मुख्य समाचार

भारतीय नागरिकलाई अपहरण गर्ने ५ जना नेपाली पक्राउ
Arrested 5 nepalese for kidnapping Indian citizen

फागुन १ – भारतीय नागरिकलाई अपहरण गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनीक गरेको छ ।

घरमा पूजा छ भन्दै नेपाल ल्याएर मोरङको सून्दरहरैचा नगरपालिकाको मोनालिसा होटलमा बन्धक बनाएर राखिएको अवस्थामा प्रहरीले अपहरणमा परेकालाई उद्दार गरेको जनाएको छ । प्रहरीले अपहरणमा सघाउने ५ जना नेपालीलाई पक्राउ गरी सार्वजनिक गरेको हाे ।

गएको माघ २४ गते भारतको खगडिया जिल्ला बेन्दोर पञ्चायत बेन्दोर थाना बस्ने राजकिशोर साह, अजयकुमार साह, अखिलेश साह, दिनबन्दु तिवारी, बालेश्वर रजक र रञ्जितकुमार अपहरणमा परेका थिए ।

फारबेञ्जगञ्ज घर बताउने बालेश्वर साह, सुरेश कुमार, पूर्णिया घर बताउने सन्तोष कुमार र सुशन यादवलार्इ अपहरणमा परेका दिनबन्धुले फारविसगञ्जमा भेटेका थिए । बालेश्वर शाहले नेपालमा रहेको आफ्नो घरमा पूजा पूजा रहेको र नेपाल खुमाउने भन्दै पण्डित दिनबन्धु तिवारीलगायत अन्य ५ जनालाई जोगबनीबाट गाडी रिजर्ब गरी राति सून्दरहरैचा नगरपालिका–१०, मा रहेको मोनालिसा होटलमा पुर्‍याएका थिए ।

प्रहरीका अनुसार २५ गते बिहान बालेश्वर शाहलगायतका ५ जनाले अपहरणकारी भारतीय नागरिकलाई होटलमा बसेका ५ जना नेपालीको जिम्मा लगाएका थिए । होटेलमा सुनसरी जिल्ला इनरूवा नगरपालिका–३, का नारायण शाह, मधुकर शाह, मोरङ सून्दरहरैचा नगरपालिका–१, का टिकाराम चौधरी, कान्छा भन्ने ठाकुर गुरूङ, सून्दरहरैचा–१२, बस्ने नवराज गौतमलाई भारतबाट ल्याइएका पण्डित दिनबन्धु तिवारीलगायत अन्य ५ जना रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले अपहरणमा परेका भारतीय नागरिकसँग होटलमा बन्धक बनाई ६ लाख भारतीय रूपैयाँ फिरौती रकम माग गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिनुभयो ।

अपहरणमा परेका जना राजकिशोर साह माघ २५ गते दिउँसो होटलबाट भाग्न सफल भएपछि यो घटना बाहिर आएको प्रहरीले जनाएको छ । भागेका राजकिशोर भारत गएर अन्य साथीहरूलाई लिएर प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यालयमा आएपछि अनुसन्धान थालेको बिसीले बताउनुभयो ।

अपहरणकारी मध्येका नवराज गौतमले बेलबारी–६, बस्ने ढोडियालाल चौधरी थारूलाई को १४ प ५२४४ नम्बरको मोटरसाइकलमा भारतको जोगबनी पुगेर भारतीय एक लाख रूपैयाँ फिरौती लिएर बालेश्चर रजक र रञ्जित कुमारलाई छुटाएको समेत अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

होटेलमा रहेको बेला राजकिशोर अपहरणकारीबाट भागेपछि अपहरणकारीले अजयकुमार साह, अखिलेश साह, दिनबन्दु तिवारीलाई सून्दरहरैचा–९, मा रहेको नारायण साहको कोठामा लगेर बन्धक बनाएका थिए । प्रहरीका अनुसार एकजना होटलबाट भागेपछि असुरक्षित महसुस गरेर अपहरणकारीले ठाउँ परिवर्तन गरेको बताएका छन् ।

बन्धक बनाएको अवस्थामा पाँच लाख भारतीय रूपयाँ फिरौती मागेकोमा अखिलेश शाहले पाँच लाख रुपैयाँको चेक दिँदा अपहरणकारीले चेक लिन नमानेको प्रहरीले जनाएको छ । शारिरीक तथा मानसिक यातना दिएर राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरीका बेलबारीबाट खटिएको प्रहरी टोलीले माघ २७ गते राति बन्धक बनेकाको उद्दार गरेको थियो ।

सून्दरहरैचा–९, का नारायण शाहको घरबाट सकुसल अपहरण मुक्त गरी अपहरणमा संलग्न नारायण शाह, मधुकर शाह, टिकाराम चौधरी, कान्छा भन्ने ठाकुर गुरुङ र नवराज गौतमलाई पक्राउ गरेको प्रहरी उपरीक्षक बिसीले जानकारी दिनुभयो । प्रहरीले पक्राउ पेरका सबैलाई सोमबार सार्वजनीक गरेको हो ।

पक्राउ परेका अपहरणकारीको साथबाट भारतीय ५० हजार रुपैयाँ, ५ थान मोवाइल र को १४ प ५२४४ नम्बरको मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ । अपहरणको क्रममा नेपालमा सहयोग गर्नेलाई प्रहरीले पक्राउ गरेको भए पनि भारतबाट अपहरण गर्ने ५ जनाको गिरोह भने अहिले फरार छ ।

उनीहरुको भारतीय प्रहरीसँगको सहकार्यमा खोजी भइरहेको प्रहरी उपरीक्षक बिसीले जानकारी दिनुभयो ।

source; ujyaaloonlinenews.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु
झापा – झापाको बिर्तामोड नगरपालिका – ७ मा शनिबार (आज) जंगली हात्तीको आक्रमणमा परी २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बिर्तामोड नगरपालिका – ३ मियाबारी निवासी ७० वर्षीय च्याङ्ग्रा राजवंशी र बिर्तामोड नगरपालिका – ७ निवासी ७० वर्षीय लसुने मियाँ रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। घर नजिकैको दुन्दर निचाझोडा सामुदायिक वनमा दाउरा खोज्न गएका उनीहरुलाई आज दिउँसो १२ बजे जंगली हात्तीले लछारपछार पार्दै खुट्टाले कुल्चिएर मारेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले बताए। source;nagariknews.com
जीप र ट्र्याक्टर ठोक्किँदा एकको मुत्यु, आठ घाइते
पाँचथर –मेची राजमार्गअन्तर्गत पाँचथरको फाल्गुनन्द–३ मा रहेको तीनपांग्रे भन्ने ठाउँमा जीप र ट्र्याक्टर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। आज बिहान झापाको विर्तामोडबाट फिदिम आउँदै गरेको मे १ज २७९३ नम्बरको जीप र फिदिमबाट राँके जाँदै गरेको मे १ त ३५५३ नम्बरको ट्र्याक्टर ठोक्किँंदा फाल्गुनन्द–२ कि ५८ वर्षीय लिलामाया चेम्जोङको मृत्यु भएको प्रहरीले जनाएको छ। सो दुर्घटनामा आठजना घाइते भएका छन्। उनीहरुको इलाम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जीप र ट्र्याक्टर एकापसमा ठोक्किएर सडकदेखि १० मिटर तल खसेका थिए। source;nagariknews.com
छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, दुई घाइते
धादिङ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा शनिबार बिहान भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्लाको गजुरी गाउँपालिका वडा नं १ कालिका मन्दिर नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ९०७६ नम्बरको ट्रकले विपरित दिशातर्फबाट आउँदै गरेको बा ८५ प ६२७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक चितवनको इच्छाकामना गाउँपालिका घर भएका ३७ वर्षीय कर्णबहादुर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी ...
ट्र्याक्टरबाट लडेर चालकको मृत्यु
उर्लाबारी – रंगेली नगरपालिका– १ स्थित बबियाविर्तामा ट्र्याक्टरबाट लडेर गए राति चालकको मृत्यु भएको छ। भित्री सडकखण्डमा को१त ७३९७ नंको ट्र्याक्टरका चालक मोरङ धनपालथान गाउँपालिका – ५ बस्ने ४५ वर्षीय अमरलाल ऋषिदेवको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । मादक पदार्थ सेवन गरी ट्र्याक्टर चलाउँदै गरेको अवस्थामा ट्र्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर लैजाने क्रममा बाटामा नै मृत्यु भएको प्रहरीले जनाएको छ। यसैबीच कानेपोखरी गाउँपालिका–७ स्थित चिसाङ खोलाको पुल नजिकबाट प्रहरीले शुक्रबार साँझ लागुऔषध गाँजासहित दुई जनालाई ...
किताब नदेखी वार्षिक परीक्षाको तयारीमा
रुकुम - पूर्वको सिस्ने गाउँपालिका– ३ पोखरास्थित जनता माविमा कक्षा १० का प्रकाश खड्काको एसइइ परीक्षा आउन एक महिना बाँकी भए पनि अहिलेसम्म अनिवार्य नेपाली र स्वास्थ्य तथा जनसंख्या विषयको किताब पाएका छैनन्। आठबीसकोट नगरपालिका– २ स्यालाखदीस्थित ज्ञानोदय मावि कक्षा १० का भूपेन्द्र विष्टले पनि शैक्षिक सत्रको अन्त्यमा हुने वार्षिक परीक्षा आउन एक महिनाभन्दा कम समय हुँदासम्म ऐच्छिक भूगोल र शिक्षालगायत किताब पाएका छैनन्। यहाँका प्रायः सबै सामुदायिक विद्यालयका विद्यार्थीको त्यही समस्या छ । वर्षिक परीक्षा दिने समय नजिकै आए पनि आफूहरुले अहिलेसम्म नयाँ किताब देख्नसम्म नपाएको ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम