनि ध्यान दिन आग्रह गर्छु।” समारोहमा ब्याडमिन्टनका पूर्व खेलाडी क्षेत्रज्ञनारायण खत्री र ब्याडमिन्टनका राष्ट्रिय खेलाडी दीपेश ...
भारतीय क्रिकेट कप्तान कोहलीलाई जरिवाना
माघ २ –भारतीय क्रिकेट कप्तान विराट कोहलीलाई अन्तराष्ट्रिय क्रिकेट परिषद् आइसिसीले कारबाही गरेको छ । दक्षिण अफ्रिकासँगको दोस्रो टेष्ट क्रिकेटमा कोहलीले रेफ्री माइकल गाउफलाई खेल भावना विपरित व्यवहार देखाएको पुष्टि गर्दै आइसिसीले कोहलीको दोस्रो टेष्टको पारिश्रमिकबाट २५ प्रतिशत जरिवाना तिराउने र कोहलीको १ अंक घटाउने निर्णय गरेको हो । पानी परेपछि भिजेको मैदानमा दक्षिण अफ्रिकाले ब्याटिङ सुरु गरेकोमा बल भिजेर बलिङ गर्न समस्या भएको भन्दै कोहलीले रिसाएर बल भुँईमा फ्याकेका थिए । दोस्रो टेष्टको पहिलो पालीमा कोहोलीको १ सय ५३ रनको मद्धतमा भारतले पहिलो पालीमा ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम